प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

" TikTok मार्फत् अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ "

२०७९-१०-०४

  • A
  • A-
  • A+
Share

जिल्ला ललितपुर हरिसिद्धी २८ बस्ने बर्ष ३५ को हरिसचन्द्र मल्लले आफ्नो E-sewa लगायत अन्य Digital Wallet मा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई आफुले लाभ लिने उद्देश्य राखी TikTok Live मार्फत् रकमको वाजी राख्न लगाई जुवा (तास) खेलाउने गरेको भन्ने सूचनाका आधारमा त्यस्ता व्यक्तिको निगरानी राख्ने क्रममा मिति २०७९।१०।०३ गते ललितपुर बाट हरिसचन्द्र मल्ललाई Tiktok Live मार्फत जुवा (तास) खेलाई रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई  मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा बमोजिमको कसूरमा आवाश्यक अनुसन्धान एवं कारबाहीका लागि  जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:

v पक्राउ परेका व्यक्ति हरिसचन्द्र मल्लले Quick Cash नामक TikTok आईडीहरु खोली दुइवटा E-Sewa वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा रु. ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम TikTok Live जुवा (तास) मार्फत् कारोबार गरेको देखिएको ।

 

पक्राउ ब्यक्तिहरु :- 

१.      नाम:- हरिसचन्द्र मल्ल

ठेगाना:- जिल्ला पुर्वी रुकुम पुथा गा.पा.वडा नं.

हाल:- हाल जिल्ला ललितपुर हरिसिद्धी २८

उमेर:- ३५ बर्ष


बरामद सामाग्रीहरु :-

v TikTok Live जुवा (तास) खेल्न/खेलाउन प्रयोग भएको स्मार्टफोन थान-१ ।

v तास खेल्ने बिभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएका रजिस्टर थान-१ ।

v जुवा खेलाउन प्रयोग भएका तास जम्मा ३ बुक ।

सम्बन्धित समाचार
“ सिङ्गापुर लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-१०-२४

जिल्ला सोलुखुम्बु साविक बेनी गा.वि.स. वडा नं. १ परिवर्तित सोलु दुधकुण्ड न.पा. वडा नं. ७ स्थाई घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ३ बस्ने वर्ष ३० को अनिल श्रेष्ठले भीमबहादुर राना समेत ७ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घानामा जानको लागि प्रतिव्यक्ति रु. १०,००,०००/- ( अक्षेरुपी दश लाख रुपैयाँ ) लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु मासिक रु. १ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ५७,५०,०००/- (अक्षरुपी सन्ताउन्न लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज अनिल श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०७९।१०।२३ गते दिउँसो १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोंगबुबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                     निम्न:      नाम थर : अनिल श्रेष्ठ      उमेर      : ३० वर्ष     वतन     :  जिल्ला सोलुखुम्बु साविक बेनी गा.वि.स. वडा नं. १ परिवर्तित सोलु दुधकुण्ड न.पा.                    वडा नं. ७ स्थाई घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ३ 

चोरी गर्ने मानिसहरु पक्राउ
२०७९-१०-२४

मिति २०७९/१०/२३ गते जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.२६ सामाखुशी टाउन प्लानिङ स्थित रबिन गुरूङको घरबाट नगद रू ९,००,०००/- चोरी भएको भनि यस कार्यालयमा निवेदन प्राप्त भएकोमा उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला सुनसरी इटहरी उप म.न.पा.वडा नं.१८ पकली घर भई हाल का.जि.टोखा न.पा.वडा नं.११ भण्डारीटोल बस्ने इकरामुल मिया र जिल्ला सुनसरी इनरुवा न.पा.वडा नं.१० जलपापुर घर भई हाल का.जि.टोखा न.पा वडा नं.११ भण्डारीटोल. बस्ने सेहेबुब आलम समेतको संलग्नता रहेको भन्ने बुझिन आएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/१०/२३ गते का.जि. का.म.न.पा.वडा नं.२६ टाउन प्लानिङबाट फेला पारी अनुसन्धान गर्दा चोरी भएको नगद मध्य रू.४,५०,०००/- (चार लाख पचास हजार ) सहित फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाईएको ।  पक्राउ व्यक्तिहरु :- १.      नामथर :- इकरामुल मियाउमेर :- २० बर्षठेगाना:-जिल्ला सुनसरी इटहरी उप म.न.पा.वडा नं.१८ पकलीहाल:- का.जि.टोखा न.पा.वडा नं. ११ भण्डारीटोल २.      नामथर :- सेहेबुब आलमउमेर :- १९ बर्षठेगाना :- जिल्ला सुनसरी इनरुवा न.पा.वडा नं.१० जलपापुर हाल :- का.जि.टोखा न.पा.वडा नं. ११ भण्डारीटोल 

“आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०७९-१०-२४

घटना विवरण:      Facebook, Instagram जस्ता सामाजिक संजाहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथिको नाममा Fake Facebook Account खोली निज साथिको फोटो, स्टाटस समेत Post Timeline मा अपलोड गरी Friend Request पठाई साथी बनाई केटा साथीहरुलाई म्यासेन्जर मार्फत बिभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केहि समयको लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा समेत संलग्न रहेको  भन्ने ब्यहोराको जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएको हुँदा उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा उक्त कार्यमा संलग्न जिल्ला सुनसरी रामधुनी गाँउपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौं नयाँबस्ती बस्ने बर्ष २० की युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई आज मिति २०७९।१०।२४ गते पक्राउ गरी बिद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटि, काठमाण्डौंमा पठाईएको ।  पक्राउ ब्यक्तिको विवरण:-नामथर : युनिसा भन्ने स्वस्तिका श्रेष्ठउमेर: २० बर्ष ठेगाना:  जिल्ला सुनसरी रामधुनी गाँउपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौं नयाँबस्ती  

