“ बैंकिङ कसुर मुद्दाको फरार ब्यक्ति पक्राउ ”(2078/05/29)

घटना विवरणः

बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनबाट मिति २०७७।११।११ गते रु १६,००,०००।–( सोह्र लाख रुपैया ) जरिवाना र सात दिन कैद सजाय फैसला भई हाल फरार रहेकि कैलाली जिल्ला साविक चौमाला गा.वि.स.वडा नं.८ हाल गौरीगंगा नगरपालिका वडा नं.३ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.७ बस्ने जसमिन झालाई यस महाशाखाबाट खटि गएको प्रहरी टोलीले मिति २०७८।०५।२९ गते का.जि.का.म.न.पा.वडा नं.५ गहना पोखरीबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौमा पठाईएको ।

पक्राउ पर्ने ब्यक्तिः-
१.  नामः- जसमिन झा                                     
    उमेरः- ३२ वर्ष
    ठेगानाः- जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं.३ ।
    हालः-का.जि.का.म.न.पा.वडा नं.५ गहना पोखरी ।
 
मितिः २०७८।०५।२९ गते ।