प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“डाँका तथा संगठित अपराध मुद्धाका फरार प्रतिवादी पक्राउ”

२०७९-१०-०४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ उपत्यका तथा बाहिर समेत बिभिन्न श्रृङ्खलाबद्ध डकैति घटनाको अनुसन्धानको क्रममा फरार रहेका जिल्ला काभ्रे तिमाल गा.पा.वडा नं.५ घर भएका बर्ष ३२ को रोमन भन्ने मनराज तामाङलाई मिति २०७९/१०/०३ गते जिल्ला काभ्रे तिमाल गा.पा.वडा नं.५ स्थित आफ्नै घर नजिक बाट पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी वृत्त, बौद्ध पठाईएको ।

निज संलग्न भएका घटनाहरु :-

१. मिति २०७९/०३/०६ गते रातको समयमा का.जि. शंखरापुर न.पा. वडा नं. ०९ खुलालटार स्थित लाल बहादुर थापाको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी हातहतियार देखाई नगद, सुन-चाँदीका गर-गहना तथा मोबाईल समेत गरी अन्दाजी मुल्य रू.२,४१,०००/- बराबरको धनमाल डकैति गरी लगेको डाँका तथा संगठित अपराध मुद्धामा अनुसन्धानको क्रममा फरार रहेको,

२. मिति २०७९/०३/१२ गते का.जि.शंखरापुर न.पा.९ स्थित शुसिला थापाको घरमा धारिलो हतियार देखाई डर धम्कि देखाई नगद, सुन तथा मोबाईल समेत गरी अन्दाजी मुल्य रू.६,०५,७५०/- बराबरको धनमाल डकैति गरी लगेको डाँका तथा संगठित अपराध मुद्धामा अनुसन्धानको क्रममा फरार रहेको,

३.मिति २०७९/०३/२० गते रातको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ११ स्थित सलाम सिंह लामाको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी हातहतियार देखाई नगद, सुन तथा मोबाईल समेत गरगहना समेत गरी अन्दाजी मुल्य रू.१२,४९,०००/- बराबरको धनमाल डकैति गरी लगेको डाँका तथा संगठित अपराध मुद्धामा अनुसन्धानको क्रममा फरार रहेको,

४. मिति २०७९/०४/२४ गते रातको समयमा का.जि.किर्तिपुर न.पा.वडा नं.६ स्थित नारायण बस्नेतको घरमा अपरिचित व्यक्तिहरु प्रबेश गरी धारिलो हात हतियार देखाई नगद, सुन तथा हिराका गरगहना समेत गरी अन्दाजी मुल्य रू.५६,६५,१२४/- बराबरको धनमाल डकैति गरी लगेको डाँका तथा संगठित अपराध मुद्धामा अनुसन्धानको क्रममा फरार रहेको,

५.साथै मिति २०६८/०७/२२ गते ललितपुर जिल्लाको झरुवारासी एरियामा दिल बहादुर स्याङ्तान, दिपक भन्ने आकास तामाङ, सागर भन्ने खड्ग बहादुर तामाङ र ज्ञानु दोङ्ग समेत भई डाँका गर्न जाने क्रममा झरुवारासी गा.वि.स.वडा नं.३ त्रिवेणीघाट स्थित सडक खण्डमा मोटरसाईकल रोकी बसिरहेका शेर बहादुर खड्काको छोरा बर्ष ४२ को श्रवण खड्कालाई फेला पारी डकैति गर्ने क्रममा निजले प्रतिवाद गर्दा गोली प्रहार गरी ज्यान मारेको खुन डाँका मुद्धामा सम्मानित जिल्ला अदालत ललितपुरबाट मिति २०६९/१२/१२ गते १० बर्ष कैद तोकिएकोमा उक्त फैसला पुनरावेदन अदालत पाटन र सर्वोच्च अदातलबाट समेत सदर भई १० बर्ष कैद भुक्तान गरी छुटेको ।

सम्बन्धित समाचार
कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनि ठगी गर्ने ब्यक्ती पक्राउ
२०८०-०२-२५

जिल्ला सिन्धुपाल्चोक साबिक स्याउले  गा.बि.स. वडा नं.५ हाल परिवर्तित चौतारा न.पा. वडा नं.१  स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा वडा नं. ९ बस्ने सञ्च तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनी पटक पटक गरी रु ४,००,०००।– (अक्षरुपी चार लाख) लिई ठगी गरी  फरार रहेकोमा  यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२४ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ  का.म.न.पा वडा नं. ३१ बानेश्वर बाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।                            पक्राउ प्रतिवादीःनाम:- सञ्च तामाङ   उमेर:- ४२ वर्ष                                             वतन:- जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा. वडा नं.१ मितिः-२०८०।०२।२५ गते ।         

"आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ"
२०८०-०२-२४

मिति २०८०।०२।१४ गते बेलुका अं १७;०० बजेको समयमा जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेकोले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी जि.प्र.का.बाराबाट पत्राचार भई आएकोमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते बेलुका अं.१७;३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोट बाट निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का.बारा पठाईएको  ।                                         पक्राउ प्रतिवादीः-                                                                       नाम- नुर आलम अंसारी                                                       उमेर:- २५                                             वतन:- जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी मितिः-२०८०।०२।२४ गते ।         

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०२-२३

पिडितसंग चिनजान गरी साथी बनी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भनी फरक ब्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई बिभिन्न बहाना बनाई झुक्याई पिडितकै मोबाईल लिई बैक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्‍याई पिडितकै  खाताबाट अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी बस्ने बर्ष २२ को अरूण सिवाकोटीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।नामथर  : अरुण सिवाकोटीउमेर      : २२ बर्ष ठेगाना    : जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ हाल      : जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी

“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं. १ घर भई हाल  का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा बस्ने बर्ष ४६ को शेर बहादुर तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु त्यसको लागि रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि Hotel  मा  काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख  रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शेर बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२३ गते का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।            निम्न:     नाम थर : शेर बहादुर तामाङ     उमेर :  ४६ वर्ष     वतन :  जिल्ला  सोलुखुम्बु लिखुपिके गा.पा. वडा नं. १ गोलिगुम्बा घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा ।

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला झापा दमक न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८  बस्ने वर्ष ४५ की मुना देवी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि Bike Rider  मा  काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,५०,०००/- (अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मुना देवी कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२२ गते का.जि.का.म.न.पा. वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।        निम्न:     नाम थर : मुना देवी कार्की       उमेर :  ४५ वर्ष     वतन :  जिल्ला झापा दमक  न .पा. वडा  नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ ।

" १७ बर्ष देखि फरार प्रतिवादी पक्राउ "
२०८०-०२-२२

मिति २०६३।११।२४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादी वसन्त हमाल काठमाण्डौ उपत्यकामा लुकिछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा निज प्रतिवादी वसन्त हमालको निग्रानी राखि खोजतलास गर्दै जाँदा मिति २०८०।०२।२१ गते अं.१४:४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.९ च्यासलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाईएको ।पक्राउ परेको व्यक्ति;- १.      जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. ९ च्यासल वस्ने लक्ष्मण हमालको छोरा वर्ष ३४ को वसन्त हमाल ।