“ युरोप पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ ”(2078/05/09)

घटना विवरण :

               जिल्ला रामेछाप गोकुलगंगा गा.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने वर्ष ३३ को पोश बहादुर सुनुवारले जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं. ९ ज्याम्दी बस्ने वर्ष ३० को प्रेम कुमार लामा दोङ समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ती रु. ७,००,००० ।- (अक्षरुपी सात लाख रुपैयाँ) लाग्छ  लिथुनिया पुगे पछी प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज प्रेम कुमार लामा दोङ समेत ६ जनाबाट प्रतिव्यक्ति रु. १,००,०००।- (अक्षरुपी १ लाख रुपैयाँ) का दरले जम्मा रु. ६,००,०००/-(अक्षेरुपी छ लाख रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा यस महाशाखाबाट खटिएको विपक्षी पोश बहादुर सुनुवारलाई मिति २०७८।०५।०९ गते का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट  पक्राउ गरी  थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।  

निम्न:
१.         नाम थर   : पोश बहादुर सुनुवार
            उमेर       : ३३  बर्ष
            वतन      :  जिल्ला रामेछाप गोकुलगंगा गा.पा. वडा नं. ३ स्थाई घर भई हाल   
                            का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर
 
मितिः २०७८।०५।०९ गते ।