"आफूलाई सर्जिकल सामाग्री सप्लायर्स हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ"(2078/05/27)

घटना विवरण :

        जिल्ला काठमाण्डौं त्रिपुरेश्वर स्थित शंकर महर्जनले सञ्चालन गरेको किपु साईन्टिफिक ट्रेडर्समा मार्केटिङको  काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र बिक्रम देउवालाई विपक्षी जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ४२ को सरल राना समेतले आफूहरूलाई भारत पञ्जाब स्थित Myriad Hues Health Care कम्पनीको नेपाल प्रतिनिधि हौँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामाग्रीहरू Gloves, Latex Examination Gloves विभन्न साईजमा १०० प्रति Gloves भएको प्रति बाकस भा.रु. ३३० पर्छ भनी नमुना समेत देखाई पटकपटक आई एक हप्ताभित्र उपलव्ध गराइदिने भनी विश्वास दिलाए पश्चात् जाहेरवालाहरूले जम्मा ८००० बाकस Latex Examination Gloves अर्डर गरेपछि कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् निजको आर्थिक कारोबार बैंक अफ ईन्डिया मालीगुडिको खाता नं. ४३४९३०११०००००५६ मा रकम जम्मा गर्नु भनेकोमा जाहेरवालाहरूले नेपाली रु. ४२,२४,०००/- ( अक्षेरुपी बयालिस लाख चौबिस हजार रुपैयाँ) सो बैंक खातामा जम्मा गरे पश्चात् निज विपक्षीहरूले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहिन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्क विहिन भई झुक्याई धोखा दिई बेइमानीपूर्वक हानी नोक्सानी एवम् क्षति पुर्याएकोले निज सरल राना, उमेश नकर्मी र सन्दिप थापालाई पक्राउ गरी अनुसन्धान तथा कारवाहि गरिपाउँ भनी पीडितहरूले यस कार्यालयमा जाहेरी दरखास्त दिए पश्चात् यस महाशाखाबाट खोजतलास गर्ने क्रममा विपक्षी मध्येको सरल रानालाई मिति २०७८।०५।२५ गते जि.ल.पु. ल.पु.म.न.पा. वडा नं. ४ बागडोलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको ।

पक्राउ परेका व्यक्ति:-                                             
१. नाम :- सरल राना ।
   उमेर :-  ४२ बर्ष ।
   स्थायी वतन :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ बागडोल ।
 
मिति ः- २०७८।०५।२७ गते ।