प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“OPERATION HONEY TRAP”

२०७९-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ उपत्यकाका स्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर  झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई दवाबमुलकढंगले डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail  गरी रकम असुल गरेको घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको विशेष अनुसन्धान टोलिले मिति २०७९।०३।०२ गते उक्त वारदातमा संलग्न निमा लामा समेत देहाय बमोजिमका ६ जना व्यक्तिहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट  पक्राउ गरी अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।  

                                                           क्राउ व्यक्तिहरुः

१. नाम:  निकिता के.सी.                                                                       

  उमेर : १९ वर्ष                                                                                      

  ठेगाना: सुर्यबिनायक-९, भक्तपुर                                                               

   हाल : का. जि. पेप्सिकोला                                                                     

२. नामः मनिषा परियार                    

    उमेर : १८ वर्ष 

    ठेगाना: ढुसेनि-०३, काभ्रेपलान्चोक                         

    हाल : का. जि. कोटेश्वर

३. नामः डिक ब. शर्मा                                                                          

     उमेर : ३२ वर्ष                                                                                         

    ठेगाना: हलेसी-७, खोटाङ                                                                        

    हाल : का. जि. तारकेश्वर                                                                         

४. नामःसन्जिब दर्जी

     उमेर : ३० वर्ष

     ठेगाना: ईटहरी-०७, सुनसरी       

    हाल : का. जि. चक्रपथ

 ५.नामः निमा लामा                                                                               

     उमेर : २५ वर्ष                                                                                         

     ठेगाना: मेलुङ-५, दोलखा                                                                         

     हाल : ल.पु.जि. नख्खिपोट                                                                        

६. नामःपासाङ लामा

     उमेर : ३० वर्ष                                                                                         

    ठेगाना: मेलुङ-५, दोलखा                                                                   

    हाल : : ल.पु.जि.नख्खिपोट              

प्रारम्भिक अनुसन्धानबाट खुलेका कुराहरु :-

v सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तीहरुलाई खाजा खाने बाहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने  ।

v पिडित व्यक्तीहरु उपर निगरानी राखि निजको घर ठेगाना, कार्यालय तथा सवारी साधन लगायतका सम्पुर्ण विवरणहरु प्राप्त गरी डायरीमा रेकर्ड  राख्ने ।

v प्रत्यक्ष भेटघाट पश्चात झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail  गरी  ठुलो रकम माग गर्ने ।

v दवाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली- परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।

सम्बन्धित समाचार
“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०३-१९

यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सुनकोशी गा.पा.वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला शंखमुल बस्ने बर्ष ३४ को बसन्त मोक्तान भन्ने नोर्साङ लामा (विगो रू.५,०००००।- अक्षेरूपी पाँच लाख) भएको बैकिङ्ग कसुर मुद्दामा निज बसन्त मोक्तान भन्ने नोर्साङ लामाको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७८।१२।०६ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादिलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०३।१९ गते काठमाण्डौ जिल्ला बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०३।१९ गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको ।पक्राउ प्रतिवादी:१. नाम : बसन्त मोक्तान भन्ने नोर्साङ लामाउमेर : ३४ बर्ष ठेगाना : सुनखानी-७, दोलखा     हाल : का.जि. शंखमुल                       

" सम्मानित कैलाली जिल्ला अदालतबाट १ बर्ष ६ महिना कैद, १५ हजार जरिवाना र ६५ लाख क्षतिपुर्ति तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०३-१९

पुर्णकाजी मानन्धरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अमर बहादुर खड्का भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।१२।०८ गतेको फैसलाले निज प्रतिवादी अमर बहादुर खड्कालाई १ बर्ष ६ महिना कैद, रू.१५,०००।- जरिवाना र जाहेरवालालाई रू.६५,००,०००।- क्षतिपूर्ति भराई दिने ठहर भई निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादी अमर बहादुर खड्काको खोजतलास गर्न यस कार्यालयबाट टोली खटाईएकोमा खटिएको टोलीले निज प्रतिवादी अमर बहादुर खड्काको बारेमा निग्रानी राखी खोजतलास गर्दै जाँदा मिति २०७९।०३।१८ गते  दिउसो अं.१३:३० वजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी मकालु पेट्रोल पम्प अगाडि निज प्रतिवादी अमर बहादुर खड्कालाई फेला पारी पक्राउ गरी निजलाई फैसला कार्यन्वयनको लागि आज सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको । पक्राउ परेका प्रतिवादी : नाम : अमर बहादुर खडका । उमेर :   ३६ वर्ष               ठेगाना : जिल्ला धनकुटा महालक्ष्मी न.पा. वडा नं. ६ घर भई हाल              जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. वडा नं. ७ बस्ने ।

