“ नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ”(2076-03-19)

घटना विबरण:-
विगत केही समय देखि काठमाण्डौं उपत्यका भित्र यातायात ब्यबस्था कार्यालबाट स्मार्ट लाईसेन्स बनाईदिने भनि नक्कली सवारी चालक अनुमति पत्रहरु तयार गरी रकम समेत लिई गैरकानुनी तबरले केही ब्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते समेत गरी संगठित रुपमा नक्कली लाईसेन्स तयार तथा बिक्रीबितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा समेतको संयुक्त टोलिले नक्कली लाईसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोहको खोजतलास गर्दै जाने क्रममा मिति २०७६/०३/१८ गते काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुबाट सरकारी छाप दस्तखत किर्ते र नक्कली लाईसेन्स समेतका दशी प्रमाण सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको ।

पक्राउ प्रतिवादीहरु
१. नाम :- मुनाल कुमार मोक्तान
उमेर :- ४० वर्ष
ठेगाना :- जि. रामेछाप रामेछाप न.पा. वडा नं ५
हाल :– जि. ललितपुर धोबीघाट

२. नाम :- राजेश कुमार श्रेष्ठ
उमेर :- ३८ वर्ष
ठेगाना :- जि. सिन्धुपाल्चोक सानो सिरुबारी गा.पा. वडा नं २
हाल :– जि. काठमाण्डौं का.म.न.पा. वडा नं ७ चाबहिल

३. नाम :- राधेश्याम नगरकोटी
उमेर :- ३८ वर्ष
ठेगाना :- जि. काठमाण्डौं का.म.न.पा. वडा नं ८ तिलगंगा

४. नाम :- रुपेन्द्र दर्जी
उमेर :- २७ वर्ष
ठेगाना :- जि. काठमाण्डौं कागेश्वरी मनहरा न.पा. वडा नं १

बरामद सामानहरु:-
१) यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान ।
२) कम्प्युटर १ सेट ।
३) प्रिन्टर थान १ ।
४) अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प थान २
५) तोसिबा कम्पनीको ३२ जि.बि. को पेन ड्राईभ थान १ ।
६) पि.भी. सि. पेपर ३० थान ।
७) camel लेखिएको स्टयाम्प थान १ ।
८) काउन्सुलर अफिस लेखिएको छाप थान १
९) यातायत ब्यबस्था कार्यालयको अंग्रेजी छाप थान १ ।
१०) बिभिन्न ब्यक्तीहरुको नागरिकताको प्रतिलिपी ।

मितिः- २०७६।०३।१९ गते ।