प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
“ अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-१२

जिल्ला रामेछाप साविक रामपुर गा.वि.स. वडा नं. ३ परिवर्तित रामेछाप न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ बस्ने वर्ष ३४ को योगेश राज श्रेष्ठले वैदेशिक रोजगारीको लागि अमेरिकामा जानको लागि प्रतिव्यक्ति रु. २५,००,०००/- (अक्षेरुपी पच्चीस लाख रुपैयाँ मात्र) लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, राम्रो कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरि जम्मा रु. १४,०७,०००/- (अक्षेरुपी चौध लाख सात हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज योगेश राज श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।१२ गते जि. ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                    निम्न:     नाम थर  : योगेश राज श्रेष्ठ     उमेर      : ३४ वर्ष     वतन     : जिल्ला रामेछाप साविक रामपुर गा.वि.स. वडा नं. ३ परिवर्तित रामेछाप न.पा. वडा                  नं. ५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५   

“पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०८-१२

जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं.१ जानकीनगर घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ सुविधानगर, तिनकुने बस्ने वर्ष ३० की धन कुमारी ओली समेतले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि पोर्चुगलमा जानको लागि प्रतिव्यक्ति रु.१३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु, मासिक रु. १,२०,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट जम्मा रु. २१,००,०००/- (अक्षेरुपी एक्काइस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज धन कुमारी ओलीको खोजतलास गर्ने क्रममा मिति २०७९।०८।११ गते जि. ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                  निम्न:     नाम थर  : धन कुमारी ओली     उमेर      : ३० वर्ष     वतन     : जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.                  ३२ सुविधानगर तिनकुने ।

“काठमाडौं उपत्यकामा श्रृङ्खलावद्द मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ”
२०७९-०८-११

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०७९/०८/०९ गते का.जि.का.म.न.पा.वडा नं.९ एयरपोर्टबाट जिल्ला सुर्खेत भेरीगंगा न.पा.वडा नं.४ घर भई हाल जिल्ला ललितपुर ईमाडोल बस्ने वर्ष २८ को भुपेन्द्र बहादुर बुढामगरलाई भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको YAMAHA कम्पनिको FZ मोटरसाईकल सहित पक्राउ गरी निजको सम्बन्धमा थप अनुसन्धान गर्दा निजले बिभिन्न मितिमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको पार्किङबाट रोयल ईन्फिल्ड कम्पनिको क्लासिक ३५० थान १, २२० सि.सि.को पल्सर मोटरसाइकल थान १ र १५० सि.सि.को पल्सर मोटरसाईकल थान १ गरी अन्य ३ थान मोटरसाइकल चोरी गरेको भन्ने खुल्न आएकाले निजलाई १ थान मोटरसाइकल सहित थप अनुसन्धानको लागी  प्रहरी वृत ठिमी पठाईएको तथा अन्य ३ थान मोटरसाइकल आवश्यक अनुसन्धानको लागी प्रहरी वृत गौशाला पठाईएको ।साथै निजले अन्यन्त्र स्थानबाट समेत मोटरसाईकल चोरी गरेको हुनसक्ने तर्फ समेत अनुसन्धान भईरहेको । प्रकाउ परेका व्याक्तिहरु:-१. भुपेन्द्र बहादुर बुढामगर  उमेर :- २८ठिगाना:-जिल्ला सुर्खेत भेरीगंगा न.पा.वडा नं.४ घर भई हाल जिल्ला ल.पु.ईमाडोल बस्नेबरामद भएको मोबाईल तथा नगद   Samsung Company मोबाईल थान १     नगद रु.१४,०००/-

"बेलायत पठाई दिन्छु भनि ठगि गर्ने कन्सलटेन्सीका संचालक प्रकाउ"
२०७९-०८-०२

काठमाण्डौं पुतलिसडक स्थित रेडजोन फाउन्डेसन नामक कन्सलटेन्सी संचालन गरी बस्ने तिलक बहादुर बस्नेतले पिडितहरुलाई अमेरिका, बेलायत लगायतका देशहरुमा भिषा उपलब्ध गराउने भनि प्रलोभन देखाई पटक पटक गरी रु.११,२०,०००।– ठगी गरेको भनि यस कार्यालयमा उजुरी परे पश्चात अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाईएकोले रेडजोन फाउन्डेसन कन्सलटेन्सी संचालक तिलक बहादुर बस्नेतको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी  टोलिले मिति २०७९/०८/०१ गते जिल्ला काठमाण्डौ का.म.न.पा २८ पुतलिसडकबाट निजलाई पक्राउ गरी ठगि सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय परिसर टेकु काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्ति :-  १. नाम ;-  तिलक बहादुर बस्नेत    ठेगाना ;- जि. सोलुखुम्बु थुलुङ गा.पा वडा नं.२    हाल ;- का.जि .मैतिदेबि    उमेरः ३३ 

"भन्सा र छलि चोरी पैठारी गरी ल्याईएका सवारी साधन सहित मानिस पक्राउ”
२०७९-०७-२५

काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि वितरण गर्ने उद्देश्यले राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९/०७/२४ गते बेलुकी अन्दाजी ५:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं.९ पलासे बाट Totaya  कम्पनिको Etios कार थान १ र सुर्यविनायक न.पा.वडा नं.८ आदर्शचोकबाट  फोर्ड कम्पनिको Ecosport जिप १ थान  गरी २ थान सवारी साधन सहित तल नाम थर उल्लेख गरिएका  व्यक्तिलाई पक्राउ गरी  थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण काठमाण्डौ पठाईएको । पक्राउ परेका मानिस :-१. नाम.:-रविन ओझा                                                                       उमेर :– २६ बर्ष   ठेगाना:– जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं.९ पलासे  

"हुण्डी कारोवारमा संलग्न व्यक्तिहरू पक्राउ"
२०७९-०७-१७

काठमाण्डौ स्थित न्युरोड विशालबजार एरियामा केही व्यक्तिहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरित वित्तिय कारोवार (हुण्डी) गर्दै आएका छन् भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालबाट खटिएको विषेश अनुसन्धान टोली उक्त स्थानहरूको निग्रानी राख्दै जाने क्रममा मिति २०७९।०७।१६ गते बिशालबाजार स्थित अनुज सेन्टर र न्युरोड खिचापोखरी स्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट भारत नयाँदिल्ली स्थायी वतन भई हाल ठमेल काठमाण्डौ बस्ने र्ष ५० को कमल कान्त कुल्थिया समेत तिन जनालाई नगद रू ३१,८१,३८५।– (एक्तिस लाख एकासी हजार तिन सय पचासी)  र व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक सहित पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारवाहीको लागि मिति २०७९।०७।१७ गते जिल्ला प्रहरी परिसर टेकु पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।पक्राउ व्यक्तिहरु:-१. नाम   :- कमल कान्त कुल्थिया           उमेर   :-  ५० बर्षठेगाना :-  भारत नयाँदिल्लीहाल  :- का.जि.ठमेल२. नाम   :- निर्मल कुमार अग्रवालउमेर   :-  ६७ बर्षठेगाना :-  राजविराज-०१, सप्तरीहाल  :- का.जि.नक्साल ३. नाम   :- किशन गोपालउमेर   :-  ५५ बर्षठेगाना :-  भारत राजस्थान हाल  :- का.जि.ताहाचल

प्रेस विज्ञप्तीहरु
"नक्कली करारनामा बनाई ठगी गर्ने व्यक्ती पक्राउ"
२०७९-०७-१७

नौसद अन्सारी समेतले काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी  नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाण्डौमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन  होटेल प्रा.लि. नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुन्छ भनि झुक्याई, प्रलोभनमा पारी विश्वास दिलाई उक्त होटलमा लगानी गर्नको लागी भनी पटक पटक गरी जम्मा  रु ४,५०,००,०००।– ( चार करोड पचास लाख) रकम लिई ठगी गर्ने कार्यमा संलग्न जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १७ हाल ऐ  वडा नं. १४ पिपरा बहुअरी बस्ने बर्ष ३६ को  नौसद अन्सारीको नाममा समेत सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई फरार रहेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. ८  प्रतिमाचोकबाट मिति २०७९।०७।१६ गते पक्राउ गरी आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाइएको । पक्राउ प्रतिवादीः- नामः- नौसद अन्सारीउमेर:- ३६ वर्ष वतन:- जिल्ला पर्सा, विरगंज म.न.पा.वडा नं. १७ हाल ऐ. वडा नं. १४ पिपरा बहुअरी बस्ने ।

" हुण्डीको कारोबार गर्ने ब्यक्तिहरु पक्राउ " २०७९-०७०२
२०७९-०७-०२

घटना विवरण : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१७ स्थित ढल्को चोकमा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार(हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्ने कार्यमा संलग्न रहेका बर्ष ३७ को नविन गोयल र बर्ष ४५ को उमेश महेश्वरीको निग्रानी राखी निजहरुलाई मिति २०७९।०७।०१ गते अं. १७:०० बजेको समयमा भारत घर भई हाल का.जि.ढल्को बस्ने बाल चन्द्र सरावगीको फल्याटमा निजहरुले हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद रु.४१,९६,०००।–(एकचालिस लाख छ्यान्बे हजार मात्र) बरामद गर्नुको साथै तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम  कार्वाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।पक्राउ ब्यक्तिहरु:-     १.      भारत हरियाणा प्रदेश हिसार घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १७ ढल्को बस्ने रामधारी गोयलको छोरा बर्ष ३७ को नविन गोयल ।२.      जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर नख्खु भैसेपाटी बस्ने तारा चन्द महेश्वरीको छोरा बर्ष ४५ को उमेश महेश्वरी । बरामद सामान र संबन्धीत ब्यक्तिको फोटो :- नेपाली नगद रु ४१,९६,००० ।- 

सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ
२०७९-०७-०२

जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. १३ कुसुन्ती बस्ने नरेन्द्र कुमार भुललाई जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. १, कृष्णमन्दिर इमाडोल बस्ने मणी कुमार थापाले आफु का.जि.का.म.न.पा वडा नं. ३ बाँसवारी स्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक हुँ, उक्त सहकारी संस्थाबाट रु ३०,००,०००।- ( तिस लाख ) ऋण मिलाई दिन्छु भनी सहकारी संस्थाको खाता खोल्ले फारम, सदस्य पहिचान फारम, शेर दरखास्त फारम समेत भर्न लगाई बिश्‍वास दिलाई उक्त ऋण रकमको रु १०% को दरले हुन आउँने रु ३,००,०००।– (तिन लाख ) र सेवा शुल्क बापत रु १२,०००।– (बाह्र हजार मात्र) गरी जम्मा रु ३,१२,०००।– (तिन लाख बाह्र हजार ) रकम लिई ऋण नदिलाई, झुक्याई ठगी गरी सम्पर्क बिहिन भएको भनी यस कार्यालयमा जाहेरी प्राप्त भई अनुसन्धान हुँदा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको साथै निज प्रतिवादीको नाममा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले  मिति २०७९।०६।३१ गते दिउँसो अं. १७:०० बजेको समयमा जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाइएको ।पक्राउ प्रतिवादीः- नाम :- मणी कुमार थापा उमेर :- ५६ वर्ष वतन :- जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १, कृष्णमन्दिर इमाडोल बस्ने ।                                                                           

“ रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०६-३१

घटना विवरण : जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २९ घट्टेकुलो बस्ने वर्ष ४८ की तुलसा भण्डारी समेतले विवेक ज्ञवालीलाई वर्किङ भिषामा रसिया पठाईदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिन्छु, मासिक रु. ३,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निजबाट जम्मा रु. ४०,००,०००/- ( अक्षेरुपी चालिस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज तुलसा भण्डारीको खोजतलास गर्ने क्रममा आज  मिति २०७९।०६।३१ गते का.जि.का.म.न.पा. वडा नं. २९ घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी बैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा पठाइएको ।                      निम्न: १.         नाम थर   : तुलसा भण्डारी            उमेर       : ४८ वर्ष            वतन      :  जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं. १ स्थाई घर भई हाल                          का.जि.का.म.न.पा.  वडा नं. २९ घट्टेकुलो बस्ने ।

"पेस्तोल सहित डाँका गर्ने ब्यक्तिहरु पक्राउ"
२०७९-०६-३१

घटनाको छोटकरी विवरण: मिति २०७९/०५/२५ गते बिहानको राती ०३;०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा. वडा नं. ३ गठ्ठाघर स्थित एउटा घरमा अपरिचित व्यक्तिहरूले फलामको रडले ढोकाको ताला फुटाई हातमा पेस्तोल र खुकुरी बोकेको अवस्थामा आफूहरू प्रहरी हौँ भन्दै अपहरण तथा डाँका गर्ने शैलीमा पेस्तोल ताकी डरत्रासमा पारी जोर जुलुम गरी घर कोठा भित्र प्रवेश गरी धनमाल डाँका गरी लगेको घटनामा संलग्न देहायका दुई जना व्यक्तिहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट घटनामा प्रयोग भएको Special Made in Italy लेखिएको पेस्तोल  थान-१, ऐ.को म्यागजिन थान-०१, गोली राउण्ड-०२, खुकुरी थान-०१, फलामको रड थान-०२, फलामको स्क्रु ड्राईभर थान-०४, फलामको रेन्ची थान-०१, विंड नभएको फलामको सानो हम्बर थान-०१ लगायतका सामानहरू सहित मिति २०७९।०६।३० गते पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसूर र हातहतियार तथा खरखजाना सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०६।३१ गते जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।पक्राउ परेका ब्यक्तिहरुः१. नामथर ः अम्बर बहादुर मगर    उमेर ः ४१ बर्ष     ठेगानाः जिल्ला उदयपुर, उदयपुरगढी गाँउपालिका वडा नं. ०७ हाल चाँगुनारायण भक्तपुर २. नामथरः रविन किशोर राई (सुवास)   उमेर ः ३२ बर्ष    ठेगाना ः जिल्ला संखुवासभा, पाँचपखन नगरपालिका वडा नं. ०८ हाल काठमाण्डौं जोरपाटी 

" सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट कैद, जरिवाना तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०६-३०

घटनाको छोटकरी विवरण :बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०४।२३ गतेको फैसलाले निज प्रतिवादी ब्रजेश उपाध्यायलाई बिगो रू.२,६१,५५,१७५।- जाहेरवालालाई भराई बिगो बमोजिम रू.२,६१,५५,१७५।-जरिवाना, क्षतिपुर्ति शुल्क रू.१०,४६,२०७।- पीडित राहत कोषमा जम्मा गराई २ महिना १५ दिन कैद हुने ठहर भई निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको टोलीले निज प्रतिवादीको खोजतलास गर्दै जाँदा मिति २०७९।०६।३० गते काठमाण्डौको नक्सालबाट पक्राउ गरी निजलाई फैसला कार्यन्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको । पक्राउ परेका प्रतिवादी :  नाम : ब्रजेश उपाध्याय । उमेर :   ५० वर्ष               ठेगाना : जिल्ला भक्तपुर  सूर्यविनायक न.पा. ५ स्थायी घर भई हाल                            जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १ नक्साल बस्ने ।  

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०६-२७

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०३/२१ गते मुद्दा नं. ०७७-CB-३४७४ मा भएको फैसलामा रु. २,००,०००/-( दुई लाख ) जरिवाना ,१ (एक) दिन कैद र रु.८,०००/- ( आठ हजार ) क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला कास्की साबिक सिल्दुजुरे गा.वि.स.-०८ परिवर्तित मादी गा.पा. वडा नं.- ०७ स्थायी घर भई हाल का.जि. चन्द्रागिरी न.पा. वडा नं.-०६ थानकोट बस्ने वर्ष ५८ को नारायण भण्डारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०६/२७ गते बिहान अं.११:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.-१६ बालाजुमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०६/२७ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति :नामः नारायण भण्डारी उमेरः ५८ वर्षस्थायी ठेगानाः जिल्ला कास्की साबिक सिल्दुजुरे गा.वि.स.-०८ परिवर्तित मादी                    गा.पा. वडा नं.- ०७ अस्थायी ठेगानाः का.जि. चन्द्रागिरी न.पा.-०६ थानकोटपक्राउ मितिः- २०७९/०६/२७ गते ।पक्राउ स्थानः- का.जि. का.म.न.पा. वडा नं.-१६ बालाजु चोक ।

“बैकिङ कसूर मुद्दाका प्रतिवादी पक्राउ”
२०७९-०६-२७

वादी नेपाल सरकार प्रतिवादी भारत देश हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी स्थाई घर भई हाल का.जि. का.म न.पा. वडा नं. १२ भोटेवहाल बस्ने  वर्ष ४४ को शशी शर्मा प्रतिवादी भएको बिगो रु. २५,००,०००।- ( पच्चिस लाख रुपैयाँ मात्र ) रहेको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७९।०५।०७ गते पक्राउ अनुमति जारी भई फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०६।२७  गते अन्दाजी ११: ३० बजेको समयमा काठमाण्डौ जिल्ला चन्द्रागिरी न.पा  वडा नं १५ सतुङ्गलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि आज मिति २०७९।०६। २७ गते प्रहरी वृत्त बालाजु  पठाईएको । पक्राउ परेका व्यक्ति:-                                                                                          नाम थर  : शशी शर्मा उमेर      : ४४ वर्षवतन      :  भारत देश हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी स्थाई घर भई  हाल                का.जि. का.म न.पा. वडा नं. १२ भोटेबहाल ।

" धारिलो हतियार खुकुरी प्रहार गरि फरार रहेका प्रतिवादीहरु पक्राउ "
२०७९-०६-२६

मिति २०७९।०६।२५ गते बिहान अ. ५:२० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ गल्कोपाखा स्थित हनुमान चोक नजिक मोटरसाईकलमा आएक ७/८ जना अपरिचित ब्यक्तिहरुको समुहले दरबारमार्ग स्थित कल्ब प्लाटिनममा बाउनसरको रुपमा कार्यरत रहेका निकेत राई र तेन्जिङ् शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेको घटनाका सम्बन्धमा यस कार्यालयबाट खटि गएको बिषेश टोलीले मिति २०७९/०६/२५ गते १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ बौद्द स्थित एरियाबाट सो घटनामा संलग्न मध्येका  बिनोद तामाङ र जिवन तामाङ्लाई पक्राउ गरि ज्यान मार्ने उधोग सम्बन्धी कसुरमा आवश्यक कार्वाहीका लागि प्रहरी बृत,लैनचौर काठमाण्डौ पठाईएको। पक्राउ परेका व्यक्ति :-                                                                                                                                             १)      नाम थर: बिनोद तामाङ्             उमेर: बर्ष २९                   स्थायी वतन: जि.दोलखा,शैलुङ गा.पा-२            अस्थायी वतन:जि.,का.म.न.पा, बौद्द                                                                                     २) नाम थर: जिवन तामाङ्            उमेर: बर्ष ३३                   स्थायी वतन: जि.दोलखा,शैलुङ गा.पा-२             अस्थायी वतन:जि.काठमाण्डौ,का.म.न.पा, बौद्द

"बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०६-२६

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०३/१३ गते मुद्दा नं. ०७८-CB-००७५ मा भएको फैसलामा रु. ५,५०,०००/-( पाँच लाख पचास हजार) जरिवाना ,४ (चार) दिन कैद र रु.२२,०००/- ( बाईस हजार ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काठमाण्डौं टोखा न.पा.-११ गंगबु भण्डारी गाउँ बस्ने वर्ष ३४ को रोशन भण्डारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०६/२६ गते बिहान अं.०७:३० बजेको समयमा का.जि. टोखा न.पा. वडा नं.- ११ गंगबु भण्डारी गाउँमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०६/२६ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति :नामः रोशन भण्डारी उमेरः ३४ वर्षस्थायी ठेगानाः जिल्ला काठमाण्डौं टोखा न.पा.-११ गंगबु, भण्डारी गाउँपक्राउ मितिः- २०७९/०६/२६ गते । पक्राउ स्थानः- का.जि. टोखा न.पा. वडा नं.-११ गंगबु, भण्डारी गाउँ ।

" दशैंका दिन मृत अवस्थामा भेटीएका भारतीय नागरीकको हत्यामा संलग्न अभियुक्त पक्राउ "
२०७९-०६-२४

मिति २०७९/०६/१९ गते वडा दशैंको दिन बिहान अं. ७:०० बजेको समयमा का.जि. का.म.पा. वडा नं.-१९, रामघाट स्थित हेमन्त महर्जनको घरमा डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएको बर्ष ४७ को दिलिप आदकको कोठा बाहिरबाट ताल्चा लगाई भित्र गन्ध आई रहेको अवस्थामा प्रहरीलाई खबर भएकोमा प्रहरी घटनास्थलमा पुगी उक्त कोठा फोडी हेर्दा दिलीप आदक मृतक अवस्थामा टाउकोमा ठुलो चोट भई कपडा भरी रगत बगी गन्हाएको, कपडाले छोपेर राखिएको अवस्थामा मृतक लाश भेटीएकोमा यस कार्यालयबाट अनुसन्धान गर्दा दिलिप आदकको हत्या गर्ने ब्यक्ति निजसंगै विगत केही महिना देखी संगै बसी काम गरी रहेको जिल्ला पर्सा बहुदरमाई न.पा.-०२, हांसवा स्थायी  घर भएका राजाबाबु भन्ने श्रीलाल ठाकुरले हत्या गरेको खुल्न आएकोमा निजलाई मिति २०७९/०६/२३ गते जि. काठमाण्डौ का.म.न.पा.वडा नं.-१५, स्थित स्वयम्भुबाट पक्राउ गरीएकोमा निजले काठ च्याप्न प्रयोग हुने ३ फुट २ ईन्च लामो सकिन्जा (Vice) ले सुति रहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या गरी कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएकोमा हत्या गर्न प्रयोग भएको सकिन्जा (Vice) र मृतकको कोठामा बाकस फुटाउन खोज्दा आधा भाग फोडीएको र माथिल्लो भाग बाकि रहेकोमा उक्त बाकस फोडी हेर्दा नगद रु ४ लाख १९ हजार समेत फेला पारी बरामद गरी पक्राउ भई आएका अभियुक्त राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाईएको ।  पक्राउ अभियुक्तनाम :- राजाबाबु भन्ने श्रीलाल ठाकुर उमेर :- २५ वर्षवतन :- जिल्ला पर्सा बहुदरमाई न.पा.-०२ हांसवा  

"सालकको खपटा सहित मानिसहरु पक्राउ"
२०७९-०६-१३

अवैध रुपमा सालकको खपटाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजी गर्दै जाँदा मिति २०७९।०६।१३ गते दिउँसो अ. १३:०० बजेको समयमा  यस कार्यालयबाट खटी गएको विशेष प्रहरी टोलीले का.जि.का.म.न.पा.वडा नं. ३२ पेप्सीकोलामा बिक्री वितरण गर्ने उद्देश्यले  लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा सालकको खपटा २.५ के .जी.(साँढे दुई के.जी.) सहित निम्न ब्यक्तिहरु पक्राउ गरी आबश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाण्डौ पठाईएको  ।पक्राउ परेका व्यक्तिहरु १.जिल्ला सिन्धुली गोलञ्जोर गा.पा. वडा नं. ४ घर भई बस्ने वर्ष ५५ को यम बहादुर कामी ।२. जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. ४ घर भई बस्ने वर्ष २८ को रत्न बहादुर मगर ।  

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-०७

घटना विवरण :-मिति २०७९/०१/१५ गते का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित घरमा दिउसोको समयमा कोहि नभएको मौका पारि कोठामा रहेको नगद, घडि, सुनचाँदीका गरगहनाहरू समेत गरी जम्मा रू. १५,८४,०००- बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा यस काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको टोलिले मिति २०७९/०६/०६ गते का.जि.का.म.न.पा. वडा नं. ०७ चावहिलबाट नगद, सुनको जस्तो देखिने सिक्रि तथा फलामको रड सहित मानिस पक्राउ गरी थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी बृत नया बानेश्वर पठाइएको । पक्राउ पर्ने व्यक्ति:-नाम :- राजु तामाङबर्ष :- ४३ठेगना :- का.जि. गोकणेश्वर न.पा. वडा नं. ०६ जोरपाटी   अनुसन्धान बाट खुलेका तथ्यहरू:-१.मिति २०६९/०३ /३१ गते प्रहरी परिसर ललितपुरबाट चोरी मुद्धा चलि सम्मानित ललितपुर जिल्ला अदालतबाट कैद तथा जरिवाना समेत भएको  ।२. मिति २०७५/०६/२१ गते प्रहरी वृत्त बौद्दबाट चोरी मुद्दा चलि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ५ वर्ष कैद र रू. ५०,०००/- जरिवाना भएकोमा उच्च अदालत पाटनबाट ३ वर्ष कैद र रू. ३०,०००/- जरिवाना हुने ठहरी मिति २०७८/०६/०३ गते कैद भुक्तान गरी छुटेको ।३. चोरी गर्न घरको पछाडितर्फको झ्यालको ग्रिल उप्काएर कोठामा प्रवेश गर्ने गरेको ।

“नक्कली शैक्षिक प्रमाणपत्र सहित व्यक्तिहरु पक्राउ”
२०७९-०६-०६

नेपाल स्थित अमेरिकन दुतावासमा  U.S. Diversity Visa (EDV) २०२१ को नतिजामा नाम निकालेका तर Visa प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली Academic Transcript बनाई  पेश गरेको भन्ने  गोप्य सुचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा मिति २०७९।०६।०५ गते यस कार्यालयबाट खटिएको बिशेष टोलीले खोजतलास गरी जिल्ला काठमाण्डौ का.म.न.पा.३ महाराजगंज स्थित अमेरिकन राजदुतवास र काठमाण्डौको विभिन्न स्थानबाट निम्न व्यक्तिहरुलाई नक्कली Academic Transcript सहित नियन्त्रणमा लिईएको । साथै अनुसन्धान गर्दै जाँदा उक्त शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न जिल्ला झापा बिर्तामोड न.पा.वाड नं.५ घर भएका दिनेश प्रसाई र जिल्ला झापा दमक न.पा.वडा नं.८ भर भएका सुर्य बहादुर श्रेष्ठलाई ई.प्र.का.दमक,झापा र ई.प्र.का.अनारमनी,झापाको समन्वयमा पक्राउ गरी थप अनुसन्धान कार्य समेत भैरहेको । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको ।  संलग्न व्यक्तिहरु:-१.      नाम थरः समिर राई  स्थायी वतनः जिल्ला पाँचथर मितलाजुन गा.पा.वडा नं.६ हालः जिल्ला झापा दमक ५ बस्ने उमेरः२५ वर्ष२.      नाम थरः अरुण कार्की  स्थायी वतनः जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० उमेरः ४० वर्ष३.      नाम थरः राधिका तामाङ्स्थायी वतनः जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं.९हालः जिल्ला काठमाण्डौ टोखा न.पा.बानियाटार  ‍उमेरः २५ वर्ष४.        नाम थरः सबिता श्रेष्ठ स्थायी वतनः जिल्ला स्याङ्जा चापाकोट गा.पा.वडा नं.२  हालः का.जि. बसुन्धारा उमेरः ३८ बर्ष५.      नाम थरः विदुर प्याकुरेल स्थायी वतनः जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६  उमेरः ४६ वर्ष६.        नाम थरः सुरज राज खत्रीस्थायी वतनः का.जि.कागेश्वरी न.पा.उमेरः२१ वर्ष७.         नाम थर:- बिरेन्द्र बहादुर रावल स्थायी वतन:-जिल्ला अच्छाम मंगलसेन न.पा.वडा नं.१२उमेर:- २७ बर्ष८.            नाम थर :- दिनेश प्रसाई स्थायी वतन:-जिल्ला झापा बिरतामोड न.पा.वडा नं. ५ उमेर:-४० बर्ष ९.          नाम थर:-सुर्य बहादुर श्रेष्ठ स्थाई वतन:-जिल्ला झापा दमक न.पा.वडा नं.८ उमेर:-४८ बर्ष       बरामद सामाग्रीहरुः१. समिर राईको नामको  Higher Secondary Education Board को Academic Transcript थान-१ र १०३९८९७३ नम्बरको राहदानी थान १   २. अरुण कार्कीको नामको Higher Secondary Education Board को Academic Transcript थान-१ र ०८४२३४५४ नम्बरको राहदानी थान १ ३. विदुर प्याकुरेलको नामको Tribhuwan University को Academic Transcript थान-१ र ०८९१०४६५ नम्बरको राहदानी थान १ ४. राधिका तामाङ्को नामको Higher Secondary Education Board को Academic Transcript थान १ र ०९२८७२६४ नम्बरको राहदानी थान १ ५. सबिता श्रेष्ठको नामको Higher Secondary Education Board को Academic Transcript थान १,SLC को Mark-Sheet थान १ र ०७०५३५०२ नम्बरको राहदानी थान १  ६. सुरज राज खत्रीको नामको N.A.B. को Provisional Certificate थान १, Migration Certificate थान १,र Academic Transcript थान १  

