“ठुलो परिमाणमा पटाका भण्डारण गरी बिक्री बितरण गर्ने दुई जना पक्राउ”

घटना विवरण :
फरार अपराधीहरुको खोजतलास तथा साना हतियारको खोजी, लुटपाट एबं चोरी तथा कालाबजारी नियन्त्रण गर्ने बिशेष अभियान अन्तर्गत केही ब्यापारीहरुले नेपालीहरुको महान चाड तिहार तथा छठ पर्व समेतलाइ लक्षित गरी ठुलो परिमाणमा बिष्फोटक पदार्थ (पटाका) भण्डारण गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटिएको टोलीले त्यस्ता कार्यमा संलग्न ब्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७४/०७/११ गते का.जि. का.म.न.पा. २७ महाबौद्धमा अशोक कुमार साहले सञ्चालन गरेको शुसान्त ट्वाईज एण्ड गिफ्ट हाउसबाट २ क्विन्टल (२०० के.जी.) र नन्दलाल साहले सञ्चालन गरेको बिबेक खेलौना हाउसबाट ५ क्विन्टल (५०० के.जी.) अन्दाजी मुल्य रु. ७०,००,०००।–(सत्तरी लाख) बराबरको फेला पारी बरामद गरी यस महाशाखाको नियन्त्रणमा लिईएको । पक्राउ परेका अशोक कुमार साह र नन्दलाल साह उपर थप अनुसन्धान कार्य भई रहेको ।

पक्राउ अभियुक्तहरु:
१.नाम थर : अशोक कुमार साह ।
उमेर : २४ बर्ष ।
वतन : जि. सर्लाही कबिलासी न.पा. वडा नं. ७ हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ कालिमाटी ।
२. नामथर : नन्दलाल साह ।
उमेर : ३८ बर्ष ।
वतन: जि. सर्लाही बबरगंज न.पा. वडा नं. ७ हाल जि. काठमाण्डौ का.म.न.पा. वडा नं.१५ चागल ।

बरामद दशिका सामानहरु :
१) गमला चक्र
२) झिरझिरे
३) रकेट
४) रोल क्याप
५) क्लासिक डिलक्स
६) माल्टा
७) सेभेन स्टार

मिति २०७४/०७/११ गते ।