प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

" नक्कली PCR रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ "

२०७८-१०-१९

  • A
  • A-
  • A+
Share

घटना विवरण :-

भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई  नक्कली PCR रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।१०।१८ गते बिहान अ. १०.३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि  जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको तथा काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा  सोही ल्याबका कर्मचारी माधव मैनालीलाई  फेला पारी नियन्त्रणमा लिइएको, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित जम्मा ४ (चार) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट PCR रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको, फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी  तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको । साथै दुबै अस्पतालका PCR Lab हरु सिल गरि PCR सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको ।

 

 प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ PCR रिपोर्ट दिने गरेको ।

v उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।

v कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको ।

v उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।

v  सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।  

v बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।

v QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको ।

 

पक्राउ परेका व्यक्तिहरु :-

१.      जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं. घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।

२.     जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं. घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।

३.     जिल्ला काभ्रेपलान्चोक तमाल गा.पा. घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं. सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली

४.     जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा ।

 

फरार रहेका ब्यक्तिहरु :

१.      जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab  सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र ।

२.      हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक  अ. बर्ष ४० को निर्मल गिरी ।

बरामद सामग्रीहरुः

१.      पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको Computer Monitor थान १, Laptop थान १, CPU थान ३ ।

२.      पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद प्याडहरु ।

३.      मोबाइल थान-५ ।

 

 

सम्बन्धित समाचार
कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनि ठगी गर्ने ब्यक्ती पक्राउ
२०८०-०२-२५

जिल्ला सिन्धुपाल्चोक साबिक स्याउले  गा.बि.स. वडा नं.५ हाल परिवर्तित चौतारा न.पा. वडा नं.१  स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा वडा नं. ९ बस्ने सञ्च तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनी पटक पटक गरी रु ४,००,०००।– (अक्षरुपी चार लाख) लिई ठगी गरी  फरार रहेकोमा  यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२४ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ  का.म.न.पा वडा नं. ३१ बानेश्वर बाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।                            पक्राउ प्रतिवादीःनाम:- सञ्च तामाङ   उमेर:- ४२ वर्ष                                             वतन:- जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा. वडा नं.१ मितिः-२०८०।०२।२५ गते ।         

"आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ"
२०८०-०२-२४

मिति २०८०।०२।१४ गते बेलुका अं १७;०० बजेको समयमा जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेकोले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी जि.प्र.का.बाराबाट पत्राचार भई आएकोमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते बेलुका अं.१७;३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोट बाट निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का.बारा पठाईएको  ।                                         पक्राउ प्रतिवादीः-                                                                       नाम- नुर आलम अंसारी                                                       उमेर:- २५                                             वतन:- जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी मितिः-२०८०।०२।२४ गते ।         

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०२-२३

पिडितसंग चिनजान गरी साथी बनी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भनी फरक ब्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई बिभिन्न बहाना बनाई झुक्याई पिडितकै मोबाईल लिई बैक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्‍याई पिडितकै  खाताबाट अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी बस्ने बर्ष २२ को अरूण सिवाकोटीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।नामथर  : अरुण सिवाकोटीउमेर      : २२ बर्ष ठेगाना    : जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ हाल      : जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी

“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं. १ घर भई हाल  का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा बस्ने बर्ष ४६ को शेर बहादुर तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु त्यसको लागि रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि Hotel  मा  काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख  रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शेर बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२३ गते का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।            निम्न:     नाम थर : शेर बहादुर तामाङ     उमेर :  ४६ वर्ष     वतन :  जिल्ला  सोलुखुम्बु लिखुपिके गा.पा. वडा नं. १ गोलिगुम्बा घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा ।

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला झापा दमक न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८  बस्ने वर्ष ४५ की मुना देवी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि Bike Rider  मा  काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,५०,०००/- (अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मुना देवी कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२२ गते का.जि.का.म.न.पा. वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।        निम्न:     नाम थर : मुना देवी कार्की       उमेर :  ४५ वर्ष     वतन :  जिल्ला झापा दमक  न .पा. वडा  नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ ।

" १७ बर्ष देखि फरार प्रतिवादी पक्राउ "
२०८०-०२-२२

मिति २०६३।११।२४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादी वसन्त हमाल काठमाण्डौ उपत्यकामा लुकिछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा निज प्रतिवादी वसन्त हमालको निग्रानी राखि खोजतलास गर्दै जाँदा मिति २०८०।०२।२१ गते अं.१४:४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.९ च्यासलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाईएको ।पक्राउ परेको व्यक्ति;- १.      जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. ९ च्यासल वस्ने लक्ष्मण हमालको छोरा वर्ष ३४ को वसन्त हमाल ।