"साथीको हत्यामा संलग्न फरार अभियुक्त २ वर्ष पछी पक्राउ"(2078-07-10)

मिति २०७६/०४/२८ गते मृत फेला परेका जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.-९ गुहे पोखरीमा जि.उदयपुर कटारी न.पा.-२ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने मुर्तीको काम गर्ने वर्ष -३३ को हरी खड्कालाई मिति २०७६/०४/२५ गते शनिबार बेलुका अं.१९:०० बजे जि.मकवानपुर गढी गा.पा.-१ घर भई ललितपुर महानगरपालिका-९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहितका व्यक्तिहरुले कुटपिट गरि हत्या गरि फरार भएको घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई विभिन्न मितिमा यस महाशाखाबाट पक्राउ गरि आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको र उक्त घटनाको निरन्तर अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहि फरार रहेका मध्येका जि.मकवानपुर गढी गा.पा.वडा नं.-१ फुलबारी घर भएका वर्ष-२४ को जय सिँगारलाई मिति २०७८/०७/१० गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जि.ललितपुर ल.पु.म.न.पा. वडा नं.-९ च्यासलबाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको ।
पक्राउ अभियुक्त:
नाम : जय सिँगार
उमेर : २४ वर्ष
ठेगाना: जि. मकवानपुर गढी गा.पा. वडा नं. १ फुलबारी ।