“अनलाईन मार्फत् ठगि गर्ने ब्यक्ति पक्राउ” (2078/07/28)

WhatApp प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ, विदेशबाट सामान/ पार्सल आएको छ भनि सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने व्यक्तिलाई गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०७।२६ गते दिउँसो जिल्ला काठमाण्डौ गैरीधाराबाट ठगि गरेको रकम सहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर पठाईएको ।
पक्राउ परेका व्यक्ति :-
नाम थर : विकाश गुरुङ
उमेर : वर्ष २३
स्थायी वतन : जिल्ला रुकुम रन्मामैमकोट गा.पा. ३
हाल : का.जि.नेपालटार
बरामद सामाग्रीहरुः
१.नगद रु १९,६०,०००।–(उन्नाईस लाख साठ्ठी हजार मात्र)