" गैँडाको खाग सहित मानिस पक्राउ " (2078/07/07)

संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशखा बाट खटिएको बिषेश प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई का.जि.का.म.न.पा-९ गैरीगाँउ बाट संरक्षित बन्यजन्तु गैँडाको खाग सहित मिति २०७८।०७।०५ गते १५:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७८।०७।०७ गते जिल्ला वन कार्यालय हात्तीसार काठमाण्डौ पठाइएको ।
पक्राउ परेको व्यक्तिहरु :-
१.नाम :- तिलक बहादुर बस्नेत
उमेर :- १९ बर्ष
स्थायी ठेगाना :- जिल्ला सोलुखुम्बु, दुधकोशी गा.पा वडा नं-६
हालको ठेगाना :-जिल्ला काठमान्डौ का.म.न.पा, स्वयम्भू
२.नाम :- दिपक गोतामे
उमेर :-२८ बर्ष
स्थायी ठेगाना :-जिल्ला बाग्लुङ्, तमनखोला गा.पा वडा नं-१
हालको ठेगाना :- का.जि.तार्केश्वर न.पा, लोकतान्त्रिक चोक