"शरद गौचन/दुर्गा तिवारी हत्याकाण्ड र दावा लामालाई गोली प्रहार गरी फरार रहेका प्रतिवादीहरु पक्राउ"

घटना विवरण :
मिति २०७४।०६।२३ गते दिउँसो राम कुमार खत्रीले चलाएको बा.१३ च ४९४८ नम्बरको प्राडो गाडीमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ स्थायी घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३१ शान्तिनगर बस्ने नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष बर्ष ६० को शरद कुमार गौचन सवार रहि ओम शान्ती चोक तर्फ बाट नयाँबानेश्वर तर्फ जादै गरेको अबस्थामा अं. १४:५० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३१ प्रयाग चोक खरिबोट स्थित सडकमा पुग्दा अपरिचित व्यक्तिहरुले गाडीको अगाडीको सिसामा ईटा प्रहार गर्दा सिसा फुटेकोले गाडी रोकिदा अगाडिको सिसाबाट गोली प्रहार गरि शरद कुमार गौचनलाई हत्या गरि फरार रहेका गुण्डा नाईके समिरमान सिंह बस्नेत समूहका सदस्यहरु, निम्न अभियुक्तहरु लाई मिति २०७५।०७।१२ गते जिल्ला झापा , काकडभिट्टामा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको ।

पक्राउ परेको व्यक्ति :-
नाम :- लोप्साङ भन्ने सोम तामाङ
उमेर :- ४० बर्ष
स्थायी ठेगाना :- जि. झापा , बिर्तामोड न.पा.वडा नं. ५, शनिअर्जुन
हालको ठेगाना :- का.जि., कपन

नाम :- रोशन बुढाथोकी
उमेर :- २६ बर्ष
स्थायी ठेगाना :- का.जि. , नागार्जुन न.पा. वडा नं. ४

नाम :- अम्बर बहादुर राना ( २०७२ मा कालीध्वज गण ,ईलामबाट नेपाली सेनाको भगौडा रहेको )
उमेर :- ३१ बर्ष
स्थायी ठेगाना :- जिल्ला उदयपुर, रौता-५
हालको ठेगाना :- का.जि., बाफल

अनुसन्धान बाट खुल्न आएका कुराहरु :-
१. निजहरु संलग्न अपराध स्वीकार गरिसकेको तथा थप अनुसन्धान कार्य जारी रहेको ।
२. शरद गौचन हत्याकाण्डमा निज अम्बर बहादुर राना मगरले मुख्य सुटरको काम गरेको ।
३. मिति २०७३।०९।०४ गते जिल्ला रुपन्देहीमा, देबदह-७, खैरनीमा भएको दुर्गा तिवारी हत्याकाण्डमा निज लोप्साङ भन्ने सोम तामाङले मुख्य सुटरको काम गरेको ।
४. मिति २०७३।१२।२९ गते अं. बिहान ९:२२ बजेको समयमा का.जि., बौद्ध, नयाँबस्ती स्थित दिव्य पार्टी प्यालेसको जिम क्लबमा जिम गर्न जाँदै गरेको अबस्थामा निजहरुको समूहले काभ्रे घर भएका दावा लामालाई गोली प्रहार गरी घाईते बनाएको , उक्त घटनामा निज अम्बर बहादुर राना मगरले मुख्य सुटरको काम गरेको ।

बरामद भएका सामानहरुको विबरण :-
१. सामसुङ j7 मोबाईल थान-१
२. ओप्पो मोबाईल ,,
३. सामसुङ Dues मोबाईल ,,
४. MI मोबाईल ,,
५. ZIOX मोबाईल ,,
६. Jio कम्पनीको डंगोल थान-२

मिति २०७५।०७।१२ गते ।