“एन्फाको नक्कली टि-सर्ट बनाई बेचबिखन गर्ने व्यक्तिहरु पक्राउ”(2076-03-06)

घटना विबरण:-

अखिल नेपाल फुटबल संघ(एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रयोग गर्ने जर्सिहरु अन्तराष्ट्रिय स्तरको ब्राण्ड केल्मि चाइना कम्पनि लि. सँग सम्झौता गरी नेपालको आधिकारिक बिक्रि बितरक कामारु ट्रेडिङ प्रा.लि. मार्फत मात्र बिक्रि गर्ने अधिकार प्रदान गरिएकोमा अन्य व्यक्ति तथा कम्पनिले एन्फाको नक्कली लोगो समेत प्रयोग गरी सो जर्सिहरु नेपाली बजारमा बिक्रि बितरण गरेको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भनी एन्फाको पत्र यस महाशाखामा प्राप्त भएको ।
सोही पत्रको आधारमा अनुसन्धान गर्दै जाँदा एन्फाको जस्तो लोगो भएको कमसल जर्सिहरु बजारमा ल्याई बिक्रि गर्ने कार्यमा संलग्न रहेको तपशिलमा उल्लेखित ठेगाना भएका चन्द्र दत्त शर्माले बिक्रि गर्न लिई हिंडेको अवस्थामा ३२ थान जर्सिहरु र बिष्णु प्रसाद कंडेल र सागर पाण्डेले काठमाडौंको खुसिबुमा संचालन गरेको बि.आर के सप्लायर्सबाट ३३८ थान जर्सि मिति २०७६/०३/०५ गते बरामद गरी निजहरुलाई पक्राउ गरी कालोबजार तथा अन्य केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गत अनुसन्धान कारबाहीको लागी आज परिसर काठमाडौं पठाईएको ।
सोही घटनाको अनुसन्धानको क्रममा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७६/०३/०६ गते तपशिलमा उल्लेखित ठेगाना भएका गोबिन्द खनालले काठमाडौंको महाबौद्धमा संचालन गरेको रेडीमेड स्टोरबाट २७४ थान, रामसरण खरेलले काठमाडौंको बिशाल बजारमा संचालन गरेको ए.सि. स्पोर्ट्स गोदामबाट २४२ थान र निलम बस्नेतले काठमाडौंको सुन्धारामा रहेको सि.टि. सि. महलमा संचालन गरेको सि.टि. स्पोर्ट्सबाट ३० थान एन्फाको लोगो भएको जर्सिहरु फेला पारी बरामद गरी संचालक ३ जनालाई पक्राउ गरि अनुसन्धान भईरहेको ।

पक्राउ प्रतिवादीहरु
१. नाम :- चन्द्र दत्त शर्मा
उमेर :- २९ वर्ष
ठेगाना :- जिल्ला बाग्लुङ जयमुनी न.पा.वडा नं. ९
हाल का.जि. नयाँबजार
बिक्री गर्न हिंडेका व्यक्ति
 
२.नाम:- बिष्णु प्रसाद कडेंल
उमेर:- ३६
वतन:- जिल्ला रुपन्देही आनन्दवन गा.बि.स.-५
हाल :- का.जि. का.म.न.पा. वडा नं. १७
बि.आर के सप्लायर्सका संचालक
 
३. नाम:- सागर पाण्डे
उमेर:- ३५
वतन:- जिल्ला स्याङ्जा कालिगण्डकी गा.पा. वडा नं. १
हाल :- का.जि. का.म.न.पा. वडा नं. १७
बि.आर के सप्लायर्सका संचालक

४.नाम:- गोबिन्द खनाल
उमेर:- ५२
वतन:-जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ९
रेडीमेड स्टोर संचालक

५.नाम:- रामसरण खरेल
उमेर:- २५
वतन:- जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. २
हाल:- का.जि. बनस्थली
ए.सि. स्पोर्ट्स गोदामका संचालक

६.नाम:- निलम बस्नेत
उमेर:- ३४
वतन:- जिल्ला झापा दमक न.पा. वडा नं १०
हाल:- का.जि. सुन्धारा
सि.टि. स्पोर्ट्सका संचालक