" ठगि गर्ने भारतिय नागरिक पक्राउ " (2078/07/25)

भारत तामिलनाँडु राज्य, काडमबक्कम, चेन्नाई घर भई हाल जिल्ला काठमान्डौ, का.म.न.पा- ०४, बालुवाटार बस्ने र आफु मेडिकल ब्यवसाय गर्ने गरेको, नेपाल स्थित मणिपाल अस्पताल खरिद गर्ने भारतिय शेयर होल्डरहरुसग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भई रहेको भनि झुट्टा कागजात र कुराकानी तयार गरि बिश्वास दिलाई बिभिन्न ब्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगि गर्ने गरेको, बिभिन्न ब्यत्तिलाई प्रलोभनमा पारी निजको स्वामित्वको जमिनको लालपूर्जा समेत आफ्ने नियन्त्रणमा लिई ठगि गर्ने गरेको, नेपाल स्थित बिभिन्न बैंक तथा बित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगि गर्ने गरेको, आफूलाई International Committee Of The Red Cross(ICRC) को डाईरेक्टर हुँ भनि नक्कली परिचय पत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसगँ समेत निकट सम्बन्ध कायम रहेको देखाउने, बिभिन्न ब्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखि सो नागरिकता मार्फत बैंक खाता संचालन गरि ठगि मार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको भन्ने ब्यहोराको सूचना महानगरिय अपराध महाशाखामा प्राप्त भए पश्चात यस महाशाखाबाट खटिएको बिशेष टोलीले निज भारतिय नागरिकलाई जिल्ला काठ्मान्डौ, का.म.न.पा ०४ बालुवाटारबाट मिति २०७८/०७/२३ गते पक्राउ गरि प्रारम्भिक अनुसन्धान गर्दै जादाँ निजले माथि उल्लेखित बर-बहाना अनुसार नै बिभिन्न ब्यक्तिबाट पटक पटक गरि रु-५०,००,०००(अक्षरोपी- रुपैँया पचास लाख मात्र) ठगि गरेको देखिएकाको तथा प्रारम्भिक अनुसन्धानकै क्रममा अन्य ब्यक्तिहरु समेतसगँ ठगि गरेको देखिएको हुदाँ थप अनुसन्धान भई रहेको र आवश्यक कार्वाहीका लागि निज पक्राउ ब्यक्तिलाई मिति २०७८/०७/२५ गते महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको ।
निज मिति २०७२-०२-२२ गते पक्राउ परि बैदेशिक रोजगारी सम्बन्धी कसुरमा डिल्ली बजार कारागारमा २ बर्ष कैद तथा रु ३,५०,००० रकममा रिहा भएको।
पक्राउ परेको व्यक्ति तथा बरामद कागजात :-
१.नाम :-शिवम विरुमुथु चेटियार, उमेर :- ४४ बर्ष
स्थायी ठेगाना :- भारत,कोडामबाक्कम, चेन्नाई, तामिलनाँडु
हालको ठेगाना :-जिल्ला काठमान्डौ का.म.न.पा- ४,बालुवाटार