“ नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ”(2076-03-23)

घटना बिबरण :

मिति २०७६।०३।२३ गते केही व्यक्तिहरु अबैध सुनको कारोवार गर्दैछन् भन्ने गोप्य सूचना प्राप्त भएपश्चात यस अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले सुनको कारोवार गर्ने व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा का.जि.का.म.न.पा.वडा नं १६ बौद्द पिपलबोट स्थित MS ज्वलर्समा सुन राखिरहेको अवस्थामा फेला पारी, चेकजाँच गर्दा SUISSE 1 KILO FINEGOLD 999.9 C253774 लेखिएको विस्कुट आकारको नक्कली सुन थान १ सहित बरामद समेत गरी तपशिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरिएको । थप अनुसन्धान कार्य जारी रहेको । 

पक्राउ व्यक्तिहरु : 
 
१)  नाम :- टिनु घिमिरे पन्त
     उमेर :- ३९ वर्ष 
     ठेगाना :-जिल्ला चितवन भरतपुर म.न.पा,वडा नं.८ हाल : ल.पु.नख्खु
२) नाम :- सस्मिता आचार्य
    उमेर :- ३४ वर्ष
    ठेगाना :- का.जि.का.म.न.पा. वडा नं.३०
३) नाम :- उमेश सुनार
    उमेर :- २२ वर्ष 
    ठेगाना :- जिल्ला सिन्धुपाल्चोक बालचोक गा.पा. वडा नं. हाल : का.जि.बौद्ध
४) नाम :- जिबन धामि चौधरी
    उमेर :- ३४ वर्ष 
    ठेगाना :- जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ७ हाल : जि. भक्तपुर कौशलटार
५) नाम :- जाम्मु लामा
    उमेर :- ६५ वर्ष 
    ठेगाना :- जिल्ला गोरखा चमनुब्री गा.पा. वडा नं ६ हाल : का.जि.गंगबु

   मिति :- २०७६।०३।२३ गते ।