“ ठुलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसबाजी एवं पटका सहित मानिस पक्राउ”(2078-06-24)

विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई छिपाई ल्याएको पटका, भुईचम्पा लगायतका आतिसबाजी जन्य विष्फोटक पदार्थहरु बिक्री बितरण गर्न भण्डारण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०६।२३ गते जि.ललितपुर, ल.पु.म.न.पा. वडा नं. १, कुपण्डोल, गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा उमेश कुमार जैसवाललाई आतिसबाजीजन्य विष्फोटक पदार्थहरु १४९४ के.जी. (अन्दाजी मुल्य रु. २० लाख) सहित पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाईएको ।
पक्राउव्यक्ति तथा बरामद सामानहरू :
नाम: उमेश कुमार जैसवाल
उमेर : ३० वर्ष
ठेगाना: जि. बारा, गढिमाई न.पा. वडा नं. ३, गञ्जभवानीपुर
हालः जि. ललितपुर, ल.पु.म.न.पा. वडा नं. १, कुपण्डोल गुसिंगल
बरामद सामानहरु :
आतिषबाजी जन्य विष्फोटक पदार्थहरु १४९४ के.जी.