"आफ्नै श्रीमतीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ"

मृतकको विवरण
मृतकको नाम: लक्ष्मी परियार
उमेर : १८ वर्ष
पेशा: विद्यार्थी
मृतकको बुबाको नाम: तुलमान नेपाली
ठेगाना : जि.धादिङ त्रिपुरासुन्दरी -७ हाल का.जि.का.म.पा.-१६ बोराटार
घटनास्थल: का.जि.का.म.न.पा.-३ बसुन्धारा स्पिड गेष्टहाउस कोठा नं.-१०१
घटना घटेको मिति: २०७५/०५/१२ गते राती ।
लाश फेला परेको मिति : २०७५/०५/१५ गते बेलुका ०६:३० बजे ।

घटनाको संक्षिप्त विवरण

मिति २०७५/०५/१३ गते का.जि.का.म.न.पा-३ स्थितमा रहेको स्पिड गेष्टहाउसको कोठा नं.-१०१ मा बस्दै आएका जि.खोटाङ मौवाबोटे-१ निवासी वर्ष-२२ को अनिल परियारले आफ्नै श्रीमती वर्ष-१८ की लक्ष्मी नेपालीलाई मारी फरार भएकोमा विशेष सुचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले मिति २०७५/०७/१० गते कास्की जिल्लाको पोखरा म.न.पा- ७ माछापुच्छ्रेटोलबाट पक्राउ गरी यस कार्यालयमा ल्याई सोधपुछ गर्दा निजले आफुले गरेको अपराध स्विकार गरेको र अन्य अनुसन्धान भईरहेको ।

पक्राउ अभियुक्त
नाम : अनिल परियार
उमेर : २२ वर्ष
ठेगाना : जि.खोटाङ बराहपोखरी गाउँपालिका-६ मौवावोटे
पक्राउ मिति : २०७५/०७/१० गते ।

मिति : २०७५/०७/११ गते ।