“सामाजिक संजालमा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ”(2078/05/28)

घटना विवरणः

सामाजिक संजाल Facebook, Instagram मा आफ्नो प्रेमिका संग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरु प्रेमिकासंग विवाद गरे पश्चात मोबाईल समेत खोसी लिई फेसबुक, ईस्ट्राग्राममा अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गर्ने  जिल्ला दोलखा बैतेश्वर गाँउपालिका वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौं टोखा, धनेश्वर बस्ने बर्ष २३ को सुजन जिरेल जि. काभ्रे पाँचखालमा लुकिछीपि बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे संग आवश्यक समन्वय गरी मिति २०७८।०५।२७ गते पाँचखालबाट पक्राउ गरी निज सुजन जिरेललाई बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।०५।२८ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

पक्राउ व्यक्तिको विवरणः

१. नामथरः सुजन जिरेल
    उमेर : २३ बर्ष
    ठेगानाः जिल्ला दोलखा बैतेश्वर गाँउपालिका वडा नं. ८
    हाल जिल्ला काठमाण्डौं टोखा, धनेश्वर ।
 
मितिः- २०७८।०५।२८ गते ।