" सम्मानित अदालतबाट ३० लाख जरिवाना र कैद सजाय समेत तोकिई फरार रहेका प्रतिवादी पक्राउ "(2078/05/29)

  • घटनाको छोटकरी विवरण :

            नारायण काजी कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक कार्की भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत, पाटन ललितपुरको मिति २०७६।११।१८ गतेको फैसलाले निज प्रतिवादी दिपक कार्कीलाई जाहेरवालाको बिगो रू.३०,००,०००।- (तीस लाख) भराई बिगो बमोजिम जरिवाना र ७ दिन कैद तोकिई हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादी दिपक कार्कीको खोजतलास गर्न यस महाशाखाबाट फरार प्रतिवादी दिपक कार्कीको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७८।०५।२८ गते  काठमाण्डौको काडाँघारीमा निजलाई फेला पारी पक्राउ गरी फैसला कार्यन्वयनको लागि ऐ. २८ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको ।

पक्राउ परेका प्रतिवादी :

नाम : दिपक कार्की ।
उमेर :   ३९ वर्ष 
ठेगाना : जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं.१०
            हाल का.जि.कागेश्वरी मनहरा न.पा. वडा नं.७ काँडाघारी बस्ने ।
 
मितिः- २०७८।०५।२९ गते ।