“हुण्डी कारोबार गर्ने व्यक्ति नगद सहित पक्राउ” (2078/07/28)

जिल्ला काठमाण्डौ कालिमाटी एरियामा हुण्डि कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०७।२६ गते दिउँसो १५;५० बजे जिल्ला काठमाण्डौ कालिमाटी स्थित कालिमाटी तरकारी तथा फलफूल बजार बाट हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई नगदसहित पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक , ललितपुर पठाईएको ।
पक्राउ परेका व्यक्ति :-
नाम थर : अमर नारायण दास
उमेर : वर्ष २५
स्थायी वतन : जिल्ला सप्तरी मलेपुर गा.पा. ५
हाल : का.जि.कालिमाटी
बरामद सामाग्रीहरुः
१.नगद रु १६,२०,९००।–(सोह्र लाख बीस हजार नौ सय मात्र)