“चोरीको मोटरसाइकल सहित मानिस पक्राउ”
२०७९-०६-०४

मिति २०७९/०५/०६ गते का.जि. बालाजु बाइपास स्थित तरूण स्कुल नजिक सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको २२० सि.सि. निलो कालो रङको पल्सर मोटरसाइकल चोरी भएको भनि यस कार्यालयमा निवेदन परेकोमा अनुसन्धानको सिलसिलामा यस कार्यालयबाट खटी गएको अनुसन्धान टोलीले मिति २०७९/०६/०३ गते बिहान अं. १०:०० बजेको समयमा का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०६ नयाँबस्तीबाट बाग्मती प्रदेश ०२-०२३ प ९३४४ नम्बरको नक्कली नम्बर प्लेट राखी चलाई राखेको अवस्थामा जिल्ला काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बौद्ध बस्ने पेमा तामाङलाई फेला पारी चोरी भएको मोटरसाइकल सहित पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त,बालाजु पठाइएको । पक्राउ व्यक्तिहरु:-१) नाम:–  पेमा तामाङ     उमेर :– २७ बर्ष    ठेगाना :–  जिल्ला काभ्रेपलाञ्चोक चौंरीदेउराली गा.पा. वडा नं. ०१ वाङथली    हाल :- का.जि. का.म.न.पा. वडा नं. ०६ बौद्धबरामद सामानहरु:- १. बजाज कम्पनीको २२० सि.सि. को पल्सर मो.सा. थान १

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०६-०२

रूप सिंह बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला ललितपुर, साविक गोदामचौर गा.वि.स.वडा नं.०६ हाल परिवर्तित गोदावरी न.पा.वडा नं.०१ घर भई ललितपुर महानगरपालिका वडा नं.१५ कुमारीपाटी बस्ने वर्ष ३७ को रन्जित खड्का भएको बैकिङ्ग कसुर मुद्दा (विगो रू.२०,५०,०००।- (विस लाख पचाँस हजार रूपैया) मा फरार रहेका निज प्रतिवादी रन्जित खड्कालाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०६।०२ गते नयाँबानेश्वर, काठमाण्डौबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि आजै  जिल्ला प्रहरी  परिसर, टेकु पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।पक्राउ प्रतिवादी:१. नाम : रन्जित खड्काउमेर : ३७ बर्षठेगाना : गोदावरी-०१, ललितपुर     हाल : कुमारीपाटी, ललितपुर 

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०७९-०५-३०

सामाजिक संजाल Facebook मा T Mobiles Store पेज खोली उक्त पेजको दुरुपयोग गरी  IPhone 13 Pro  मोवाईल सेट सस्तो मुल्यमा विक्रिमा रहेको छ, Whats App No. +2347089851419 मा सम्पर्क गर्नु भनि पोष्ट गरेको पिडितले देखेपछि मोवाईल खरिद गर्ने सोचले whats App No. +2347089851419 मा सम्पर्क गर्दा उक्त मोबाइलको मूल्य १, १५,०००।– पर्छ भनी पिडितलाई भन्सार Tax, डेलिभरी चार्ज बाफत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा मा रकम पठाउ लगाई लिई ठगी गरेको भन्ने ब्यहोराको उजुरीको आधारमा अनुसन्धान कार्य गर्दै जाँदा उक्त ठगी कार्यमा संलग्न जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. वडा नं. ११ खनार बस्ने बर्ष २३ को प्रसिन चौधरीलाई मिति २०७९।०५।२९ गते दिउँसो अन्दाजी १५:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरी ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागी आज मिति २०७९।०५।३० गते जिल्ला प्रहरी परिसर, काठमाण्डौंमा पठाईएको ।पक्राउ ब्यक्तिको विवरण:-१.       नामथर:- प्रसिन चौधरी      उमेर:- २३ बर्ष      ठेगाना:- जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. वडा नं. ११, खनार ।

“प्रहरी हौ भनि लुटपाट गर्ने व्यक्तिहरू पक्राउ”
२०७९-०५-३०

काठमाण्डौ ठमेलमा संचालित ओरियण्टल मनी एक्सचेन्जबाट मिति २०७९।०५।२२ गते १९:१० बजेको समयमा उक्त मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिकै पुग्दा ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले आफूहरू प्रहरी भएको बताई जवरजस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गरी साथमा रहेको नगद रू.३०,२३,२०८।–(तिस लाख तेईस हजार दुई सय आठ रूपैया), IPhone मोवाईल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटी फरार भएको भनि यस कार्यालयमा निवेदन प्राप्त भएको, सो घटनाको अनुसन्धान गर्ने क्रममा योगेन्द्र तामाङ समेत ३ जनालाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।२९ गते काठमाण्डौ कपनबाट घटनामा प्रयोग गरेका मो.सा.सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०५।३० गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको ।१. नाम : योगेन्द्र तामाङउमेर : २९बर्षठेगाना : जि.भोजपुर, रामप्रसाद राई गा.पा.वडा नं.०१हाल : लोकन्थली, भक्तपुर २. नाम : देव लामाउमेर : ३० बर्षठेगाना : जि.सिन्धुली,मरिन गा.पा.वडा नं.०३ हाल : का.जि.कपन३. नाम : मिन बहादुर तितुङ (रोहित)उमेर :  २० बर्षठेगाना : जि.रामेछाप, सुनापाती गा.पा.वडा नं.०१ हाल : का.जि.कपन

“ यु.के. पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-३०

जिल्ला सोलुखुम्बु दुधकोशी  गा.पा. वडा नं. २ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा.  काडाँघारी बस्ने वर्ष ४३ को बालकृष्ण कार्कीले लमहु शेर्पा समेतलाई वर्किङ भिषामा यु.के. लगाएतका देशहरुमा रोजगारीको लागी पठाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट जम्मा रु. १३,४६,०००/- (अक्षेरुपी तेह्र लाख छयालिस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बालकृष्ण कार्कीको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।३० गते का.जि.का.म.न.पा. वडा नं. ४ धुम्वाराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाईएको ।  निम्नः-   नाम थर  : बालकृष्ण कार्की  उमेर   : ४३ वर्ष ।  वतन : जिल्ला सोलुखुम्बु दुधकोशी  गा.पा. वडा नं. २ स्थाई घर भई          हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. काडाँघारी बस्ने ।             

"जवरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ”
२०७९-०५-२९

परिवर्तित नाम नख्खुडोल (क) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश मगर भएको नाबालिका ( वर्ष १५ की ) जबरजस्ती करणी मुद्दामा वारदात पश्‍चात फरार रहेका काठमाण्डौं टोखा न.पा.-०१ बानियाँटार बस्ने वर्ष २१ को राजेश मगरलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/२९ गते बिहान अ. ०७:३० बजेको समयमा का.जि. टोखा न.पा. वडा नं.- ०१ बानियाँटारमा फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०७९/०५/२९ गते जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको ।     पक्राउ परेका व्यक्ति :नामः- राजेश मगरउमेरः २१ वर्षठेगानाः जिल्ला काठमाण्डौं टोखा न.पा.-०१ बानियाँटारपक्राउ मितिः- २०७९/०५/२९ गते । पक्राउ स्थानः- जिल्ला काठमाण्डौं टोखा न.पा.-०१ बानियाँटार

“नक्कली पेस्तोल देखाई लुटपाट गर्ने पक्राउ”
२०७९-०५-२७

घटना विवरण:- मिति २०७९/०५/२६ गते दिउँसो अं. १४:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. ३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठले सञ्चालन गरेको K.S. मोबाईल सपमा बाल सुन्दर सापकोटा सहित २ जना व्यक्तिहरूले Online मार्फत मोबाईल किन्छु भनि बहाना बनाई पसलमा गई हामी प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान I Phone मोबाईल सेट लुटपाट गरी लगेको घटनाको अनुसन्धानको सिलसिलामा यस अपराध अनुसन्धान कार्यालयबाट खटि गएको टोलीले मिति २०७९/०५/२६ गते बेलुकाको समयमा का.जि. का.म.न.पा. वडा नं. ३१ कात्यायनी मन्दिर नजिकबाट लुटपाट गरी लगेको मोबाईल  थान ३ र वारदातमा प्रयोग भएको नक्कली पेस्तोल थान २, ऐ. को गोली थान ५ सहित बाल सुन्दर सापकोटा र अर्जुन कार्कीलाई पक्राउ गरी डाँका कसुरमा आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, बानेश्वर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको  ।पक्राउ व्यक्तिहरु:-१) नाम:–  बाल सुन्दर सापकोटा         उमेर :– ४१ बर्ष     ठेगाना:–  जिल्ला सिन्धुपाल्चोक साँगाचोक गढी न.पा. वडा नं. ०६     हालको ठेगाना:- का.जि. हाँडीगाऊँ  २) नाम:–  अर्जुन कार्की        उमेर :–  ४० बर्ष     ठेगाना:–  जिल्ला सिन्धुपाल्चोक साँगाचोक गढी न.पा. वडा नं. ०६     हालको ठेगाना:- का.जि. हाँडीगाऊँ

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-२६

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको  विभिन्न मितिको फैसलाले रू.५,६०,०००।-(पाँच लाख साठी हजार रूपैयाँ) जरिवाना तथा ४ दिन कैद तोकी फरार रहेका जिल्ला धादिङ, धुनिवेशी नगरपालिका वडा नं.०१ स्थायी वतन भई हाल काठमाण्डौ महानगरपालिका वडा नं.१३ बाफल बस्ने वर्ष २८ को राजिव कँडेललाई यस कार्यालयको विशेष अनुसन्धान टोलिले मिति २०७९।०५।२३ गते बाफल, काठमाण्डौबाट पक्राउ गरी मिति २०७९।०५।२६ गते सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : राजिव कँडेलउमेर : २८ बर्षठेगाना : धुनिवेशी-०१, धादिङ हाल : बाफल, काठमाण्डौ

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-२३

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०२/२४ गते मुद्दा नं. ०७८-CB-०१७८ मा भएको फैसलामा प्रतिवादी नबिन के.सी.लाई रु. ५,२५,०००/-( पाँच लाख पच्चीस हजार) जरिवाना ,५ (पाँच) दिन कैद र रु.२१,०००/- ( एक्काईस हजार ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काठमाण्डौं साबिक चन्द्रागिरी न.पा.-११ परिवर्तित चन्द्रागिरी न.पा.-०८ गौंथलिचोक बस्ने वर्ष २७ को नबिन के.सी.लाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/२२ गते दिउँसो अं.१४:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.-११ थापाथलीमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०५/२२ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति :नामः नबिन के.सी. उमेरः २७ वर्षस्थायी ठेगानाः जिल्ला काठमाण्डौं साबिक चन्द्रागिरी न.पा.-११ परिवर्तित                       चन्द्रागिरी न.पा.-०८ गौंथलिचोक  पक्राउ मितिः- २०७९/०५/२२ गते । पक्राउ स्थानः- का.जि.का.म.न.पा. वडा नं.-११ थापाथली ।मिति:-२०७९/०५/२२ गते ।

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-२२

सुमित लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नुवाकोट, शिवपुरी गाऊपालिका वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ महानगरपालिका वडा  नं.२६ सामाखुसी बस्ने वर्ष २९  को पुरूषोतम अधिकारी भएको बैकिङ्ग कसुर मुद्दा (विगो रू.४०,०००००।- (चालिस लाख) का फरार प्रतिवादी पुरूषोतम अधिकारीलाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।२२ गते काठमाण्डौ जिल्ला गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि आजै  प्रहरी वृत्त, महाराजगंज पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।पक्राउ प्रतिवादी:१. नाम : पुरूषोतम अधिकारीउमेर : २९ बर्षठेगाना : शिवपुरी-०५, नुवाकोट    हाल : काठमाणडौ म.न.पा.वडा नं.२६  सामाखुसी

“नक्कली शैक्षिक प्रमाणपत्र बनाउने उपकरण सहित मानिसहरु पक्राउ”
२०७९-०५-२१

जिल्ला काठमाण्डौ का.म.न.पा-९ बत्तिसपुतलीमा संचालित बिभिन्न फोटो स्टुडियोहरुले SLC, +2 उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने गोप्य सुचनाका आधारमा यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले मिति २०७९/०५/२० गते अ.१३:०० बजेको समयमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउन प्रयोग हुने बिभिन्न उपकरण र तयारी अवस्थाका नक्कली प्रमाणपत्रहरु सहित निम्न मानिसहरुलाई नियन्त्रणमा लिई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारवाहीका लागि प्रहरी बृत्त गौशाला, काठमाण्डौ पठाईएको ।        साथै रु ५ सय देखि १ हजार सम्म लिएर बिशेष गरि खाडी मुलुकमा बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाई दिने गरेको खुल्न आएको ।पक्राउ ब्यक्तिहरु:१.      AVI Photo Studio                                  संचालकको नाम:- चबुरलाल चौधरीस्थाई वतन:-जि. मोरङ, बेलबारी न.पा-०९अस्थाई वतन:- जि. काठमाण्डौ, गौशालाउमेर:- ३० बर्ष२.      MA General Photo Studio संचालिकाको नाम:- सुमित्रा कोईरालास्थाई वतन:- जि. सिन्धुली, सुनकोशी गा.पा-०४अस्थाई वतन:- जि. काठमाण्डौ, बानेश्वरउमेर:- ४३ बर्ष३.      RN Photo Studioसंचालिकाको नाम:-फुल्हमु तामाङ् स्थाई वतन:- जि. सोलुखुम्बु, दुधकुण्ड गा.पा-०४अस्थाई वतन:-जि.काठमाण्डौ, बानेश्वरउमेर:- २४ बर्षबरामद समाग्री:-१.      CPU थान-४२.      Monitor थान-४ ३.      Pen-Drive थान-२४.      Colour Printer थान-४ ५.      बिभिन्न ब्यक्तिका SLC र ‌+2 का नक्कली सर्टिफिकेट थान-६

“टिक-टक बनाउने बहाना बनाएर मो.सा. चोरी गर्ने समुह प्रकाउ”
२०७९-०५-२०

उपरोक्त सम्बन्धमा काठमाण्डौ उपत्यकामा श्रृखला बद्ध मोटरसाईकल चोरी गर्ने गिरोहलाई खोजि गर्ने क्रममा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलिले विगत साउन महिनामा काठमाण्डौ बौद्ध एरिया अन्तर्गत चुनिखेल बाट बा.९३प.१४१३ नं.२२०सि.सि.को पल्सर मो.सा,.गोकणेश्वरबाट बा.प्र.०२-०३४ प ३४२५ नं.को १५० सि.सि. को पल्सर मो.सा,माकलबारीबाट बा.प्र.०२-०३० प ५०८१ नं.को १५० सि.सि.को पल्सर मो.सा. चोरी भएकोमा चोरि गर्ने र चोरिको सामान किन्ने र पार्टपुर्जा खोलि  बिक्रि बितरण गर्ने निम्न मानिस प्रकाउ गरि आवश्यक कारबाहीको लागि प्रहरी बृत बौद्ध पठाईएको । प्रकाउ परेका व्याक्तिहरु:-१. निसान सापकोटा ( मुख्य चोर )    उमेर :-१८    ठेगाना :-जिल्ला सिन्धुपालचोक मेलम्चि न.पा. १०    मो.सा. चोरी गर्ने मुख्य व्यक्ति२. रामचन्द्र रावल (ग्यारेज संचालक)    उमेर:-३२    ठेगाना:- जिल्ला सिन्धुपालचोक मेलम्चि न.पा.१०    पेसा :-ग्यारेज संचालक (रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसप)     चोरीको मो.सा.को पार्टपुर्जा खोलि बिक्रि गर्ने३. पुस्कर काफ्ले (पाटपुर्जा खरीद कर्ता)   उमेर :-३२   ठेगाना :-जिल्ला सिन्धुपालचोक इन्द्रावती गा.पा.वडा नं.४ टाकुरे   पेशा:- चोरीका पाटपुर्जा खरीद कर्ता ।अनुसन्धानबाट खुलेका तथ्यहरु:-·       पठाउ मो.सा चालक सँग चिनजानगरी सम्बन्ध बनाउने र एक चोटि टिकटक बनाउनु छ भनि मो.सा. माग्ने र लिई फरार हुने गरेको देखिएको·       चोरी ल्यएको मो.सा.हरु जिल्ला सिन्धुपालचोक मेलम्चि १२ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगि दिने गरेको र उक्त मो.सा.हरुको पार्टपुर्जा अर्को मो.सा मा फेर्ने गरेको । ·       मो.सा. को पार्टपुर्जा खोले पश्चात बाँकी रहेको इन्जिन र चेसिसको नम्बर लेखिएको भागलाई चिन्न नसकिने गरी लेथमेसिनले टुक्रा- टुक्रा पारी बाँकी सामान कवाडीलाई बिक्री बितरण गर्ने गरेको ।

चोरी मुद्धामा जरिवाना समेत तोकी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०५-१९

  घटना विवरण :- राम प्रसाद घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोमलाल बल समेत भएको नकवजनी चोरी (काठ) सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०७५/०८/११ गतेको फैसलाले प्रतिवादी हिमाल लामा भन्ने हिरा बहादुर लामालाई रू.१,७३,४८३/- जरिवाना भई हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादीको खोजतलासस गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/१९ गते अन्दाजी १४:३० बजेको समयमा काठमाण्डौंको जरंखु पुल नजिक फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पठाईएको ।   फरार प्रतिवादी:-नामथर:-हिमाल लामा भन्ने हिरा बहादुर लामा उमेर:-४९ बर्षठेगाना:-जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा.वडा नं.८ हाल:- का.जि.तारकेश्वर न.पा.वडा नं.८ जरंखु बस्ने 

“भन्सार छलि चोरी पैठारी गरी ल्याईएका मोवाईल सहित मानिस पक्राउ ”
२०७९-०५-१९

घटना विवरण :-उपरोक्त सम्बन्धमा काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका Iphone कम्पनिका मोबाईलहरु ल्याई बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९/०५/१७ गते दिउँसो अन्दाजी १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ बल्खुबाट ६ थान Iphone कम्पनिका मोबाईलहरु सहित निज व्यक्तिहरुलाई पक्राउ गरी आवस्यक कारबाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण काठमाण्डौ पठाईएको । पक्राउ परेका मानिसहरु:१. नाम.:-सबिन छेंगुतला  उमेर :– २६ बर्ष  ठेगाना:– जिल्ला भक्तपुर सुर्यविनायक न.पा.६  २. नाम:-कृष्ण बहादुर थापा    उमेर:-२२ बर्ष    ठेगाना:-जिल्ला स्याङ्जा बिरुवा गा.पा.वडा नं.४    हाल:- का.जि. ठमेल                  

ल्यापटप खरिद गर्ने बहानामा ठगि गर्ने व्यक्ति पक्राउ
२०७९-०५-१९

       घटना विवरण:-का.जि.का.म.नपा.वडा नं.३२ तिनकुने स्थित Info Techs Nepal Pvt. Ltd. मा अनलाई मार्फत फोन सम्पर्क गरी Apple कम्पनिको Macbook Air ल्यापटप खरिद गर्छु भनि रू १०,०००/- दिइ बुक गरेको र उक्त ल्यापटप Info Techs Nepal Pvt.Ltd का सञ्चालकले का.जि.का.म.न.पा.वडा नं.११ त्रिपुरेश्वरबाट निज प्रबिन किजुलाई ल्यापटप दिएको र सो ल्यापटप खरिद बापतको बाँकी भुक्तानी रकम रू. १,४८,०००/- NMB बैंकको खातामा रकम नभएको, खाता बन्द रहेको र निजको हस्ताक्षर समेत नमिलेको चेक काटी दिई ठगि गरको भनि यस कार्यालयमा निवेदन परेकोले अनुसन्धानको क्रममा मिति २०७९/०५/१७ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला ललितपुर सातदोबाटोमा उल्लेखित नाम, ठेगाना भएका प्रबिन किजुलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि काठमाण्डौ जिल्ला परिसर टेकु, पठाईएको ।          पक्राउ व्यक्तिको विवरण:  नाम:- प्रबिन किजु    उमेर:- ३२   ठेगाना:- जिल्ला भक्तपुर, भक्तपुर न.पा.वडा नं.११ तौमडी                                                  

“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१९

घटना विवरण :जिल्ला मोरङ रतुवामाई न.पा. वडा नं. ९ स्थाई घर भई हाल जिल्ला ललितपुर बालकुमारी बस्ने वर्ष ३८ की मिना सुब्बाले सिलास रम्तेललाई वैदेशिक रोजगारीको लागि वर्किङ भिषामा जापान जानको लागि रु. १३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र ) लाग्छ, जापान पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु, मासिक रु. ३,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट जम्मा रु. १३,००,०००/- (अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज मिना सुब्बाको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।१९ गते का.जि.का.म.न.पा. वडा नं. ३१ सुविधानगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                      निम्न:      नाम थर  : मिना सुब्बा      उमेर      : ३८ वर्ष     वतन     : जिल्ला मोरङ रतुवामाई न.पा. वडा नं. ९ स्थाई घर भई हाल जिल्ला ललितपुर                  बालकुमारी बस्ने ।

“ अफगानिस्तान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१७

 जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. २१ गितानगर स्थाई घर भई हाल का.जि. बसुन्धरा बस्ने “ Rapti Placement Service Pvt. Ltd.” का सञ्चालक वर्ष ३९ को रविन अधिकारी भन्ने रविन्द्र अधिकारी समेतले टिका विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिषामा अफगानिस्तान जानको लागि रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) लाग्छ, अफगानिस्तान पुगेपछि Security Guard को काममा लगाईदिन्छु, मासिक रु. १,००,०००/- भन्दा माथि तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट जम्मा रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज रविन अधिकारी भन्ने रविन्द्र अधिकारीको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।१६ गते का.जि.का.म.न.पा. वडा नं. ३ बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।      निम्न:      नाम थर  : रविन अधिकारी भन्ने रविन्द्र अधिकारी      उमेर      : ३९ वर्ष     वतन     : जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. २१ गितानगर स्थाई घर भई हाल का.जि.                  बसुन्धरा बस्ने

"बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी पक्राउ"
२०७९-०५-१५

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०३।०६ गतेको फैसलाले रू.१६,१९,०००।-(सोह्र लाख उन्नाईस हजार रूपैयाँ) जरिवाना तथा ४ दिन कैद तोकी फरार रहेका जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं.०९ हाल सुर्यविनायक नगरपालिका वडा नं.०६ बस्ने वर्ष ६१ को सिताराम शाही लाई यस कार्यालयको विशेष अनुसन्धान टोलिले मिति २०७९।०५।१५ गते बिजुलीबजार, काठमाण्डौबाट पक्राउ गरी आजै सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : सिताराम शाहीउमेर : ६१ बर्षठेगाना: सुर्यविनायक-०६, भक्तपुर 

“नियन्त्रित तथा प्रतिबन्धित गरिएका औषधीहरुको कारोबार गर्ने व्यक्ति पक्राउ”
२०७९-०५-१४

जिल्ला काठमाण्डौ का.म.न.पा स्थित सामाखुसी एरियामा फार्मेसी सञ्चाल गरी नेपालमा  नियन्त्रित तथा प्रतिबन्धित गरिएका औषधीहरुको कारोबार भईरहेको छ भन्ने सुचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा निगरानी राखी खोजतलास गर्दै जाँदा मिति २०७९।०५।१३ गते अ. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ०३ स्थित निरुपा फार्मेसीमा खानतलासी गर्दा नेपालमा नियन्त्रित तथा प्रतिवन्धित औषधीहरू समेत गरी निम्न नाम थर वतन भएको व्यक्तिलाई नियन्त्रणमा लिई निजलाई औषधी ऐन, २०३५ अन्तर्गत थप अनुसन्धान तथा कारवाहीको लागि औषधी व्यवस्था विभाग बिजुलीबजार, काठमाण्डौ पठाईएको  ।पक्राउ परेका व्यक्ति:- जिल्ला गोरखा सिलुकोट न.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुसी बस्ने किशोर बहादुर थापाको छोरी वर्ष २९  की सुस्मा थापा ।बरामद सामाग्रीहरु:- v Tramadol Hydrocloride Capsules I.P.50 mg, समेत लेखिएको जम्मा ८१०।- ट्याबलेट, Dicyciomine Hydrochloride Tablet 30 mg समेत लेखिएको जम्मा ९८०।- ट्याबलेट, Dextromethoraphan Hydrochloride Tablet 30 mg समेत लेखिएको जम्मा २६५।- ट्याबलेट, Stagan 25 समेत लेखिएको जम्मा ५३१।- ट्याबलेट, Gabix-75 pregablin Capsules  समेत लेखिएको जम्मा १४२।- ट्याबलेट,  Zenegra 50 समेत लेखिएको जम्मा २४ ।- ट्याबलेट,  Chorpheniramine Sinex समेत लेखिएको जम्मा ८० ।- ट्याबलेट, एल्मास्क समेत लेखिएको जम्मा १६५ ।- ट्याबलेट,  Alcal D500 समेत लेखिएको जम्मा २७० ।- ट्याबलेट, प्रेगोन्सी टेस्ट किट ४० पिस, एन्थेल्जा ४० पिस, मास्क २३ बन्डल, Stayfree ४० बन्डल, डाईपर २ बन्डल, Bustop ३ बोतल,  Detuss २ बोतल, Dj-citral १ बोतल,  CTZ  ४ बोतल, NS सोडियम १ बोतल, Flexon २ बोतल, Multiplex ६ बोतल, Supramox ४ बोतल, Argel  १० वोतल, Rhinex २ बोतल,  Sinex ८० पिस,  सन्चो १० पिस, गुल्कोज सानो ४ पिस, डिटोल १ बट्टा  ।

“डाँका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ”
२०७९-०५-१४

अनुप कुमार शर्माको जाहेरीले प्रतिवादी प्रदिप भट्ट डाँका मुद्दामा संलग्न भई फरार रहेको सुचना यस कार्यालयमा प्राप्त हुन आएकोले निज प्रतिवादीको खो.त. गर्दै जाँदा मिति २०७९।०५।१३ गते दिउँसो अं. १७:३० बजेको समयमा यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले जिल्ला काठमाण्डौ नयुरोड मसान गल्लीबाट नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय खैरहनि,चितवन पठाईएको । पक्राउ परेका व्यक्ति:- जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. ९ मोहना घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं.३ बालकोट बस्ने गगाँ प्रसाद भट्टको छोरा वर्ष ३०को प्रदिप भट्ट ।

विना अनुमति “सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ”का नाममा विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री-वितरण गर्ने उद्योग सिल”
२०७९-०५-१३

घटना विवरण:-ललितपुर महानगरपालिका वडा नं.०३ सुन्दरिघाट स्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा विना अनुमति भारतका विभिन्न कम्पनी (रघुनाथ एग्रो, बेष्ट डिल, कृष्ण राईस प्रोसेसर प्रा.लि., रहिम ईन्ड्रष्ट्रिज)बाट आयातित चामलमा उत्पादन मिति/वर्ष र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्ड (थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुवारक क्याटरिना जिरा, साँचो लङ्ग ग्रेन, स्पेशल अनेष्टी, सुवाश उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही वासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस)  लगायतका लोगो राखी खाद्य अनुज्ञापत्र अनुमति नलिई विभिन्न ब्राण्डका लेवल राखी प्याकेजिङ गरी विक्री वितरण गरेको आधारमा मिति २०७९।०५।१३ गते यस कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहलबाट समेत खटिएको टोलिले उल्लेखित उद्योगमा छापा मारी उद्योग परिसरमा रहेको कूल १,८०,०३०।– (एक लाख असी हजार तिस) के.जि. चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं विग्रिएको अवस्थामा रहेको ४७,४६० के.जि. चामल सहित फेला पारी खाद्य तथा गुणस्तर परिक्षणका लागि नमुना संकलन गरी उक्त उद्योगलाई सिल बन्दी गर्नुका साथै उद्योग संचालक एस अग्रवाल र म्यानेजर बाल कुमार भन्ने लाल बहादुर वस्नेतलाई नियन्त्रणमा लिई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धान कार्यको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहल पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।  पक्राउ परेका व्यक्तिहरु:-१.नामथर : एस अग्रावालउमेर : २७ बर्ष ठेगाना : जि.मोरङ, विराटनगर म.न.पा.वडा नं.०९ शनिहाटहाल : का.म.न.पा.वडा नं.१३ छाउनी २.नाम थर : बाल कुमार भन्ने लाल बहादुर वस्नेतउमेर : २७ बर्ष ठेगाना : जि.ओखलढुंगा, सुनकोशी गा.पा.वडा नं.०५ पात्ले हाल : का.म.न.पा.वडा नं.१४ कोलेश्वर

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-१३

दिपक थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०४ स्थायी वतन भई हाल ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.१७ बस्ने वर्ष ५६ को राजेश सुनुवार भएको बैकिङ्ग कसुर मुद्दा (विगो रू.५००,०००।- (पाँच लाख) मा फरार रहेका निज प्रतिवादी राजेश सुनुवारलाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।१३ गते काठमाण्डौ जिल्ला नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि आजै  जिल्ला प्रहरी  परिसर, टेकु पठाईएको ।   पक्राउ प्रतिवादी:१. नाम : राजेश सुनुवारउमेर : ५६ बर्ष ठेगाना : कमलामाई-०४, सिन्धुली     हाल : ललितपुर जिल्ला ललितपुर  म.न.पा.वडा नं.१७

“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१३

जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ५ सल्लाघारी बस्ने वर्ष २० की पुन माया श्रेष्ठले श्रीया सुवेदी समेतलाई वर्किङ भिषामा रोमानिया जानको लागि प्रतिव्यक्ति रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ मात्र ) लाग्छ, रोमानिया पुगेपछि Food Packaging को काममा लगाइदिन्छु, मासिक रु. ७५,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट जम्मा रु. १७,७५,०००/- (अक्षेरुपी सत्र लाख पचहत्तर हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज पुन माया श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।१३ गते का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।              निम्न:      नाम थर  : पुन माया श्रेष्ठ       उमेर      : २० वर्ष     वतन     : जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला                   भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ५ सल्लाघारी बस्ने ।      

“भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाईल सहित मानिस पक्राउ”
२०७९-०५-१३

भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका बिभिन्न ब्राण्डका मोवाईलहरु प्रकाश थापा समेतका व्यक्तिहरुले कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/१२ गते बेलुका अं. १७:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १६, बालाजु, बाइसधारा स्थित प्रकाश थापाले सञ्चालन गरेको S.U.T. put Technology Pvt. Ltd. पसलमा खानतलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका POCO, Samsung, MI, Oppo, Redmi, VIVO र Realme कम्पनीका मोवाईल सेटहरू जम्मा ४५ थान सहित निज प्रकाश थापा र सैलेश कार्कीलाई फेला पारी पक्राउ गरी आवश्यक कारबाहिको लागी श्री अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौ पठाईएको । पक्राउ परेको मानिस:-पक्राउ परेको मानिस:-१)     नाम:- प्रकाश थापा             उमेर :– २७ बर्ष      ठेगाना:– जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं. ०४       हाल:- का.जि. गोलढुङ्गा    २)     नाम:- सैलेश कार्की      उमेर :– २६ बर्ष       ठेगाना:– जिल्ला ओखलढुङ्गा लिखु गा.पा. वडा नं. ०१       हाल:- का.जि. बोराटार बरामद भएका सामानहरु:-१. Vivo कम्पनिको मोवाईल थान ६२. Oppo कम्पनिको मोवाईल थान २३. Samsung कम्पनीको मोवाईल थान १४. Redmi कम्पनीको मोवाईल थान ७५. MI मोवाइल थान २५६. Realme कम्पनीको मोवाईल थान ३ ७. POCO कम्पनीको मोबाईल थान १

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१२

जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गा.पा. वडा नं. २ गोपिगञ्ज स्थाई घर भई हाल का.जि. गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीले नर बहादुर थनेत समेतलाई दुबई जानको लागि प्रतिव्यक्ति रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) लाग्छ, दुबई पुगेपछि ArmsGuard मा काममा लगाइदिन्छु, मासिक रु. १,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट जम्मा रु. ३८,००,०००/- ( अक्षेरुपी अठ्तिस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज भोज बहादुर चौधरीको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।१० गते का.जि.का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                 निम्न:      नाम थर  : भोज बहादुर चौधरी       उमेर      : ३४ वर्ष     वतन     : जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गा.पा. वडा नं. २                   गोपिगञ्ज स्थाई घर भई का.जि. गोंगबु बस्ने ।

“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-१०

घटना विवरण :जिल्ला धनकुटा साविक बोधे गा.वि.स. वडा नं. ५ परिवर्तित चौबिसे गा.पा. वडा नं. ५ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९ भिमसेनगोला बस्ने वर्ष ३८ को शान्त कुमार देवानले गोकुल भण्डारीलाई वर्किङ भिषामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति रु. ७,००,०००/- ( अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित Automobile कम्पनीमा काममा लगाईदिन्छु, मासिक रु. १,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट जम्मा रु. २,००,०००/- ( अक्षेरुपी दुई लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज शान्त कुमार देवानको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।०९ गते का.जि. कागेश्वरी मनोहरा न.पा. काँडाघारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                      निम्न:      नाम थर  : शान्त कुमार देवान      उमेर      : ३८ वर्ष     वतन     : जिल्ला धनकुटा साविक बोधे गा.वि.स. वडा नं. ५ परिवर्तित चौबिसे गा.पा. वडा                  नं. ५ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९ भिमसेनगोला बस्ने ।   मिति:-२०७९।०५।१० गते ।

“ग्रिन कार्ड सहित अमेरिका पठाईदिने भनि करोडौं ठगि गर्ने व्यक्तिहरु पक्राउ”
२०७९-०५-०९

घटना विवरण:-जिल्ला काठमाण्डौ का.जि.का.म.न.पा. वडा नं. १ गैरीधारा मार्ग स्थित प्रेसिडेन्सियल इमिग्रेसन प्रा.लि. कन्सलटेन्सी सञ्चालन गरी बस्ने परविन राईले क्यानडा, जापान लगायत अमेरिकाको ग्रिनकार्ड सहित इमिग्रेसन भिसामा वैदेशिक रोजगारमा पठाइदिने भनि सो प्रयोजनको लागि नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई सामाजिक सञ्जाल र पत्रपत्रिकामा आकर्षक बिज्ञापन गरि सयौं व्यक्तिहरुलाई ग्रिनकार्डको  प्रलोभन र भ्रममा पारी ठगि गरिरहेको छ भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको विशेष प्रहरी टोलीले मिति २०७९।०५।०८ गते अ.१६:०० बजेको समयमा Presidential Immigration Pvt. Ltd. को कार्यालयबाट उक्त कार्यालयका सञ्चालक परविन राई सहित तपसिलमा उल्लेखित ३ जनालाई कार्यालयका बिभिन्न कागजात सहित नियन्त्रणमा लिई शिक्षा ऐन, २०२८ तथा ठगी सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको ।अनुसन्धानबाट खुल्न आएका कुराहरु:v उल्लेखित कन्सलटेन्सिले कम्पनी दर्ता गर्दा बिशुद्ध स्वदेश तथा विदेश अध्ययन गर्न जाने व्यक्तिहरुलाई शैक्षिक परामर्श दिने भनि दर्ता गरेको भए पनि शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट कुनै पनि अनुमति लिएको नदेखिएको ।v कम्पनि दर्ता गर्दाको उदेश्य विपरित बिना अनुमति उक्त कम्पनिले वैदेशिक रोजगारका लागि जापान, क्यानडा तथा अमेरिकाको ग्रिनकार्ड शतप्रतिशत ग्यारेन्टीका साथ उपलब्ध गराउने भनि बिश्चास दिलाई ठगी गर्दै आएको ।v Unskilled Worker को रुपमा अमेरिका जान इमिग्रेन्ट भिसा (EB-3) र ग्रिनकार्डको प्रक्रियाका लागि २ वर्ष समय लाग्ने र ५० लाख सम्म पैसा लाग्ने भनि दर्जनौं पीडितहरुबाट विगत २/३ बर्षदेखि मोटो रकम असुल गरि करौडौं रकम ठगी गर्दै आएको ।v सुरुमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई अमेरिकाको प्रोसेसिङ गर्न कन्सुलिङ कक्षा लिनुपर्ने भनि रु. १ हजार शुल्क लिई अमेरिकाको अनेक सपना र प्रलोभन देखाई Apply गर्न लगाउने गरेको । पक्राउ परेका व्यक्तिहरु:-१.      जिल्ला संखुवासभा सिलिचोङ्,गा.पा.वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ६ सरस्वतिनगर बस्ने गंगा बहादुर राईको छोरा बर्ष ३५ को परविन राई । (Presidential Immigration को सञ्चालक)  २.      जिल्ला पश्चिम नवलपरासी रामग्राम न.पा वडा नं. ३ परासी बजार घर भई हाल का.जि. गोठाटार बस्ने पलकधारी प्रसाद गुप्ताको छोरा बर्ष ४६  को ओमकार गुप्ता। (Presidential Immigration को deputy director)   ३.      जिल्ला ईलाम सुर्योदय न.पा ११ करफोक घर भई हाल का.जि बसुन्धारा बस्ने रामकुमार तामाङ्को छोरा बर्ष ३४ को संजय तामाङ् । (Presidential Immigration को deputy director)    बरामद सामाग्रीहरु:- v Apple, HP र Dell  कम्पनिको ल्यापटप थान-३, डे बुक थान-२, Presidential Immigration P.Ltd. को रसिद प्याड थान-३, Presidential Immigration Pvt.Ltd नाममा रहेको स्टाण्डर्ड चार्टर्ड बैंक,ईन्भेष्टमेन्ट बैंक, सानिमा बैंकको चेकबुक थान-५, रजिष्ट्रेसन फाराम पाना-३४, सोही प्रा.लि.को खातामा रकम जम्मा गरेको भौचर पाना-३९, स्ट्याम छाप-१, Apple, Samsung कम्पनिको समेत गरी  मोबाईल थान-५ र विभिन्न व्यक्तिहरुको पासपोर्टको प्रतिलिपिहरु ।

“हराएको नागरीकता दुरुपयोग गरी सिंगापुर पठाई दिन्छु भनी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ”
२०७९-०५-०९

पिडित संन्दिप न्यौपानेको जिल्ला प्रशासन कार्यालय, पर्वतको सक्कल  नागरीकताको प्रमाण पत्र जब सेन्टर  संचालन गर्ने उद्देश्यले जन कल्याण सेवा प्रा.लि. नामक जब सेन्टर मान्यता प्राप्त निकायमा दर्ता गर्ने क्रममा सक्कल नागरीकताको प्रमाण हराएकोमा उक्त नागरीकता फेला पार्ने ब्यक्तिहरुले सोही नागरीकताको दुरुपयोग गरी  नेपाल सरकारको स्विकृती नलिई  ईजाजत बिना जिल्ला काठमाण्डौं कामनपा- बालाजु स्थित Eagle Queen Education Consultancy नामक मेनपावर खोली संचालन गरी निज संन्दिप न्यौपानेकै नामबाट कामना सेवा बिकास बैंक लिमिटेडमा खाता नम्बर १२७१४१००५१३९६९०००००१, ज्योति बिकास बैंक लिमिटेडमा खाता नम्बर 02201300477227000001, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता नम्बर  0230000856C5 मा अर्कै ब्यक्तिको फोटो टाँसी किर्ते दस्तखत गरी खाता संचालन गरी ११ जना पिडितहरुलाई  सेक्यूरिटीगार्ड, किल्नर, हेल्पर, ईलेक्ट्रीसियन काममा आकर्षक तलब, सुबिधामा बैदेशिक रोजगारको लागी सिंगापुर पठाई दिने प्रलोभनमा पारी पटक-पटक गरी रु. जम्मा रु. ५,५८,०००। रकम पठाउन लगाई ठगी गरेकोले ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गरी कारवाही गरी पाउँ भन्ने व्यहोराको पिडितको निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ बस्ने बर्ष २३ को बिनी बहादुर कार्कीलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी आज मिति २०७९।०५।०९ गते जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।पक्राउ ब्यक्तिको विवरण:-१.       नामथर:- विनी बहादुर कार्की     उमेर:- २३     ठेगाना:- जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. १ घर भई      हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-०८

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको बिभिन्न मितिको फैसलाले रू.१,१९,०४,०००।-(एक करोड उन्नाईस लाख चार हजार रूपैयाँ) जरिवाना तथा २४ दिन कैद तोकी फरार रहेका जिल्ला पुर्वी रूकुम, सिस्ने गाउँपालिका वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.१३ बाफल बस्ने वर्ष ३१ को अर्जुन बुढाथोकीलाई यस कार्यालयको विशेष अनुसन्धान टोलिले मिति २०७९।०५।०७ गते सुकेधारा, काठमाण्डौबाट पक्राउ गरी आज मिति २०७९।०५।०८ गते सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : अर्जुन बुढाथोकीउमेर : ३१ बर्षठेगाना: सिस्ने-०५, पूर्वी रुकुम     हाल : काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.१३ बाफल

"बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-०८

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०२/२४ गते मुद्दा नं. ०७८-CB-११२६ मा भएको फैसलामा प्रतिवादी सन्तोष सापकोटालाई रु. २,५९,०००/-( दुई लाख उनान्साठ्ठी हजार) जरिवाना , ५ (पाँच) दिन कैद र रु.१०,३६०/- ( दश हजार तीन सय साठ्ठी ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला मकवानपुर साबिक आमभञ्‍ज्याङ गा.वि.स.-०५ परिवर्तित मकवानपुरगढी गा.पा.-०६ स्थायी घर भई हाल का.जि.का.म.न.पा. - १० नयाँ बानेश्‍वर बुद्धनगर बस्ने वर्ष २८ को सन्तोष सापकोटालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०५/०८ गते दिउँसो अं.१२:०० बजेको समयमा का.जि.का.म.न.पा.-१० नयाँ बानेश्‍वरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०५/०८ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।                                                                                                                                                पक्राउ परेका व्यक्ति:-नामः- सन्तोष सापकोटा उमेरः-२८ वर्ष                                                                                            स्थायी ठेगानाः- जिल्ला मकवानपुर साबिक आमभञ्‍ज्याङ गा.वि.स.-०५ परिवर्तित मकवानपुरगढी गा.पा.-०६हालको ठेगानाः- का.जि.का.म.न.पा. - १० नयाँ बानेश्‍वर, बुद्धनगरपक्राउ मितिः- २०७९/०५/०८ गते ।पक्राउ स्थानः- का.जि.का.म.न.पा. - १० नयाँ बानेश्‍वर

“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-०८

जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. १६ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १० बस्ने वर्ष २६ को उत्सव दाहालले धनञ्जय कुमार कार्की समेतलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु, क्रोएसिया पुगेपछि Agriculture Farm मा काम लगाईदिन्छु मासिक रु. १,००,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट जम्मा रु. ६,२४,००० ।- ( अक्षरुपी छ लाख चौबिस हजार रुपैयाँ)  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा निज उत्सव दाहाललाई खोजतलास गर्ने क्रममा मिति २०७९।०५।०८ गते का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।   निम्न:- १.      नाम थर   : उत्सव दाहाल      उमेर       : २६ वर्ष      वतन      :  जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. १६ स्थाई घर भई हाल जिल्ला                         काठमाण्डौ का.म.न.पा वडा नं. १० बानेश्वर बस्ने ।

"अवैध सुन सहित मानिस पक्राउ"
२०७९-०५-०७

मिति २०७९।०५।०६ गते दिउसो Sharjah Aviation Service को G9536 नं. को फ्लाईटमा दुवई हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौबाट विकाश महाजन समेतका व्यक्तिहरूले भन्सार छली गरी अबैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०५।०६ गते काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.०९ सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट पश्चिम विहार, दिल्ली भारत स्थायी वतन भएका बर्ष ३४ को बिकाश महाजनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको सेण्डो भेष्टमा सुन जस्तो पहेलो पेष्ट गरेको धातु सहित तौल गर्दा ४०८ ग्राम र निलो रंगको अण्डरवेयरमा सुन जस्तो पहेलो देखिने कपडामा पेष्ट गरेको धातु सहित तौल गर्दा ३६९ ग्राम गरी जम्मा ७७७ ग्राम तौल रहेको धातु तथा रू.५०० दरको भारतिय रूपैयाँ १९,५००।- एवं ४२० UAE Dirham सहित निजलाई नियन्त्रणमा लिई रित पूर्वक बरामद गरी सोधपुछको क्रममा निजले भेष्ट र अण्डरवेयरमा पेष्ट गरेको सुन जस्तो देखिने पहेलो धातु दुवईबाट लगाएर भारत लैजाने भन्ने प्रारम्भिक अनुसन्धानमा खुलाएको हुँदा भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०७९।०५।०७ गते दशिका सामान सहित निज अभियुक्तलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।       पक्राउ व्यक्ति :·       नाम : बिकाश महाजन उमेर : ३४ वर्षठेगाना : पश्चिम बिहार राज्य, दिल्ली भारत

" अमेरिकी डलर देखाई श्रृङखलाबद्व रुपमा ठगि गर्ने व्यक्तिहरु पक्राउ "
२०७९-०५-०७

बौद्व,टोखा, साँखु,कपन लगायत काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी श्रृङखलाबद्व रुपममा ठगि गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटी गएको बिशेष प्रहरी टोलीले मिति २०७९/०५/०६ गते अ.१३:०० बजेको समयमा  जिल्ला काठमाण्डौ, टोखा न.पा स्थित युनिक कोलोनीबाट नेपाली रुपैँया रु १५,००,०००।–(अक्षरुपी पन्ध्र लाख मात्र) बराबरको अमेरीकी डलर साट्ने भनि ठगि गर्न लागेको अवस्थामा संजय बहादुर तामाङ र बिष्णु तामाङ्लाई ठगि गर्न प्रयोग गर्ने नेपाली रु.५,१० र २० दरका नोट र केही अमेरीकी डलर सहित नियन्त्रणमा लिई ठगि एवं विदेशी बिनिमय ऐन २०१९ अन्तर्गत समेत मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाण्डौ पठाईएको ।अनुसन्धानबाट खुल्न आएका तथ्यहरु:१.      प्रतिवादीहरुले पिडित ब्यक्तिहरुलाई पटक पटक  फोन मार्फत सम्पर्क गरी आफुसँग वैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटीदिने प्रलोभनमा पार्ने गरेको ,२.       १ र ५० दरका  अमेरिकी डलर पिडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका साघुँरा गल्ली, पातलो मानवबस्ती र जंगल आसपासको स्थानमा बोलाई पिडित पक्षलाई झुक्यानमा पारी डलर  भनि रुमालमा पोको पारी रु ५, १० र २० दरका नेपाली रुपैँया दिई पिडित सँग भएको लाखौ रुपैँया लुटपाट गरी फरार हुने गरेको।३.      ठगि तथा लुटपाटमा संलग्न हुने त्यस्ता व्यक्तिहरुले विभिन्न नम्बरका मोबाईलहरु प्रयोग गर्ने र घटना पश्चात प्रयोग गरेका मोबाईलहरु पुन: प्रयोग नगर्ने गरेको साथै पिडित सँग त्यस्ता व्यक्तिहरुको हुलिया मात्र थाहा हुने गरेको । ४.      पिडितहरुले दिएको हुलियाको आधारमा सकिंत व्यक्तिहरुको स्केच समेत तयार पारी अनुसन्धान गरिएको। ५.      पक्राउ परेका २ जना र अन्य समेत भई हाल सम्म उपत्यका र उपत्यका वाहिर समेत गरी विभिन्न ५ वटा यस्तै प्रकृत्तिका ठगि घटनामा संलग्न रहेको खुलेको । पक्राउ ब्यक्तिहरु :-  १.      जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा नं. ३, थला डाँडा घर भई हाल का.जि. बौद्व आरुबारी बस्ने वर्ष ३२ को समिर भन्ने संजय तामाङ ।२.     जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा नं. ३, सम्शेर डाँडा घर भई हाल जिल्ला ललितपुर धापाहाईट  बस्ने वर्ष ३१ को विष्णु तामाङ ।    बरामद सामाग्री :-१.      रु ५ दरको नोट ३२५ थान२.      रु १० दरको नोट ९ थान३.      रु २० दरको नोट १०९ थान४.      अमेरिकी डलर १ दरको ८०० थान५.      अमेरिकी डलर ५० दरको ३७ थान

“ दक्षिण कोरिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-०२

जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ८ स्थाई घर भई हाल का.जि. नागार्जुन न.पा. वडा नं. ६ सितापाइला बस्ने वर्ष ३४ को दिनेश खतिवडाले जिल्ला काभ्रेपलाञ्चोक तेमाल गा.पा. वडा नं. ९ मुक्पाटार स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भु बस्ने वर्ष ४० को रुपलाल लामालाई दक्षिण कोरियामा वर्किङ भिषामा जानको लागि रु. १०,००,०००/- ( अक्षेरुपी दश लाख रुपैयाँ मात्र ) लाग्छ, दक्षिण कोरिया पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु, मासिक रु. २,५०,०००/- सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निजबाट जम्मा रु. ७,५०,०००/- ( अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज दिनेश खतिवडाको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।०२ गते का.जि.का.म.न.पा. वडा नं. ३१ मिनभवनबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                   निम्न:      नाम थर  : दिनेश खतिवडा       उमेर      : ३४ वर्ष     वतन     : जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ८ स्थाई घर भई हाल का.जि. नागार्जुन                    न.पा. वडा नं. ६ सितापाइला बस्ने

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-०२

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०३।०६ गतेको फैसलाले रू.८,३०,०००।-(आठ लाख तिस हजार रूपैयाँ) जरिवाना तोकी फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक साविक पोकरीचौरी गा.वि.स.वडा नं.०२ हाल परिवर्तित चौरीदेउराली गा.पा.वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला जोरपाटी बस्ने वर्ष ३८ को अर्जुन भन्ने अरूण कुमार गौतमलाई यस कार्यालयको टोलीले मिति २०७९।०५।०२ गते भक्तपुर जिल्ला बालकोटबाट पक्राउ गरी आजै सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : अर्जुन भन्ने अरूण कुमार गौतमउमेर : ३८ बर्ष ठेगाना : चौरीदेउराली-०५, काभ्रेपलाञ्चोक     हाल : काठमाण्डौ जिल्ला जोरपाटी

" हुण्डीको कारोबार गर्ने ब्यक्तिहरु पक्राउ "
२०७९-०५-०२

जिल्ला काठमाण्डौ घण्टाघर एरियामा विभिन्न व्यक्तिहरुले राजस्व चुहावट गरि गैरकानुनी रुपमा हुण्डी मार्फत वित्तिय कारोवार गर्दै आएको भन्ने विशेष सुचना यस कार्यालयमा प्राप्त भए पश्चात माधव श्रेष्ठ समेतको व्यक्तिहरुलाई  निगरानी गर्दै जाँदा यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले मिति २०७९।०५।०१ गते अ १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २८ घण्टाघर स्थित जामे मार्केट भवनमा सटर भाडामा लिई माधव श्रेष्ठले सञ्चालन गरेको सजोंग टुर्स एण्ड ट्राभल्स प्रा.लि. मा लुकाईछिपाई राखेको अवस्थामा नगद  रु.६०,००,०००।–(साठी लाख मात्र) बरामद गरिएको। निज माधव श्रेष्ठको कार्यालयमा  हुण्डिका भुक्तानी  गर्न आएका अकिंत गोयनकाका कर्मचारी सुनिल कुमार शाहलाई समेत नियन्त्रणमा लिई जिल्ला काठमाण्डौ कलंकी स्थित अंकित गोयनकाले संचालन गरेको आनी ईन्टरनेशनल नामक कार्यालयमा खानतलासी गर्दा नगद रु ९,००,०००(नौ लाख रुपैँया मात्र) बरामद गरि पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान बिभाग,हरिहर भवन ललितपुर पठाईएको।पक्राउ ब्यक्तिहरु:-     १.      जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. १० मनमैजु बस्ने क्षेत्र बहादुर श्रेष्ठको छोरा वर्ष ४५ को माभव श्रेष्ठ।२.      जिल्ला  बारा महागढीमाई न.पा. वडा नं. ७ वेनौली घर भई हाल का.जि. का.म.न.पा. वडा नं. १३ कुलेश्वर बस्ने रामनाथ शाहको छोरा वर्ष ३३ को सुनिल कुमार शाह ।३.      जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. १३ टेकु बस्ने अशोक गोयनकाका छोरा वर्ष ३३ को अकिंत गोयनका ।                             बरामद सामान र फोटो :-१.      नेपाली नगद  रु ६०,००,०००(माधव श्रेष्ठको कार्यालयबाट)२.      नेपाली नगद रु ९,००,०००(अंकित गोयन्काको कार्यालयबाट)३.  Fast track international PVT LTD को नाममा काटिएको सानिमा बैंकको रु १५,००,००० बराबरको चेक।(अंकित गोयन्काको कार्यालयबाट)

“ जबरजस्ती करणीको फरार प्रतिवादी पक्राउ ”
२०७९-०५-०२

सम्मानित जिल्ला अदालत चितवनबाट जबरजस्ती करणी  कसुरमा मिति २०७९।०४।३१ गते पक्राउ पुर्जी जारी भई हाल फरार रहेका प्रतिवादी  मिति २०७९।०५।०२ गते अ. १०:३० बजेको समयमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ५ सल्लाघारीबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन पठाईएको ।पक्राउ व्यक्ति:-                                                      नामः प्रेमधव्ज भण्डारी      उमेरः ४४ वर्ष         ठेगानाः जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं. ८         हालः जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ५ सल्लाघारी 

“हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोली ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०७९-०५-०१

पिडित निरज पाण्डेयको  जिल्ला प्रशासन कार्यालय,  कञ्चनपुरको सक्कल नागरीकताको प्रमाण पत्र हराएकोमा उक्त नागरीकता फेला पार्ने ब्यक्तिहरुले नागरीकताको दुरुपयोग गरी कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वर, काठमाण्डौंमा दर्ता नं. २७९५९६/०७८/०७९ मिति २०७८ मंसिर २८ गते एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रा.लि. ( Everstlink International Education) नामको प्राईभेट कम्पनी दर्ता गरेको । निज निरज पाण्डेयकै हराएको नागरीकता पेश गरी सेञ्चुरी बैंकमा खाता नम्बर 1370000138C5,  कुमारी बैंकमा खाता नम्बर 037012927300001 खोली बैदेशिक रोजगारमा रसिया पठाई दिने प्रलोभनमा पारी मेरो नामबाट सर्वसाधारणलाई ठगी गरेकोले ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गरी कारवाही गरी पाउँ भन्ने पिडितको निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न रहेका तपसिलमा नाम उल्लेख भएका ब्यक्तिहरु  भएको खुल्न आएको । निजहरुले ज्ञानेश्वरस्थित घरमा अफिस खडा गरी ठगी कार्य गरेको हुदां काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्वन्धि कसूरमा  आवश्यक अनुसन्धान एवं कारवाहीको लागी  आज मिति २०७९।०५।०१ गते जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।पक्राउ ब्यक्तिहरुको विवरण:-१.       नामथर:- सुरेश भन्ने प्रदिप कर्मचार्य (कम्पनीको CEO)     उमेर:- २८     ठेगाना:- जिल्ला भक्तपुर मध्येपुर ठिमी न.पा. वडा नं. ९ २.      नामथर:- बिशाल कार्की (बैंकमा निरज पाण्डेयको नाममा खाता खोल्ने)             उमेर:- २४             ठेगाना:- जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं.११ हाल का.जि. बु.न.पा.-२     ३.      नामथर:- रामकृष्ण रावत (कम्पनीको सहजकर्ता)     उमेर:- २१ बर्ष      ठेगाना:- जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं.८  हाल का.जि. बु.न.पा.-२

“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०५-०१

जिल्ला रुपन्देही सैनामैना न.पा. वडा नं. ०९ घर भई हाल का.जि.का.म.न.पा. बानेश्वर बस्ने का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल स्थित Prestige H.R. Manpower Pvt. Ltd. का सञ्चालक अं वर्ष ४० को छविलाल भट्टराईले हिमाल खनाल समेतलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु, रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाईदिने भनी विश्वास दिलाई, प्रलोभनमा पारी रकम लिई सम्पर्क विहिन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज छविलाल भट्टराईको खोजतलास गर्ने क्रममा मिति २०७९।०५।०१ गते मिनभवन, काठमाडौँबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                     निम्न:      नाम थर  : छविलाल भट्टराई       उमेर      : ३९  वर्ष      वतन     : जिल्ला रुपन्देही सैनामैना न.पा. वडा नं. ०९ घर भई हाल का.जि.का.म.न.पा. बानेश्वर  

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०५-०१

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०३।०६ गतेको फैसलाले रू.६,०००००।-(छ लाख रूपैयाँ) जरिवाना तोकी फरार रहेका जिल्ला स्याङ्जा साविक चिन्नेबास गा.वि.स.वडा नं.०६ हाल परिवर्तित विरूवा  गा.पा.वडा नं.६ स्थायी वतन भई हाल भक्तपुर जिल्ला गट्ठाघर बस्ने वर्ष २७ को सन्जोग लम्साललाई यस कार्यालयको टोलीले मिति २०७९।०४।३१ गते काठमाण्डौ जिल्ला नयाँबानेश्वरबाट पक्राउ गरी मिति २०७९।०५।०१ गते सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : सन्जोग लम्सालउमेर : २७ बर्ष ठेगाना : विरूवा-०६, स्याङ्जा हाल : भक्तपुर जिल्ला गट्ठाघर

