प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजस्व छलिका सुर्तीजन्य पद्वार्थ सहित मानिसहरु पक्राउ

२०७९-०४-१९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।१८ गते यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा मिति २०७९।०४।१८ गते का.जि.पेप्सीकोलाबाट पोष्टराज गौतमलाई र दिनेश चौधरीलाई का.जि.का.म.न.पा.कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा निजहरुले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द अग्रवाल र सुरेश पोख्रेलले संचालन गर्ने जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा २१ खोकना स्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएकोले राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खु स्थित फुलबारी मार्ग, भैँसेपाटी स्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकना स्थितमा रहेको श्री न्यु शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरी राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा पद्वार्थ भण्डारण गरी राखेको गोदाम राजस्व अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधिको रोहवरमा सिल गरी सञ्चालक समेतलाई पक्राउ  गरी  आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको, राजस्व छलिका उक्त सामानहरुको विस्तृत परिमाण समेतको विवरण सहितको मुचुल्का उठाउने कार्य राजस्व अनुसन्धान विभाग र यस कार्यालयबाट खटिएको सयुंक्त टोलीबाट भैरहेको ।

सामानको विरवरण:

१.      तयारी सुर्ती १९५ बोरा (अ.आठ हजार के.जी.)

२.      कच्चा सुर्ती  (अ. विस हजार दुइ सय के.जी.)

पक्राउ व्यक्ति :-

१.   जिल्ला सिन्धुली तिनपाटन गा.पा.वडा नं.६ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.११ बस्ने वर्ष ५६ को पोष्टराज गौतम ।

२.   जिल्ला मोरङ विराटनगर न.पा.वडा न.१२ घर भई हाल ललितपुर,ल.म.न.पा.३ धोवीघाट बस्ने वर्ष ५३ को सुरेश पोख्रेल ।

३.   जिल्ला सर्लाही बिष्णु गा.पा.वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा.१४ कुलेश्वर बस्ने वर्ष ४४ को दिनेश चौधरी।

४.   का.जि.का.म.न.पा.सिनामंगल वडा नं.९ घर भई बस्ने वर्ष ३८ को अरबिन्द अग्रवाल । 

सम्बन्धित समाचार
कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनि ठगी गर्ने ब्यक्ती पक्राउ
२०८०-०२-२५

जिल्ला सिन्धुपाल्चोक साबिक स्याउले  गा.बि.स. वडा नं.५ हाल परिवर्तित चौतारा न.पा. वडा नं.१  स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा वडा नं. ९ बस्ने सञ्च तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनी पटक पटक गरी रु ४,००,०००।– (अक्षरुपी चार लाख) लिई ठगी गरी  फरार रहेकोमा  यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२४ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ  का.म.न.पा वडा नं. ३१ बानेश्वर बाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।                            पक्राउ प्रतिवादीःनाम:- सञ्च तामाङ   उमेर:- ४२ वर्ष                                             वतन:- जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा. वडा नं.१ मितिः-२०८०।०२।२५ गते ।         

"आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ"
२०८०-०२-२४

मिति २०८०।०२।१४ गते बेलुका अं १७;०० बजेको समयमा जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेकोले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी जि.प्र.का.बाराबाट पत्राचार भई आएकोमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते बेलुका अं.१७;३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोट बाट निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का.बारा पठाईएको  ।                                         पक्राउ प्रतिवादीः-                                                                       नाम- नुर आलम अंसारी                                                       उमेर:- २५                                             वतन:- जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी मितिः-२०८०।०२।२४ गते ।         

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०२-२३

पिडितसंग चिनजान गरी साथी बनी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भनी फरक ब्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई बिभिन्न बहाना बनाई झुक्याई पिडितकै मोबाईल लिई बैक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्‍याई पिडितकै  खाताबाट अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी बस्ने बर्ष २२ को अरूण सिवाकोटीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।नामथर  : अरुण सिवाकोटीउमेर      : २२ बर्ष ठेगाना    : जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ हाल      : जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी

“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं. १ घर भई हाल  का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा बस्ने बर्ष ४६ को शेर बहादुर तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु त्यसको लागि रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि Hotel  मा  काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख  रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शेर बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२३ गते का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।            निम्न:     नाम थर : शेर बहादुर तामाङ     उमेर :  ४६ वर्ष     वतन :  जिल्ला  सोलुखुम्बु लिखुपिके गा.पा. वडा नं. १ गोलिगुम्बा घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा ।

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला झापा दमक न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८  बस्ने वर्ष ४५ की मुना देवी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि Bike Rider  मा  काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,५०,०००/- (अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मुना देवी कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२२ गते का.जि.का.म.न.पा. वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।        निम्न:     नाम थर : मुना देवी कार्की       उमेर :  ४५ वर्ष     वतन :  जिल्ला झापा दमक  न .पा. वडा  नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ ।

" १७ बर्ष देखि फरार प्रतिवादी पक्राउ "
२०८०-०२-२२

मिति २०६३।११।२४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादी वसन्त हमाल काठमाण्डौ उपत्यकामा लुकिछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा निज प्रतिवादी वसन्त हमालको निग्रानी राखि खोजतलास गर्दै जाँदा मिति २०८०।०२।२१ गते अं.१४:४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.९ च्यासलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाईएको ।पक्राउ परेको व्यक्ति;- १.      जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. ९ च्यासल वस्ने लक्ष्मण हमालको छोरा वर्ष ३४ को वसन्त हमाल ।