“हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्त पक्राउ”(2076-03-25)

घटना विबरण:-

विगत केही समय देखि काठमाण्डौ उपत्यकाभित्र भएका चोरी कार्यमा संलग्न रहेका मानिसहरुको खोजि गर्ने क्रममा चोरी ,डांका तथा लागू औषध मुद्धामा पक्राउ परी आवश्यक अनुसन्धान कार्य भई रहेका निम्न मानिसहरु मिति २०७६।०३।२३ गते रातीको समयमा श्री महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटीको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी फरार भएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७६।०३।२५ गते साँझ १९:०० बजेको समयमा का.जि. बौद्ध जम्बुडांडा बाट चोरी घटनामा संलग्न रहि फरार रहेका मध्ये निम्नमानिस लाई पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भई रहेको ।

पक्राउ प्रतिवादी:- 

१)  नाम :- बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ 
     उमेर :- २५वर्ष 
     ठेगाना :- जिल्ला रामेछाप रामेछाप न.पा. वडा न ५ २.
२)  नाम :- शम्शेर माझी 
     उमेर :- २५वर्ष
     ठेगाना :- जिल्ला रामेछाप रामेछाप न.पा. वडा न ५

निजहरु संलग्न रहेका घटनाहरु :-
१. मिति २०७६।०१।१५ गते साँझको समयमा जिल्ला ललितपुर गोदावरी न.पा.वडा न ९ छम्पी स्थित केशब थापा समेतको घरमा प्रवेश गरि घरकोठाहरुको ताला फुटाई घरकोठामा रहेका बिभिन्न धनमाल चोरी गरि लाने कार्यमा संलग्न रहेको ।२. मिति २०७६।०२।२८ गते रातीको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा न १९ लगनखेल स्थित बसपार्क को स्पिड सर्भिस प्रा.लि. बाट चाबी फोडी सो कार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरि लगेको ।

मिति २०७६।०३।२५ गते