“श्रृंखलाबद्ध डांका घटनामा सम्लग्न समूह पक्राउ”
२०७९-०४-३१

काठमाडौं उपत्यकाका  भित्र रातको समयमा बिभिन्न स्थानहरुमा घरहरुमा जबर्जस्ती प्रबेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गर गहना डांका कार्यमा सम्लग्न रहेका मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७९/०४/२४ गते राति अ.१२:३० बजेको समयमा का.जि.किर्तिपुर न.पा.वडा नं.६ स्थित नारायण बस्नेतको घरमा अपरिचित व्यक्तिहरु प्रबेश गरी धारिलो हात हतियार देखाई नगद,सुन तथा हिराका गरगहना समेत डांका गरी लगेको साथै उपत्यकाका बिभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डांका चोरी गर्ने कार्यमा सम्लग्न  जिल्ला सि.पा.मेलम्ची-६ तारामाराङ घर भई हाल का.जि. बौद्ध बस्ने बर्ष अ.३५/३६ को सागर भन्ने रामसिङ तामाङ समेतका ३ जनालाई डांका चोरी गरेको नगद रु १,४२,१०५।- ( एक लाख बयालिस हजार एक सय पाँच  रुपैया ) तथा  खुकुरी थान २ फलामको रड १ थान , मो.सा. १ थान समेत बरामद तथा पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी वृत्त, कीर्तिपुर र बौद्ध पठाईएको । साथै अनुसन्धानबाट निजहरुले डाँका गर्ने क्रममा हातहतियार देखाई परिवारलाई नियन्त्रणमा लिई परिवारका सदस्यहरुको हात बाँधि मुखमा टेप लगाउने, आफुहरूलाई कहिले हामी प्रहरी हौं खानतलासी गर्न आएका हौं भन्ने तथा कहिले हामी सशस्त्र समुह हौं तपाईंहरूले घरमा अवैध धन लुकाएर राखेको रहेछ के कहाँ छ देखाउनुस् भनी डर धम्की देखाउने गरेको, डाँका गर्ने घरमा २/३ दिन अगाडी रेकी गरी घर धनिलाई समेत भेटी तपाईंको घरको टि.भि. पुरानो रहेछ भित्रको सामान बहुमुल्य हुन्छ २ लाख सम्म आउँछ भनी घरको कोठा तथा ढोकाहरूको अवलोकन गर्ने गरेको खुल्न आएको ।पक्राउ व्यक्ति:-१)  नाम:–  राम सिंह तामाङ                       उमेर :– ३८ बर्ष     ठेगाना:– जिल्ला सि.पा.मेलाम्चि न.पा. वडा न ७ तालामाराङ     हालको ठेगाना:- का.जि. नँया बस्ती ,पाटिटार  २) नाम:-  दिल बहादुर सिङतान     उमेर :- ३८ बर्ष    ठेगाना :- जिल्ला मकवानपुर साविक फापरबारी ९ हाल बाग्मती गा.पा.वडा न ८   हालको ठेगाना :- का.जि. जोरपाटी   ३) नाम:-  शुशिल भन्ने बाबुलाल थिङ     उमेर :- ३५ बर्ष    ठेगाना :- जिल्ला मकवानपुर बकैया-५   हालको ठेगाना :- का.जि. जोरपाटी  (निज शुशिल भन्ने बाबुलाल थिङ लाई मिति २०७९।०४।२९ गते आवश्यक कारबाहीको लागी बृत्त बौद्ध पठाईएको ) निज सम्लग्न घटनाहरु :-१. मिति २०७९/०३/०६ गते अं. राती ०१:०० बजेको समयमा का.जि. शंखरापुर न.पा. वडा नं. ०९ खुलालटार स्थित लाल बहादुर   थापाको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी हातहतियार देखाई नगद, सुन-चाँदीका गर-गहना तथा मोबाईल समेत गरी रु. २,४१,०००।– बराबरको डाँका गरी लगेको घटना ।२. मिति २०७९/०३/१२ गते का.जि.शंखरापुर न.पा.९ स्थित शुसिला थापाको घरमा धारिलो हतियार देखाई डर धम्कि देखाई नगद, सुन   तथा मोबाईल समेत गरी रु. ६,०५,७५०।– बराबरको डाँका गरी लगेको ।३. मिति २०७९/०३/२० गते अं राती ०१:१५ बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ११ स्थित सलाम सिंह     लामाको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी हातहतियार देखाई नगद, सुन तथा मोबाईल समेत रु. १२,४९,०००।- बराबरको डाँका   गरी लगेको ।४. मिति २०७९/०४/२४ गते राति अ.१२:३० बजेको समयमा का.जि.किर्तिपुर न.पा.वडा नं.६ स्थित नारायण बस्नेतको घरमा अपरिचित   व्यक्तिहरु प्रबेश गरी धारिलो हात हतियार देखाई नगद,सुन तथा हिराका गरगहना समेत गरी रु. ५६,६५,१२४।– बराबरको डाँका गरी   लगेको ।अनुसन्धानबाट खुल्न आएका कुराहरू:-·        उक्त डाँका चोरीमा संलग्न मानिसहरू यस अगाडी नै खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता जघन्य मुद्धामा जेल सजाय भुक्तान गरि सकेको खुल्न आएको,·        सम्धि भन्ने दिल बहादुर तामाङ २०६८ सालमा ललितपुरबाट खुन डाँका केश पश्चात २०७८ साल पुस महिनामा जेल छुट भएको,·        सागर भन्ने रामसिंह तामाङ २०६३ सालमा भक्तपुर जिल्लाबाट मानवबेचबिखन मुद्धामा जेल परि २०७४ सालमा छुटी बौद्ध नयाँबस्तिमा रक्सि पसल सञ्चालन गरी बस्ने गरेको ।बरामद सामानहरु:-१.नगद रु १४२,१०५ ।- ( एक लाख बयालिस हजार एक सय पाँच)२. भा रू. ८० ।-३. मोबाईल थान ५४. मो.सा. थान १ ५. खुकुरी थान २ ६. फलामको रड थान १ 

" कर्तब्य ज्यान घटनामा संलग्न व्यक्ति १६ वर्ष पछी पक्राउ"
२०७९-०४-३१

मिति २०६३/०४/०२ गते अन्दाजी २२:०० बजेको समयमा का.जि. का.म.न.पा.-३२ कोटेश्वर बस्ने बर्ष -२३ को मनोज खड्काको ऐ.ऐ. कोटेश्वर स्थित सडक खण्डमा कुटपिट एवं धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको सम्बन्धमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट निरन्तर अनुसन्धान गर्ने क्रममा घटनाको मुख्य अभियुक्त राम कुमार मगर हो भनी खुले पश्चात खोजतलास गर्ने क्रममा निज राम कुमार मगर बैदेशिक रोजगारको लागि कतार रहेको भन्ने कुरा खुल्न आए पछि यस कार्यालयले प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई रेड कर्नर नोटिस जारी गर्न मिति २०७८/१२/२४ गते लेखापढी गरेको सो पश्चात निज राम कुमार मगरलाई मिति २०७९/०४/३० गते प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाको समन्वयमा कतारबाट नेपाल ल्याई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई बुझाईएको । सो सम्बन्धमा घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तीहरुको बारेमा समेत यस कार्यालयबाट थप अनुसन्धान भईरहेको, पक्राउ व्यक्तीलाई कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ अभियुक्त:नाम     :  राम कुमार मगर उमेर     : ३६ बर्षठेगाना  :  जिल्ला दोलखा बैतेश्‍वर गा.पा.-२ टार

“ नेदरल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०४-३०

जिल्ला खोटाङ बाह्रपोखरी गा.पा. वडा नं. ५ देवथान घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने Moon Human Resources Pvt. Ltd. का सञ्चालक वर्ष ३५ को प्रकाश राईले जिल्ला रसुवा गोसाईँकुण्ड गा.पा. वडा नं. ५ ठूलोस्याप्रु घर भई हाल का.जि. नागार्जुन न.पा. वडा नं. १ ढुङ्गेधारा बस्ने वर्ष २७ को निमा काल्तेन तामाङ समेत १६ जनालाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति रु. १६,००,०००/- ( अक्षेरुपी सोह्र लाख रुपैयाँ मात्र ) लाग्छ, नेदरल्याण्ड पुगेपछि पानीजहाजको SeaMan को रुपमा काममा लगाईदिन्छु, सुरुमा मासिक नेपाली रु. ७५,०००/- तलव हुन्छ  भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज १६ जना पीडितहरूबाट जम्मा रु. १,३६,५०,०००/- (अक्षरुपी एक करोड छत्तिस लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज प्रकाश राईको खोजतलास गर्ने क्रममा मिति २०७९।०४।२९ गते अं. १८:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।     निम्न:     नाम थर  : प्रकाश राई       उमेर      : ३५ वर्ष     वतन     : जिल्ला खोटाङ बाह्रपोखरी गा.पा. वडा नं. ५ देवथान घर भई हाल  का.जि.का.म.न.पा.                  वडा नं. ३२ कोटेश्वर

“ बेलायत पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०४-२९

जिल्ला इलाम साविक साखेजुङ गा.वि.स. वडा नं. ५ परिवर्तित् इलाम न.पा. वडा नं. १ नारायणटार घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २९ सामाखुशी बस्ने वर्ष ३७ को प्रकाश राईले अमिर श्रेष्ठ समेत ५ जनालाई Seasonal Visa मा बेलायत जानको लागि प्रतिव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौ लाख रुपैयाँ ) लाग्छ बेलायत पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. ४,००,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितहरूबाट प्रतिव्यक्ति रु. ३,००,०००/- जम्मा रु. १५,००,०००/- (अक्षरुपी पन्ध्र लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज प्रकाश राईको खोजतलास गर्ने क्रममा मिति २०७९।०४।२९ गते अं. १४:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                      निम्न:      नाम थर  : प्रकाश राई      उमेर      : ३७ वर्ष     वतन     :  जिल्ला इलाम साविक साखेजुङ गा.वि.स. वडा नं. ५ परिवर्तित् इलाम न.पा.                    वडा नं. १ नारायणटार घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २९ सामाखुशी

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०४-२९

जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ खाडिचौर घर भई हाल का.जि. टोखा बस्ने वर्ष २७ को अविनाश कार्कीले  जि. दैलेख दुल्लु न.पा. वडा नं. २ माथिगाउँ घर भई हाल का.जि.का.म.न.पा. बसुन्धरा बस्ने खेमराज थापालाई वर्किङ भिषामा दुबई(यु.ए.ई.)मा जानको लागि रु. ७,५०,०००/- लाग्छ दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा Arms Guard को काम लगाइदिन्छु मासिक रु. १,००,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज खेमराज थापाबाट रु. ७,५०,०००/- (अक्षरुपी सात लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज अविनाश कार्कीको खोजतलास गर्ने क्रममा मिति २०७९।०४।२९ गते अं. १४:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोङ्गबुबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                       निम्न:      नाम थर  : अविनाश कार्की     उमेर      : २७ वर्ष      वतन     :  जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ खाडिचौर घर भई हाल का.जि.  टोखा         

“ बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ”
२०७९-०४-२६

जग्गा पास गरिदिन्छु भनि बैना रकम बुझिलिई जग्गा पास गर्न नसके पछि आफ्नो बैना बापतको रकम फिर्ता गर्न रु ४०,००,०००।– (अक्षरुपी रु चालिस लाख मात्र) को चेक दिएकोमा पर्याप्त रकम नभई चेक बाउन्स भएको बैकिङ कसुर मुद्दामा संलग्न रहि फरार  रहेका प्रतिवादी छत्र बहादुर रोक्का क्षेत्रीलाई  यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलिले मिति २०७९।०४।२५ गते अ. १९:०० बजेको समयमा का.जि.बसुन्धाराबाट  पक्राउ गरी बैंकिङ कसुर मुद्दामा आवश्यक कारवाहीको लागि  प्रहरी वृत्त नयाँबानेश्वर  पठाईएको । पक्राउ पर्ने ब्यक्तिः-नामः- छत्र बहादुर रोक्का क्षेत्री                                  उमेरः- ५२ वर्षठेगानाः- जिल्ला बाग्लुङ बाग्लुङ न.पा. वडा नं. ३ हालः- जिल्ला काठमाण्डौ  का.म.न.पा. ३ बसुन्धारा

" राजस्व छलीको सामान सहित मानिस पक्राउ "
२०७९-०४-२४

जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं-१८ नरदेवी एरियामा गैरकानूनी रुपमा भन्सार छलिको सामानहरु लुकाई छिपाई राखेको  छ भन्ने गोप्य सूचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०४।२३ गते अ.१४:३० बजेको समयमा भन्सार छलि गरी ल्याएको सामान सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौंचर काठमाण्डौं  पठाईएको ।पक्राउ ब्यक्ति:-   नाम थर:- गणेश भगतवर्ष:-४२                          स्थायी तवन:-जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. ४हाल:-का.जि. ठँहिटी बरामद सामान र फोटो :-छालाको पेटी:- १९०६ थान                                                                          छालाको पर्स:- ५२९४ थान

" हुण्डीको कारोबार गर्ने ब्यक्तिहरु पक्राउ "
२०७९-०४-२४

जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं-१८ नरदेवी एरियामा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०४।२३ गते अ.१७:३० बजेको समयमा भारत राजस्थान शिखर जिल्ला देवथला घरभई हाल का.जि.का.म.न.पा.अनामनगर बस्ने बर्ष ६४ को राजु अग्रवाल तथा निजका सहयोगी कर्मचारी समेतलाई स्रोत नखुलेको ५०० र १००० दरका नेपाली रुपैँया ७४,००,०००।(अक्षेरुपी रु चौहत्तर लाख मात्र ।-) तथा बिभिन्न ब्यक्तिको नाममा काटिएका बिभिन्न बित्तिय संस्थाका रु २६,३२,८५०।– बराबरको चेक थान - ९ सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन, ललितपुर पठाईएको ।पक्राउ ब्यक्तिहरु :-  १.  भारत, राजस्थान शिखर जिल्ला, देवथला घर भई हाल जि.काठमाण्डौं, बबरमहल  वर्ष ६४ को राजु अग्रवाल ।              २. जिल्ला सिन्धुपाल्चोक, मेलम्ची न.पा-४ घर भई हाल जि. काठमाण्डौ, जोरपाटी बस्ने वर्ष २० को रामहरी दुलाल ।३. जि.रौटहट, चन्द्रपुर न.पा-४ घर भई हाल जि.काठमाण्डौ, चावहिल बस्ने वर्ष २४ को सुदिप आचार्य ।   बरामद :-नेपाली रुपैँया ७४,००,०००।-  (चौहत्तर लाख मात्र) बिभिन्न ब्यक्तिको नाममा काटिएका बिभिन्न बित्तिय संस्थाका रु २६,३२,८५०।– बराबरको चेक थान -९

“लुटपाट कार्यमा संलग्न व्यक्तिहरू पक्राउ”
२०७९-०४-२२

उपरोक्त सम्बन्धमा मिति २०७९/०३/२९ गते दिउँसो अं. १२:४२ बजेको समयमा का.जि. का.म.न.पा. वडा नं.  १६ बालाजु कुमारीस्थान स्थित सडक बाटोमा गायत्री ढकाललाई पैदल हिँडिरहेको अवस्था रातोकालो पल्सर मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरुले धक्का दिई पिडितको हातमा बोकेको पहेँको झोला भित्र रहेको नगद, मोबाईल तथा अन्य महत्वपूर्ण कागजात समेत लुटपाट गरी लगेको घटना अनुसन्धानको सिलसिलमा यस अपराध अनुसन्धान कार्यालयबाट खटि गएको टोलीले मिति २०७९/०४/२० गते बेलुकाको समयमा का.जि. मनमैजु र बानियाँटारबाट लुटपाट  गरी लगेको मोबाईल लगायत खुकुरी तथा लागुऔषध गाँजाको धुलो ५५१ ग्राम सहित सागर दर्जी र अमिर महर्जनलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, बालाजु पठाईएको ।पक्राउ व्यक्तिहरु:-१) नाम:–  सागर दर्जी                                उमेर :– २५ बर्ष     ठेगाना:–  जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ३     हालको ठेगाना:- का.जि.  टोखा न.पा. वडा नं. ०३ २) नाम:–  अमिर महर्जन                            उमेर :– १९ बर्ष     ठेगाना:–  का.जि. तारकेश्वर न.पा. वडा नं. ०९ बरामद सामानहरु:-१. खुकुरी थान १२. मोबाईल थान २३. लागुऔषध गाँजाको धुलो ५५१ ग्राम ४. बा ६३ प ९४६५ नम्बरको २२० सिसि पल्सर मो.सा. थान १

"बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१९

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०२/३० गते मुद्दा नं. ०७८-CB-०९६७ मा भएको फैसलामा प्रतिवादी अनुप राजथलालाई रु.१२,००,०००/-(बाह्र लाख मात्र) जरिवाना, ४ (चार) दिन कैद र रु.४८,०००/- (अठचालिस हजार मात्र) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला मकवानपुर साविक हेटौंडा नगरपालिका वडा नं.-२ परिवर्तित हेटौंडा उप-महानगरपालिका वडा नं.-१ स्थायी घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिकावडा नं.-४ बालुवाटार बस्ने सुर्यलाल राजथलाको छोरा वर्ष-४५ को अनुप राजथलालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१९ गते अं.१३:०० बजेको समयमा जि.काठमाण्डौं,काठमाण्डौं महानगरपालिका वडा नं.-१० थापागाउँमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/१९ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति:-नामः- अनुप राजथला उमेरः- ४५ वर्षस्थायी ठेगानाः- जिल्ला मकवानपुर साविक हेटौंडा नगरपालिका वडा नं.-२                     परिवर्तित हेटौंडा उप-महानगरपालिका वडा नं.-१ हालको ठेगानाः- काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिकावडा नं.-४ बालुवाटार पक्राउ मितिः- २०७९/०४/१९ गते ।पक्राउ स्थानः- जि.काठमाण्डौं,काठमाण्डौं महानगरपालिका वडा नं.-१० थापागाउँ ।

राजस्व छलिका सुर्तीजन्य पद्वार्थ सहित मानिसहरु पक्राउ
२०७९-०४-१९

काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।१८ गते यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा मिति २०७९।०४।१८ गते का.जि.पेप्सीकोलाबाट पोष्टराज गौतमलाई र दिनेश चौधरीलाई का.जि.का.म.न.पा.कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा निजहरुले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द अग्रवाल र सुरेश पोख्रेलले संचालन गर्ने जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा २१ खोकना स्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएकोले राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खु स्थित फुलबारी मार्ग, भैँसेपाटी स्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकना स्थितमा रहेको श्री न्यु शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरी राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा पद्वार्थ भण्डारण गरी राखेको गोदाम राजस्व अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधिको रोहवरमा सिल गरी सञ्चालक समेतलाई पक्राउ  गरी  आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको, राजस्व छलिका उक्त सामानहरुको विस्तृत परिमाण समेतको विवरण सहितको मुचुल्का उठाउने कार्य राजस्व अनुसन्धान विभाग र यस कार्यालयबाट खटिएको सयुंक्त टोलीबाट भैरहेको ।सामानको विरवरण: १.      तयारी सुर्ती १९५ बोरा (अ.आठ हजार के.जी.) २.      कच्चा सुर्ती  (अ. विस हजार दुइ सय के.जी.) पक्राउ व्यक्ति :- १.   जिल्ला सिन्धुली तिनपाटन गा.पा.वडा नं.६ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.११ बस्ने वर्ष ५६ को पोष्टराज गौतम । २.   जिल्ला मोरङ विराटनगर न.पा.वडा न.१२ घर भई हाल ललितपुर,ल.म.न.पा.३ धोवीघाट बस्ने वर्ष ५३ को सुरेश पोख्रेल । ३.   जिल्ला सर्लाही बिष्णु गा.पा.वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा.१४ कुलेश्वर बस्ने वर्ष ४४ को दिनेश चौधरी। ४.   का.जि.का.म.न.पा.सिनामंगल वडा नं.९ घर भई बस्ने वर्ष ३८ को अरबिन्द अग्रवाल । 

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१९

राजेश देशेमरूको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला गोरखा साविक गोरखा नगरपालिका वडा नं.०२ हाल परिवर्तित गोरखा नगरपालिका वडा नं.०७ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१० बस्ने वर्ष ४६ को दिपक चन्द्र आचार्य आचार्य भएको बैकिङ्ग कसुर मुद्दामा (विगो रू.१९,५०,०००।- (उन्नाईस लाख पचास हजार) मा फरार रहेका प्रतिवादी दिपक चन्द्र आचार्यलाई यस कार्यालय विशेष अनुसन्धान टोलीले मिति २०७९।०४।१८ गते काठमाण्डौ जिल्ला थापागाँउबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०४।१८ गते प्रहरी वृत्त, गौशाला पठाईएको ।पक्राउ प्रतिवादी:१. नाम : दिपक चन्द्र आचार्यउमेर : ४६ बर्ष ठेगाना : गोरखा-०७, गोरखा हाल : काठमाण्डौ जिल्ला बानेश्वर

बैदेशिक रोजगार सम्बन्धी कसुरका मानिस पक्राउ
२०७९-०४-१७

काठमाण्डौ चावाहिल बस्ने बिकास थापाले दुबईमा Food Delivery मा जागिर लगाई दिन्छु भनि पिडित संग रु ४,४५,०००।– लिई दुबई पठाई अलपत्रमा पारेको भनि पिडितको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग,बुद्धनगरले तपसिलमा उल्लेखित प्रतिवादी बिकास थापालाई पक्राउ गरी उपस्थित गराई दिनु हुन भन्ने ब्यहोराको पत्र प्राप्त भई यस कार्यालबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०४।१६ गते का.जि. बसुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति :- नाम थर : बिकास थापा उमेर : २७ वर्ष स्थायी वतन : जिल्ला धादिङ् धुनिवेसी गा.पा.वडा नं.९ खानीखोला नौबिसे हाल : का.जि.का.म.न.पा.७ चावाहिल बस्ने ।

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१७

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७/१०/१९ गते मुद्दा नं.०७६-CB-१६९८ मा भएको फैसलामा प्रतिवादी गोर्खमान तामाङलाई रु.६,००,०००/-(छ लाख मात्र) जरिवाना, ३ (तिन) दिन कैद र रु.२४,०००/- ( चौबिस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काभ्रेपलाञ्‍चोक साबिक खहरेपाँगु गा.वि.स.-५ परिवर्तित रोशी गा.पा.-१ स्थायी घर भई हाल जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर बस्ने श्रीमान तामाङको छोरा वर्ष-४२ को गोर्खमान तामाङलाई यस कार्यालय मातहत काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१६ गते अं.१६:३० बजेको समयमा जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघरबाट फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/१७ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति:-नामः- गोर्खमान तामाङउमेरः- ४२ वर्षस्थायी ठेगानाः- जिल्ला काभ्रेपलाञ्‍चोक साबिक खहरेपाँगु गा.वि.स.-५ परिवर्तित रोशी गा.पा.-१ हालको ठेगानाः- जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर पक्राउ मितिः- २०७९/०४/१६ गते । पक्राउ स्थानः- जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर 

“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१७

वादी नेपाल सरकार प्रतिवादी जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा प्रतिवादी भएको बिगो रु. ९०,००,०००/- ( अक्षेरुपी नब्बे लाख रुपैयाँ मात्र ) रहेको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयाबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०४।१६ गते अन्दाजी २०:०० बजेको समयमा जि. ललितपुर ल.पु.म.न.पा. वडा नं. १६ बङ्गलामुखीबाट पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि आज मिति २०७९।०४।१७ गते प्रहरी वृत्त बालाजु काठमाडौँ पठाईएको । साथै निज प्रतिवादीले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्जी समेत जारी भएको ।निम्न: १.         नाम थर    : माया बस्नेत थापा            उमेर        : ३५ वर्ष            वतन       :  जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ३ स्थाई घर            हाल       :  का.जि.का.म.न.पा. वडा नं. १० पुरानो बानेश्वर बस्ने ।

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१५

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०३।०३ गतेको फैसलाले रू.१०,०००००।-(दश लाख रूपैयाँ) जरिवाना र ४ दिन कैद सजाय तोकी फरार रहेका जिल्ला गुल्मी साविक जोहाङ्ग गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सत्यवती गा.पा.वडा नं.६ स्थायी वतन भई हाल ललितपुर जिल्ला भैसिपाटी बस्ने वर्ष ५४ को शंकर प्रसाद भण्डारीलाई यस कार्यालयको टोलीले मिति २०७९।०४।१५ गते काठमाण्डौ जिल्ला कलंकिबाट पक्राउ गरी आजै सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : शंकर प्रसाद भण्डारीउमेर : ५४ बर्ष ठेगाना : सत्यवती-०६, गुल्मी     हाल : ललितपुर जिल्ला भैसिपाटी

“चोरीका सामानहरु सहित मानिस पक्राउ”
२०७९-०४-१५

    उपरोक्त सम्बन्धमा मिति २०७९/०२/०९ गते रातीको समयमा का.जि. का.म.न.पा. वडा न १० बुद्ध नगर स्थित  रोशन भण्डारीको डेराकोठाबाट मोवाईल ल्यापटप सहितका सामनाहरु चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको अनुसन्धान टोलीले मिति २०७९/०४/१३ गते जिल्ला ललितपुर बालकुमारीबाट पक्राउ उक्त चोरी गरेका सामान चोरीको हो भनि जानी जानी खरिद गर्ने भारत देश मोतिहारी जिल्ला घोडासान घर भई हाल जिल्ला ललितपुर बालकुमारी स्थित कवाड पसल सञ्चालक सुनिल कुमार  जैसवाललाई चोरी गरि खरिद गरेका  TV पानी तान्ने पम्म, ब्याट्री, सुब चाँदीका स गर गहना सहित बिभिन्न सामान सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागी प्रहरी वृत्त,बानेश्वर  पठाइएको ।     साथै प्रारम्भिक अनुसन्धानबाट निजले कवाडी संकलन गर्ने व्यक्ती हर बाट चोरी गरेका सामान खरिद गरेको भन्न खुल्न आएको हुँदा त्यस्ता मानिसहरुको खोजीकार्य जारी रहेको साथै  बरामद भई आएका  सामानहरु सनाखतको  गर्ने  कार्य समेत भई रहेको ।पक्राउ व्यक्तिहरु:-१) नाम:–  सुनिल कुमार जैसावाल               उमेर :– २९बर्ष     ठेगाना:– भारत देश मोतिहारी जिल्ला घोडासान थाना पुर्बि चम्पारण    हालको ठेगाना:- जिल्ला ललितपुर बालकुमारी  बरामद सामानहरु:-१. चाँदीका बिभिन्न गर गहना  २५१ तोला २.सुनको बिभिन्न गर गहना  ९ ग्राम २. बिभिन्न ब्राण्डका   TV ३ थान ३.डेक्टप मोनिटर २ थान ४.चरेशको थाल ८ ५.चरेश को गाग्री १ थान६.चरेशको कचौरा ५ थान ७.करुवा १ थान ८.मोवाईल २ थान ९. घडी १ थान १० Cob track  light  ४ थान ११. पानी तान्ने मेशिन  १ थान १२ तामा को  घैला १ थान १३. खुकुरी १ थान १४.नेपाली नगद रु १५ हजार१५. बिभिन्न देशका नोट २६ थान 

" अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०७९-०४-१५

अनुपी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न रही वारदात मिति देखि नै फरार रहेका प्रतिवादी ईन्दल महतो कोईरीलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९।०४।१४ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला ललितपुर, ल.पु.म.न.पा. वडा नं. २ गुसिङगालबाट निज प्रतिवादी ईन्दल महतो कोईरीलाई पक्राउ गरी दाखिला गरेको हुँदा निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाईएको ।  पक्राउ परेका प्रतिवादी :  नाम : ईन्दल महतो कोईरी । उमेर :   ४७ वर्ष   ठेगाना : जिल्ला रौतहट ईशनाथ गाउँपालिका वडा नं. ३   हालः  जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. २ गुसिङगाल बस्ने । 

“ हनि ट्रयापिङमा संलग्न ब्यक्तिहरु पक्राउ ”
२०७९-०४-१३

घटना विवरण :काठमांण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उदेश्यले योजना बद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल गरेको भन्ने उजुरी यस कार्यलायमा प्राप्त भए पश्चात घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०७९।०४।१२ गते उक्त वारदातमा संलग्न रोजिना राउत र निजको श्रीमान शेखर बास्तोलालाई निवेदकसंग रकमको बार्गेनिङ गरी रहेको अवस्थामा का.जि.नयाँबानेश्वरबाट पक्राउ गरी आपराधीक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।प्रारम्भिक अनुसन्धान बाट खुल्न आएका कुराहरु:Ø सामाजिक संजालको माध्यम बाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरु संग कुराकानी गर्ने गरेको ।Ø सामाजिक संजालको माध्यमबाट अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पिडितलाई डर धम्की देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने ।Ø निज रोजिना राउतको श्रीमान शेखर बास्तोलाले आफुलाई साईबर ब्युरोको प्रहरी निरीक्षक हो भनि परिचय गराएको ।Ø दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन आफ्नै श्रीमानलाई नक्कली प्रहरी (निरीक्षक) भनि मोलमोलाई गरी मानसिक हैरानी दिने ।पक्राउ व्यक्तिहरु:- १.      नामः- शेखर बास्तोला उमेरः- २४ बर्ष ठेगानाः- जिल्ला सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं. ३ बतासे हालः- जिल्ला भक्तपुर बालकोट २.      नामः- रोजिना राउत उमेरः- २० बर्ष ठेगानाः- जिल्ला सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं. ३ बतासे  हालः- जिल्ला भक्तपुर बालकोट

“कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी पक्राउ”
२०७९-०४-१०

मान कुमारी थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नाम परिवर्तित पासिकोट-२ समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित चितवन जिल्ला अदालतको मिति २०७७।१०।१२ गतेको फैसलाले जिल्ला भोजपुर, खार्ताम्छा-०१ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ बस्ने वर्ष ४३ की गिता गुरूङ (परिवर्तित नाम पासिकोट-२)लाई जन्मकैदको सजाय ठहर भई निज प्रतिवादी हालसम्म फरार रहेकोमा यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०४।०९ गते महाराजगंज, काठमाण्डौबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०४।१० गते सम्मानित जिल्ला  अदालत काठमाण्डौ पेश गरिएको ।      पक्राउ प्रतिवादी:     नाम : गिता गुरूङ     उमेर : ४३ बर्ष  ठेगाना : खार्ताम्छा-०१, भोजपुर      हाल : का.जि.बुढानिलकण्ठ

