“ यार्सागुम्बाको कारोवार गर्ने व्यक्तिहरु पक्राउ” 2078-05-18

घटना विवरण :

            अवैध रुपमा यार्सागुम्बाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा मिति २०७८।०५।१७ गते यस महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले का.जि.का.म.न.पा.सामाखुशी स्थित घरमा डेरा गरि बस्ने डुण्डुप गुरुङले  बिक्री वितरण गर्ने उद्देश्यले  लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ के.जि. ८५०  ग्राम यार्सागुम्बा सहित निम्न ब्यक्तिहरु पक्राउ गरी आबश्यक कारवाहीको लागि आज मिति २०७८।०५।१८ गते वन डिभिजन कार्यालय काठमाण्डौ पठाईएको  ।

       

पक्राउ व्यक्तिहरु

१.नाम थर : डुण्डुप गुरुङ
   उमेर : ४८ वर्ष
   स्थायी वतन : जि. गोरखा चुमनुब्री गा.पा.वडा. ३
   हाल : का.जि. मित्रनगर
 
२.नाम थर : बेल बहादुर थापा
   उमेर : ५० वर्ष
   स्थायी वतन : जि. लमजुङ मर्स्याङदी गा.पा वडा नं. ६ बाहुनडाँडा
   हाल : का.जि. नयाँबसपार्क
 
३. नाम थर : कृष्ण परियार
     उमेर  : ४० बर्ष
     स्थायी वतन : जि. लमजुङ बेशिसहर न.पा ११ चिति
     हाल : का.जि. बानियाटार
 
४. नाम थर : दान बहादुर जि.सी
     उमेर  : ४७ बर्ष
     स्थायी वतन :जि. प्युठान खलङ्गा न.पा ११ गजुरी
     हाल : का.जि. तारकेश्वर

 

  यार्सागुम्बा १ के.जि ८५० ग्राम अन्दाजी मुल्य रु ८,००,०००।- (अक्षरुपी आठ लाख मात्र )  ।