“ आफु उच्च सम्पन्न परिवारको एक्लो वारेश हो भनि ठगी गर्ने महिला पक्राउ ”(2076-03-08)

घटना विवरण

भारत महाराष्ट्र फलबर रेलनगर बस्ने बर्ष ३८ को SHRIPAL JAIN ले प्रयोग गने फेसवुक आईडी SHRIPAL JAIN मा Dyna Rose फेसवुक प्रयोग गर्ने डायना सेकेन्डले friend request पठाई आफु सम्पन्न र उच्च पारिवारिक पृष्ठभुमीको भएको र आफु सम्पुर्ण पारिवारिक व्यवसायको एक्लो वारेश समेत रहेकोले भारतमा रहेको आफ्नो व्यवसाय निज जैन श्रीपाललाई मिलाई दिन्छु भनि प्रलोभन देखाई नेपालमा बोलाई नेपालबाट मुम्वई फर्कने क्रममा मिति २०७६।०३।०६ गते दिउँसो १२ः४० वजे त्रिभुवन विमानस्थलको कस्टममा पुगेपछि आफ्नो बाबुले पठाएको बहुमुल्य सामान प्राप्त गर्न ठुलो भन्सार रकम आवश्यक परेको भन्ने बहाना बनाई जैन श्रीपालसँग रु. २३,००,०००।– (तेईस लाख) रकम लिई सोही समय देखि सम्पर्क विहिन भई फरार भएको घटना सम्वन्धमा जैन श्रीपालले यस महाशाखामा जाहेरी दरखास्त दिनु भएकोले निज डायना सेकेन्डको खोजतलास गर्ने क्रममा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७६।०३।०६ गते वेलुका का.म.न.पा. वडा नं. ३२ नरेफाँटमा निजलाई फेला पारी सोही स्थानमा रहेको निजको कोठा खानतलासी गर्दा ठगी गरेको रकम मध्येको रु. २०,८०,०००।– ( विस लाख असी हजार ), डायना सेकेन्डको नामको राहदानी थान–१,IME गरेको भौचर थान–४, बिभिन्न कार्डहरु थान–१० समेत फेला पारी बरामद गरी डायना सेकेन्डलाई पक्राउ गरी ठगी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि श्री महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।

पक्राउ परेका व्यक्तिको विवरण:-
नाम :- डायन सेकेन्ड
उमेर :- २१ वर्ष
ठेगाना :- जिल्ला महोत्तरी औरी न.पा. वडा नं. ३,
हाल का.जि. का.म.न.पा. वडा नं. ३२ नरेफाँट बस्ने ।

मिति २०७६।०३।०८ गते ।