“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०४-०९

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललिरपुरको मिति २०७९/०२/३१ गतेको फैसलाले रु.७,००,०००/- (सात लाख) जारिवाना, २ (दुई) दिन कैद र रु. २८,०००/-(अठ्ठाईस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काभ्रेपलाञ्‍चोक साविक सिसाखानी गा.वि.स. -१ हाल रोशी गा.पा.-५ स्थायी घर भई का.जि. मनहरा न.पा.-६ कागेश्‍वरी बस्ने वर्ष ५२ को नेमा मेन्जन लामालाई यस कार्यालय मातहत काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा, जावलाखेल ललितपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/०८ गते दिउँसो अं.१४:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.-३२ पेप्सीकोलामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/०९ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको ।पक्राउ प्रतिवादीः-नामः- नेमा मेन्जन लामाउमेरः- ५२ वर्षस्थायी ठेगानाः- जिल्ला काभ्रेपलाञ्‍चोक साविक सिसाखानी गा.वि.स. -१ हाल रोशी गा.पा.-५हालको ठेगानाः- का.जि. मनहरा न.पा.-६ कागेश्‍वरी , काठमाडौँपक्राउ मितिः- २०७९/०४/०९ गते ।पक्राउ स्थानः- जिल्ला काठमाण्डौं  का.म.न.पा.- ३२ पेप्सीकोलापक्राउ गर्ने कार्यालयः- काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुर ।

राजस्व छलिका सामानहरु सहित मानिस पक्राउ
२०७९-०४-०५

काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट चुरोट, गुट्खा लगातका सुर्तिजन्य बस्तुहरू, मोटरसाईकलको पार्टसहरू, ईलेक्ट्रोनिक्स चिप्स, पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य पदार्थहरू राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।०४ गते यस कार्यालयबाट खटि गएको बिशेष टोलीले निगरानी गर्ने क्रममा काठमाण्डौ का.न.पा. वडा नं. ७ गोपीकृष्णनगरमा छविलाल अगस्तीले कोठा भाडा लिई उल्लेखित सरसामानहरु भन्सार छली गरि ल्याई भण्डारण गरी निजको श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रा.लि. को नामबाट कारोबार गर्ने गरेको बुझिन आई निज नवराज शर्मा भन्ने छविलाल अगस्तीको खोजतलास गर्दै जाँदा मिति २०७९/०४/०४ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७ गोपीकृष्णनगर स्थित भाडाको गोदाम घरमा निजलाई फेला पारी अनुसन्धान गर्दा निजले सोही घरको भुईतलामा रहेका सटरहरू भाडामा लिई राजस्व छलि गरी ल्याएका विलविजक नभएका चुरोट, सुर्तिजन्य बस्तुहरु एवं विभिन्न पटकाहरु समेतको गोदाम गरी राखेको अवस्थामा फेला पारी स्थानिय व्यक्तिहरू, जनप्रतिनिधि र निजको रोहवरमा खानतलासी गर्दा चुरोट, गुट्खा लगायतका सुर्तिजन्य वस्तुहरू, अक्सिमिटर, आतिसवाजीजन्य पटाका लगायतका सामानहरू गरि करिब रु. एक करोड बराबरको बजारमूल्य भएका उक्त सामान सहित पक्राउ परेका मानिसलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग हरिहरभवन, ललितपुर र बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तर्गतको मुद्धामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।  पक्राउ व्यक्ति :- नाम थर : नवराज शर्मा भन्ने छविलाल अगस्ती उमेर : ४० वर्ष स्थायी वतन : जिल्ला पर्सा सखुवा पर्सौनी गाउँपालिका वडा नं. १हाल : काठमाण्डौं का.म.न.पा. वडा नं. ७ साततले ।बरामद सामानहरुः·       बिभिन्न ब्रान्डका बिदेशी चुरोटहरु- २९८० बन्डल, ·       मुर्गा छाप, Sun Flower लगायतका विभिन्न किसिमका पटका – ४२० के.जी. ·       पानराज गुट्खा -४८ के.जी·       बजाजको मो.सा.को पाटपुर्जा, ईलेक्ट्रोनिक्स चिप्सहरु, ·       Finger Print Oximeter- ३८० थान

“ हनि ट्रयापिङमा संलग्न ब्यक्तिहरु पक्राउ ”
२०७९-०४-०२

काठमांण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उदेश्यले योजना बद्ध तवरले बिभिन्न महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल गरेको भन्ने उजुरी यस कार्यलायमा प्राप्त भए पश्चात घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०७९।०४।०१ गते उक्त वारदातमा संलग्न कल्पना बस्नेत समेत देहाय बमोजिमका दुई जना ब्यक्तिहरुलाई काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट पक्राउ गरी आपराधीक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।प्रारम्भिक अनुसन्धान बाट खुल्न आएका कुराहरु:Ø सामाजिक संजालको माध्यम बाट केटिको प्रयोग गरी पुरुष व्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगी भेटघाट गर्ने ।Ø प्रत्यक्ष भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर धम्की देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने ।Ø दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी (निरीक्षक) खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।Ø पिडितको परिवार, नातेदार,साथी भाईहरुलाई समाजिक संजाल मार्फत साथी बनाई प्रहरीकोमा निबेदन दिइको छु भनि नक्कली प्रहरी निरीक्षक संग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउन लगाउने । पक्राउ व्यक्तिहरु:-१.       नामः कल्पना बस्नेत             उमेरः ३१ वर्ष             ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ६            हालः का.जि.का.म.न.पा. बौद्व २.         नामः संजय कार्की (नक्कली प्रहरी निरीक्षक )              उमेरः २८ वर्ष              ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ४              हालः जिल्ला भक्तपुर बालकोट ३.         नामः कृष्णहरी खड्का ( कल्पना बस्नेतको श्रीमान)             उमेरः ३१ वर्ष           ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.६           हालः जिल्ला भक्तपुर बालकोट 

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-३०

जिल्ला धादिङ धुनिबेँसी गा.पा. वडा नं. ९ खानीखोला घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ चावहिल बस्ने वर्ष २७ को विकास थापाले दुबई(यु.ए.ई.)मा जानको लागि प्रतिव्यक्ति रु. ६,००,०००/- लाग्छ दुबई पुगेपछि प्रतिष्ठित होटलमा Bouncer र Security Guard को काम लगाइदिन्छु मासिक रु. १,००,००० भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी दुई जना पीडितहरूबाट जम्मा रु. ११,००,०००/- (अक्षरुपी एघार लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज विकास थापाको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।२९ गते अं. १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३ बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                       निम्न:      नाम थर  : विकास थापा     उमेर      : २७ वर्ष     वतन     :  जिल्ला धादिङ धुनिबेँसी गा.पा. वडा नं. ९ घर भई हाल का.जि.का.म.न.पा.                   वडा नं. ७ चावहिल बस्ने                                                  सुचना अधिकारी: प्रहरी उपरीक्षक:- कृष्ण प्रसाद कोईराला सम्पर्क नम्बर :-  ९८५१२८००१३ mpcdspokesperson@gmail.com                                                                             

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०३-२९

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७९।०२।१० गतेको फैसलाले रू.५,००,०००।–(पाँच लाख रूपैयाँ) जरिवाना तोकिई फरार रहेका जिल्ला सिन्धुपाल्चोक साविक पेट्कु गा.वि.स.वडा नं.०९ हाल परिवर्तित लिसङ्खु पाखर गाँउपालिका वडा नं.०६ स्थायी वतन भई हाल भक्तपुर जिल्ला दधिकोट बस्ने वर्ष ३० को सिताराम भण्डारीलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९।०३।२८ गते भक्तपुर जिल्ला दधिकोटबाट पक्राउ गरी मिति २०७९।०३।२९ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति: १. नाम : सिताराम भण्डारी     उमेर : ३० बर्ष     ठेगाना : लिसङ्खु पाखर-०६, सिन्धुपाल्चोक     हाल : भक्तपुर जिल्ला दधिकोट       

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०३-२४

शरद मल्लको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. १४ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, नागार्जुन न.पा. वडा नं. १ बस्ने बर्ष ५६ को बिष्णु प्रसाद गैरे (विगो रू.७,४०,०००।- अक्षेरूपी सात लाख चालिस हजार) भएको बैकिङ्ग कसुर मुद्दामा निज बिष्णु प्रसाद गैरेको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७९।०२।२७ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादिलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०३।२३ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०३।२४ गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको ।    नाम : बिष्णु प्रसाद गैरेउमेर : ५६ बर्ष ठेगाना : तानसेन-१४, पाल्पा      हाल : का.जि. नागार्जुन    

“ न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-२२

जिल्ला नुवाकोट साविक तुप्चे गा.वि.स.परिवर्तित बिदुर न.पा. वडा नं.७ स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ३ घुम्ती बस्ने वर्ष २७ की शोभा पौडेलले जिल्ला सिन्धुली दुधौली न.पा.वडा नं. १ बँका घर भई हाल का.जि. तिनकुने बस्ने वर्ष ३१ को नारायण बोगटी समेत ९ जनालाई न्युजिल्याण्ड जानको लागि प्रतिव्यक्ति रु.१२,५०,०००/-( अक्षेरुपी बाह्र लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ, न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा Fruit keeping को काम लगाइदिन्छु, मासिक रु. १,७०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ६३,२०,०००/- (अक्षरुपी त्रिसट्ठी लाख बिस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शोभा पौडेलको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।२१ गते अं. साँझ १७:०० बजेको समयमा का.जि. बुढानिलकण्ठ न.पा. कपन निलोपुलबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                      निम्न:      नाम थर  : दिया भन्ने शोभा पौडेल      उमेर      : २७ वर्ष      वतन     : जिल्ला नुवाकोट साविक तुप्चे गा.वि.स. परिवर्तित बिदुर न.पा. वडा नं. ७ स्थाई                   घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ३ घुम्ती बस्ने ।

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०३-१९

यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सुनकोशी गा.पा.वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला शंखमुल बस्ने बर्ष ३४ को बसन्त मोक्तान भन्ने नोर्साङ लामा (विगो रू.५,०००००।- अक्षेरूपी पाँच लाख) भएको बैकिङ्ग कसुर मुद्दामा निज बसन्त मोक्तान भन्ने नोर्साङ लामाको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७८।१२।०६ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादिलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०३।१९ गते काठमाण्डौ जिल्ला बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०३।१९ गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको ।पक्राउ प्रतिवादी:१. नाम : बसन्त मोक्तान भन्ने नोर्साङ लामाउमेर : ३४ बर्ष ठेगाना : सुनखानी-७, दोलखा     हाल : का.जि. शंखमुल                       

“ हत्यामा संलग्न व्यक्ति तिस महिना पछि पक्राउ”
२०७९-०३-१९

मिति २०७६/०९/०९ गते अं. ११:३० बजे जिल्ला धादिङ निलकण्ठ न.पा. १४ घर भई का.जि. का.म.न.पा. वडा नं. १६ म्हेपी बस्ने वर्ष ३२ की विमला थापा मगर मृत अवस्थामा फेला परेको, उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जि.धादिङ निलकण्ठ न.पा. १४ घर भई का.जि. तारकेश्वर न.पा. वडा नं. ८ बस्ने वर्ष ३२ कुमारी तामाङ मिति २०७६/०९/०९ गते पक्राउ भईसकेको र घटनाका अर्का  संलग्न व्यक्ति जिल्ला धादिङ निलकण्ठ न.पा.१४ गहते घर भएका राजु तामाङ भन्ने प्रेम बहादुर तामाङलाई विशेष सूचनाको आधारमा तिस महिना पछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९/०३/१९ गते का.जि. का.म.न.पा. २६ मित्रनगरबाट पक्राउ गरी थप आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त लैनचौर पठाईएको ।पक्राउ अभियुक्त:नाम       :   राजु भन्ने प्रेम बहादुर तामाङउमेर      :  ३२ वर्षठेगाना    :  जिल्ला धादिङ निलकण्ठ न.पा. १४ गहते ।

" सम्मानित कैलाली जिल्ला अदालतबाट १ बर्ष ६ महिना कैद, १५ हजार जरिवाना र ६५ लाख क्षतिपुर्ति तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०३-१९

पुर्णकाजी मानन्धरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अमर बहादुर खड्का भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।१२।०८ गतेको फैसलाले निज प्रतिवादी अमर बहादुर खड्कालाई १ बर्ष ६ महिना कैद, रू.१५,०००।- जरिवाना र जाहेरवालालाई रू.६५,००,०००।- क्षतिपूर्ति भराई दिने ठहर भई निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादी अमर बहादुर खड्काको खोजतलास गर्न यस कार्यालयबाट टोली खटाईएकोमा खटिएको टोलीले निज प्रतिवादी अमर बहादुर खड्काको बारेमा निग्रानी राखी खोजतलास गर्दै जाँदा मिति २०७९।०३।१८ गते  दिउसो अं.१३:३० वजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी मकालु पेट्रोल पम्प अगाडि निज प्रतिवादी अमर बहादुर खड्कालाई फेला पारी पक्राउ गरी निजलाई फैसला कार्यन्वयनको लागि आज सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको । पक्राउ परेका प्रतिवादी : नाम : अमर बहादुर खडका । उमेर :   ३६ वर्ष               ठेगाना : जिल्ला धनकुटा महालक्ष्मी न.पा. वडा नं. ६ घर भई हाल              जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. वडा नं. ७ बस्ने ।

“SIM Card Duplication गरि रकम ठगि गर्ने व्यक्ति पक्राउ”
२०७९-०३-१७

सामाजिक सञ्जाल Facebook तथा Whatsapp मा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजाने भनि कुराकानी हुदाँ बैदेशिक रोजगारको लागि पोर्चुगलमा ग्यारेन्टीको साथ पठाई दिन्छु पोर्चुगलको लागि रु ११,००,०००।- रकम लाग्छ, शुरुमा प्रोसेसिङ्ग गर्न कुनै पनि शुल्क लाग्दैन तपाईहरुको कागजातहरु मात्र भए पुग्छ, भिषा आएपछि रकम तिर्नु पर्छ भनी म्यासेज तथा कल गरी बिश्वास दिलाई निबेदकको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई  निबेदकको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका तपसिलमा उल्लेखित ठेगाना भएका व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलाश गर्ने क्रममा मिति २०७९।०३।१६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको  ।पक्राउ व्यक्तिः-१) नाम:–   गोपी बजगाई                                                    उमेर :– ४१ बर्ष    ठेगाना:– जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा.१७ 

“चेक अनादर विगो मुद्धाको फरार प्रतिबादी पक्राउ”
२०७९-०३-१६

राजु गिरीको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी नाम्गेल दोर्जे लामा भएको चेक अनादर विगो मुद्धामा निज प्रतिबादीले सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७७/१०/२५ गते भएको फैसला बमोजिम विगो रु. १,२०,००,०००।– र चेक जारी भएको मिति देखी भरी भराउ मिति सम्म कानुन बमोजिम हुने व्याज समेत निवेदकलाई भराइ दिने ठहर भएकोमा उक्त विगो नभराई अदालतको सूचना म्यादमा समेत हाजिर नभएकोमा निज प्रतिवादीलाई २(दुई) बर्षको लागी थुनामा पठाईदिनु भन्ने सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७९/०३/१० आदेश बमोजिम फरार रहेकोमा यस महाशाखाबाट खटिएको विशेष टोलीले निजलाई मिति २०७९/०३/१५ गते का.जि. का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरि सम्मानित काठमाडौं जिल्ला अदालतमा पठाइएको ।  पक्राउ  प्रतिवादी १. नाम :-  नाम्गेल दोर्जे लामा   उमेर :- ४९ वर्ष  बाबुको नाम:- डेवदोर्जे लामा                                                                                          वतन :- जिल्ला काभ्रेपलाञ्चोक गोठपानी गा.बि.स. वडा नं. ५              परिवर्तित चौरीदेउराली गा.पा. वडा नं. ०९ अस्थाई ठेगाना:- हाल जिल्ला ललितपुर पुल्चोक 

“ स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-१५

काठमाडौँ जिल्ला गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ४० को हरि बस्नेत समेतले विभिन्न व्यक्तिहरूलाई स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई  आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले हरि बस्नेतको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१४ गते अं. १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १० बुद्धनगरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।                      निम्न:      नाम थर  : हरि बस्नेत      उमेर      : ४० वर्ष     वतन     :  जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी             

“स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०७९-०३-१४

जिल्ला नवलपुर कावासोती न.पा. वडा नं. १६ डण्डा स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने वर्ष ३० को रोशन भण्डारी समेत ३ जनालाई का.जि. गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ३२ को ईन्द्र बहादुर पछाई समेतले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई  आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज ईन्द्र बहादुर पछाईको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१३ गते अं. साँझ १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोङ्गबुबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।  निम्न:      नाम थर  : ईन्द्र बहादुर पछाई      उमेर      : ३२ वर्ष      वतन     :  जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी                         

बैंकिङ कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-०३-१३

जिल्ला रामेछाप  साबिक फुलासी गा.वि.स. -१ परिवर्तित मन्थली न.पा.- १३ स्थायी घर भएको वर्ष- ३२ को रामचन्द्र थापा मगर विरुद्धका विभिन्न बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६/१०/१९ गते रु.४८,९५,५००/- (अड्चालिस लाख पन्चानब्बे हजार पाँच सय) जारिवाना र रु.१,९६,०००/-(एक लाख छयानब्बे हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भएको, मिति २०७८/०७/२८ गते रु.१०,००,०००/- (दश लाख) जारिवाना, ३ दिन कैद र रु. ४०,०००/-(चालिस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भएको र मिति २०७७/०८/०८ गते रु.४,७०,०००/- (चार लाख सतरी हजार) जारिवाना, ३ दिन कैद र रु.१८,८००/-(अठार हजार आठ सय मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी भएका फैसलामा जम्मा रु. ६३,६५,५००/- (त्रिसठ्ठी लाख पैंसठ्ठी हजार पाँच सय मात्र) जरिवाना, ६ (छ) दिन कैद र रु.२,५४,८००/-(दुई लाख चौवन्न हजार आठ सय मात्र ) क्षतिपूर्ती ठहर भएकोमा निज रामचन्द्र थापा मगरले फैसला अनुसारको जरिवाना, कैद र क्षतिपूर्ति समेत नतिरी बेरुजु रहेको भन्ने जानकारी प्राप्त भई यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले निज रामचन्द्र थापा मगरलाई मिति २०७९/०३/१२ गते बेलुका अं.१६:४५ वजेको समयमा काठमाण्डौं जिल्ला तारकेश्‍वर न.पा.-४ शेषमतिमा फेला पारी निजलाई फैसला कार्यान्वयनका लागि मिति २०७९/०३/१३ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ प्रतिवादीः-नामः- रामचन्द्र थापा मगरउमेरः- ३२ वर्षस्थायी ठेगानाः- जिल्ला रामेछाप  साबिक फुलासी गा.वि.स. -१ परिवर्तित मन्थली न.पा.- १हालको ठेगानाः- जिल्ला भक्तपुर  मध्यपुर ठिमी न.पा.-१

"गायिका दिलमाया विश्‍वकर्माको मृत्यु प्रकरणमा संकित एक जना पक्राउ"
२०७९-०३-१२

मिति २०७९/०३/११  गते जिल्ला सुर्खेत गर्भाकोट न.पा.२ स्थाई घर र जिल्ला बाँके कोहलपुर खजुरा गा.पा. ६ सिमलघारी माईतीघर भएकी वर्ष ३३ की दिलमाया विश्‍वकर्मा जिल्ला काठमाडौं तारकेश्‍वर न.पा. वडा नं. ११ नेपालटारमा आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा निज दिलमाया विश्‍वकर्मासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिएका जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी न.पा.१, स्याउले स्थाई वतन भई हाल जिल्ला काठमाडौं कागेश्‍वरी मनहरा न.पा., गोठाटार बस्ने वर्ष ३८ को सूर्य भन्ने खिल बहादुर श्रेष्‍ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागी प्रहरी वृत्त बालाजु, काठमाडौं पठाईएकोपक्राउ अभियुक्त:नाम     : सूर्य भन्ने खिल बहादुर श्रेष्‍ठ   उमेर     : ३८ वर्षठेगाना  : जिल्ला सिन्धुपाल्चोक, साँगाचोकगढी न.पा.१ 

“श्रंखलाबद्ध चोरी कार्यमा सम्लग्न समूह पक्राउ”
२०७९-०३-१०

काठमाडौं उपत्यका भित्र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद, मोबाईल तथा सुन चाँदीका गर-गहना चोरी कार्यमा संलग्न रहेका मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७९/०३/०६ गते का.जि. चन्द्रागिरी न.पा. वडा नं. १४ नयाँ नैकाप स्थित पिडितको  घरबाट बिभिन्न सुनका गर-गहनाहरू चोरी गर्नुका साथै उपत्यकाका बिभिन्न स्थानहरूमा चोरी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८ घर भई  हाल काठमाडौं जिल्लाको बिभिन्न स्थानहरूमा बस्ने सागर भन्ने पुन नारायण श्रेठ, लिला नारायण श्रेष्ठ, विर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा हुदै खरिद गर्ने जिल्ला खोटाङ कोपिलासगढी गा.पा. वडा नं. २ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ११ बस्ने सौराज गजमेरलाई चोरी गरी लगेका बिभिन्न सुनका गर-गहना सहित मिति २०७९/०३/०९ काठमाडौंका बिभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति:- १)  नाम:–  लिला नारायण श्रेष्ठ                       उमेर :– ३५ बर्ष       ठेगाना:– जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८      हालको ठेगाना:- का.जि. चन्द्रागिरी न.पा. थानकोट २) नाम:-  विर बहादुर श्रेष्ठ      उमेर :- ३९ बर्ष       ठेगाना :- जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८       हालको ठेगाना :- का.जि. थली न.पा. वडा नं. ०५ ३) नाम:-  सागर भन्ने पुन नारायण श्रेष्ठ     उमेर :- २६ बर्ष      ठेगाना :- जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८     हालको ठेगाना :- का.जि. का.म.न.पा. वडा नं. १६ खुसिबू ४) नाम:  सौराज गजमेर      उमेर: ३१      ठेगाना: जिल्ला खोटाङ कोपिलासगढी गा.पा. वडा नं. २       हालको ठेगाना: का.जि. टोखा न.पा. वडा नं. ११  पक्राउ ब्यक्तीहरु संलग्न घटनाहरु :-१.मिति २०७९/०३/०६ गते बिहानको समयमा का.जि. चन्द्रागिरी न.पा. वडा नं. १४ नयाँ नैकाप स्थित पीडितको घरमा कोही नभएको  मौका पारी घरको मुलढोकाको ताला फोडी कोठाभित्र रहेको दराज फोडी सुनका बिभिन्न गर-गहना चोरी गरि लगेको ।२.मिति २०७९/०३/०२ गते अन्दाजी दिनको १४:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा न १६ नयाँबजार भ्याली कोल्ड स्टोर     पछाडी रहेको पिडितको घरमा भाडा लिई बस्ने पीडितको डेराकोठाबाट नगद तथा मोबाईल सेट चोरी गरी लगेको  ।३.मिति २०७९/०३/०२ अन्दाजी १२:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १६ म्हैपी जनमार्ग स्थित बिरेन्द्र सुनारको घरमा   भाडामा बस्ने पीडितहरुको  डेराकोठाबाट नगद तथा सुन चाँदीका गर-गहना चोरी गरि लगेको  ।४. मिति २०७८/१२/१७ गते दिउँसोको समयमा का.जि. टोखा न.पा. वडा नं. ०३ सूर्यदर्शन मार्ग पिडितको घरमा कोही नभएको मौका     पारी मुल ढोकाको ताला फोडी नगद, सुन तथा मोबाईल सेट चोरी गरी लगेको ।५. साथै निजहरूले काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरूबाट घरमा कोही नभएको मौका पारी ढोका फोडी चोरी गर्ने गरेको खुल्न   आएको हुँदा थप अनुसन्धान कार्य जारी रहेको ।बरामद सामानहरु:-१. मोबाईल थान ५२. तलहरी थान २३. सिक्री थान १ ४..मंगलसुत्र ३ थान५. रानीहार २ थान६.औठी थान १ ७.फुली १२ थान८. टप १ जोर  

“ कर्तब्य ज्यान तथा डाँका चोरी मुद्धामा फरार अभियुक्त दुई बर्ष पछि पक्राउ”
२०७९-०३-१०

मिति २०७७/०२/२१ गते अं. ०८:३० बजे जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ९ घर भई का.जि. का.म.न.पा. वडा नं.-०७ कुमारीगाल बस्ने वर्ष -१९ को उज्वल काफ्ले  मृत फेला परेको घटनाको अनुसन्धान गर्दा निज मृतकलाई का.जि. का.म.न.पा. वडा नं.-७ गौरीघाट बस्ने बिबेक मल्लले Methadone नामको औषधी खुवाईएको र सो पश्चात निजको मृत्यु भएको भन्ने खुल्न आएको तथा उपत्यकाको विभिन्न ठाउँमा डाँका चोरी मुद्धामा फरार भएका विवेक मल्ललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलास गर्ने क्रममा मिति २०७९/०३/०९ गते जिल्ला उदयपुर कटारी न.पा. वडा नं.-६ चुहाडबाट पक्राउ गरी थप आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त गौशाला पठाईएको ।पक्राउ अभियुक्त: नाम    :   बिवेक मल्ल उमेर    :  २५ वर्ष ठेगाना :  का.जि. का.म.न.पा. वडा नं.-७ गौरीघाट ।

“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०३-०८

उच्च अदालत पाटनबाट मिति २०७८/१२/२५ गते भएको फैसलाले रु.१,४०,०००/- (अक्षरुपी एक लाख चालिस हजार) जारिवाना , १ (एक) दिन कैद र रु. ५,६००/-(अक्षरुपी पाँच हजार छ सय मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई  हाल फरार रहेका निम्न उल्लेखित प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०३/०८ गते दिउँसो अन्दाजी १३:०० बजे काठमाण्डौं जिल्ला का.म.न.पा.-३१ पुरानो बानेश्‍वरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागी मिति २०७९/०३/०८ गते सम्मानित ललितपुर जिल्ला अदालत , तहसिल शाखा, लगनखेल पठाईएको ।पक्राउ प्रतिवादीः-नामः- दौलत बिक्रम राउत उमेरः- ३२ वर्षस्थायी ठेगानाः- जिल्ला उदयपुर साबिक भुट्टार गा.वि.स. -१ परिवर्तित रौतामाई गा.पा.- ४ हालको का.जि. कागेश्‍वरी मनहरा न.पा.- ८ गोठाटार बस्ने ।

"नाटकिय अपहरणमा २० लाख फिरौती माग गर्ने व्यक्ती पक्राउ"
२०७९-०३-०७

जिल्ला सप्तरी, राजगढ गाउँपालिका वडा नं.०३ स्थायी वतन भई हाल ललितपुर जिल्ला ईमाडोल बस्ने वर्ष ३१ को कृष्ण कुमार शर्मा मिति २०७९।०३।०१ गते घर परिवारलाई IME बाट रकम पठाउन जान्छु भनि डेरा कोठाबाट हिडेकोमा एक्कासी मोवाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र निजको खोजतलास गर्दा समेत फेला नपरी निजको  खोजतलासको लागि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा मिति २०७९।०३।०२ गते निजले प्रयोग गर्ने सामाजिक संजाल (Imo) बाट निजको परिवारलाई कृष्ण कुमार शर्मालाई अपहरण गरेको र निजलाई मार्नको लागि रु. ८,०००००।-(आठ लाख)  प्राप्त भई सकेको भएतापनि रू. २०,०००००।-(वीस लाख) फिरौती रकम दिएमा निजलाई अपहरण मुक्त गरी दिने तर सो घटना वारे प्रहरीलाई खवर गरेमा र दुई दिन भित्र भने जतिको रकम नदिएमा निजलाई मारी दिने धम्की पूर्ण म्यासेज र निज अपहरण परेको भिडियो क्लिप्स पठाई डर-त्रास देखाएकोमा, यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले अनुसन्धानको क्रममा उक्त अपहरणको घटना निजले उल्लेखित रकम प्राप्त गर्नको लागि आफ्नो घर परिवारलाई डर-त्रास देखाई दवाव दिन नियोजित रूपमा आफूलाई नाटकिय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुल्न आए पश्चात निजलाई तदारूक्ताका साथ खोजतलास गर्दा मिति २०७९।०३।०५ गते जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्रयाई गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, सातदोबाटो, ललितपुर पठाईएको ।  नाम:  कृष्ण कुमार शर्मा     उमेर : ३१ वर्ष    ठेगाना: राजगढ-०३, सप्तरी     हाल : जिल्ला ललितपुर, ईमाडोल

“नक्कली शैक्षिक प्रमाणपत्र सहित व्यक्तिहरु पक्राउ”
२०७९-०३-०५

बिभिन्न ब्यक्तिहरुले आफ्नो नामको शैक्षिक प्रमाणपत्रहरु  किर्ते गरी नक्कली बनाई बिभिन्न प्रयोजनको लागि पेश गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९-०३-०३ गते यस कार्यालयबाट खटि गएको बिषेश प्रहरी टोलिले १३:३० बजेको समयमा जि.काठमाण्डौ का.म.न.पा-३, महाराजगञ्जबाट निम्न ब्यक्तिहरुलाई नक्कली Academic Transcript सहित नियन्त्रणमा लिईएको। साथै उक्त नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलगन ब्यक्तिलाई समेत १५:३० बजेको समयमा जि.काठमाण्डौ बागबजारबाट नियन्त्रणमा लिई पक्राउ परेका तीनै जना व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।संलग्न व्यक्तिहरु:-१.      नाम थरः- बिकाश अमगाई    स्थायी वतनः-जि.गोरखा, बारपाक सुलिकोट गा.पा-७  हाल:-जि.काठमाण्डौ, बनस्थली  उमेरः- ३७ वर्ष २.      नाम थरः- राज कुमार हुमागाई  स्थायि वतनः-जि.काभ्रे, पनौती न.पा-२,कुसादेवी   हालः- जि.काठमाण्डौ, छाउनी   उमेरः- ३७ वर्ष  ३.      नाम थर:-मोहन पुडासैनी   स्थायी वतनः-जि.गोर्खा, भिमसेन थापा गा.पा-८   हालः- जि.काठमाण्डौ, बनस्थली  उमेरः- ४० वर्ष   *(नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ब्यक्ति)                           बरामद सामाग्रीहरुः१.      राज कुमार हुमगाईको नामको A776841 नम्बरको Bachelor’s Degree को Academic Transcript थान-१ २.      बिकाश अमगाईको नामको A242996नम्बरको Proficiency Certificate Level को Academic Transcript थान-१                                                        

