" सावित्री भट्टराईको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ "(2076-03-16)

मृतकको विवरण
नाम : सावित्री भट्टराई
उमेर : ६१
ठेगाना : जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा.वि.स-५ हाल ईन्द्रावती गाउँपालिका-५
पेशा : गृहिणी
घटनास्थल : जिल्ला भक्तपुर चाँगुनाराण नगरपालिका वडा -७ बाँसवारीस्थित छोरी ईश्वरी भट्टराईको घरमा

घटनाको संक्षिप्त विवरण :
मिति २०७६/०३/१५ गते जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा.वि.स-५(हाल ईन्द्रावती गाउँपालिका-५) स्थायी घर भई हाल चाँगुनारायण नपा -७ वाँसवारी स्थित ईश्‍वरी भट्टाराईको घरको भुईतलामा वर्ष-६१ की सावित्री भट्टराईको घाँटी रेटी हत्या गरेको ।

मृतककी छोरी ईश्वरी भट्टराई र जिल्ला सिराह विष्णूपुर गा.वि.स-१ हाल भक्तपुर पुरानो ठिमी बस्ने मोहम्मद नौसाद बिचको सम्बन्धका बारेमा मृतक साबित्री भट्टराईलाई थाहा भएपछी उक्त कुरा बाहिर आउँछ भन्ने डरले मृतककी छोरी ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई मार्न रु.१२ लाखको सुपारी दिने सहमती भएपछी मोहम्मद नौसाद र अर्जुन कुमार भन्ने भोला कुमारले सल्लाह गरि भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेको ।

पक्राउ अभियुक्तहरु
१, नाम : मोहम्मद नौसाद (ईश्वरी भट्टराईको प्रेमी)
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला सिराह विष्णूपुर गा.वि.स-१(कल्याणपुरनपा-४) हाल भक्तपुर पुरानो ठिमी

२, नाम : अर्जुन कुमार भन्ने भोला कुमार
उमेर : २४ वर्ष
ठेगाना : भारत जनक भगत,ईडी-३५ नई अशोक नगर,बसुंधारा ऐंक्लेव,पुर्वी दिल्ली
छाप्रा पानापुर थाना,दुभौली पञ्चायत

३, नाम : मोहम्मद रहिश
उमेर : २४ वर्ष
ठेगाना : भारत,मधुमनी जिल्ला रजौरी थाना, दुभौली पञ्चायत

४, नाम : ईश्वरी भट्टराई (मृतककी छोरी)
उमेर : २७ वर्ष
ठेगाना : साविक जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा.वि.स-५ हाल ईन्द्रावती गाउँपालिका-५ स्थायी घर भई हाल चाँगुनारायण नपा-७ वाँसवारी
घटनामा प्रयोग भएको चक्कु थान -१

मिति २०७६/०३/१६ गते ।