प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“झुट्ठा बहाना बनाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ”

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

पिडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, काठमाण्डौंको बाँसबारीमा घर छ, यूनिभर्सिटिबाट MBBS Toper डाक्टर हुँ, हाल बिद्यालय सम्बन्धी  शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भनी पिडितसंग झुट्ठा बहाना बनाई प्रपञ्च मिलाई नजिकको साथी बनी पिडितलाई ईसेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएकोले अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरुको खोजतलास गर्दै जाने क्रममा जिल्ला ओखलढुंगा मोलुङ गाउँपालिका वडा नं. २ तोसिसरा स्थायी वतन, जिल्ला झापा भद्रपुर न.पा. वडा नं. १० चन्द्रगढी, लेखनाथचोक घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २२ खिचापोखरी बस्ने बर्ष ३२ की दिपाञ्जली थापा भन्ने उषा कार्की  र जिल्ला चितवन कालिका नगरपालिका वडा नं. -४ घर भई हाल जिल्ला काठमाण्डौं कामनपा-२२ खिचापोखरी बस्ने बर्ष २० की निकिता सुवेदीलाई फेला पारी नियन्त्रणमा लिई पक्राउ गरी निजहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी आज मिति २०७९।११।०५ गते  जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।

पक्राउ ब्यक्तिहरुको विवरण:-

१. नामथर: दिपाञ्जली  थापा भन्ने उषा कार्कि

    उमेर: ३२ बर्ष

    ठेगाना: जिल्ला झापा भद्रपुर नगरपलिका वडा नं.१० चन्द्रगढी,  लेखनाथचोक ।

    हाल : काठमाण्डौं कामनपा-२२ खिंचापोखरी ।

२. नामथर: निकिता सुवेदी

    उमेर: २० बर्ष

    ठेगाना: जिल्ला चितवन कालिका नगरपालिका वडा नं. -४

    हाल : काठमाण्डौं कामनपा-२२ खिंचापोखरी ।

सम्बन्धित समाचार
"भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ"
२०७९-१२-१३

काठमाण्डौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी  ८१ जना पीडितहरुबाट करिब र १३ ६३ करोड  लाख भन्दा बढी ठगी गरेको  भनि पीडितहरुले दिएको किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।१२  गते ठगी गर्ने कार्यमा संलग्न तपशील बमोजिमका ३ जना व्यक्तिहरुलाई ललितपुर धापाखेल एरियाबाट पक्राउ गरि निजहरुलाई मुलुकी अपराध संहिताको दफा २४९ (२) र (१) बमोजिमको   कसुर अपराधमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको । अनुसन्धानबाट खुल्न आएका कुराहरुःv पक्राउ परेका व्यक्तिहरुले आफूसंग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरि तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि form भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख असुल गरि ठगी गरेको देखिएको ।v भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको ।v पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसंग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसंग सम्बन्धित बिभिन्न निकायसंग सम्बन्धित पत्र,  निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने बिभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भनि अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिई राखेको ।v पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाण्डौ लगायत स्थानमा पटक-पटक बोलाई हैरानी दिएको ।  v काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई दिएको पाइएको ।v लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकहरुले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको ।v ठगि भएको रकम संकलनका लागि बिभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको । पीडितहरुले ६५ लाख भन्दा बढी रकम बिभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको भेटिएको ।v पीडितहरुमध्ये १० जना भन्दा बढीको नाममा नेपाल सरकार    गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरि शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको ।v नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धि कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको । पक्राउ परेका व्यक्तिहरु:१.      जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ घर भई हाल ऐ. ऐ. महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा हाईट बस्ने बर्ष ५० को सानु भण्डारी ।२.      जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४९ को केशव प्रसाद दुलाल ।३.      जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४५ को टंक कुमार गुरूङ ।

दिउँसोको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ
२०७९-१२-१०

     घटना विवरण :-           मिति २०७९/११/१३ गते जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं. ७ धापासी हाईट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका बिभिन्न गरगहना तथा नगद गरी रू. ८,९१,२५०/- मुल्य बराबरको धनमाल चोरी भएको भनि यस कार्यालयमा निवेदन प्राप्त भएकोमा उक्त घटनाको अनुसन्धानको क्रममा का.जि.का.म.न.पा.वडा नं.४ मण्डिखाटार स्थित गेष्ट हाउसमा बस्ने अर्जुन परियार र का.जि. का.म.न.पा.वडा नं.४ मण्डिखाटर स्थित बस्ने रोशन गौतम समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निजहरुलाई मिति २०७९/१२/०९ गते का.जि. का.म.न.पा.वडा नं. ४ मण्डाखाटार स्थित गेष्ट हाउसमा फेला पारी सोधपुछ गर्दा निजहरूले का.जि.टोखा न.पा.वडा नं.९ गंगबु नयाँ बसपार्क स्थित पञ्चकन्या ज्वेलर्समा चोरी गरेको सुन बिक्रि गरेको भनि बताएकाले उक्त पसलका संचालक तुल बहादुर बिश्वकर्मालाई चोरी गरेको सुनका गहनाहरु स्वरुप परिवर्तन गरीएको सुन जस्तो देखिने सिक्री थान १ ( तौल ११.९२ ग्राम ) सहित फेला पारी निजलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाईएको ।     पक्राउ व्यक्ति:- १. नामथर :- बसन्त भन्ने अर्जुन परियार    उमेर:-  २०    ठेगाना:-  जिल्ला चितवन टाँडि     हाल:-  का.जि.का.म.न.पा.वडा नं.४२. नामथर :- रोशन गौतम    उमेर:- १८    ठेगाना:-  जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. ५ जानकी नगर     हाल:-  का.जि. का.म.न.पा.वडा नं.४ मण्डिखाटर ३. नामथर :- तुल बहादुर बिश्वकर्मा (सुन पसल संचालक)    उमेर:-  ३८    ठेगाना:-  जिल्ला नुवाकोट विदुर न.पा.‍ वडा नं.१२ पिपलडाँडा    हाल:-  का.जि.टोखा न.पा.वडा नं.९ गंगबु अनुसन्धान बाट खुल्न आएका कुराहरु :-१. विगतको रातको समयमा टिपन टापन चोरी गर्ने यस समुहले दिउँसोको समयमा चोरी गर्ने गरेको ।२. स्थानिय एरियाको गेष्ट हाउसको कोठा भाडामा लिई बस्ने गरेको,चोरी गरेको नगद बुझाउने र पैसा सकिएमा उधारोमा बस्ने गरेको ।३. चोरी गरी लगेको नगद होटलमा बसी खर्च गर्ने, नयाँ नयाँ केटी साथी बनाउने र केटी साथीहरुलाई लुगा जुत्ता लगायतका सामग्रीहरु खरिद गरी दिने गरेको । ४. पछिल्लो केटी साथिलाई १२,०००/- बराबरको Shoping गरेको, साथै रू. २२,०००/- बराबरको एक थान मोबाईल समेत खरिद गरेको खुल्न आएको ।

"गैरनेपाली तिब्बेतियनलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय गिरोह पक्राउ"
२०७९-१२-०८

घटना विवरण:काठमाण्डौको बबरमहल एरियामा केहि ब्यक्तिहरुले निश्चित रकमको चलखेल गरि बिभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरि गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत वनाई दिने गरेको भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९।१२।०५ गते दिउँसो जिल्ला काठमाण्डौ बबरमहल स्थितबाट कृष्ण बहादुर कटवाल सहित तपशीलमा उल्लेखित नाम भएका ५ जना व्यक्तिहरुलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरुको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरि बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता सहित फेला पारी निजहरुलाई पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको । अनुसन्धानबाट खुल्न आएका कुराहरुःv पक्राउ परेका कृष्ण बहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका । निजले पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको ।v निज कटवालले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट गैरनेपाली विशेषगरि तिब्बतियन शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा बिभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको । v पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई दिई प्रति पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेको । v निज न्युल्केश श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बतियन व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको खुलेको ।v पक्राउ परेका कृष्ण कटवालले त्यसरी किर्ते कागजात तयार गरि गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रति व्यक्ति रु. ३ देखि ५ लाखसम्म रकम लिने गरेको खुलेको । v पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका र निजले मिति २०७९। ११।३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७-०१-७९-१५९०१ को नेपाली नागरिकता लिएको देखिएको । यस्तै गरि नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भई सो उपर थप अनुसन्धान भइरहेको । v पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाण्डौ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको । निज विजय लामाले भित्र मिलाउनुपर्छ भनि पक्राउ परेका कृष्ण ब. कटवालसंग प्रति नागरिकता रु. १ लाख ५० हजार सम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजिकरण गरेको खुल्न आएको । v पक्राउ परेका कृष्ण ब. कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा निज कटवाल जस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको भन्ने बुझिन आएको हुदाँ अन्य त्यस्ता शंकित व्यक्तिहरुको समेत खोजतलास एवं अनुसन्धान कार्य भैरहेको । v यसरी गैरनेपाली तिब्बेतियन शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परि सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरु उपर समेत आवाश्यक अनुसन्धान कार्य भइरहेको । v  पक्राउ परेका कृष्ण ब. कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको खुलेको ।पक्राउ परेका ब्यक्तिहरु: १.      नामः कृष्ण बहादुर कटुवाल,          बर्षः ४७ठेगानाः जिल्ला झापा कचनाकबल गाउँपालिका वडा नं. ३   हालः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १ ईमाडोल ।२.      नामः न्युल्केश श्रेष्ठ       बर्षः ७० ठेगानाः जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ११ बबरमहलबसोबासः जिल्ला भक्तपुर मध्यपुर ठिमी । ३.      नामः हिरालाल शिवाकोटी       बर्षः ४९ ठेगानाः जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ३ हालः ललितपुर, धोबीघाट । ४.      नामः लोब्साङ ठिन्ले         बर्षः २५ ठेगानाः जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ दुलेगौँडा स्थित तिब्बतियन शरणार्थी क्याम्प५.      नामः बिजय लामा            बर्षः ३०ठेगानाः जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ७  बरामद सामाग्रीहरु:१. स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाण्डौ महानगरपालिका ६ नं. वडा कार्यालयको छाप थान-४२. जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट लोब्साङ ठिन्ले गुरूङको नाममा जारी भएको २७-०१-७९-१५९०१ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र र निजकै नामको ePassport Application Form थान-२३. बिभिन्न व्यक्तिको नाममा बिभिन्न जिल्लाबाट जारी भएको देखिने सक्कली तथा नक्कली नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र,जन्मदर्ता, बसाइसराई कागज, वडा कार्यालयका अन्य सिफारिस, सवारी चालक अनुमतिपत्र, पासपोर्ट तथा राष्ट्रिय परिचय     पत्रहरुको फोटोहरु गरि अ. ५०० थान ।   ४.  नेपाली नगद रू.३ लाख ५० हजार ५००।-   ५.   पक्राउ परेका व्यक्तिहरुको मोबाइल थान -७ ।  