“OPERATION HONEY TRAP”
२०७९-०३-०३

काठमाण्डौ उपत्यकाका स्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर  झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई दवाबमुलकढंगले डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail  गरी रकम असुल गरेको घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको विशेष अनुसन्धान टोलिले मिति २०७९।०३।०२ गते उक्त वारदातमा संलग्न निमा लामा समेत देहाय बमोजिमका ६ जना व्यक्तिहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट  पक्राउ गरी अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।                                                             पक्राउ व्यक्तिहरुः१. नाम:  निकिता के.सी.                                                                         उमेर : १९ वर्ष                                                                                        ठेगाना: सुर्यबिनायक-९, भक्तपुर                                                                  हाल : का. जि. पेप्सिकोला                                                                     २. नामः मनिषा परियार                        उमेर : १८ वर्ष      ठेगाना: ढुसेनि-०३, काभ्रेपलान्चोक                             हाल : का. जि. कोटेश्वर३. नामः डिक ब. शर्मा                                                                               उमेर : ३२ वर्ष                                                                                             ठेगाना: हलेसी-७, खोटाङ                                                                            हाल : का. जि. तारकेश्वर                                                                         ४. नामःसन्जिब दर्जी     उमेर : ३० वर्ष     ठेगाना: ईटहरी-०७, सुनसरी           हाल : का. जि. चक्रपथ ५.नामः निमा लामा                                                                                    उमेर : २५ वर्ष                                                                                              ठेगाना: मेलुङ-५, दोलखा                                                                              हाल : ल.पु.जि. नख्खिपोट                                                                        ६. नामःपासाङ लामा     उमेर : ३० वर्ष                                                                                             ठेगाना: मेलुङ-५, दोलखा                                                                       हाल : : ल.पु.जि.नख्खिपोट               प्रारम्भिक अनुसन्धानबाट खुलेका कुराहरु :-v सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तीहरुलाई खाजा खाने बाहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने  ।v पिडित व्यक्तीहरु उपर निगरानी राखि निजको घर ठेगाना, कार्यालय तथा सवारी साधन लगायतका सम्पुर्ण विवरणहरु प्राप्त गरी डायरीमा रेकर्ड  राख्ने ।v प्रत्यक्ष भेटघाट पश्चात झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail  गरी  ठुलो रकम माग गर्ने । v दवाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली- परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।

“सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट इलेक्ट्रोनिक्स सामानहरू चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०७९-०३-०१

उपरोक्त सम्बन्धमा सौरभ इन्टरनेशनल कम्पनीको जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ०८ च्यासलमा रहेको इलेक्ट्रोनिक्स सामानहरूको गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा उक्त चोरी सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका मानिसहरूले गोदामको चाबी मिलाई गोदाम भित्र रहेका सामानहरू उपत्यका भित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्रि वितरण गरिएको भन्ने अनुसन्धानबाट खुल्न आएकोले उक्त चोरी कार्यमा संलग्न रहेका अंकित भुजेल समेत ५ जना व्यक्तिहरूलाई मिति २०७९/०२/३१ गते चोरी गरी लगेका सामानहरू सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर  पठाइएको ।   पक्राउ व्यक्तिहरु:-१) नाम:–  अंकित भुजेल                           उमेर :– १९ बर्ष     ठेगाना:– जिल्ला स्याङ्जा आँधिखोला गा.पा. वडा नं. २    हालको ठेगाना:- जिल्ला ललितपुर बालकुमारी २) नाम:- सरोज खतिवडा     उमेर :- २४ बर्ष    ठेगाना :- जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ०७   हालको ठेगाना :- जिल्ला ललितपुर च्यासल ३) नाम:- बिजय थापा     उमेर :- २२ बर्ष   ठेगाना :- जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ०५  हालको ठेगाना :- का.जि. कलङ्की ४) नाम:- बिनोद शाही   उमेर :- ४० बर्ष    ठेगाना :- जिल्ला काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १२  हालको ठेगाना :- जिल्ला ललितपुर बालकुमारी ५) नाम:- किशोर कुमार साह    उमेर :- ३२ बर्ष    ठेगाना :- भारत देश बिहार मोतिहारी आदारपुर थाना  हालको ठेगाना :- जिल्ला धादिङ धुनिबेसी न.पा. वडा नं. ०६ ६) नाम:- राम पण्डित    उमेर :- २६ बर्ष    ठेगाना :- जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०७  हालको ठेगाना :- जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०७बरामद सामानहरु:-१. Konika कम्पनिको ६५ इन्चको टिभि थान १२. Konika कम्पनिको ५५ इन्चको टिभि थान ५३. Konika कम्पनिको ४३ इन्चको टिभि थान ६४. Konika कम्पनिको ३२ इन्चको टिभि थान ८५. Konika कम्पनीको एयर कण्डिस्नर २ सेट ६. सिलिङ पङ्खा २ कार्टुन७. टेबल पङ्खा थान ३८. उफर २ कार्टुन९. वासिङ मेसिन थान ११०. ग्याँस चुलो थान १११. एयर कन्डिस्नर ३ सेट

“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०३-०१

 जिल्ला दार्चुला लेकम गा.पा. वडा नं. ६ स्थायी घर भई हाल का.जि.का.म.न.पा. विशालनगर बस्ने वर्ष ४१ को तारा गिरीलाई का.जि. सिफल स्थित Vision Multipurpose Pvt. Ltd. का सञ्चालक जिल्ला मुगु खत्याड गा.पा. वडा नं. ११ स्थायी घर भई हाल का.जि. कागेश्वरी मनोहरा न.पा. मुलपानी बस्ने वर्ष ३१ को निराजन कार्कीले दुबई(यु.ए.ई.)मा जानको लागि रु. ७,००,०००/- लाग्छ दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा Arms Guard को काम लगाइदिन्छु मासिक रु. १,००,००० तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज तारा गिरीबाट रु. ७,००,०००/- (अक्षरुपी सात लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज निराजन कार्कीको खोजतलास गर्ने क्रममा मिति २०७९।०२।३१ गते अं. १५:५० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।            निम्न:      नाम थर  : निराजन कार्की      उमेर      : ३१ वर्ष      वतन     :  जिल्ला मुगु खत्याड गा.पा. वडा नं. ११ स्थाई घर भई हाल का.जि.                   कागेश्वरी मनोहरा न.पा. मुलपानी                

" पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गर्ने व्यक्ती पक्राउ "
२०७९-०२-३१

जिल्ला तनहुँ बन्दिपुर गा.पा. वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा वडा नं. १७ म्हेपी बस्ने जाहेरवाला सुकमाया गुरुङले बिपक्षी जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटार घर भई हाल ऐ. टोखा न.पा. वडा नं. ६ ग्राण्डी बस्ने  रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठसंग चिनजान भई कुरा हुँदा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफु उक्त संस्थाको केन्द्रिय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए  म पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ्ग एवं हवाई टिकटको लागि सुकमाया गुरुङ समेत ८ जनाबाट जम्मा रु ३३,५०,०००।– ( अक्षरुपी तेत्तिस लाख पचाँस हजार मात्र)  रकम लिई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी परेको र अनुसन्धानको क्रममा जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिषाहरु नक्कली भएको देखिन्न आएको हुँदा ठगी गर्ने कार्यमा संलग्न रहेका निज रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई यस कार्यालयबाट खटिएको प्रहरीले टोलीले मिति २०७९/०२/३० गते अं. १९;०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्ति:-नाम थर   : रोहित प्रजापति भन्ने रोजित श्रेष्ठउमेर       : ३५ वर्षवतन      :  जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटार घर भई                  हाल ऐ. टोखा न.पा. वडा नं. ६ ग्राण्डी बस्ने ।                    

“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-३०

 जिल्ला काभ्रेपलाञ्चोक साबिक मंगलटार गा.वि.स. वडा नं. ७ परिवर्तित बनेपा न.पा. वडा नं. ९ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ११ बस्ने वर्ष ४८ की लक्ष्मी माया रानामगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी  जिल्ला काभ्रेपलाञ्चोक साबिक भुमिडाँडा गा.वि.स. वडा नं. ५ परिवर्तित पनौती न.पा. वडा नं. १२ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. १२ बस्ने वर्ष ५६ को डल्ले कामीलाई बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७७।०८।२३ गतेको फैसलाले रू.१०,५०,०००।- (दश लाख पचास हजार मात्र ) जरिवाना, ४ दिन कैद र विगो रकम रु. १०,५०,०००।– (दश लाख पचास हजार मात्र) तोकिएकोमा हाल फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०२।२७ गते अन्दाजी १८:०० बजेको समयमा का.जि.का.म.न.पा. धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०२।३० गते सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको । पक्राउ परेका व्यक्ति:-नाम थर   : डल्ले कामीउमेर       : ५६ वर्षवतन      :  जिल्ला काभ्रेपलाञ्चोक साविक भूमिडाँडा गा.वि.स. वडा नं. ५ हाल परिवर्तित              पनौती न.पा. वडा नं. १२ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. १२ बस्ने ।

“ठगी, अपराधिक विश्वासधात कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-३०

मो. तैयव अली समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामदेव साह तेली समेत भएको ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला धनुषा, खरहानी गा.वि.स.वडा नं.०५ हाल परिवर्तित सबैला नगरपालिका वडा नं.१० बस्ने वर्ष ४५ की अनुराधा कुमारी साहलाई यस कार्यालयबाट खटिएको अनसुन्धान टोलीले मिति २०७९।०२।२८ गते काठमाण्डौ जिल्ला बुद्धनगरबाट पक्राउ गरी अनुसन्धानको लागि मिति २०७९।०२।२९ गते ईलाका प्रहरी कार्यालय, कल्याणपुर,सप्तरी पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।पक्राउ प्रतिवादी :नाम:  अनुराधा कुमारी साहउमेर : ४५ वर्षठेगाना: सबैला-१०, धनुषाहाल :काठमाण्डौ जिल्ला, गौशाला 

" सम्मानित अदालतबाट ११ लाख ५० हजार जरिवाना र कैद सजाय समेत तोकिई फरार रहेका प्रतिवादी पक्राउ "
२०७९-०२-२७

विदुर पौडेल, प्रदिप बास्कोटा, दिपक बहादुर अधिकारी, बालकृष्ण थापा मगरको छुट्टाछुट्टै जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अनिल मोक्तान भएको बैंकिङ कसुर मुद्दा (थान-४) मा सम्मानित उच्च अदालत, पाटन ललितपुरको विभिन्न मितिको फैसलाले निज प्रतिवादी अनिल मोक्तानलाई जाहेरवालाहरूको जम्मा बिगो रू.११,५०,०००।- (एघार लाख पचास हजार) भराई बिगो बमोजिम जरिवाना र जम्मा ७ दिन कैद तोकिई हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादी दिपक कार्कीको खोजतलास गर्न यस कार्यालयबाट खटिएको टोलीले फरार प्रतिवादी अनिल मोक्तानको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९।०२।२७ गते काठमाण्डौको महाराजगंजमा निजलाई फेला पारी पक्राउ गरी फैसला कार्यन्वयनको लागि आज सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको ।  पक्राउ परेका प्रतिवादी :  नाम : अनिल मोक्तान ।  उमेर :   ५६ वर्ष ठेगाना : जिल्ला काभ्रेपलान्चोक भुम्लु गाउपालिका वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३ महाराजगंज बस्ने ।

“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७९-०२-२६

जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २० स्थाई घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १० बस्ने वर्ष ३६ को उत्सव दाहालले अजय वाईबालाई बैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिन्छु भनी रु. २,००,००० ।- ( अक्षरुपी दुई लाख रुपैयाँ)  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा निज उत्सव दाहाललाई मिति २०७९।०२।२६ गते का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।    निम्न:-१.                नाम थर   : उत्सव दाहालउमेर : ३६ वर्षवतन :  जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २० स्थाई घर भईहाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १० बस्ने ।  

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२५

सविनामायाँ तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला दोलखा, कालिञ्चोक गा.वि.स.वडा नं.०६ हाल परिवर्तित कालिञ्चोक गा.पा.वडा नं.०१ स्थायी वतन भई हाल का.जि.थानकोट बस्ने बैकिङ्ग कसुर मुद्दामा (विगो रू.६२,३३,०००।- (बैसठ्ठी लाख तेत्तिस हजार) फरार रहेका वर्ष ३४ को अमर बहादुर तामाङलाई यस कार्यालय विशेष टोलीले मिति २०७९।०२।२४ गते का.जि.माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२५ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोट पठाईएको ।पक्राउ प्रतिवादी:१. नाम : अमर बहादुर तामाङउमेर : ३४ बर्ष ठेगाना : कालिञ्चोक-०१, दोलखा    हाल : का.जि.थानकोट

“YOYOSO को डिपार्मेन्ट स्टोरबाट सामान चोरी गर्ने मानिस पक्राउ ”
२०७९-०२-२५

घटना विवरण:-  जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न २८ पुतलीसडकमा मुख्य कार्यालय रहेको YOYOSO सुपर मार्केट प्रा.लि.को बिभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहाना बनाई डिपार्मेन्ट स्टोरमा प्रबेश गरी  बिभिन्न सर सामान चोरी गर्ने मानिसको खोजी गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न रहेका  जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न ९ गौशाला घर भई हाल का.जि.का.म.न.पा. वडा न ४ चन्डोल बस्ने बर्ष ५१ को मुना सिंह लाई चोरी गरी लगेका बिभिन्न सर सामान सहित मिति २०७९/०२/२३ गते अ.१७:०० बजेको समयमा का.जि. चन्डोलबाट पक्राउ गरी आवश्यक कारबाहिको लागी जिल्ला  प्रहरी परिसर काठमाण्डौ पठाईएको ।  १) नाम:–  मुना सिंह         उमेर :– ५१ बर्ष    ठेगाना:– जिल्ला काठमाण्डौ का.म.न.पा.वडा ९      हाल:-   का.जि. का.म.न.पा.वडा न ०४, चण्डोल   बरामद भएका सामानहरु:-  १.G.G.कम्पनीको सानो हाते पंखा १ थान  २.M लेखिएको सानो हाते पंखा १ थान  ३.हुक ४ थान  ४.Wooden Mirror लेखिएको ऐना १ थान  ५.टाबेल ९ थान  ६.जेन्स अण्डरवेएर  ३ थान  ७. स्पिकर १ थान  ८.प्रदेश ३—२-००६ प ४३१७ नम्बरको यामाहा स्कुटर १ थान  ९.मोवाईल १ थान 

मोबाइल लुटपाट गर्ने व्यक्तिहरु पक्राउ
२०७९-०२-२३

उपरोक्त सम्बन्धमा मिति २०७९/०२/२०गते दिनको समयमा का.जि. का.म.न.पा.वडा न १० नँया बानेश्वर चोक नजिकै रहेको आकाशेपुल अगाडी श्रीनगर फेन्सी कपडा पसलमा रहेको मोवाईल तथा का.जि. नँया बानेश्वर पुल नजिक पुनम अधिकारीको साथमा रहेको मोवाईल लुटपाट गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा मिति २०७९/०२/२० गते दिनको १३:४५ बजेको का.जि. का.म.न.पा.वडा न ३१ नँया बानेश्वर चोक बाट शंखमुल तर्फ जाने बाटोमा मोवाईल लुटपाट गर्ने कार्यमा सम्लग्न रहेका जिल्ला नुवाकोट मेघाङ गा.पा.वडा न ५ घर भई हाल का.जि.महाबौद्ध बस्ने बिक्की अर्याल तथा लुटपाट गरेका मोवाईल लुटपाट गरी ल्याएको हो भन्ने जानी जानी खरिद गर्ने जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न ४ घर भई हाल का.जि. २८ बागबजार बस्ने बर्ष २८ को राम श्रेष्ठलाई लुटपाट गरेका मोवाईल ९ थान सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी प्रहरी बृत्त बानेश्वर पठाईएको ।पक्राउ व्यक्तिहरु:-१) नाम:– बिक्की अर्याल उमेर :– २९ बर्ष ठेगाना:– जिल्ला नुवाकोट मेगाङ गा.पा. वडा न ५ हालको ठेगाना:- का.जि. महाबौद्ध ।२) नाम:- राम श्रेष्ठ उमेर :- २८ बर्ष ठेगाना :- जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न ४ हालको ठेगाना :- का.जि. बागबजार । बरामद सामानहरु:-१. बिभिन्न मोडलका ९ थान मोवाईल

हुण्डीको कारोबार गर्ने ब्यक्ति पक्राउ
२०७९-०२-२३

काठमाण्डौको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०२।२१ गते जिल्ला बारा पचरौता न.पा.वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा.१३ बस्ने बर्ष ५४ को जय कमल साह कलवारलाई स्रोत नखुलेको नेपाली रुपैया १७,६६,३००।- र भारतीय रुपैया १२,०८,७००।– गरी जम्मा नेपाली रुपैया रु ३७,००,२२०।- (अक्षेरुपी रु सैंतिस लाख दुई सय बिस मात्र ।-) सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको ।पक्राउ ब्यक्ति:- नाम:- जयकमल साह कलवार उमेर:-५४ बर्ष ठेगाना:-जि.बारा पचरौता न.पा.वडा नं.७ हाल ठेगाना:-का.जि.का.म.न.पा.वडा नं.१३,कालीमाटीबरामद सामान :-नेपाली पैसा रु १७,६६,३००।- भारतीय रु १२,०८,७००।–जम्मा नेपाली रुपैया ३७,००,२२०।-

अवैध सुन सहित मानिसहरू पक्राउ
२०७९-०२-२३

मिति २०७९।०२।२१ गते दिउसो दुवईबाट काठमाण्डौ आउने नेपाल वायु सेवा निगम Flight No.RA230 को जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउदै छन् भन्ने गोप्य सूचनाको आधारमा यस उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले निग्रानी राख्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ८८८.९७ ग्राम अवैध सुन फेला पारी नियन्त्रणमा लिएको र उक्त कार्यमा संलग्न अन्य ५ जना व्यक्तिहरूलाई समेत काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहिका लागि मिति २०७९।०२।२३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको । १. नामः सुरेश बहादुर शाही उमेरः ४२ वर्ष ठेगानाः जुनियाँ-०८, गुल्मी हालः सैनामैना-०१, रूपन्देही २. नामः सन्दिप चन्द ठकुरी उमेरः २९ वर्ष ठेगानाः बाणगंगा-०८, कपिलवस्तु ३. नामः निर्मला घलान उमेरः २२ वर्ष ठेगानाः जितपुरसिमरा-१६, बारा हालः का.जि.बौद्ध ४. नामः राहुल भन्ने बरूण भक्त माथेमा उमेरः ४१ वर्ष ठेगानाः बडेश्चर-०४, धनुषा हालः का.जि.बुढानिलकण्ठ५. नामः लोप्साङ ग्याल्सेन उमेरः २७ वर्ष ठेगानाः चिन तिब्बत छेन्दु हालः का.जि.बौद्ध ६. नामः युवराज भुषाल उमेरः ४२ वर्ष ठेगानाः सुनवल-१०, नवलपरासी पश्चिम हालः का.जि.माछापोखरी७. नामः अमन राजपुत उमेरः ५१ वर्ष ठेगानाः भारत दिल्ली कृष्णनगर हालः जि.ललितपुर, बागडोल

ज्यान मार्ने उद्योग मुद्दाका फरार ब्यक्ति पक्राउ
२०७९-०२-२३

मिति २०७८।११।२५ गते बिहान अं ८:३० बजेको समयमा का.जि.का.म.न.पा.१० मध्यबानेश्वर हाईट सडक खण्डमा जिल्ला अछाम मंगलसेन न.पा.३ घर भई हाल का.जि. मैतिदेवी बस्ने बर्ष ३३ को कमान सिंह बोगटीलाई जिल्ला बर्दिया गुलरिया न.पा.६ घर भई हाल का.जि.का.म.न.पा.३१ बानेश्वर बस्ने बर्ष ३६ को कपिल भण्डारी समेतले पुर्ब रिसिबिका कारण अन्धाधुन्ध रुपमा धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भिर घाईते बनाई फरार भएको घटनामा निज फरार प्रतिबादी जिल्ला सुनसरी धरान उ.म.न.पा.को ‍एरियामा लुकिछिपि बसी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा मिति २०७९।०२।२१ गते यस कार्यालयबाट खटि गएका बिशेष प्रहरी टोलीले ई.प्र.का.धरानको सहयोगमा पक्राउ गरी ल्याई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी बृत नयाँबानेश्वर पठाईएको । पक्राउ ब्यक्ति:- नाम:- कपिल भण्डारी उमेर:- ३६ बर्ष ठेगाना:- जिल्ला बर्दिया गुलरिया न.पा. ६

“ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२०

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोजिना शाक्य समेत भएको (विगो रू.१,१९,८४,५००।- (एक करोड उन्नाईस लाख चौरासी हजार पाँच सय रूपैया) ठगी सम्बन्धि कसुरमा संलग्न रही फरार रहेका प्रतिवादी जिल्ला ललितपुर साविक वाँडिखेल गा.वि.स.वडा नं.०४ को परिवर्तित गोदावरी न.पा.वडा नं.०४ बस्ने वर्ष ४८ को जिवन कुमार के.सि.लाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०२।२० गते का.जि.का.म.न.पा.वडा नं.१६ नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२०  गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : जिवन कुमार के.सि. उमेर : ४८ बर्ष ठेगाना : जि.ललितपुर साविक वाँडिखेल गा.वि.स.वडा नं.०४ को परिवर्तित गोदावरी न.पा.वडा नं.०४

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-२०

सम्मानित उच्च अदालत, पाटन ललितपुरको मिति २०७९।०१।०४ गतेको फैसलाले रू.१,००,००,०००।-(एक करोड रूपैयाँ) जरिवाना र १ (एक) महिना कैद सजाय हुने ठहरी फैसला भई फरार रहेका जिल्ला काठमाण्डौ साविक गागलफेदी गा.वि.स.वडा नं.०२ हाल परिवर्तित कागेश्वरिमनोहरा न.पा.वडा नं.०१ बस्ने वर्ष ४८ को रामेश्वर चौलागाई लाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०२।१९ गते का.जि.का.म.न.पा.वडा नं.३१ भिमसेनगोलाबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।२० गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : रामेश्वर चौलागाईउमेर : ४८ बर्ष ठेगाना : का.जि.गागलफेदी गा.वि.स.वडा नं.०२ हाल परिवर्तित कागेश्वरिमनोहरा न.पा.वडा नं.०१     हाल :का.जि.शंखरापुर       

“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-१९

मिति २०७८।१२।०९ गते अं.१३:१० बजेको समयमा काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३१ शंखमुल स्थित भोटाहिटी फलफूल पसल अगाडी उभिरहेका वर्ष २५ को सुरज खड्कालाई रोशन लामा समेतका व्यक्तिहरूले धारिलो हतियार खुकुरी प्रहार गरी गम्भिर घाईते वनाई ज्यान मार्ने उद्योग कसुर गर्ने मध्येका ५ जनालाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाहिको लागि प्रहरी वृत्त, नयाँबानेश्वर पठाईएको ।सोही वारदातमा संलग्न रही फरार रहेका जिल्ला दोलखा, वैतश्वर गा.पा.वडा नं.०६ नाम्दु घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३२ नरेफाँट बस्ने वर्ष ३० को विकाश तामाङलाई यस कार्यालयको बिशेष अनुसन्धान टोलिले मिति २०७९।०२।१८ गते का.जि.बौद्धबाट पक्राउ गरी मिति २०७९।०२।१९ गते प्रहरी वृत्त, नयाँबानेश्वर, काठमाण्डौं पठाईएको । पक्राउ प्रतिवादी :१. नाम : विकाश तामाङ उमेर : ३० वर्ष ठेगाना : बैतेश्वर-०६, दोलखा हाल : का.जि.नरेफाँट

“नियन्त्रित लागु औषध सहित मानिस पक्राउ ”
२०७९-०२-१९

जिल्ला गोरखा सिरानचोक गा.पा. वडा न ७ घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ७ हात्तिगौडा बस्ने निरज भन्ने तुल बहादुर ढकाल लगायतका मानिसहरुले अबैध लागू औषधको कारोबार गर्दछन भन्ने गोप्य सूचनाको आधारमा निजलाई निग्रानी गरि निज बस्ने डेराकोठामा खानतलसी गर्दा निजको कोठामा व्ल्याङ्केटले छोपि जेब्रा झोलाभित्र लुकाई राखेको अवस्थामा Diazepam 2ml लेखिएको १०२० एम्पुल, Noophin 2ml लेखिएको ८५५ एम्पुल र Phenergan 2ml लेखिएको ८५० एम्पुल समेत गरि जम्मा २,७२५ एम्पुल, नियन्त्रित लागु औषध फेला पारी यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानूनी कारबाहिको लागी प्रहरी वृत्त, महाराजगंज, काठमाण्डौ पठाईएको । पक्राउ मानिसहरु:-१) नाम:– तुल बहादुर ढकाल उमेर :– ३४ बर्ष ठेगाना:– जिल्ला गोरखा सिरानचोक गा.पा. वडा नं. ७ हालको ठेगाना:- का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ७, हात्तिगौडा ।बरामद सामानहरु:- १.Diazepam 2ml लेखिएको १०२० थान, २. Noophin 2ml लेखिएको ८५५ थान ३.Phenergan 2ml लेखिएको ८५० थान

“अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएका मोवाईल सहित मानिस पक्राउ ”
२०७९-०२-१९

भारतको बिहार स्थित बैशाली जिल्ला, भेरोखरा घर भई हाल का.जि. कंलकी बस्ने जमशेद अलिले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाईल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले का.जि. न्युरोड स्थित ताम्राकार कम्प्लेक्समा निजले संचालन गरेको JEMS मोवाईल रिपेयर पसलमा खानतलासी गर्दा भन्सार छलि चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने उद्धेश्यले राखेका बिभिन्न मोडलका Iphone थान ११ तथा Oneplus र Redmi थान २ समेत गरि जम्मा १३ थान मोवाईल फेला पारी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण, काठमाण्डौ पठाईएको । पक्राउ परेका मानिसहरु:- १)नाम:– जमशेद अलि उमेर :– २८बर्ष ठेगाना:– देश भारत, प्रान्त बिहार, जिल्ला बैशाली, भेरोखरा हाल:- का.जि. का.म.न.पा.वडा न १४, कंलकी बरामद भएका सामानहरु:- १. IPhone 13pro max, थान २ २. IPhone 12 pro, थान १ ३. IPhone 11 , थान ५ ४. IPhone 8 plus , थान ३ ५. One plus 9, थान १ ६. Redmi note 10, थान १

न्युजिल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०२-१७

जिल्ला नवलपुर कावासोती न.पा. बडा नं.-८ स्थायी घर भई हाल जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. ४ बस्ने वर्ष २८ को विकास जोशी र जिल्ला तनहुँ रिसिङ गा.पा. वडा नं. ५ स्थायी घर भई हाल जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. ४ बस्ने वर्ष २७ को अमृत चन्दलाई जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. -९ स्युचाटार बस्ने वर्ष ४५ को विकास भट्टराई खत्रीले वर्किङ भिषामा न्युजिल्याण्ड जान प्रति ब्यक्ति १५,००,०००।- (अक्षरुपी पंन्ध्र लाख रुपैयाँ) लाग्छ, न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक २,५०,०००।- (अक्षरुपी दुई लाख पंचास हजार रुपैयाँ) तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज २ जनाबाट प्रतिव्यक्ति रु. १५,००,०००।- (अक्षरुपी पंन्ध्र लाख रुपैयाँ) का दरले जम्मा रु. ३०,००,०००।-(अक्षेरुपी तिस लाख रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा विपक्षी विकास भट्टराई खत्रीलाई मिति २०७९।०२।१७ गते जि.का. नागार्जुन न.पा. वडा नं. -९ स्युचाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: नाम : विकास भट्टराई खत्रीउमेर : ४५वर्ष वतन : जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं.-९ स्युचाटार

