“फेसवुकबाट परिचय गरी विवाह गर्ने बहाना गरी ठगी गर्ने महिला पक्राउ ”(2076-03-09)

घटना विवरण:-
जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं. ८ बस्ने वर्ष २४ हरी बहादुर कार्कीले प्रयोग गर्ने फेसवुक ID मा संगिता भन्ने कल्पना बस्नेत भुजेलले प्रयोग गर्ने फेसवुक आईडी sangita basnet बाट Friend Request पठाई साथी बनी आफुले चिनेको सुन्दर केटीको फोटो राखी Fake ID बनाई सो फेसबुक आईडी र मोबाईल नम्बर समेत हरी बहादुर कार्कीलाई पठाई उक्त फेसबुक ID को केटीले तपाईलाई धेरै माया गर्छिन भनि आफु नै सो फेसवुक ID बाट कुराकानी गरी विश्वास दिलाई संगिता भन्ने कल्पना बस्नेत भुजेलले हरी बहादुर कार्कीलाई विभिन्न नम्वरबाट फोन गरी तपाईलाई माया गर्ने केटी दुर्घटनामा परी अस्पतालमा उपचार भईरहेको छ, उपचार गर्नको लागि रकम पठाई दिनुहोस भनि पटक पटक गरी जम्मा रु.४,५५,०००।– IME समेतबाट पठाउन लगाई लिएकोले फेसवुकमा कुरा गर्ने केटीसँग भेटेर कुरा गर्छु भन्दा निज कल्पना बस्नेत भुजेलले तपाईलाई माया गर्ने केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो भनि झुठ्ठा व्यहोरा वताई ठगी गरेको घटना सम्वन्धमा पिडित हरी बहादुर कार्कीले यस महाशाखामा जाहेरी दरखास्त दिनु भएकोले यस महाशाखाबाट खटिएको टोलीले निज संगिता भन्ने कल्पना बस्नेत भुजेलको खोजतलास गर्दै जाँदा मिति २०७६।०३।०८ गते वेलुका जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. १२ टेकुमा निजलाई फेला पारी निजले प्रयोग गर्ने सिमकार्ड सहितको मोवाईल–२ थान सहित निजलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आबश्यक कारबाहीको लागि परिसर, काठमाण्डौ पठाईएको ।

पक्राउ परेका व्यक्तिको विवरण :-

नाम :- संगिता भन्ने कल्पना बस्नेत
उमेर :- २३ वर्ष
ठेगाना :- जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं. ५ हाल भक्तपुर बालकोट

मिति:- २०७६।०३।०९ गते ।