" मानिस पासोलागी मरेको डोरी महंगोमा विक्री हुन्छ भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिहरु पक्राउ "(2078-06-24)

मिति २०७८/०५/२५ गते विहान ०६:३० बजेको समयमा जि.ललितपुर ल.पु.म.न.पा.-२७ सुनकोठीमा जिल्ला नुवाकोट बेलकोट गढी न.पा. वडा नं.-९ बस्ने वर्ष-४५ की कमला तामाङको डोरीले घाँटीमा कँसी हत्या गरेको घटना सम्बन्धमा महानगरीय प्रहरी वृत चापागाउँ,ललितपुर तथा महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले अनुसन्धानको सिलसिलामा जि.मोरङ पथरी शनिस्चरे नगरपालिका-८ मंगलबारे घर भई हाल जि.ललितपुर, ललितपुर महानगरपालिका-२८, हरीसिद्धि बस्ने वर्ष-२० को सुमन मगरलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट मिति २०७८/६/२१ गते पक्राउ गरिएको। निजको प्रारम्भिक वयानको आधारमा उक्त घटनामा संलग्न जिल्ला मकवानपुर,रक्सिराङ गाउँपालिका-५, प्याङचे टोल घर भई ललितपुर महानगरपालिका-२८, हरिसिद्धि, नयाँबस्ती बस्ने वर्ष २३ को सबिन प्रजा र निजकी श्रीमती वर्ष १८ की प्रविना प्रजा माझीलाई यस महाशाखाबाट खटिएको टोलीद्वारा जिल्ला मकवानपुर,मनहरी गाउँपालिका-७ बाट मिति २०७८/६/ २२ गते पक्राउ गरिएको ।
अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमन मगरको पुर्व चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी,टहरामा एक्लै बस्ने मृतक कमला तामाङलाई मिति २०७८/५/२४ गते साँझ अं. १६:३० बजे मृतकको टहरामा गई खानपिन (मापसे) गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको र हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार रहेकोमा घटनामा संलग्न सविन प्रजा, सुमन मगर र प्रविना प्रजा माझीलाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको ।
पक्राउ अभियुक्त:
नाम :     सविन प्रजा
उमेर :    २३ वर्ष
ठेगाना : जि. मकवानपुर, राक्सिराङ गाउँपालिका-५, प्याङचे टोल
हाल :    जि. ललितपुर, ललितपुर महानगरपालिका-२८ हरीसिद्धि, नयाँबजार
नाम :    सुमन मगर
उमेर :   २० वर्ष
ठेगाना :  जि. मोरङ, पथरी शनिस्चरे नगरपालिका-८ मंगलबारे घर भई
हाल :     जि. ललितपुर,ललितपुर महानगरपालिका-२८ हरीसिद्धि
नाम :     प्रविना प्रजा माझी
उमेर :    १८ वर्ष
ठेगाना :  जि. मकवानपुर, राक्सिराङ गाउँपालिका-५, प्याङचे टोल
हाल :     जि. ललितपुर, ललितपुर महानगरपालिका-२८ हरीसिद्धि, नयाँबजार