" हत्यामा संलग्न रही फरार भएका व्यक्ती पक्राउ"
२०७९-०२-१७

मिति २०७९/०१ /२८ गते का.जि. का.म.न.पा.-१६, नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.-८, बराम्चे घर भएको वर्ष अं. ३५ को जिवन भन्ने कान्छा लामा तामाङलाई हत्या गरेको घटनामा जि. मकवानपुर बाग्मती गा.पा. ६ फापरबारी सानो कायर स्थायी घर भएको ठोकर कान्छा भन्ने कान्छामान ठोकर र जि. ललितपुर गोदावरी न.पा. ६, लेले घर भएकी गायत्री नगरकोटीले कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको, हत्या पश्चात मृत शवलाई सेतोमा रातो रँगको बुट्टे तन्ना र खरानी रङको म्याट्रिसले बेरी प्लाष्टिकको सुन्तला रङको डोरी र सेतो डोरीले तिन ठाँउमा बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगी फालेकोमा मिति २०७९/०२/०५ गते का. जि. दक्षिणकाली न. पा.-०१, पावर हाउस नजिक बाग्मती नदि किनारमा मृत शव सडिगली गएको अबस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा  मिति २०७९/०२/०६ गते ठोकर कान्छा भन्ने कान्छामान ठोकर र गायत्री नगरकोटीलाई पक्राउ गरीएकोमा निजहरुको बयानको क्रममा जि. मकवानपुर बाग्मती गा.पा. फापरबारी ठुलो कायर घर भएको दिपक लामा वाईवा पनि सो घटनामा संलग्न रहेको भन्ने खुल्न आएकोले निज दिपक लामा वाईबालाई मिति २०७९/०२/१६ गते काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं, टेकु पठाईएको ।पक्राउ अभियुक्त: नाम     : दिपक लामा वाईबा उमेर     :  ४१ बर्ष ठेगाना  : जि. मकवानपुर बाग्मती गा. पा. ६, फापरबारी ठुलो कायर

“सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गर्ने गिरोह पक्राउ”
२०७९-०२-१६

निवेदकले ल्यापटप, मोबाईल, क्यामेरा जस्ता सामाग्रीहरु बिक्री गर्नको लागी सामाजिक संजाल Website Hamrobazar.com मा बिज्ञापन राखेकोमा उक्त सामान किन्नको लागि उक्त पेजमा Christopher Pilgrim नाम वताउने व्यक्तिले आफू USA मा छु, नेपालमा रहेको मेरो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्नेछ, तपाईलाई कुरियर गरेको चार्ज एक्ट्रा रु.५००० दिन्छु भनि म्यासेज गरेकोमा निवेदकको बैंक खाता नम्वर समेत लिई विक्रम थापाको नाममा आँखा अस्पताल लाईन वडा नं. २ भैरहवा, मोवाईल नम्वर ९८०३४०८३०८ मा उक्त ल्यापटप कुरियर गर्न लगाई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत तपाईको बैक खातामा पठाएको छु भनि विश्वासमा पारी उक्त ल्यापटप विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा कुरियर गर्न लगाई लिई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत भनि मिन बहादुर थापाको नामको NIC Asia बैंकको खाता नं. ०६१५७५२०१४४७८००१ मा रु. ७०,०००।– पठाउन लगाई लिई गर्ने कार्यमा संलग्न तपसिलमा उल्लेखित ब्यक्तिहरुको खोजतलास गरी पक्राउ गर्नको लागी गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसंग समन्वयमा मिति २०७९।०२।१३ गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७९।०२।१६ गते जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाईएको । पक्राउ ब्यक्तिहरुको विवरण:-१.नामथर:- राज भन्ने मिन बहादुर थापा उमेर:- ५५ बर्ष ठेगाना:- जिल्ला दाङ घोराही उ.प.म.पा. वडा नं. १५ २.नामथर: फेनि कुमार जेट्टी उमेर: ३३ बर्ष ठेगाना: भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगर३.नामथर:- हेमन्त भुद्दगिरी उमेर :- २४ बर्ष ठेगाना:- भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगर४.नामथर:- भाष्कर नायक उमेर:- ३२ भाष्कर नायक ठेगाना:- भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगरबरामदी समानहरुः-१. Canon कम्पनीको क्यामेरा थान-१२. बिभिन्न कम्पनीहरुको ल्यापटप थान-३३. Samsung कम्पनीको Tab S7 थान-१४. Samsung कम्पनीको Smart watch थान-१५. गितार थान-१६. बुद्धको मुर्ति थान-१७. बिभिन्न कम्पनीका मोबाईल थान-८८. भारतिय रु १,६५,०००।- (एक लाख पैसठ्ठी हजार)

“कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रञ्जन कोइराला पक्राउ ”
२०७९-०२-१३

पुनराबेदक/निवेदक नेपाल सरकार र बिपक्षी/प्रत्यार्थी रञ्जन प्रसाद कोइराला समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०७९।०२।१२ मा प्रतिवादी निज कोइरालालाई साविक मुलुकी ऐन अदालती बन्दोबस्ती १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम आठ बर्ष छ महिना कैद सजाय हुने गरि राय दिएको हद सम्म प्रतिबादीले गरेको गम्भीर कसुरको प्रकृति र कसुर गर्दाको अवस्था समेतको आधार कारण बाट सो फैसला मिलेको नदेखिदाँ सो फैसला केहि उल्टि भई निज प्रतिबादीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) नं. बमोजिम बिस (२०) बर्ष कैद सजाय ठहर हुने भन्ने फैसला भए पश्चात फरार रहेका निज प्रतिबादी रञ्जन कोइरालालाई यस कार्यालायबाट खटिएको बिशेष टोलीले आज अपरान्ह १८.३० बजेको समयमा का.जि. का.म.न.पा ३१ नयाँ बानेश्वरबाट पक्राउ गरिएको । पक्राउ पर्ने ब्यक्ति:नाम: रञ्जन प्रसाद कोईराला ठेगाना: का.जि.का.म.न.पा. ३१, नयाँ बानेश्वर उमेर: ५५ बर्ष 

“धाक-धम्की दिई रू. ७ करोड रकम माग गर्ने व्यक्तिहरू पक्राउ”
२०७९-०२-१३

योजनावद्ध तरिकाले पिडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई रू. ७ करोड माग गरेको सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०२।१२ गते काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूबाट सुजन आचार्य समेत देहाय बमोजिमका ७ जना व्यक्तिहरूलाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।पक्राउ व्यक्तिहरू: १. नाम : सुजन आचार्य                                         उमेर : २१ बर्ष                                                                   ठेगाना : त्रियुगा-१०, उदयपुर हाल  का.जि.गोठाटार २. नाम : टेक वि.क. उमेर : २९ बर्षठेगाना : सान्नित्रिवेणी-०८, कालिकोट हाल का.जि.बुढानिलकण्ठ३. नाम : धर्मराज थापा                                         उमेर : २९ बर्ष                                                       ठेगाना : खप्तडछान्ना-०७, बझाङ हाल  का.जि.कोटेश्वर                                            ४. नाम : उमेश भण्डारीउमेरः ३३ वर्ष ठेगाना : तेमाल-०२, काभ्रेपलाञ्चोक हाल का.जि.कांडाघारी५. नाम : बसन्ता खनाल             उमेर : २९ बर्ष                         ठेगाना : गुल्मी धुरकोट-०२,  हाल का.जि.रातोपुल               ६. नाम : सुरज शर्माउमेर : ३२ बर्षठेगाना : भरतपुर-११, चितवन  हाल का.जि.सिनामंगल७. नाम : श्रवण कार्कीउमेर : ३३ बर्ष ठेगाना : का.म.न.पा.-०९  हाल  का.जि.सिनामंगल

" सरकारी जग्गा समेत बैना गरी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०७९-०२-१३

जिल्ला खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा १४ बस्ने धनिराम राई समेतको जाहेरीले जिल्ला भक्तपुर साविक बागेश्‍वरी गा.वि.स वडा नं. ५ हाल चाँगुनारायण न.पा वडा नं. ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी समेतले जिल्ला भक्तपुर साविक सुडाल गा.वि.स वडा नं. ४ क मा रहेको बिभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याई साथै कि.नं. ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु. ५,२०,००,०००।– (अक्षेरुपी पाँच करोड बिस लाख मात्र ) लिई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी परेको हुँदा केशव प्रसाद अधिकारी समेतलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०२।१३ गते अ. १३ :०० बजेको समयमा जिल्ला भक्तपुर भक्तपुर न.पा वडा नं.१० मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको ।पक्राउ परेका व्यक्ति:- १. नाम :- केशव प्रसाद अधिकारी । स्थायी वतन :- जिल्ला भक्तपुर साविक बागेश्‍वरी गा.वि.स वडा नं. ५ हाल चाँगुनारायण न.पा वडा नं. ७ बस्ने ।२. नाम :- ईश्वर गाईजु । स्थायी वतन :- जिल्ला भक्तपुर साविक भक्तपुर न.पा वडा नं.२ हाल भक्तपुर न.पा वडा नं.८ बस्ने ।

“ बिदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०७९-०२-११

जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.९ वसन्त चोक घर भई का.जि.टोखा नगरपालिका वडा नं.८ बस्ने सुजनराज पाण्डेले Typical Clothing And Craft Store नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली रु २५,००,०००।– ठगी गरेको भन्ने पिडितको निबेदन यस कार्यलयमा प्राप्त हुन आएकोले यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०२।१० गते जिल्ला काठमाण्डौ बानेश्वरबाट उक्त ठगी गर्ने कार्यमा संलग्न सुजनराज पाण्डेलाई पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्ति :-नाम थर : सुजनराज पाण्डे उमेर : २७ बर्ष स्थायी वतन : जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.९ वसन्त चोकहाल बस्ने: का.जि.टोखा नगरपालिका वडा नं.८

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०२-११

राम बहादुर वि.क.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सर्लाही साविक हरिपुर गा.वि.स.वडा नं.०९ हाल हरिपुर नगरपालिका वडा नं.०१ बस्ने वर्ष ३४ को नरेन्द्र प्रकाश सुवेदी (विगो रू.१,१०,०००००।- (एक करोड दश लाख) भएको बैकिङ्ग कसुर मुद्दामा निज नरेन्द्र प्रकाश सुवेदीको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७८।११।२० गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादीलाई यस अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९।०२।१० गते का.जि.नागार्जुन न.पा.वडा नं.१० स्युचाटारबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०२।१० गते प्रहरी वृत्त, जनसेवा पठाईएको । पक्राउ व्यक्ति:१. नाम : नरेन्द्र प्रकाश सुवेदी उमेर : ३४ बर्ष ठेगाना : जि.सर्लाही साविक हरिपुर गा.वि.स.वडा नं.०९ हाल हरिपुर न.पा.वडा नं.०१     हाल : का.जि.नागार्जुन न.पा.वडा नं.१० स्युचाटार

“सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०७९-०२-१०

सामाजिक संजाल WhatApps, IMO, Botim, Viber को दुरुपयोग गरी पिडितहरुलाई आफू कम्बोडिया स्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६,२७,६११ युरो डलर परेको छ, प्रोसेसिङको लागी रकम चाहिन्छ, लटरीको रकम आएपछि नेपालमा घर, गाडी, खरिद गरौला र लटरी परेको रकम  पाउनको लागी प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुदां वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यबस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, कम्पनीबाट आएका वकिल बैकमा जाँदा बैकबाट लटरी परेको सक्कली कागजातहरु चाहिन्छ नत्र हुदैन भनेकोले आफू संग सक्कल कागज नभएकोले वकिल फिर्ता गए अर्को व्यक्ति सक्कल कागजात सहित आउने भएका छन निजको आवतजावत  व्यबस्थापन गर्नको लागि १५०० युरो लाग्छ भन्ने जस्ता बिभिन्न भ्रमपुर्ण म्यासेज पठाई पिडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका बिभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई रु. रु. २८,७९,०००।– (अक्षरुपी अठ्ठाईस लाख उनासी हजार) रकम लिई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.८ शैलुङगेश्वरी घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१७ कालधारा सोह्रखुट्टे बस्ने बर्ष ३५ को उत्सव श्रेष्ठलाई मिति २०७८।०२।०९ गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ ब्यक्तिनामथर:- उत्सव श्रेष्ठउमेर:- ३५ बर्ष ठेगाना:- जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.८ शैलुङगेश्वरी हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१७ कालधारा सोह्रखुट्टे

" कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ"
२०७९-०२-०९

मिति २०७९/०१ /२८ गते का.जि. का.म.न.पा.-१६, नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.-८, बराम्चे घर भएको वर्ष अं. ३५ को जिवन भन्ने कान्छा लामा तामाङलाई जि. मकवानपुर बाग्मती गा.पा. ६ फापरबारी सानो कायर स्थायी घर भएको ठोकर कान्छा भन्ने कान्छामान ठोकर, जि. ललितपुर गोदावरी न.पा. ६, लेले घर भएकी गायत्री नगरकोटी र जि. मकवानपुर बाग्मती गा.पा. फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको, हत्या पश्चात खुट्टा खुम्चाई उक्त सलले बाँधी मृत शवलाई सेतोमा रातो रँगको बुट्टे तन्ना र खरानी रङको म्याट्रिसले बेरेर प्लाष्टिकको सुन्तला रङको डोरी र सेतो डोरीले तिन ठाँउमा बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगी फालेकोमा मिति २०७९/०२/०५ गते का. जि. दक्षिणकाली न. पा.-०१, पावर हाउस नजिक बाग्मती नदि किनारमा मृत शव सडिगली रहेको अबस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मिति २०७९/०२/०६ गते काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी काठमाण्डौ प्रहरी परिसर टेकु  पठाईएको । पक्राउ अभियुक्त:नाम     : ठोकर कान्छा भन्ने कान्छामान ठोकर उमेर     : ४५ बर्ष ठेगाना  : जि. मकवानपुर बाग्मती गा. पा. ६, फापरबारी ठुलो कायरनाम     : गायत्री नगरकोटीउमेर     : ४० बर्ष ठेगाना  : जि. ललितपुर गोदावरी न. पा. ६, लेले  

“ सुनौलो रंगको कछुवा सहित पक्राउ”
२०७९-०१-२२

जिल्ला काठमाण्डौ चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री बितरण तथा ओसारपसार गरी ल्याई नगद रु २०,००,०००/- ( बिस लाख) मा कारोबार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरीटोलीले  जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न ७ चावहिल स्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट आशिष थापा घर्तीको साथमा रहेको कालो झोला भित्र राखेको अबैध सुनौलो  रंगको कछुवा १ (एक) थान फेला पारी आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको ।पक्राउ मानिसको बिबरण :- नाम :- आशिष थापा घर्ती  उमेर :- २३ बर्ष    स्थाई ठेगाना :- जिल्ला काठमाण्डौ किर्तिपुर न.पा.वडा न ८  हालको बसोबास :- जिल्ला काठमाण्डौ शंखरापुर, साखु ।बरामद बस्तु :- १.सुनौलो रंगको कछुवा १ थान २.मोवाईल १ थान 

" कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको फरार अभियुक्त तीन वर्ष पछि पक्राउ "
२०७९-०१-२२

मिति २०७५।०८।०८ गते दिउँसो अ. १५:०० बजेको समयमा जिल्ला काठमाणडौ का.म.न.पा. वडा नं. ३२ तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दास  समेतले धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुलाई  कर्तव्य गरी मारेको र अनिल श्रेष्ठलाई गम्भिर घाईते बनाई उक्त वारदात पश्चात महेश परियार र मनिष बाँनियालाई सोही दिन साँझ १८:३० बजेको समयमा काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.१ साङ्ला विहानी चोक बाट नियन्त्रणमा लिईएको र सम्मानित जिल्ला अदालत काठमाण्डौको फैसलाले जन्म कैद सजाय भई हाल केन्द्रिय कारगारमा जेल भुक्तान गरिरहेको तथा फरार रहेका प्रतिवादी सरोज सुन्दासको हकमा मुलतवीमा राखिएकोमा निज प्रतिबादी ३ वर्ष भारत बसी  विगत २/३ महिना देखि का.जि. नैकापमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले का.जि. नैकाप बाट मिति २०७९।०१।२१ गते अ. दिउँसो १५:०० बजे पक्राउ गरी आवश्यक कारबाहिको लागि सम्मानित जिल्ला अदालत, काठमाण्डौ पठाईएको ।   पक्राउ परेका व्यक्ति :-नाम थर : “मुण्डा” भन्ने सरोज सुन्दास उमेर : २५ बर्षस्थायी वतन : जि.सिन्धुली कमलामाई न.पा. वडा नं-१०हाल बस्ने: काठमाण्डौ जिल्ला चन्द्रगिरी न.पा.  नैकाप 

" लुटपाट पश्‍चात हत्या गरी फरार अभियुक्त पक्राउ"
२०७९-०१-१९

मिति २०७९/०१/०२ गते जिल्ला ललितपुर महालक्ष्मी न.पा.-८ लुभु घर भएका बर्ष २८ को नरेश कुमार गौतमलाई  का.जि. का.म.न.पा. वडा नं.-१५ भगवान पाउ नजिक सडक किनारमा  जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं.-१ डकाहा घर भएको अं. बर्ष २६ को प्रकाश तिमिल्सिना लगाएतका अन्य दुई जना ब्यक्तिहरुले लुटपाट पश्‍चात हत्या गरी फरार भएकोमा मिति २०७९/०१/१८ गते प्रकाश तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा जि. गोरखा चुमनुब्री गा.पा.-३ जगतबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाईएको ।  पक्राउ अभियुक्त: नाम     : प्रकाश तिमिल्सिना उमेर     : २६ बर्ष ठेगाना  : जिल्ला सिन्धुली दुधौली न.पा.-१ डकाहा

“ दुबई पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ ”
२०७९-०१-१६

जिल्ला पर्सा विरगञ्ज म.न.पा. वडा नं. ५ स्थाई घर भई हाल जिल्ला ल.पु. ठेचो बस्ने वर्ष ३३ को विकास तामाङ समेतले जिल्ला मोरङ रतुवामाई न.पा. वडा नं. ९ इटहरा स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० शान्तिनगर बस्ने वर्ष २० को बिक्रम मिश्र समेत ५ जनालाई भिजिट भिषामा ( युनाइटेड अरब इमिरेट्स ) दुबई जान प्रतिव्यक्ति रु. १,९०,००० ।- (अक्षरुपी एक लाख नब्बे हजार रुपैयाँ) लाग्छ, दुबई पुगे पछि प्रतिष्ठित कम्पनी Al-Saya मा Salesman मा काम लगाइदिन्छु कम्तीमा मासिक ३०००/- दिराम तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज बिक्रम मिश्र समेत ५ जनाबाट प्रतिव्यक्ति रु. १,९०,०००।- (अक्षरुपी एक लाख नब्बे हजार रुपैयाँ) का दरले जम्मा रु. ९,५०,०००/- ( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा विपक्षीहरूमध्ये विकास तामाङलाई मिति २०७९।०१।१५ गते का.जि.का.म.न.पा. चुच्चेपाटीबाट र हरी बहादुर तामाङलाई मिति २०७९।०१।१६ गते जि.ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ जावलाखेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: १. नाम थर : विकास तामाङ उमेर : ३३ वर्ष वतन : जिल्ला पर्सा विरगञ्ज म.न.पा. वडा नं. ५ स्थाई घर भई हाल जिल्ला ल.पु. ठेचो २. नाम थर : हरी बहादुर तामाङ उमेर : ६० वर्ष वतन : जिल्ला पर्सा विरगञ्ज म.न.पा. वडा नं. ५ स्थाई घर भई हाल जिल्ला ल.पु. ठेचो

" गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ "
२०७९-०१-१४

मिति २०७८/१२/०८ गते प्रतिवादी सागर शाहीले काठमाण्डौको नागढुंगा स्थित निजको आफनै घरकोठा भित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई विभिन्त डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९/०१/१४ गते दिउँसो काठमाण्डौको नागढुंगामा फेला पारी पक्राउ गरी दाखिला गरेको हुँदा  निज सागर शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि आज प्रहरी वृत्त थानकोट, काठमाण्डौमा पठाईएको ।पक्राउ परेका व्यक्ति :  नाम : सागर शाही ।उमेर :   ३५ वर्ष  ठेगाना : जिल्ला कैलाली लम्कीचुहा न.पा. वडा नं. २ मोतीपुर ।  हाल जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. २ नागढुंगा बस्ने ।

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-०१-१४

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७७।११।१७ गतेको फैसलाले रू.६,५०,०००।–(छ लाख पचाँस हजार) जरिवाना तोकिई फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक साविक बल्थली गा.वि.स.वडा नं.०८ परिवर्तित पनौती नगरपालिका वडा नं.११ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला सुन्धारा बस्ने वर्ष ३९ को सुमन नेपालीलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९।०१।१४ गते काठमाण्डौ जिल्ला बबरमहलबाट पक्राउ गरी मिति २०७९।०१।१४ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको । पक्राउ व्यक्ति:१. नाम : सुमन नेपालीउमेर : ३९ बर्षठेगाना : पनौती-११, काभ्रेपलाञ्चोक हाल : का.जि.सुन्धारा                                                                                                     

“बैंकिङ कसुर तथा ठगी मुद्दाको फरार ब्यक्ति पक्राउ ”
२०७९-०१-११

सुरज निरौला समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मृत्युन्जय जयसवाल भएको बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनबाट मिति २०७८।०९।०२  गतेको को पक्राउ अनुमतिले यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले का.जि.का.म.न.पा. १० अनामनगरबाट मिति २०७९।०१।०९ गते अ.२२:०० बजेको समयमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर , काठमाण्डौ पठाईएको । अनुसन्धान बाट खुल्न आएका कुराहरु :-·       सुरज निरौला समेत गरी  विभिन्न ८ जना  व्यक्तिहरुलाई प्रलोभन देखाई  जम्मा रु ७,१३,००,०००।-(सात करोड ‍तेह्र लाख मात्र ) ठगी गरेको पाईएको । पक्राउ पर्ने ब्यक्तिः-नामः- मृत्युन्जय जयसवाल  उमेरः- ४३ठेगानाः- जिल्ला रौतहट साविक देववाही गा.वि.स. वडा नं. ७              परिवर्तित  देवाही  गोनाही .न.पा. वडा नं. ३ । हालः- काठमाण्डौ जिल्ला का.म.न.पा. १० बानेश्वर ।

“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ’’
२०७९-०१-०८

सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८/११/२३ गते भएको फैसलाले रु.७,९१,०००/- ( सात लाख एकानब्बे हजार रुपैँया) जरिवाना , ४ (चार) दिन कैद र क्षतीपुर्ती बापत रु.३१,६६०/- ( एकतिस हजार छ सय साठ्ठी रुपैँया ) जरिवाना तोकी फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा. वडा नं.-४ स्थायी घर भई हाल का.जि. कागेश्‍वरी मनहरा न.पा.-९ गोठाटार बस्ने वर्ष ४२ को विरेन्द्र कुमार गौतमलाई यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०१/०७ गते जिल्ला काठमाण्डौं मनहरा न.पा. वडा नं.-९ गोठाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०१/०८ गते ललितपुर जिल्ला अदालत , तहसिल शाखा, लगनखेलमा उपस्थित गराईएको ।पक्राउ प्रतिवादीः-नामः- विरेन्द्र कुमार गौतमउमेरः- ४२ वर्षस्थायी ठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा. वडा नं.-४हालको ठेगानाः- जिल्ला काठमाण्डौं कागेश्‍वरी मनहरा न.पा. वडा नं.-९ गोठाटारपक्राउ मितिः- २०७९/०१/०७ गते ।पक्राउ स्थानः- जिल्ला काठमाण्डौं मनहरा न.पा. वडा नं.-९ गोठाटारपक्राउ गर्ने कार्यालयः- काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन ।

"प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ब्यक्तिहरु पक्राउ "
२०७९-०१-०५

काठमाडौं उपत्यकामा केहि व्यक्तिहरु राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश बिपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिषेश टोली परिचालन गरिएकोमा नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन (BTC), USDT, Solana, Ethereum लगातयका बिभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेका तपसिलमा उल्लेखित ठेगाना भएका अनुप मिश्र, दिपेश थापा, राहुल चचान समेतका व्यक्तिहरुलाई मिति २०७९।०१।०४ र ०५ गते काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न निजहरुले प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरि अनुसन्धान गर्दा निजहरुले हालसम्म जम्मा रु. ६६,७९,७९,९८३ ।- (रु. छैसठ्ठी करोड उनानसी लाख उनानसी हजार नौ सय त्रियासी मात्र ।-) रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएकोमा निजहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।अनुसन्धानबाट खुलेका बिवरण:१. पक्राउ परेका व्यक्तिहरु मध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म BINANCE Account प्रयोग गरि USDT, ETH, SHIB, ADA, VET, ALPHA लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रुपैयाँ रू.३५,४६,८३,६११.४४ ।– (पैतिस करोड छयालिस लाख त्रीयासी हजार छ सय एघार रुपैयाँ चौवालिस पैसा) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 12,832.13 (अमेरिकी डलर बाह्र हजार आठ सय बत्तिस दशमलव तेह्र) बराबरको 0.31736919 बिट क्वाईन मौज्दात रहेको देखिएको । २. अर्का पक्राउ परेका व्यक्ति दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा BINANCE Account मार्फत् BTT, USDT, DOGE लगायतका ७ वटा क्रिप्टो करेन्सीहरु मार्फत् जम्मा नेपाली रु. २४,७९,५६,९१८।– ( रु. चौबिस करोड उनानसी लाख छपन्न हजार नौ सय अठार।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 1399.80 (अमेरिकी डलर एक सय पैतालिस दशमलव चालिस) बराबरको 0.03601392 बिट क्वाईन मौज्दात रहेको देखिएको ।३. पक्राउ परेका राहुल चचानले करिब १ बर्ष अघि देखि हालसम्म USDT, SHIB, LDSHIB2, ETH, ATA, XEC लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रु. ६,५३,३९,४३९.३२।– (रु. छ करोड त्रिपन्न लाख उनान्चालिस हजार चारसय उनान्चालिस रुपैया बत्तिस पैसा मात्र ।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 651 (अमेरिकी डलर छ सय एकाउन्न मात्र) बराबरको बिट क्वाईन मौज्दात रहेको देखिएको ।४. निजहरुले दैनिक पाँच हजार देखि ५० हजार सम्म USDT को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु 1x Bet, Hyper fund लगातयका अनलाईन प्लेफर्महरुमा इन्भेष्ट हुने गरेको । साथै व्यापरिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको ।५. अबैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरि तिनका नाममा बैंक खाता र BINANCE Account खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको ।पक्राउ परेको व्यक्तिहरु :-१.नाम : अनुप मिश्र उमेर : २२ बर्ष ठेगाना : जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. १हाल : का.जि. का.म.न.पा. १६, सोह्रखुट्टे २.नाम : दिपेश थापा उमेर : २४ बर्ष ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक पनौति न.पा. वडा नं. ०१ हाल: का.जि. का.म.न.पा. १७, क्षेत्रपाटी३. नाम : राहुल चचान उमेर : २७ बर्ष ठेगाना : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ बाफल

“नियन्त्रित औषधी Tramadol र Tramadex सहित मानिस पक्राउ”
२०७९-०१-०५

उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधीहरू लुकाई छिपाई विक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयको टोलीले मिति २०७८।०१।०४ गते १८:०० बजे Dr. Health Care Pharmacy, नरेफाँटका संचालक जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं.१६ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, नरेफाँट बस्ने वर्ष २६ को कविर लामा भन्ने उदय थिङलाई नियन्त्रित औषधी Tramadol Hydrochloride Capsules I.P. र Tramadex Hydrochloride Capsules I.P. सहित जिल्ला काठमाण्डौ, नरेफाँटबाट पक्राउ गरी मिति २०७९।०१।०५ गते थप अनुसन्धान तथा कारवाहीको लागि औषधी व्यवस्था विभाग, विजुलिबजार नयाँबानेश्वर काठमाण्डौ पठाईएको । बरामद गरेका सामानहरुः-१.Tramadol Hydrochloride Capsules I.P. 50mg - ४२,५०० थान ।२.Tramadex Hydrochloride Capsules I.P. 50 mg - १०,००० थान ।

“कैलालीमा अर्जुन दासको विभत्स हत्या गरी फरार रहेका प्रतिवादिहरु पक्राउ”
२०७९-०१-०२

v घटनाविवरण :- मिति २०७८।०९।०३ गते जिल्ला कैलाली, जानकी गा.पा.वडा नं.-९ अमरावती सामुदायिक वन-जंगलमा ऐ.स्थायी ठेगाना भएका वर्ष २५ को अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा मनोज भण्डारी समेतका साथीहरूको समूहले लागुऔषध (Nitravet-10) सेवन गरी कुटपिट गर्दै घाईते बनाई साजको रूखमा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी फरार रहेका मनोज भण्डारी समेत ४ (चार) जना व्यक्तिहरूलाई जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा यस अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०१।०१ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा निजहरू विरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता रहेकोले थप अनुन्धान तथा कारवाहीको लागि मिति २०७९।०१।०२ गते जिल्ला प्रहरी कार्यालय, कैलाली पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।पक्राउ व्यक्तिहरू: १.      नाम : सुमित साउद उमेर : १९ वर्षठेगाना : जानकी-०९, कैलाली२.      नाम : बमे भन्ने बम बहादुर बोहोराउमेर : १९ वर्ष ठेगाना : जानकी-०९, कैलाली३.      नाम : रोनी परियार भन्ने दिलिप दासउमेर : १९ वर्ष ठेगाना : जानकी-०९, कैलाली४.      नाम : मनोज भण्डारीउमेर : १९  वर्ष  ठेगाना : जानकी-०९,  कैलाली v अनुसन्धानको क्रममा खुल्न आएको कुराहरूः·       घटना हुन भन्दा ३ दिन अगाडी कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।·       सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं.रू.२५ हजार बराबरको लागुऔषध Nitravet-10 चोरी गरी जंगलमा लुकाएको ।·       अर्जुन दासले मोवाईल चोरी हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोवाईल कमल साउदलाई फिर्ता दिएको ।·       कमल साउदको मोवाईल चोरी गरेको र सुमित साउदलाई कुटपिट गरेको  विषयमा मुख्य दोषी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल वि.क., करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको । ·       मिति २०७८।०९।०२ गते बेलुका अं.१८:०० बजे मृतक अर्जुन दास र निजका साथिहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।·       सबैजनाले लागुऔषधको सेवन गरे पश्चात: कमल साउदको चोरी भएको मोवाईल र  सुमित साउदलाई कुटपिट गरेको विषयमा मृतक अर्जुन दासलाई दोषी देखाई सवैजना मिलेर कुटपिट गरी हातखुट्टा बाधी राखेको ।·       मृतक अर्जुन दासलाई हातखुट्टा बाधी ४/५ घण्टा राखे  पश्चात: सवैजनाको मार्ने योजना अनुसार शुशिल मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको ।·       अं. राति २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको २ फीट टाढा राखी सवैजनाले लागुऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको ।·       मिति २०७८।०९।०३ गते विहान ०५:०० बजे मनोज भण्डारी, बादल वि.क., दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लागेको र कनकलाल वि.क., करण दर्नाल, शुशिल मयाल र नाम थर वतन नखुलेको शुशिल मयालको साथी कैलाली मै लुकी बसेको । ·       सुमित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९।०१।०१ गते १६:१५ बजे पक्राउ गरेको ।