“ हत्यामा संलग्न व्यक्ति तिस महिना पछि पक्राउ”
२०७९-०३-१९

मिति २०७६/०९/०९ गते अं. ११:३० बजे जिल्ला धादिङ निलकण्ठ न.पा. १४ घर भई का.जि. का.म.न.पा. वडा नं. १६ म्हेपी बस्ने वर्ष ३२ की विमला थापा मगर मृत अवस्थामा फेला परेको, उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जि.धादिङ निलकण्ठ न.पा. १४ घर भई का.जि. तारकेश्वर न.पा. वडा नं. ८ बस्ने वर्ष ३२ कुमारी तामाङ मिति २०७६/०९/०९ गते पक्राउ भईसकेको र घटनाका अर्का  संलग्न व्यक्ति जिल्ला धादिङ निलकण्ठ न.पा.१४ गहते घर भएका राजु तामाङ भन्ने प्रेम बहादुर तामाङलाई विशेष सूचनाको आधारमा तिस महिना पछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९/०३/१९ गते का.जि. का.म.न.पा. २६ मित्रनगरबाट पक्राउ गरी थप आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त लैनचौर पठाईएको ।पक्राउ अभियुक्त:नाम       :   राजु भन्ने प्रेम बहादुर तामाङउमेर      :  ३२ वर्षठेगाना    :  जिल्ला धादिङ निलकण्ठ न.पा. १४ गहते ।

“SIM Card Duplication गरि रकम ठगि गर्ने व्यक्ति पक्राउ”
२०७९-०३-१७

सामाजिक सञ्जाल Facebook तथा Whatsapp मा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजाने भनि कुराकानी हुदाँ बैदेशिक रोजगारको लागि पोर्चुगलमा ग्यारेन्टीको साथ पठाई दिन्छु पोर्चुगलको लागि रु ११,००,०००।- रकम लाग्छ, शुरुमा प्रोसेसिङ्ग गर्न कुनै पनि शुल्क लाग्दैन तपाईहरुको कागजातहरु मात्र भए पुग्छ, भिषा आएपछि रकम तिर्नु पर्छ भनी म्यासेज तथा कल गरी बिश्वास दिलाई निबेदकको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई  निबेदकको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका तपसिलमा उल्लेखित ठेगाना भएका व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलाश गर्ने क्रममा मिति २०७९।०३।१६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको  ।पक्राउ व्यक्तिः-१) नाम:–   गोपी बजगाई                                                    उमेर :– ४१ बर्ष    ठेगाना:– जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा.१७ 

“चेक अनादर विगो मुद्धाको फरार प्रतिबादी पक्राउ”
२०७९-०३-१६

राजु गिरीको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी नाम्गेल दोर्जे लामा भएको चेक अनादर विगो मुद्धामा निज प्रतिबादीले सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७७/१०/२५ गते भएको फैसला बमोजिम विगो रु. १,२०,००,०००।– र चेक जारी भएको मिति देखी भरी भराउ मिति सम्म कानुन बमोजिम हुने व्याज समेत निवेदकलाई भराइ दिने ठहर भएकोमा उक्त विगो नभराई अदालतको सूचना म्यादमा समेत हाजिर नभएकोमा निज प्रतिवादीलाई २(दुई) बर्षको लागी थुनामा पठाईदिनु भन्ने सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७९/०३/१० आदेश बमोजिम फरार रहेकोमा यस महाशाखाबाट खटिएको विशेष टोलीले निजलाई मिति २०७९/०३/१५ गते का.जि. का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरि सम्मानित काठमाडौं जिल्ला अदालतमा पठाइएको ।  पक्राउ  प्रतिवादी १. नाम :-  नाम्गेल दोर्जे लामा   उमेर :- ४९ वर्ष  बाबुको नाम:- डेवदोर्जे लामा                                                                                          वतन :- जिल्ला काभ्रेपलाञ्चोक गोठपानी गा.बि.स. वडा नं. ५              परिवर्तित चौरीदेउराली गा.पा. वडा नं. ०९ अस्थाई ठेगाना:- हाल जिल्ला ललितपुर पुल्चोक 

“ स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-१५

काठमाडौँ जिल्ला गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ४० को हरि बस्नेत समेतले विभिन्न व्यक्तिहरूलाई स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई  आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले हरि बस्नेतको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१४ गते अं. १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १० बुद्धनगरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                      निम्न:      नाम थर  : हरि बस्नेत      उमेर      : ४० वर्ष     वतन     :  जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी