“ जापान पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ ”

घटना विवरण :

सामजिक संजाल फेसवुकमा TANAKAYOKA को नामबाट फेसवुक प्रयोग गर्ने व्यक्तिले Friend Request पठाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भनि पिडितहरुसँग चिनजान गरी जापान जान working भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारि बिभिन्न बैंक खातामा रु.३९,६८,९९६।- डिपोजिट गर्न लगाई निकाली जापान नपठाई सम्पर्क विहिन भएकोले ठगी गर्ने कार्यमा संलग्न निम्न व्यक्तिहरुलाई मिति २०७८।०४।०४ गते यस महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौँ पठाइएको ।

निम्न:

१.         नाम थर : शुभद्रा परियार
            उमेर       : ३७ बर्ष
            वतन      :  जिल्ला मकवानपुर हेटौडा उप.म.न.पा.वडा नं.१२ पदमपोखरी घर भई हाल का.जि.नयाँबजार बस्ने
२.        नाम थर   : पुजा राई
            उमेर       : ३३ बर्ष
            वतन      :  जिल्ला ईलाम सुर्योदय न.पा.वडा नं.४  श्रीअन्तु घर भई हाल का.जि.नयाँवानेश्वर बस्ने
३.       नाम थर   : राजेन्द्र ढकाल
            उमेर       : ३३ बर्ष
            वतन      :  जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.९ राम्चे घर भई हाल का.जि.कपन  बस्ने
४.         नाम थर  : दिपिका के.सी.        
             उमेर      : २१ बर्ष
            वतन      :  जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी बासँवारी बस्ने
 
           मिति:-२०७८।०४।०४ गते ।