“क्यानडा पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ ”2078/03/18

घटना विवरण :
जिल्ला काभ्रे पाँचखाल न.पा. वडा नं. ४ तामाघाट स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने वर्ष २१ को प्रजिन अधिकारीले जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ७, रानीगञ्ज बस्ने वर्ष ३० को यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी निज यमुना बस्नेतसँग रु. १७,००,०००/- (अक्षरुपी सत्र लाख रुपैयाँ मात्र) रकम लिई आलटाल गरी पछि सम्पर्क विहिन भई फरार भएको भनि यस महाशाखामा मिति २०७८।०१।१३ गते जाहेरी दरखास्त परी खोजतलास गर्ने क्रममा यस महाशाखाको विशेष टोलीले मिति २०७८।०३।१७ गते जिल्ला काभ्रे बनेपा न.पा. वडा नं. २, दाहालगाउँबाट पक्राउ गरी दाखिला गरेको । साथै निज प्रजिन अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको, साथै निजबाट कोही पनि व्यक्तिहरू पीडित भएमा यस महाशाखामा सम्पर्क गर्नहुन समेत अनुरोध गरिएको छ ।
निम्न:
१. नाम थर : प्रजिन अधिकारी
उमेर : २१ बर्ष
वतन : जिल्ला काभ्रे पाँचखाल न.पा. वडा नं. ७ हाल का.जि.का.म.न.पा.वडा नं. १० नयाँबानेश्वर