“श्रंखलाबद्ध चोरी कार्यमा सम्लग्न समूह  पक्राउ (२०७८-०७-०८)

काठमाडौं उपत्यका भित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना चोरी कार्यमा सम्लग्न रहेका मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७८/०४/२१ गते का.जि. सितापाईला स्थित निर्मल गिरीको घरमा नगद तथा सुन चाँदीका गर गहना सहित गरि जम्मा रु ३,५८,०००/-( तिन लाख अन्ठाउन्न हजार) चोरी गर्नुका साथै उपत्यकाका बिभिन्न ९ स्थानमा चोरी गर्ने कार्यमा सम्लग्न  जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा न ४ घर भई  हाल का.जि. कोटेश्वर बस्ने कमल थापा मगर , धनलाल थापा मगर  र चोरी गरेको सुन चोरीको हो भन्ने थाहा हुँदा हुदै खरिद गर्न जिल्ला पाँचथर फाल्गुनन्द गा.पा. वडा न ५  बस्ने हरि प्रसाद रसाईली लाई बिभिन्न स्थान बाट पक्राउ  गरि आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
 
पक्राउ व्यक्ति:-
१) नाम:–  कमल थापा मगर                  
    उमेर :– ३१ बर्ष
    ठेगाना:– जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ०४
    हालको ठेगाना:- का.जि. कोटेश्वर
२) नाम:-  धनलाल थापा मगर
   उमेर :- ३० बर्ष
   ठेगाना :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा न. ०४
  हालको ठेगाना :- का.जि. कोटेश्वर
३) नाम:-  हरि प्रसाद रसाईली
   उमेर :- ३९ बर्ष
   ठेगाना :- जिल्ला पाँचथर फाल्गुनन्द गा.पा. वडा न ५ 
  हालको ठेगाना :- का.जि. कपन मिलन चोक
 
निज सम्लग्न घटनाहरु :-
१.मिति २०७७/०८/१९ गते स्थित रातको समयमा का.जि. मुलपानी स्थित  देबि बचत तथा ऋण सहकारी सस्थाबाट नगद तथा ल्यापटप समेत गरि अन्दाजि रु २०,००,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
२.मिति २०७७/११/०७ गते का.जि.का.म.न.पा. वडा न ३२ तिनकुने स्थित जुनार हिलटप सहकारी सस्थाबाट नगद रु १३७,५००/- बराबरको धनमाल चोरी गरी लगेको  ।
३.मिति २०७७ फागुन महिनामा का.जि.का.म.न.पा. वडा न १५ स्वयम्भु स्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना समेत गरि ४,८०,०००/- बराबरको धनमाल चोरी गरि लगेको  ।
४.मिति २०७७/११/११ गते रातीको समयमा का.जि. कागेश्वी मनहरा ७ स्थित दिदि सहकारि स्थाको मुल ढोका फोडी नगद रु २,१०,०००/- चोरी गरि लगेको
५. मिति २०७८ साल बैशाख महिनामा का.जि. सितापाईला स्थित बिश्वनाथ खनालको घरमा कोही नभएको मौका पारी नगद तथ सुन चाँदीको गर गहना समेत गरि अन्दाजी रु ३,१०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
६.मिति २०७८/०३/१९ गते का.जि. सितापाईला बुद्धटोल स्थित कृष्ण लामाको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना गरि  अन्दाजी रु ४,३०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
७.मिति २०७८/०३/२४ गते का.जि. स्वयम्भु  स्थित आरक्ष बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरि अन्दाजि रु १,२३,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
८.मिति २०७८ बैशाख  गते का.जि.नागार्जुन ४ सितापाईला स्थित शिव प्रसाद लामिछानेको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीको गर गहना समेत गरि अन्दाजी १५,००,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
९. मिति २०७८/श्रावण महिनामा का.जि. का.म.न.पा. वडा न १० शंखमुल स्थित स्वबिबेक बचत तथा ऋण सहकारी संस्था बाट ढोका फोडी नगद रु १००,०००/- चोरी गरी लगेको ।
बरामद सामानहरु:-
१. मोबाईल थान २
२. सुनका बिभिन्न गर गहाना ८२.६८ ग्राम ।