प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“अनलाईन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरु पक्राउ”

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौको विभिन्न स्थानमा घर भाडामा लिई चिनियाँ नागरिकहरुले अवैध रुपमा अफिस संचालन गरी सामाजिक संजाल Whatsapp मा बिभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाईन मार्फत बिजनेसबाट ठुलो रकम फाईदा हुन्छ भनी Telegram मा Operation Teacher नामक च्यानल मार्फत अनलाईन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई ठगी गरेको भन्ने व्यहोराको सुचना यस कार्यालयमा प्राप्त भई उक्त सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौको विभिन्न स्थानहरु बाट उक्त ठगी कार्यमा प्रयोग गरिएका निम्न विधुतीय उपकरणहरु सहित ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक सहित १९ जना व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०७९/१२/१४ गते  जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला र का.जि. का.म.न.पा वडा नं.४ चण्डोलबाट पक्राउ गरी ठगी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।

पक्राउ परेका ब्यक्तिहरु:

१. जिल्ला दोलखा शैलुङगेश्वर गाउँपालिका वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने गंगा बहादुर श्रेष्ठको छोरा बर्ष ४६ को बुद्धिराज श्रेष्ठ  ।

२. जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने सोबितमान तामाङको छोरा बर्ष २९ को ईन्द्र तामाङ  ।

३. जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने रामकुमार लामाको छोरा बर्ष ३६ को राजकुमार लामा  ।

४. जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा वडा नं.२ बस्ने पुष्कर भण्डारीको छोरा बर्ष २५ को प्रयास भण्डारी ।

५. जिल्ला दोलखा बैतेश्वर गाउँपालिका वडा नं.२ बस्ने ईन्द्र बहादुर श्रेष्ठको छोरा बर्ष २६ को अर्जुन श्रेष्ठ ।

६. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EJ 3445274 बाहक बर्ष ३३ को HUANG HUANRONG

७.  चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EJ 6843552 बाहक बर्ष ३६ को XU FUXIANG

८. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EF 9602984 बाहक बर्ष ३४ को LAN ZHENGWEI

९. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष ४० को XIE GUO YI

१०. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष २९ को XIE SHUANG DI

११. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष ३१ को GAO MING

१२. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला काठमाण्डौ बौद्ध जोरपाटी बस्ने पदम बहादुर सुनुवारको छोरी बर्ष ३४ की रविना सुनुवार  ।

१३. जिल्ला लम्जुङ दुधपोखरी गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने कुम बहादुर गुरुङको छोरी बर्ष ३४ की सुनिता गुरुङ ।

१४. जिल्ला मकवानपुर हेटौडा उप म.न.पा.वडा नं.८ घर भई हाल जिल्ला ललितपुर हात्तिवन बस्ने बर्ष २२ की कृष्टिना लामा भन्ने जमुना गोले ।

१५. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने बर्ष ३१ को EHOU PING VING

१६. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने बर्ष ३० को CHEN DUR LIN

१७. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने पासपोर्ट नं. EC 0167236 बाहक बर्ष ३९ को LI JIAN HONG

१८. जिल्ला उदयपुर गाईघाट न.पा वडा नं.११ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने खड्रग बहादुर मगरको छोरी बर्ष १९ की अनिता मगर ।

१९. जिल्ला गोरखा चुमनुब्री गाउँपालिका वडा नं.  घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने कार्की गुरुङको छोरी बर्ष २० की अनु गुरुङ ।

बरामद सामाग्रीहरु:

१.      बिभिन्न कम्पनीका Laptop थान १२

२.      विभिन्न कम्पनीका मोबाइल सेट (सिम सहित) थान - ७७

३.      बिभिन्न दुरसंचार सेवा प्रदायक कम्पनीका सिम कार्ड थान – ७४

४.      बिभिन्न ब्यक्तिहरुको नाममा रहेको राहदानी थान- ६

५.      नेपाली नगद रु ४,०१,८८०।-( अक्षेरुपी चार लाख एक हजार आठ सय असी मात्र)

६.      बिभिन्न कम्पनीका डेक्सटप थान- २

७.      बिभिन्न कम्पनीका राउटर थान- ४ 

सम्बन्धित समाचार
कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनि ठगी गर्ने ब्यक्ती पक्राउ
२०८०-०२-२५

जिल्ला सिन्धुपाल्चोक साबिक स्याउले  गा.बि.स. वडा नं.५ हाल परिवर्तित चौतारा न.पा. वडा नं.१  स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा वडा नं. ९ बस्ने सञ्च तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनी पटक पटक गरी रु ४,००,०००।– (अक्षरुपी चार लाख) लिई ठगी गरी  फरार रहेकोमा  यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२४ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ  का.म.न.पा वडा नं. ३१ बानेश्वर बाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।                            पक्राउ प्रतिवादीःनाम:- सञ्च तामाङ   उमेर:- ४२ वर्ष                                             वतन:- जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा. वडा नं.१ मितिः-२०८०।०२।२५ गते ।         

"आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ"
२०८०-०२-२४

मिति २०८०।०२।१४ गते बेलुका अं १७;०० बजेको समयमा जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेकोले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी जि.प्र.का.बाराबाट पत्राचार भई आएकोमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते बेलुका अं.१७;३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोट बाट निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जि.प्र.का.बारा पठाईएको  ।                                         पक्राउ प्रतिवादीः-                                                                       नाम- नुर आलम अंसारी                                                       उमेर:- २५                                             वतन:- जिल्ला बारा देवताल गा.पा वडा नं.४ तिप्राडी मितिः-२०८०।०२।२४ गते ।         

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०२-२३

पिडितसंग चिनजान गरी साथी बनी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भनी फरक ब्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई बिभिन्न बहाना बनाई झुक्याई पिडितकै मोबाईल लिई बैक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्‍याई पिडितकै  खाताबाट अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी बस्ने बर्ष २२ को अरूण सिवाकोटीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।नामथर  : अरुण सिवाकोटीउमेर      : २२ बर्ष ठेगाना    : जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ हाल      : जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी

“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं. १ घर भई हाल  का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा बस्ने बर्ष ४६ को शेर बहादुर तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु त्यसको लागि रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि Hotel  मा  काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख  रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शेर बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२३ गते का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।            निम्न:     नाम थर : शेर बहादुर तामाङ     उमेर :  ४६ वर्ष     वतन :  जिल्ला  सोलुखुम्बु लिखुपिके गा.पा. वडा नं. १ गोलिगुम्बा घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा ।

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३

जिल्ला झापा दमक न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८  बस्ने वर्ष ४५ की मुना देवी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि Bike Rider  मा  काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,५०,०००/- (अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मुना देवी कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२२ गते का.जि.का.म.न.पा. वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।        निम्न:     नाम थर : मुना देवी कार्की       उमेर :  ४५ वर्ष     वतन :  जिल्ला झापा दमक  न .पा. वडा  नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ ।

" १७ बर्ष देखि फरार प्रतिवादी पक्राउ "
२०८०-०२-२२

मिति २०६३।११।२४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादी वसन्त हमाल काठमाण्डौ उपत्यकामा लुकिछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा निज प्रतिवादी वसन्त हमालको निग्रानी राखि खोजतलास गर्दै जाँदा मिति २०८०।०२।२१ गते अं.१४:४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.९ च्यासलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाईएको ।पक्राउ परेको व्यक्ति;- १.      जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. ९ च्यासल वस्ने लक्ष्मण हमालको छोरा वर्ष ३४ को वसन्त हमाल ।