“1x BET मार्फत सट्टेबाजी गराउने ब्यक्तिहरु पक्राउ”
२०७९-१२-०८

घटना विवरण:बिश्वमा संचालन हुने बिभिन्न खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने Betting Application 1X BET मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा Agent हरु सक्रिय रहेको सुचनाको आधारमा यस कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मिति २०७९।१२।०६ गते उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायतका स्थानबाट 1X BET को तपसिलमा उल्लेखित सक्रिय ६ जना Agent हरुलाई बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड जम्मा थान ३४६ सहित नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको । अनुसन्धानबाट खुल्न आएका कुराहरुःv  पक्राउ परेका व्यक्तिहरु मध्ये दिलिप सिंह कठायतले बिगत १ बर्ष देखि; भुपाल राज न्यौपानेले बिगत ९ महिना देखि; नयनराज भण्डारीले बिगत ६ महिना देखि; बरुन कुमार सिंहले बिगत ६ महिना देखि; शिवानी तामाङले आफ्नै नाममा खाता खोली रोसन गुरुङलाई उक्त खाता चलाउन दिई विगत ८ महिनादेखि  र वासुदेव पाण्डेले बिगत १ महिना देखि 1X BET मा सट्टाबाजी गर्ने Agent को रुपमा कार्य गर्न थालेको ।v रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा बिभिन्न ब्यक्तिहरुको नाममा Digital Wallet/Account खोली कारोबार गर्ने गरेको । सो क्रममा निजहरुले ठूलो मात्रामा बिभिन्न सेवा प्रदायकहरुको सिम कार्ड समेत खरिद गर्ने गरेको । v बिभिन्न Wallet बाट संकलन गरेको रकम पक्राउ पपरेका दिलिप सिंह कठायत, भूपालराज न्यौपाने र नयनराज भण्डारीले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, INFIWAVE नामको नक्कली कम्पनीको खडा गरि उक्त नाममा २ वटा कर्पोरेट खाता गरि जम्मा १२ वटा खाता सञ्चालन गरि बेटिङ कारोबार गरेको । उक्त १२ वटा खाताहरु मध्ये कारोबार विवरण प्राप्त भएको ९ वटा खाता मार्फत् हालसम्म जम्मा रू. ७ करोड ७७ लाख ८७ हजार ३२८  बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको । v  पक्राउ परेका दिलिप सिंह कठायतको डेरा कोठाबाट बेटिङको रकन संकलन प्रयोजनका लागि वालेट खोल्न प्रयोग हुने NCELLको सिम  ६३ थान, NTC को सिम १९ थान तथा SMART को १ वटा गरि जम्मा ८३ थान सिमकार्ड; भूपालराज न्यौपानेको साथबाट NCELL को ९१ थान, NTC को ४७ थान गरि जम्मा १३८ थान;  नयनराज भण्डारीको साथबाट NCELL को ११६ थान, NTC को थान ६ सहित जम्मा १२३ थान ; बरुण कुमार सिंहको साथबाट NCELL को सिमकार्ड थान २ गरि कुल ३४६ थान सिमकार्ड  समेत बरामद गरिएको ।v  पक्राउ परेका बरुण कुमार सिंहले आफ्नै नाममा ४ वटा र बिभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरि जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेकोमा कारोबार विवरण प्राप्त भएको १ वटा खातामा जम्मा रु. ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।v पक्राउ परेकी अर्का व्यक्ति शिवानी तामाङको जम्मा ३ वटा खातामार्फत्  वेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताको प्राप्त विवरणमा जम्मा रु. ४७ लाख ९३ हजार १० बराबरको रकम कारोबार भएको देखिएको र १ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।v हाल सम्म अनुसन्धानको क्रममा खुल्न बिभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरुमा जम्मा रु. ४१ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोवार देखिएकोमा सो वालेटहरुको समेत कारोबार रोक्का राखी थप अनुसन्धान कार्य भई रहेको ।v अनुसन्धानका क्रममा बिभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खाता मार्फत् जम्मा रु. १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकम बेटिङ कारोबार देखिएकोमा सो बैंक खाताहरु समेत रोक्का राखी थप अनुसन्धान कार्य भैरहेको ।v प्राप्त भएका विवरण अनुसार पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म जम्मा रु. ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङ मार्फत् कारोबार भएको देखिएको । पक्राउ परेका ब्यक्तिहरु: १.   जिल्ला  जुम्ला चन्दन नाथ न.पा.वडा नं.६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर लोकनथली बस्ने बर्ष २३ को दिलिप सिंह कठायत ।      २.   जिल्ला  जुम्ला चन्दन नाथ न.पा.वडा नं.१० गैरीगाँउ घर भई हाल जिल्ला भक्तपुर लोकनथली बस्ने बर्ष २३ को भुपाल राज न्यौपाने ।३.   जिल्ला जुम्ला चन्दन नाथ न.पा.वडा नं.५ तलिवाडा घर भइ हाल जिल्ला भक्तपुर गठाघर बस्ने बर्ष १९ को नयन राज भण्डारी । ४.   जिल्ला सर्लाही बलरा न.पा. वडा  नं. ५ घर भई हाल काठमाण्डौ म.न.पा. वडा न. ३२ बस्ने वर्ष २८ को वरुण कुमार सिंह ।५.   जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ३२ को वासुदेव पाण्डे । ६.   जिल्ला काभ्रेपलाञ्चोक मादनकुडारी गा.पा. वडा नं. १ घर भई हाल का.जि. बालुवाटार बस्ने बर्ष २६ की शिवानी तामाङ ।बरामद सामाग्रीहरु:१.      बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान ।२.      विभिन्न कम्पनीको मोबाइल फोन थान-१० ।३.      बिभिन्न बैंकको चेकबुक थान-३ र एटिएम थान-१२। ४.      ACER कम्पनीको ल्यापटप थान-१ ।

