“नक्कली DSP पक्राउ”(2076-03-05)

घटना विवरण :
नेपाल प्रहरीको DSP को युनिफर्म लगाएको फोटो मोबाईलमा राखि DSP हुँ भनि विभिन्न व्यक्तिहरूलाई देखाई धाक-धम्कि दिनुका साथै सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार-पछार समेत गरी अभद्र व्यवहार गर्ने कार्यमा संलग्न नारायण गौतमको वारेमा अनुसन्धान गर्ने क्रममा यस अपराध महाशाखाको टोलिले मिति २०७६।०३।०५ गते का.जि.बौद्ध नयाँवस्तिबाट पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको ।
पक्राउ अभियुक्त:
१.नाम : नारायण भन्ने भोला गौतम 
उमेर : ३८ बर्ष
 ठेगाना : जि.काभ्रे,साविक धुसिनिसिवालय गा.वि.स.वडा नं.०३
 हाल : का.जि.जोरपाटी
 
मिति :- २०७६।०३।०५ गते ।