"अबैध रुपमा क्यान्सरको औषधी बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ"(2078/05/24)

घटना विवरणः-
         काठमाडौंको बुढानिलकण्ठ गल्फूटार एरियामा केहि व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु भन्सार छली चोरी पैठारी गरि ल्याई अबैध रुपमा कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०५।२३ गते दिउँसो जिल्ला काठमाण्डौ गल्फुटार स्थितबाट भन्सार छली गरि ल्याइएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने बिभिन्न औषधीहरु बिना लाइसेन्स बिक्रिबितरण गरिरहेको अबस्थामा जिल्ला काठमाण्डौ का.म.न.पा. १४ महाराजगंज घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. ८ बस्ने वर्ष १९ को प्रवल भण्डारीलाई पक्राउ गरी थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको । साथै निजले भारतमा रहेका आफन्त मार्फत उक्त औषधीहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधी पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको  ।
  पक्राउ परेका व्यक्ति :-
१. नाम थर : प्रवल भण्डारी
   उमेर : १९ वर्ष
   स्थायी वतन : जिल्ला काठमाण्डौ का.म.न.पा. १४ महाराजगंज
   हाल : का.जि. बुढानिलकण्ठ न.पा. ८, गल्फुटार
 
   बरामद सामाग्रीहरुः
Vivira 440 mg (10 packet), Mabtas 500 mg (1 packet), Nanoxel 100 mg (2 packet), Biomab (2 packet), Vomient (1 packet), Tagxix 80 (1 packet), Aromasin 25 (2 packet), Thalix (8 packet), Bleocel (6packet), Nummif spray (2 packet), Xgeva 120 mg (1 packet), Goviscon (2 packet).
बरामद औषधीको अनुमानित बजार मूल्य रु. ९,००,००० ।-  (नौ लाख)  रहेको ।
 
मितिः- २०७८।०५।२४ गते ।