"रु. ७८ लाख ५० हजार सहित हुण्डी कारोबारीहरु पक्राउ "
२०७९-१०-२२

काठमाण्डौ उपत्यकाको न्युरोड एरियामा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्ने कार्यमा संलग्नहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा   मिति २०७९।१०।२० गते अं. १७:०० बजेको समयमा तपसिल बमोजिमका व्यक्तिहरुलाई  हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद रु.७८,५०,०००।– (अठ्ठहत्तर लाख पचास हजार मात्र।-) रकम  र रु. चार लाखको चेक सहित तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम  आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।अनुसन्धानबाट खुल्न आएका कुराहरु:v निजहरु मध्ये पक्राउ परेका दिपेन्द्र मल्लले विगत ५ बर्षदेखि र किशोर चौधरीले विगत ४ महिना देखि न्यूरोड एरियामा रहेका विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंक डिपोजिट मार्फत् रकम व्यवस्थापन गर्ने कार्य गर्दै आएको ।v निजहरुले अर्का एक व्यक्तिको मातहतमा बसी दैनिक औषत १ करोड भन्दा माथिको रकम कारोबार गर्ने गरेको देखिएको ।पक्राउ ब्यक्तिहरु:-     १.      जिल्ला कैलाली धनगढी उ.म.न.पा. ९ घर भई हाल का.जि. बिजुली बजार बस्ने बर्ष २३ को किशोर चौधरी ।२.      जिल्ला कैलाली गोदावरी न.पा.१० घर भई हाल का.जि. बिजुली बजार बस्ने बर्ष ५९ को दिपेन्द्र बहादुर मल्ल ।बरामद सामान र सम्बन्धित ब्यक्तिको फोटो :-·       नेपाली नगद रु ७८,५०,००० ।- (अठ्ठहत्तर लाख पचास हजार मात्र)·       ने.रु.४,००,००।–(चार लाखको मात्र) चेक थान-१ ।·       निजहरुले संकलित  रकम व्यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल थान-२ । 

“ रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ ”
२०७९-१०-२२

काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ४ सुकेधारा स्थित Global Village Source Pvt. Ltd. का सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा पठाईदिन्छु भनी प्रतिव्यक्ति रु. ५,००,०००/- ( अक्षेरुपी पाँच लाख रुपैयाँ मात्र ) लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित Agriculture Company मा Fruits packing लगायतको काम लगाइदिन्छु मासिक १ लाख रुपैयाँ भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ३१,९०,०००/- (अक्षरुपी एकतीस लाख नब्बे हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज सञ्चालकरूको खोजतलास गर्ने क्रममा मिति २०७९।१०।२० गते १८:०० बजेको समयमा का.जि. तारकेश्वर न.पा. वडा नं. ११ शेषमतीबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                     निम्न: १.      नाम थर : हरी बस्नेत              उमेर  : ४० वर्ष            वतन   :  जिल्ला खोटाङ साविक लिच्की राम्चे गा.वि.स. वडा नं. ५ परिवर्तित खोटेहाङ गा.पा.                         वडा नं. ९ स्थाई घर भई हाल का.जि. टोखा न.पा. वडा नं. १०     २.      नाम थर : हेमलाल पुन मगर    उमेर : ४२ वर्ष    वतन : जिल्ला प्युठान साविक नारिकोट गा.वि.स. वडा नं. ६ परिवर्तित गौमुखी न.पा. वडा नं. ७              स्थाई घर भई हाल का.जि. तारकेश्वर न.पा. वडा नं. ११ शेषमती  

दिउँसोको समयमा चोरी गर्ने महिला पक्राउ
२०७९-१०-२०

मिति २०७९/१०/१३ गते जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.२९ घट्टेकुलो स्थित हेमा रानामगरको घरको कोठाको ढोका फोडी सुनका बिभिन्न गरगहना तथा नगद चोरी भएको भनि यस कार्यालयमा निवेदन प्राप्त भएकोमा उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला गोरखा शहिद लखन गा.पा.वडा नं.७ घर भई हाल का.जि. का.म.न.पा.वडा नं.५ मालिगाउँ बस्ने बर्ष ३० की कुसुम थापाको संलग्नता रहेको भन्ने बुझिन आएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/१०/१९ गते का.जि. का.म.न.पा.वडा नं. ५ मालिगाँउ स्थित निजको डेरा कोठामा फेला पारी खानतलासि गर्दा चोरी भएका गरगहनाहरु मध्ये नौ तोला फेला पार्नुका साथै निजलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सिंहदरबार पठाईएकोसाथै निज प्रहरी वृत गौशालाबाट नकवजनी चोरी मुद्धामा पक्राउ परी सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७९/०६/०६ गते धरौटीमा छुटी तारिखमा रहेको  ।  पक्राउ व्यक्ति:- नामथर:-कुसुम थापा  उमेर:- ३० बर्ष ठेगाना:-जिल्ला गोरखा शहिद लखन गा.पा.वडा नं.७ हाल:- का.जि.का.म.न.पा.वडा नं. ५ मालिगाउँ