प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“Khalti Apps को नक्कली कर्मचारी बनी अनलाईन ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ”

२०७८-१०-०२

  • A
  • A-
  • A+
Share

पिडितहरुलाई मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफू Khalti Apps को कर्मचारी हुँ भनी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा OTP Code आउछ, उक्त OTP Code अरु कसैलाई नदिई टिपाउनु भनी पिडितहरुलाई बिश्वासमा पारी OTP Code लिई पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम बिभिन्न ब्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी IME तथा City Express Money Transfer बाट रकम निकाली लिई अनलाईन ठगी गर्ने कार्यमा संलग्न जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २ बस्ने बर्ष १८ को निरञ्जन कुमार गुप्ता, ऐ.ऐ. वतन भएका करण यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्सा संग समन्वय गरी निजहरुलाई मिति २०७८।००९।३० गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।१०।०२ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

पक्राउ ब्यक्तिहरुः-

१.नामथरः- निरञ्जन कुमार गुप्ता

उमेरः १८ बर्ष

ठेगानाः जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २

२. नामथरः- करण यादव

उमेरः १८ बर्ष

ठेगानाः जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २ 

सम्बन्धित समाचार
“पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-१२

जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं.१ जानकीनगर घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ सुविधानगर, तिनकुने बस्ने वर्ष ३० की धन कुमारी ओली समेतले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि पोर्चुगलमा जानको लागि प्रतिव्यक्ति रु.१३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु, मासिक रु. १,२०,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट जम्मा रु. २१,००,०००/- (अक्षेरुपी एक्काइस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज धन कुमारी ओलीको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।११ गते जि. ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                  निम्न:     नाम थर  : धन कुमारी ओली     उमेर      : ३० वर्ष     वतन     : जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.                  ३२ सुविधानगर तिनकुने ।

“ अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-१२

जिल्ला रामेछाप साविक रामपुर गा.वि.स. वडा नं. ३ परिवर्तित रामेछाप न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ बस्ने वर्ष ३४ को योगेश राज श्रेष्ठले वैदेशिक रोजगारीको लागि अमेरिकामा जानको लागि प्रतिव्यक्ति रु. २५,००,०००/- (अक्षेरुपी पच्चीस लाख रुपैयाँ मात्र) लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, राम्रो कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरि जम्मा रु. १४,०७,०००/- (अक्षेरुपी चौध लाख सात हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज योगेश राज श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।१२ गते जि. ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                    निम्न:     नाम थर  : योगेश राज श्रेष्ठ     उमेर      : ३४ वर्ष     वतन     : जिल्ला रामेछाप साविक रामपुर गा.वि.स. वडा नं. ३ परिवर्तित रामेछाप न.पा. वडा                  नं. ५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५   

“काठमाडौं उपत्यकामा श्रृङ्खलावद्द मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ”
२०७९-०८-११

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०७९/०८/०९ गते का.जि.का.म.न.पा.वडा नं.९ एयरपोर्टबाट जिल्ला सुर्खेत भेरीगंगा न.पा.वडा नं.४ घर भई हाल जिल्ला ललितपुर ईमाडोल बस्ने वर्ष २८ को भुपेन्द्र बहादुर बुढामगरलाई भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको YAMAHA कम्पनिको FZ मोटरसाईकल सहित पक्राउ गरी निजको सम्बन्धमा थप अनुसन्धान गर्दा निजले बिभिन्न मितिमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको पार्किङबाट रोयल ईन्फिल्ड कम्पनिको क्लासिक ३५० थान १, २२० सि.सि.को पल्सर मोटरसाइकल थान १ र १५० सि.सि.को पल्सर मोटरसाईकल थान १ गरी अन्य ३ थान मोटरसाइकल चोरी गरेको भन्ने खुल्न आएकाले निजलाई १ थान मोटरसाइकल सहित थप अनुसन्धानको लागी  प्रहरी वृत ठिमी पठाईएको तथा अन्य ३ थान मोटरसाइकल आवश्यक अनुसन्धानको लागी प्रहरी वृत गौशाला पठाईएको ।साथै निजले अन्यन्त्र स्थानबाट समेत मोटरसाईकल चोरी गरेको हुनसक्ने तर्फ समेत अनुसन्धान भईरहेको । प्रकाउ परेका व्याक्तिहरु:-१. भुपेन्द्र बहादुर बुढामगर  उमेर :- २८ठिगाना:-जिल्ला सुर्खेत भेरीगंगा न.पा.वडा नं.४ घर भई हाल जिल्ला ल.पु.ईमाडोल बस्नेबरामद भएको मोबाईल तथा नगद   Samsung Company मोबाईल थान १     नगद रु.१४,०००/-

