“नक्कली शैक्षिक प्रमाणपत्र सहित व्यक्तिहरु पक्राउ”(2078/05/20)

घटना विवरणः-

       नेपाल स्थित अमेरिकन दुतावासमा  U.S. Diversity Visa (EDV) २०२० को नतिजामा नाम निकालेका तर Visa प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली Academic Transcript बनाई  पेश गरेको भन्ने  गोप्य सुचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा मिति २०७८।०५।१८ गते यस महाशाखाबाट खटिएको बिशेष टोलीले खोजतलास गरी जिल्ला काठमाण्डौ का.म.न.पा.३ महाराजगंज स्थित अमेरिकन राजदुतवास र काठमाण्डौको विभिन्न स्थानबाट निम्न व्यक्तिहरुलाई नक्कली Academic Transcript सहित नियन्त्रणमा लिईएको । साथै उक्त शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास एवं थप अनुसन्धान कार्य समेत भैरहेको । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको ।

संलग्न व्यक्तिहरु:-

१. नाम थरः सुमित रत्न गुभाजु
    स्थायी वतनः जिल्ला पाल्पा तानसेन न.पा. वडा नं. ३
    हालः जिल्ला काठमाण्डौ, का.म.न.पा. वडा नं. १४ कुलेश्वर
    उमेरः३५ वर्ष
 
२. नाम थरः अमर बहादुर कटुवाल
    स्थायी वतनः जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ६
    हालः जिल्ला ललितपुर, ल.म.न.पा. वडा नं. १४, सातदोबाटो
     उमेरः ३५ वर्ष
 
३. नाम थरः नरेश के.सी.
    स्थायी वतनः जिल्ला नवलपरासी, गैडाकोट न.पा. वडा नं. ३ , बेल्डिया
    हालः जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन
‍     उमेरः ३०वर्ष
 
४. नाम थरः लक्ष्मण पाठक
     स्थायी वतनः जिल्ला नवलपरासी देवचुली १७
    हालः का.जि. का.म.न.पा. २९ रानीबारी
    उमेरः ३३ बर्ष
 
५. नाम थरः दिप बिष्ट
     स्थायी वतनः जिल्ला काभ्रे, बनेपा न.पा. वडा नं. १० जनघाल
     उमेरः ३३ वर्ष
 
६. नाम थरः सोहिली शाही
    स्थायी वतनः का.जि. का.म.न.पा. १२  टेकु
    उमेरः२३ वर्ष
     

       बरामद सामाग्रीहरुः

१. सुमित रत्न गुभाजुको नामको Higher Secondary Education Board को Academic Transcript थान-१ , Migration Certificate थान-१, character Certificate थान-१ , Provisional Certificate थान-१ , SLC को Mark sheet थान-१, Migration Certificate थान-१, National Examination Board को Verification पत्र र सुमित रत्न गुभाजुको नामको १०३६४८७८ नं. को  नेपाली राहदानी थान-१ ।

२.अमर बहादुर कटुवाको नामको Higher Secondary Education Board को Academic Transcript थान-१ , SLC को Mark sheet थान-१ , National Examination Board को Verification पत्र, अमर बहादुर कटुवालको नामको ३१२४५१८ नं. को र ०७९२७२०४ नं. को नेपाली राहदानी थान-२ ।

३. नरेश के.सी. को Higher Secondary Education Board को Academic Transcript थान-१, National Examination Board को Verification पत्र र नरेश के.सी. को नामको १२०००२३५ नं. को नेपाली राहदानी थान-१ ।