प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“जब सेन्टरको नाममा ठगि गर्ने गिरोह पक्राउ ”

२०७८-११-२३

  • A
  • A-
  • A+
Share


            उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगिमा परेको भनि निवेदन आए पश्चात प्रारम्भिक अनुसन्धान गरी  यस महाशाखाबाट मिति २०७८।११।२२ गते खटि गएको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगाएतका स्थानबाट   ठगिमा   सक्रिय ब्यक्तिहरु पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र  बालाजुमा पठाईएको ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः

·       उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको ।

·       फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको ।

·       कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई  तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको ।

       

पक्राउ परेका व्यक्तिहरु

१.      जिल्ला  अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुलापोखरी  घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे।

२.      जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६  घर भई हाल जि. काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे ।

३.      जिल्ला लमजुङ दुधपोखरी गा.पा. २  घर भई हाल का.जि. तारकेश्वर न.पा.  जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित  दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर का  सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा ।

४.      जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने  का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक  वर्ष २३ को विवेक यादव ।

५.      जिल्ला ओखलढुङगा सिद्दिचरण न.पा.वडा नं. ३ अधेँरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा ‍नं. ३२ आकाशेपुल स्थित -ABS Job and training Center pvt.Ltd  र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक  वर्ष २८ का अश्विन राई ।

६.      जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का  सञ्चालक वर्ष २२ का घनश्याम पहाडी ।

७.      जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने ।

८.      जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने।

९.      जिल्ला रौतहट मौलापुर गाँउपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद ।

  पुनश्च: उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भईरहेको पाईएकाले रोजगारदाता कम्पनिको पृष्ठभुमि अध्ययन गर्नु हुन सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।  

सम्बन्धित समाचार
कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनि ठगी गर्ने ब्यक्ती पक्राउ
२०८०-०२-२५

जिल्ला सिन्धुपाल्चोक साबिक स्याउले  गा.बि.स. वडा नं.५ हाल परिवर्तित चौतारा न.पा. वडा नं.१  स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा वडा नं. ९ बस्ने सञ्च तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनी पटक पटक गरी रु ४,००,०००।– (अक्षरुपी चार लाख) लिई ठगी गरी  फरार रहेकोमा  यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२४ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ  का.म.न.पा वडा नं. ३१ बानेश्वर बाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।                            पक्राउ प्रतिवादीःनाम:- सञ्च तामाङ   उमेर:- ४२ वर्ष                                             वतन:- जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा. वडा नं.१ मितिः-२०८०।०२।२५ गते ।         

"आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ"
२०८०-०२-२४

मिति २०८०।०२।१४ गते बेलुका अं १७;०० बजेको समयमा जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेकोले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी जि.प्र.का.बाराबाट पत्राचार भई आएकोमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते बेलुका अं.१७;३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोट बाट निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का.बारा पठाईएको  ।                                         पक्राउ प्रतिवादीः-                                                                       नाम- नुर आलम अंसारी                                                       उमेर:- २५                                             वतन:- जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी मितिः-२०८०।०२।२४ गते ।         

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०२-२३

पिडितसंग चिनजान गरी साथी बनी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भनी फरक ब्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई बिभिन्न बहाना बनाई झुक्याई पिडितकै मोबाईल लिई बैक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्‍याई पिडितकै  खाताबाट अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी बस्ने बर्ष २२ को अरूण सिवाकोटीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।नामथर  : अरुण सिवाकोटीउमेर      : २२ बर्ष ठेगाना    : जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ हाल      : जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी

“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं. १ घर भई हाल  का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा बस्ने बर्ष ४६ को शेर बहादुर तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु त्यसको लागि रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि Hotel  मा  काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख  रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शेर बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२३ गते का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।            निम्न:     नाम थर : शेर बहादुर तामाङ     उमेर :  ४६ वर्ष     वतन :  जिल्ला  सोलुखुम्बु लिखुपिके गा.पा. वडा नं. १ गोलिगुम्बा घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा ।

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला झापा दमक न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८  बस्ने वर्ष ४५ की मुना देवी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि Bike Rider  मा  काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,५०,०००/- (अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मुना देवी कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२२ गते का.जि.का.म.न.पा. वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।        निम्न:     नाम थर : मुना देवी कार्की       उमेर :  ४५ वर्ष     वतन :  जिल्ला झापा दमक  न .पा. वडा  नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ ।

" १७ बर्ष देखि फरार प्रतिवादी पक्राउ "
२०८०-०२-२२

मिति २०६३।११।२४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादी वसन्त हमाल काठमाण्डौ उपत्यकामा लुकिछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा निज प्रतिवादी वसन्त हमालको निग्रानी राखि खोजतलास गर्दै जाँदा मिति २०८०।०२।२१ गते अं.१४:४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.९ च्यासलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाईएको ।पक्राउ परेको व्यक्ति;- १.      जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. ९ च्यासल वस्ने लक्ष्मण हमालको छोरा वर्ष ३४ को वसन्त हमाल ।