"बेलायत पठाई दिन्छु भनि ठगि गर्ने कन्सलटेन्सीका संचालक प्रकाउ"
२०७९-०८-०२

काठमाण्डौं पुतलिसडक स्थित रेडजोन फाउन्डेसन नामक कन्सलटेन्सी संचालन गरी बस्ने तिलक बहादुर बस्नेतले पिडितहरुलाई अमेरिका, बेलायत लगायतका देशहरुमा भिषा उपलब्ध गराउने भनि प्रलोभन देखाई पटक पटक गरी रु.११,२०,०००।– ठगी गरेको भनि यस कार्यालयमा उजुरी परे पश्चात अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाईएकोले रेडजोन फाउन्डेसन कन्सलटेन्सी संचालक तिलक बहादुर बस्नेतको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी  टोलिले मिति २०७९/०८/०१ गते जिल्ला काठमाण्डौ का.म.न.पा २८ पुतलिसडकबाट निजलाई पक्राउ गरी ठगि सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय परिसर टेकु काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्ति :-  १. नाम ;-  तिलक बहादुर बस्नेत    ठेगाना ;- जि. सोलुखुम्बु थुलुङ गा.पा वडा नं.२    हाल ;- का.जि .मैतिदेबि    उमेरः ३३ 

"भन्सा र छलि चोरी पैठारी गरी ल्याईएका सवारी साधन सहित मानिस पक्राउ”
२०७९-०७-२५

काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि वितरण गर्ने उद्देश्यले राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९/०७/२४ गते बेलुकी अन्दाजी ५:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं.९ पलासे बाट Totaya  कम्पनिको Etios कार थान १ र सुर्यविनायक न.पा.वडा नं.८ आदर्शचोकबाट  फोर्ड कम्पनिको Ecosport जिप १ थान  गरी २ थान सवारी साधन सहित तल नाम थर उल्लेख गरिएका  व्यक्तिलाई पक्राउ गरी  थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण काठमाण्डौ पठाईएको । पक्राउ परेका मानिस :-१. नाम.:-रविन ओझा                                                                       उमेर :– २६ बर्ष   ठेगाना:– जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं.९ पलासे  

"नक्कली करारनामा बनाई ठगी गर्ने व्यक्ती पक्राउ"
२०७९-०७-१७

नौसद अन्सारी समेतले काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी  नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाण्डौमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन  होटेल प्रा.लि. नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुन्छ भनि झुक्याई, प्रलोभनमा पारी विश्वास दिलाई उक्त होटलमा लगानी गर्नको लागी भनी पटक पटक गरी जम्मा  रु ४,५०,००,०००।– ( चार करोड पचास लाख) रकम लिई ठगी गर्ने कार्यमा संलग्न जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १७ हाल ऐ  वडा नं. १४ पिपरा बहुअरी बस्ने बर्ष ३६ को  नौसद अन्सारीको नाममा समेत सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई फरार रहेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. ८  प्रतिमाचोकबाट मिति २०७९।०७।१६ गते पक्राउ गरी आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाइएको । पक्राउ प्रतिवादीः- नामः- नौसद अन्सारीउमेर:- ३६ वर्ष वतन:- जिल्ला पर्सा, विरगंज म.न.पा.वडा नं. १७ हाल ऐ. वडा नं. १४ पिपरा बहुअरी बस्ने ।