“फोहोर टिप्ने बहाना बनाई घरमा चोरी गर्ने व्यक्ति पक्राउ ” (2078/05/09)

घटना विवरण :-

काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला समेत उठाउने भेष बनाई खाली ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा बिभिन्न सुन-चाँदीका गर-गहनाहरु चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा मिति २०७८/०२/०१ गते रातीको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ०३, लोकन्थली, राममन्दिर, बुढाथोकीगाउँ स्थित नरेन्द्रराज सिजापतीको घरबाट MI Notebook, Nokia मोबाइल सेट थान १, नगद रु. २७,०००।- लगायतका धनमाल समेत रु. १,८५,५००।- बराबरको धनमाल चोरी गरी लाने कार्यमा संलग्न जिल्ला ललितपुर, बालकुमारी बस्ने झोक्की भन्ने कुमार तोलाङ्गेलाई यस महाशाखाबाट खटिएको विशेष टोलीले मिति २०७८।०५।०८ गते अन्दाजी १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.३२ बालकुमारी पुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाईएको ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज झोक्की भन्ने कुमार तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा बि.सं. २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको भन्ने बुझिएको साथै अनुसन्धानको क्रममा निम्न विवरण भएका ल्यापटप थान २(दुई) र VIVO मोबाईल थान १ यस कार्यालयमा बरामद भएकोमा सो सामानहरुको पीडित नखुलेकोले प्रमाण खुलाउन सक्ने व्यक्तिहरुले यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरू:-
१. नामथर :- झोक्की भन्ने कुमार तोलाङ्गे
 उमेर :- ३० वर्ष
 वतन:- जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं. ०८ रातोखोला
 हाल:- जिल्ला ललितपुर बालकुमारी
 
बरामद सामानको बिबरण:-
१. नोकिया मोबाईल थान १
२. सिरियल नम्बर FQXRB82 भएको  Inspiron 3542 मोडलको कालो रङको Dell ल्यापटप थान १
३. 81D1 मोडलको  कालो रङको Lenovo ल्यापटप थान १
४. ८६३२९६०४४१४३९१५, ८६३२९६०४४१४३९०७ IMEI नम्बर भएको VIVO मोबाईल थान १