“ जाली नोटको कारोबार गर्ने व्यक्तिहरु पक्राउ ”
२०७९-१२-०२

घटना विवरण:काठमाण्डौको कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सुचना यस कार्यालयमा प्राप्त भए पश्चात निगरानी गर्दै जाँदा यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले मिति २०७९।१२।०१ गते अ. १९:०० बजेको समयमा का.जि.का.म.न.पा. कालोपुलबाट तपसिलमा उल्लेखित नाम ठेगाना भएका २ जना ब्यक्तिहरुलाई खोटा (नक्कली) जस्तो देखिने रु १०००।- दरको नेपाली नोट  थान-६३६ जम्मा छ लाख छत्तीस हजार (रु ६,३६,०००।-) र नोटको साईजमा काटेको कागजको बण्डल थान-९ सहित नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको । पक्राउ ब्यक्ति:१.जिल्ला रामेछाप खाँडा देवी गा.पा.वडा नं. ८ घर भई हाल का.जि. माकलबारी बस्ने वर्ष ३४ को छिरिङ लामा । २. जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं. ७ घर भई हाल का.जि. सतुङगल बस्ने वर्ष २४ को सुरेन्द्र कार्की ।

सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट कैद, जरिवाना तोकिई फरार रहेका प्रतिवादी पक्राउ
२०७९-१२-०१

घटनाको छोटकरी विवरण :बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०९।२४ गतेको फैसलाले बिगो रू.३६,८८,०००।- जाहेरवालालाई भराई बिगो बमोजिम रू.३६,८८,०००।- जरिवाना, क्षतिपुर्ति शुल्क रू.१,४७,५२०।- राहत कोषमा जम्मा गराई ८ (आठ) दिन कैद हुने ठहर भई हाल सम्म फरार रहेका प्रतिवादी पुरन बहादुर घलेलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०७९।१२।०१ गते अन्दाजी ०७:०० बजेको समयमा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ६ खड्क भद्रकालीबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पठाईएको । पक्राउ परेका प्रतिवादी :  नाम : पुरन बहादुर घले । उमेर :   ५० वर्ष               ठेगाना : जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ६ हाल                            जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ६ खड्क भद्रकाली बस्ने ।