“ हतियार सहित मानिसहरु पक्राउ”(2076-03-30)

घटनाको बिबरण :-
फरार अपराधि पक्राउ एबं गैरकानुनी क्रियाकलाप बिरुद्ध यस कार्यालयबाट संचालन गरिएको बिशेष अभियान अन्तर्गत केहि व्यक्तीहरु लुटपाटको योजना सहित बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र अपराध महाशाखाबाट खटिएको संयुक्त टोलिले मिति २०७६।०३।२९ गते का.जि.का.म.न.पा.२६ गंगबु नयाबसपार्क स्थित नेपाल तारा गेष्टहाउस बाट Made In Italy लेखिएको Petro Barata Automatic पेस्तोल थान एक र Wcc 0.8 लेखिएको लाईभ राउण्ड गोली थान ५ सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरिएको साथै यस कार्यालयबाट थप अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ व्यक्तिहरु :
१) नाम : सबिन खबास
    उमेर : ३६ वर्ष
    ठेगाना : जिल्ला झापा,गारामुनि गा.पा. वडा नं.७
    हाल : का.जि.टोखा

२) नाम : राम कुमार राई
    उमेर : ३७ वर्ष
    ठेगाना : जिल्ला नुवाकोट, लिखु गा.पा. वडा नं.४

३) नाम : प्रितम राई
    उमेर : २७ वर्ष
    ठेगाना : जिल्ला नुवाकोट, लिखु गा.पा. वडा नं.४

अनुसन्धानमा खुल्न आएका कुराहरु :-
 सबिन खवास मिति २०७३।११।१९ गते जि.नुवाकोट ह्याङफेदी -७ बस्ने मनदोर्जे तामाङ लाई अपहरण तथा शरिर बन्धक मुद्दामा हतियार सहित पक्राउ परि २०७५।०८।०४ गते डिल्लीबजार कारागार बाट छुट भएको ।
 कारागार बाट छुट भई सकेपछि निज सबिन खबासले समुह खडा गरी लुटपाटको योजना बनाएको ।
 यसै क्रममा ४/५ महिना अगाडी सबिन खबासको नुवाकोटमा प्रितम राई र रामकुमार राई को ठेक्कापट्टा काम गर्ने सम्बन्धमा भेट / चिनजान भएको ।
 निज प्रितम राई २०७५ मंशिरमा जि.प्र.का. नुवाकोटबाट २०७५ मंशिर २२ गते ज्यान मार्ने उद्योगमा पक्राउ परेको ।
 निज राम कुमार राई जि.प्र.का. नुवाकोटबाट सार्बजनिक अपराधमा पक्राउ गरेको ।
 मिति ३०७६।०३।२९ गते निज सबिन खवासले मोटो रकम आउने काम छ भनि प्रितम राई र राम कुमार लाई हतियार लिई आउनु भनि फोन गरी नुवाकोट बाट काठमाडौ बोलाएको ।
 नुवाकोटबाट राम कुमार राईले हतियार लिएर आएको ।
 निजहरु बिच अं. ११:०० बजे तिर का.जि. टोखामा भेट भएको र भेटमा सुन लुट्ने योजना बनाई रामकुमार राईले प्रितम राई लाई हतियार राख्न दिएको ।
 दिउसो १४:०० बजे चक्रपथ स्थित क्याफेमा छलफल गरी लुटपाटको योजना बनाएको ।
 निजहरु चक्रपथमा गंगबु बसपार्क स्थित नेपाल तारा गेष्टहाउसमा गई कोठा लिएर योजना बनाई बसिरहेको ।
 थप अनुसन्धान कार्य जारी रहेको ।

    बरामद भएका सामान :-

मिति : २०७६।०३।३० गते ।