"पटक-पटक चोरी गर्ने विदेशी नागरिहरू पक्राउ"(2076-03-19)

घटना विवरण :-
मिति २०७६।०३।१८ गते अं.१७:३० बजेको समयमा जि.ललितपुर, गावल घर भई का.जि.का.म.न.पा.वडा नं.२३ झोँछे स्थीतमा राजेन्द्र श्रेष्ठले संचालन गरेको DEVIS METRO MONEY EXCHANGE मा २ जना (एक महिला र एक पुरूष) विदेशी नागरिकहरू आई ५ सय साउदी रियाल US Dollar मा साट्ने बहाना गरी भ्रममा पारी US Dollar 900, Saudi Real 3000 र Chinese Rmb 1400 चोरी गरी लगेको घटनामा संलग्न पाकिस्तानी नागरीकहरू Mohsin Khan र Pooja Mohsin Khan लाई यस महाशाखाको टोलीले जि.भक्तपुर, दरबार स्क्वायर स्थितमा रहेको Sweet Home Bhaktapur बाट पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको ।
साथै निजहरूले मिति २०७६।०१।२९ गते अं.१८:३० बजेको समयमा जि.भक्तपुर, सुर्यविनायकमा रहेको रामकृष्ण श्रेष्ठले संचालन गरेको आर.के.ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स सेन्टरबाट रू.३० हजार, ऐ.मिति अं.१९:४५ बजेको समयमा जि.भक्तपुर, ठिमी, लोकन्थलीमा शन्तकृष्ण हेकाले संचालन गरेको हेका किचेन स्टोर्सबाट रू.७० हजार र जि.रुपन्देही, बुटवलमा शारदा वाग्लेले सन्चालन गरेको राईजिङ स्पोर्टस् ग्यालरीबाट रू.१ लाख ५० हजार रकम चोरी गरी लगेको घटनामा मिति २०७६।०१।३१ गते यस महाशाखाबाट पक्राउमा परी दुवै जना रू.५०/५० हजार धरौटिमा छुटेको ।

पक्राउ व्यक्तिहरू :
१. नाम : मोहसिन खान
उमेर : ३२ वर्ष
ठेगाना : Block No.1893, G 10+1, Islamabad, Pakistan

२. नाम : पुजा मोहसिन खानn
उमेर : ३१ वर्ष
ठेगाना : Block No.1893, G 10+1, Islamabad, Pakistan

मिति : २०७६।०३।१९ गते ।