" ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ"(2078/05/29)

घटना विवरण :

              जिल्ला  सुनसरी धरान उ.प.म.न.पा. ९ स्थायी ठेगाना भई हाल  का.जि.का.म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ३६ को   रुसिल कटुवाल र जिल्ला मोरङ केराबारी गा.पा वडा न.६ स्थायी घर भई हाल का.जि.का.म.न.पा वडा न.१० बस्ने  धिरज कुमार दाहालले  जिल्ला नुवाकोट तारकेश्वर गा.पा वडा न. २ स्थायी ठेगाना हाल का.जि.का.म.न.पा वडा न. ४ सुकेधारा बस्ने उद्धव प्रसाद अधिकारीसँग चिनजान भई  धिरज कुमार दाहालको नाममा रहेको जिल्ला मोरङ केरावारी गा.बि.स. वडा नं. ६ (क) कि.नं. ६३८ को क्षे. ०-१-१० र कि.नं. ६४० को क्षे. ०-७-२-० को जग्गाहरु बिक्री गर्ने भनि जग्गाको मुल्य कायम गरी जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.४ सुकेधारामा बसी बैना समेत गरी नगद र नेपाल ईन्भेष्मेण्ट बैंक बत्तिसपुतली शाखा खाताको चेकबाट समेत जम्मा रु. ६८,९०,०००।– रकम लिई उल्लेखित जग्गाहरु पास नगरी सम्पर्क विहिन भएकोमा मिति २०७७।०३।२० गते मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको र निज रुसिल कटुवालले ठगी गरेको हुँदा विपक्षीहरु मध्ये रुसिल कटुवाललाई पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धान कार्यको लागि मिति २०७८।०५।२९ गते महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको । साथै फरार रहेका धिरज कुमार दाहाल समेतलाई पक्राउ गर्न खोजी कार्य जारी राखिएको ।

पक्राउ परेका व्यक्ति:-                                             
१. नाम :- रुसिल कटुवाल ।
   उमेर :-  ३६ बर्ष ।
   स्थायी वतन :-  जिल्ला  सुनसरी धरान न.पा. ९ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ३२  ।  
 
मितिः २०७८।०५।२९ गते ।