“बेवारिसे अबस्थामा फेला परेका ७ थान बुलेट मोटरसाईकल बरामद ”
२०७८-१२-२४

काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा भारतिय नाकाबाट बिभिन्न मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानहरुबाट अन्दाजी मुल्य (रू.२१,००,०००/-) एक्काईस लाख बराबरको रोयल ईन्फिल्ड कम्पनीका बुलेट मोटरसाईकलहरु बरामद गरी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रीय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको । बरामद भएको बुलेट मोटरसाईकल नम्बरहरु:१.सु.प.प्र ०१-००९ प २०५०२.से.७ प.८४८९ ३.प्र.०१-०४९ प ३३२६ ४.बा.४९ प ९३२२ ५.बा.प्र.०२-०२३-२४७४ ६.सु.प्र.प्र.०१-००९प.५१६६७.सु.प.प्र.०१-००८ प.५५९

“बैकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ”
२०७८-१२-२४

ब्रजेश कुमार नायकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला झापा, गौरादह न.पा.वडा नं.०५ बस्ने वर्ष ५१ को उपेन्द्र प्रसाद ढुंगाना (विगो रू.१७,००,०००।- (सत्र लाख)भएको बैकिङ्ग कसुर मुद्दामा निज उपेन्द्र प्रसाद ढुंगानाको नाममा सम्मानित उच्च अदालत विराटनगर, ईलाम ईजलासबाट मिति २०७८।०९।२२ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादीलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गराई दिन हुन भन्ने ईलाका प्रहरी कार्यालय, दमकको पत्र यस कार्यालयमा प्राप्त हुन आएकोले निज उपेन्द्र प्रसाद ढुंगानालाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।१२।२४ गते का.जि.धुम्बाराहीबाट पक्राउ गरी मिति २०७८।१२।२४ गते ईलाका प्रहरी कार्यालय, दमक पठाईएको ।पक्राउ व्यक्ति: नाम : उपेन्द्र प्रसाद ढुंगानाउमेर : ५० बर्ष ठेगाना : जिल्ला झापा, गौरादह न.पा.वडा नं.०५ हाल : का.जि.का.म.न.पा.वडा नं.०४ धुम्बाराही

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-१२-२४

श्री उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०१।२९ फैसलाले रू. ७,०२,५००।- (सात लाख दुई हजार पाँच सय रूपैँया) जरिवाना तोकि फरार रहेका जिल्ला नुवाकोट, साविक लिखु गा.वि.स.वडा नं.०७ परिवर्तित शिवपुरी गा.पा.वडा नं.०३ घर भई हाल का.जि.टोखा न.पा.वडा नं.०८ बाँनियाटर बस्ने वर्ष ३१ को राजु भण्डारीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।१२।२४ गते का.जि.बाँनियाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।१२।२४ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति:१. नाम : राजु भण्डारीउमेर : ३१ बर्ष ठेगाना : जिल्ला नुवाकोट, साविक लिखु गा.वि.स.वडा नं.०७ परिवर्तित शिवपुरी गा.पा.वडा नं.०३ हाल : का.जि.टोखा न.पा.वडा नं.०८ बाँनियाटर

“संरक्षित बन्यजन्तुको अखेटोपहार सहित मानिसहरु पक्राउ”
२०७८-१२-२२

मिति २०७८।१२।२१ गते जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. १ मनोहरा नयाँबस्तिमा संरक्षित बन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको अधारमा यस महानगरीय अपराध महाशाखा बाट खटि गएको बिशेष प्रहरी टोलीले उक्त कारोबारमा संलग्न निम्न ब्यक्तिहरुलाई भालुको पित्त र कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला डिभिजन बन कार्यालय भक्तपुर पठाईएको । पक्राउ परेका व्यक्तिहरु :-१.जिल्ला भक्तपुर मध्यपुरथिमी न.पा.वडा नं.१ मनोहरा नयाँबस्ती बस्ने जसनन्द बेगाको छोरा बर्ष ४७ को क्षत्र बहादुर बेगा ।२.जिल्ला जुम्ला सिंजा गा.पा.वडा नं. ६ काडागाँउ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने नरेन्द्र बुढाको छोरा बर्ष १८ को गोपाल बुढा क्षेत्री ।३.जिल्ला पाँचथर याङवरक गा.पा. वडा नं.२ तिनतिम्बो घर भई हाल काठमाण्डौ जोरपाटी नयाँबस्ति बस्ने बलीराज बेगाको छोरा बर्ष ४६ को लोकेन्द्र बेगा । बरामद समाग्री :-१.कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु थान-५२.भालुको पित जस्तो देखिने बस्तु थान-५

"ठगि गर्ने व्यक्ति पक्राउ"
२०७८-१२-२१

ठगी गर्ने योजना बनाई फोन सम्पर्क गरी बिबाह गर्ने प्रलोभन देखाई पिडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै IME तथा सिटिएक्सप्रेस मार्फत पटक-पटक गरी करिब रु. ४२,३४,०००।– (बयालिस लाख चौतिस हजार) रकम पठाउन लगाई ठगी गरेको भन्ने पिडितको सुचनाको आधारमा यस महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७८।१२।२० गते जिल्ला काठमाण्डौ बिशाल नगरबाट उक्त ठगी गर्ने कार्यमा संलग्न नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्ति :-नाम थर : नबिन भन्ने लोक बहादुर श्रेष्ठ उमेर : ५२ बर्ष स्थायी वतन : जिल्ला रामेछाप साँघुटार न.पा. वडा नं. ३ ।हाल बस्ने: का.जि.काठमाण्डौ धापासी ।

“Operation ‘Eco’
२०७८-१२-२०

चिकित्सा शिक्षा आयोग, सानोठिमी, भक्तपुरद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको मिति २०७८ चैत्र १८, २० र २१ गते सञ्चालन हुने एकिकृत प्रवेश परिक्षामा नक्कली परिक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा त्यस्ता व्यक्ति उपर निगरानी गरी आवश्यक अनुसन्धान तथा कारवाही गर्ने सन्दर्भमा मिति २०७८।१२।१८ गते सञ्चालन भएको Medical Education Common Entrance Examination (MECEE) 2022 परिक्षा अनुगमनका लागि अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा Operation ‘Eco’ संचालन गरी उपत्यका स्थित CCRC College, Ambition College, Grammar School लगायतका परिक्षा केन्द्रहरूबाट निम्न नक्कली परिक्षार्थिहरूलाई परिक्षा दिई रहेको अवस्थामा नक्कली प्रवेश पत्र र नेपाली नागरिकता सहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौ र ललितपुरमा पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान समेत जारी रहेको ।पक्राउ व्यक्तिहरूः१. नामः अमर पण्डित उमेरः २२ वर्ष वुवाः स्नेलाल पण्डितठेगानाः सम्सी-०४, महोत्तरीपेशाः विद्यार्थी (Kist College, MBBS 1st year Student)नोटः जिल्ला-धनुषा, जनकपुर उप.म.न.पा.वडा नं.१४ बस्ने वर्ष २१ को वृकेश यादव (रोल नं.११८११)को नाममा निज अमर पण्डितले CCRC College, कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको ।२. नामः अनिकेत चौधरी उमेरः २२ वर्षवुवाः रामनाथ चौधरीठेगानाः चक्रघट्टा-०४, सर्लाहीपेशाः विद्यार्थी (Kist College, MBBS 1st year Student)नोटः जिल्ला-धनुषा, अन्दुपट्टी गा.पा.वडा नं.०१ बस्ने वर्ष २२ को आजिव कुमार यादव (रोल नं.११४०९) को नाममा निज अनिकेत चौधरीले CCRC College, कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको ।३. नामः राम आशिष यादवउमेरः २६ वर्ष वुवाः मधुराम यादवठेगानाः राजगढ-०१, सप्तरीपेशाः विद्यार्थी (Kist College, MBBS 3rd year Student)नोटः जिल्ला-रूपन्देही, ओमसतिया गा.पा.वडा नं.०३ बस्ने वर्ष २० को स्मित सिंह (रोल नं.१३७७२) को नाममा राम आशिष यादवले Grammar School, कोटेश्वरमा परिक्षा दिई सके पश्चातः विशेष सूचनाको आधारमा निजलाई नियन्त्रणमा लिईएको ४. नामः ईस्तियाख अहमदउमेरः २४ वर्षवुवाः मोहम्मद जिलानी ठेगानाः रफिगञ्ज, औरङ्गाबाद विहार, भारतपेशाः विद्यार्थी नोटः जिल्ला-महोत्तरी, सम्सी गा.वि.स.वडा नं.०५ बस्ने वर्ष २३ को सन्नी कुमार साह (रोल नं.१०६६५)को नाममा ईस्तियाख अहमदले Ambition College मध्य बानेश्वरमा परिक्षा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको ।५. नामः सन्नी कुमार साहउमेरः २३ वर्षवुवाः ओम प्रकाश साह ठेगानाः सम्सी-०५, महोत्तरीनोटः रफिगञ्ज, औरङ्गाबाद विहार, भारत बस्ने वर्ष २४ को ईस्तियाख अहमदलाई आफ्नो नाममा Ambition College मध्य बानेश्वर परिक्षा केन्द्रमा परिक्षा दिन लगाई आफू बाहिर बसेको अवस्थामा नियन्त्रणमा लिईएको ।हालसम्मको अनुसन्धानबाट खुल्न आएका तथ्यहरूः•Free Scholarship मा MBBS पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न आर्थिक प्रलोभन दिई Free Scholarship, Paying र Just Pass गर्ने वर्गिकरणको आधारमा Entrance Exam मा नाम निकाली दिए वापत रू.२ लाख देखि १८ लाखसम्म रकम दिने प्रलोभन देखाई Convince गराएर रू.५० हजार देखि रू.२ लाखसम्म Advance समेत दिई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको । •सक्कली परिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीहरूको फोटो टाँसी फम भराउने गरेको ।•परिक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको पाईएको ।•सकेसम्म नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो-जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको ।•भारतियमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाईयो •चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले समेत MBBS पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।

“भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाईल सहित मानिस पक्राउ ”
२०७८-१२-१६

भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाईल लगातयका अन्य सर सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८/१२/१५ गते बेलुका अन्दाजी १७:३० बजेको समयमा का.जि. नागार्जुन न.पा. वडा नं. ०३, स्वयम्भू हलचोक स्थित आशिक श्रेष्ठले सञ्चालन गरेको A.S. Mobile Store मा खानतलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका I phone, Samsung, One plus, Oppo, Redmi, VIVO र Realme कम्पनी समेतका मोवाईलहरू हालको अन्दाजी मुल्य रु. २,००,०००।–(दुई लाख) पर्ने जम्मा ३० थान सहित निज आशिक श्रेष्ठलाई फेला पारी पक्राउ गरी आवश्यक कारबाहिको लागी श्री अन्तर्रास्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको ।  पक्राउ परेको मानिस:- १)     नाम:–  आशिक श्रेष्ठ         उमेर :– २९ बर्ष      ठेगाना:– का.जि. नागार्जुन न.पा. वडा नं. ०३, ईचंगुनारायण    बरामद भएका सामानहरु:-१. Vivo कम्पनिको मोवाईल थान  १२. Oppo कम्पनिको मोवाईल थान ४३. Samsung  कम्पनीको मोवाईल थान  ९४. Redmi कम्पनीको मोवाईल थान ५५. I phone मोवाइल थान १६. Realme कम्पनीको मोवाईल थान ५ ७. One Plus कम्पनीको मोबाईल थान ५

“ बैंकिङ कसुर मुद्दाको फरार ब्यक्ति पक्राउ ”
२०७८-१२-११

रबिन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनबाट मिति २०७७।०८।२२  गतेको फैसलाले प्रतिवादी कृष्ण बहादुर थापालाई  रु १,२५,००,०००।– ( एक करोड पच्चिस लाख ) को   विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेकोले मिति २०७८।११।२० गतेको श्री सम्मानित कामाण्डौ जिल्ला अदालतबाट १ वर्ष कैद  सजाय र  पक्राउ पुर्जी जारी  भई हाल फरार रहेका जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.८ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप.म.न.पा. वडा नं. २ बस्ने  कृष्ण बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय राखी  यस महाशाखाबाट खटि गएको प्रहरी टोलीले मिति २०७८।१२।१० गते बिहान अ.८:३० बजेको समयमा जिल्ला  बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ बाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौमा पठाईएको ।  पक्राउ पर्ने ब्यक्तिः-नामः- कृष्ण बहादुर थापा                                 उमेरः- ६८ वर्ष ठेगानाः- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ हालः-जिल्ला बारा जितपुर सिमरा उप.म.न.पा. वडा नं. २  

“ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गर्ने व्यक्तिहरु पक्राउ”
२०७८-१२-१०

मिति २०७८।१२।०९ गते जिल्ला ललितपुर महालक्ष्मी डेरा गरी बस्ने बर्ष २५ को सुरज खड्कालाई जिल्ला काठमाण्डौं शंखमुल पुल नजिक फलफूल पसल अगाडी जिल्ला दोलखा, नाम्दु घर भई हाल  काठमाण्डौं जडिवुटी बस्ने विकाश लामा समेतको ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी कुरामा विवाद भई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेको घटनामा यस महाशाखाको बिशेष अनुसन्धान टोलिले घटनामा संलग्न राजेश बुढाथोकी समेत ५ जनालाई मिति २०७८।१२।०९ गते काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुबाट घटनामा प्रयोग भएको खुकुरी र मो.सा. सहित पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागी मिति २०७८।१२।१० गते महानगरीय प्रहरी बृत्त, बानेश्वर, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरू :१. नाम : राजेश बुढाथोकी उमेर : १९ वर्षठेगाना : जि.रामेछाप, मन्थली न.पा.वडा नं.१३ हाल : का.जि.जडिवुटी२. नाम : रोशन लामाउमेर : ३४ वर्ष ठेगाना : जि.दोलखा, नाम्दु गा.पा.वडा नं.०६हाल : का.जि.जडिवुटी३. नाम : पुकार के.सि.उमेर : २३ वर्ष ठेगाना : जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०९४. नाम : प्रविण नेपालउमेर : २३ वर्षठेगाना : जि.सिन्धुपाल्चोक, बतासे गा.पा.वडा नं.०९ हाल : जि.भक्तपुर, राधेराधे५. नाम : संजिव मोक्तानउमेर : २७ वर्षठेगाना : जि.रामेछाप, खाँडादेवि गा.पा.वडा नं.०३हाल : का.जि.जडिवुटी 

“ जग्गा बैना गरी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०७८-१२-०६

जिल्ला मोरङ बेलबारी न.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ४० की सीमा सुवेदीले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा ध्रुव प्रसाद घिमिरेसँग चिनजान हुँदा निज ध्रुव प्रसाद घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर जिल्ला साविक दुवाकोट गा.वि.स. वडा नं.१ (ग) १ का कित्ता नं. ८०३, ७२८, ७२९ का जग्गाहरू मिति २०७७/०९/२३ गते देखाई उल्लेखित कित्ताहरू मध्येको कि.नं. ७२८ बाट कित्ताकाट गरी प्रतिआना रू.२१,००,०००।–( अक्षेरुपी एक्काइस लाख) को दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरी दिने भनि विश्वास दिलाई जाहेरवालाको नामको राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखाको चेकबाट र ग्लोबल आईएमई बैक शंखमुल शाखाको चेकबाट पटक पटक गरी जम्मा रू. ४५,५०,०००।– (अक्षेरुपी पैँतालिस लाख पचास हजार) चेक मार्फत् रकम लिई केहि समय पश्चात् सम्पर्क विहिन भएपछि मिति २०७८/११/०६ गते मालपोत कार्यालय भक्तपुरमा गई बुझ्दा बिक्री गर्ने भनी बैना गरेको उक्त जग्गा अर्कै व्यक्तिको नाममा राजिनामा पास गरी बिक्री गरेको थाहा भएपछि निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको थाहा पाई कानून बमोजिम कारवाही गरी पाउँ भनी जाहेरी दरखास्त यस महाशाखामा प्राप्त भएको र अनुसन्धानको क्रममा निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको खुल्न आएको हुँदा सम्मानित काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमति लिई यस महाशाखाबाट खटिएको विशेष टोलिले मिति २०७८।१२।०४ गते साँझ १८:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १ दरबारमार्गबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको ।       निम्नः-१.      नाम थर        : ध्रुव प्रसाद घिमिरे  उमेर            : ४९  वर्षवतन            : जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ३ स्थाई घर भई हाल जि. काभ्रेपलाञ्चोक                    धुलिखेल न.पा. वडा नं. ४

“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-१२-०२

जिल्ला कपिलवस्तु साविक महेन्द्रकोट गा.वि.स. वडा नं. ४ परिवर्तित बुद्धभूमि न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ४ धुम्बराही बस्ने वर्ष २९ को ओम प्रकाश बेलबासेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी     जिल्ला काभ्रेपलाञ्चोक साविक भूमिडाँडा गा.वि.स. वडा नं. ५ परिवर्तित पनौती न.पा. वडा नं. १२ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. १२ बस्ने वर्ष ५६ को डल्ले कामीलाई बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०७।२८ गतेको फैसलाले रू.१८,००,०००।- (अठाह्र लाख ) जरिवाना, ५ दिन कैद र विगो रकम रु. १८,००,०००।– ( अठाह्र लाख ) तोकिएकोमा हाल फरार रहेका निज प्रतिवादीलाई यस महाशाखाबाट खटिएको विशेष टोलीले मिति २०७८।१२।०१ गते अन्दाजी १९:३० बजेको समयमा का.जि. गोकर्णेश्वर न.पा. जम्बुडाँडाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।१२।०२ गते सम्मानित काठमाडौँ जिल्ला अदालत पठाईएको ।  निम्न: १.   नाम थर   : डल्ले कामी      उमेर       : ५६ वर्ष      वतन      :  जिल्ला काभ्रेपलाञ्चोक साविक भूमिडाँडा गा.वि.स. वडा नं. ५ हाल परिवर्तित                    पनौती न.पा.  वडा नं. १२ घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. १२         

“अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०७८-११-३०

आफूलाई बिदेशी नागरीक बताउने Whatsapp No +447433813800 प्रयोगकर्ता Dr. Johan Lawrence नामक ब्यक्तिले सामाजिक संजाल Facebook, Whatsapp को माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु, भनी म्यासेज पठाएको केहि समय पछी प्रताप राना सिंह नाम बताउने ब्यक्तिले पीडितलाई Whatsapp मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी Tax रकम तिर्नुपर्छ भनी भ्रमपुर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र IME को माध्यमबाट रु. २९,४०,०००।– (अक्षरुपी उन्तिस लाख चालिस हजार) रकम जम्मा गर्न लगाई लिई ठगी गर्ने कार्यमा संलग्न जिल्ला काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर ठिमि बस्ने बर्ष ३८ को गान्दिप गौतमलाई मिति २०७८।११।३० गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको । पक्राउ ब्यक्तिनामथर :-  गान्दिप गौतम उमेर    :- ३८ बर्षठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर ठिमि

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-२७

श्री सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।१२ गतेको फैसलाले रू.९,००,०००।–(नौ लाख) जरिवाना र ४ दिन कैद तोकी फरार रहेका जिल्ला मकवानपुर, साविक हटिया गा.वि.स. वडा नं.०३ परिवर्तित हेटौडा उपमहानगरपालिका वडा नं.१७ घर भई का.जि.मनमैजु बस्ने वर्ष ३२ को मुन्दिप भुजेललाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२६ गते का.जि.मनमैजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति:१. नाम : मुन्दिप भुजेलउमेर : ३२ बर्षठेगाना: जि.मकवानपुर, साविक हटिया गा.वि.स.वडा नं.०३ परिवर्तित हेटौडा उप-म.न.पा.वडा नं.१७हाल : का.जि.मनमैजु                                                                                                                                                

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-२७

मौसम उपाध्यायको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जि.गोरखा, साविक अश्राङ गा.वि.स.वडा नं.०६ परिवर्तित भिमसेन थापा गा.पा.वडा नं.०६ घर भई का.जि.का.म.न.पा.वडा नं.२६ गोंगबु बस्ने वर्ष २५ को निसम वि.क.भएको बैकिंङ्ग कसुर मुद्दामा निजको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी समेत जारी भएका निज प्रतिवादीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२६ गते का.जि.बनस्थलिबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७८।११।२६ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौ  पठाईएको ।पक्राउ व्यक्ति:१. नाम : निसम वि.क.उमेर : २५ बर्ष ठेगाना : जि.गोरखा, साविक अश्राङ गा.वि.स.वडा नं.०६ परिवर्तित भिमसेन थापा गा.पा.वडा नं.०६     हाल : का.जि.गोंगबु          

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-२७

श्री सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।२१ गतेको फैसलाले रू.९,९०,०००।–(नौ लाख नब्बे हजार) जरिवाना तोकी फरार रहेकी जिल्ला गोरखा, साविक सौरपानी गा.वि.स. वडा नं.०३ परिवर्तित बारपाक सुलिकोट गा.पा.वडा नं.०४ घर भई का.जि.रामकोट बस्ने वर्ष ३६ की शान्ता कोईराला दवाडीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२७ गते का.जि.सितापाईलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।१. नाम : शान्ता कोईराला दवाडी    उमेर : ३६ बर्ष ठेगाना: जिल्ला गोरखा, साविक सौरपानी गा.वि.स. वडा नं.०३ परिवर्तित बारपाक सुलिकोट गा.पा.वडा नं.०३ हाल : का.जि.रामकोट

“अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०७८-११-२५

सामाजिक संजाल  Whatasapp, IMO, Facebook  को दुरुपयोग गरी लक्की ड्र मार्फत रु. २५,००,०००।– को चिट्ठा परेको छ,  Khalti, e-Sewa जस्ता Wallet Apps को कर्मचारी हुँ, तपाईको  Account नविकरण गरी दिन्छौं भन्ने जस्ता भ्रमपुर्ण म्यासेज पिडितहरुको Whatsapp मा पठाई बिभिन्न बहाना बनाई पीडितहरुसंग कुराकानी गरी बैक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाईल नम्बरमा OTP कोर्ड समेत पठाई मागी, कोर्ड लिई पीडितकै खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी जम्मा रु. २,०१,०००।– (अक्षरुपी दुई लाख एक हजार) रकम अनलाईन मार्फत ठगी गर्ने कार्यमा जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ६ पिपलचोक घर भएका बर्ष २० को धिरेन कुमार मण्डल समेतको संलग्नता देखिएकोले ई.प्र.का. रंगेली, मोरङ संग आवश्यक समन्यव गरी निज धिरेन कुमार मण्डललाई मिति २०७८।११।२२ गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।११।२५ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको । पक्राउ ब्यक्तिनामथरः धिरेन कुमार मण्डल     उमेरः २० बर्ष ठेगानाः जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ६ पिपलचोक

“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-११-२५

श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।०९।२४ र २०७८।०८।२१ गतेको फैसलाले रू. ११,००,०००।- (एघार लाख रूपैँया) जरिवाना र ४ दिन कैद तोकि फरार रहेका जिल्ला अर्घाखाँची, साविक अर्घातोष गा.वि.स. वडा नं.०९ परिवर्तित मालारानी गा.पा.वडा नं.०२ घर भई हाल का.जि.नयाँ बानेश्वर बस्ने वर्ष ४९ को कृष्ण प्रसाद बन्जाडेलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२५ गते का.जि.थापागाँउबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२५ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति:१. नाम : कृष्ण प्रसाद बन्जाडे                                     उमेर : ४९ बर्ष ठेगाना : जिल्ला अर्घाखाँची, साविक अर्घातोष गा.वि.स.वडा नं.०९ परिवर्तित मालारानी गा.पा.वडा नं.०२  हाल : का.जि.नयाँ बानेश्वर              

"श्रीमती हत्यामा संलग्न श्रीमान ६ वर्ष पछी पक्राउ"
२०७८-११-२३

मिति २०७२/०१/१५  गते विहान अं. ०९:३० बजेको समयमा जि. सिराह बिसनपुर गा.पा.-०५ स्थायी घर भएकी वर्ष-२५ की आरती परियार (यादव) लाई जि.ललितपुर लेले ९ फैडोल स्थित PIA Park जाने बाटोको जंगलमा धारिलो हतियारले घाटी रेटी हत्या गरिएको अवस्थामा मृत लाश फेला परेको घटनामा संलग्न अभियुक्त विक्की मुस्कान भन्ने भोगेन्द्र यादवलाई मिति २०७८/११/२३ गते प्रहरी प्रधान कार्यलय ईन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले नेपाल ल्याई थप अनुसन्धानको लागी महानगरिय अपराध महाशाखालाई बुझाईएको । सो सम्बन्धमा थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर पठाईएको । पक्राउ अभियुक्त: नाम     : विक्की मुस्कान भन्ने भोगेन्द्र यादव   उमेर     : ४० वर्ष ठेगाना  : जिल्ला सिराहा बिसनपुर गा.पा.-०५ 

“हुण्डी कारोबारमा संलग्न दुईजना डेढ करोड रकम सहित पक्राउ”
२०७८-११-२३

का.जि.का.म.न.पा. वडा नं. १३, ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर-गहना(Artificial jewelry) को होलसेल कारोबार गरी बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा निजहरूको सम्बन्धमा अनुसन्धान तथा निगरानी गर्ने क्रममा मिति २०७८/११/२२ गते अन्दाजी १५:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १३ ताहचल स्थित अमित कुमार अग्रवाल बस्ने  घरको गेट अगाडी बर्ष २४ को बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा मैले कालीमाटी स्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट रू. पचास लाख(५०,००,०००।-) ल्याई अमित कुमार अग्रवालको कोठामा पुर्याईदिएको भनी खुल्न आएको हुँदा निज अमित कुमार अग्रवालको डेरा कोठा खानतलासी गर्दा नेपाली नगद रू एक करोड पचास लाख( १,५०,००,०००।-)  फेला परेको र निजहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको । पक्राउ मानिसहरु:-१) नाम:–  बिक्की खड्गी     उमेर :– २४ बर्ष     ठेगाना:– का.जि.का.म.न.पा. वडा नं. १९, टङ्केश्वरी      हालको ठेगाना:- जिल्ला काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ०३ बरामद सामानहरू:-१.नगद रु. २४,०००।–२.बिभिन्न चेक, भौचर प्याड३.मोबाइल थान १२) नाम:–  अमित कुमार अग्रवाल      उमेर :– ३२ बर्ष    ठेगाना:– देश भारत, प्रान्त पश्चिम बङ्गाल, जिल्ला दार्जलिङ, सिलिगुरी    हालको ठेगाना:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न १३ ताहचलबरामद सामानहरू:-१.नगद रु. १ करोड पचास लाख२. ल्यापटप, २ थान मोबाईल थान १३.कारोबार सम्बन्धी बिभिन्न कागजपत्रहरू   

“ फरार प्रतिवादी पक्राउ ”
२०७८-११-२३

जिल्ला पाँचथर साविक फलैचा गा.वि.स वडा नं. ७ स्थाई घर भई हाल झापा जिल्ला मेचिनगर  न.पा. वडा नं. १३  तिनकुने बस्ने  सुकराज बेघा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी  जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. ७ चाबहिल  बस्ने वर्ष ४८ को संजय  बानिया समेत भएको वैदेशिक रोजगार न्यायाधिकरण ईजलासको मिति २०७८।०८।२७ गतेको फैसलाले निज प्रतिवादी संजय  बानिया लाई विगो र हर्जाना रु.३०,००,०००।– (तीस लाख) रकम जाहेरवालालाई भराई २ बर्ष कैद र रु. २,००,०००।– (दुई लाख) जरीवाना हुने ठहर भई निज प्रतिवादी संजय बानिया हाल सम्म फरार रहेकोमा यस महाशाखाबाट खटिएको विषेश टोलिले  मिति २०७८।११।२२ गते अन्दाजी १४:३० बजे जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. १ दरवारमार्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित काठमाडौँ  जिल्ला अदालतमा  पठाईएको ।   पक्राउ परेको व्यक्ती       नाम थर :- संजय बानिया उमेर :- ४८  बर्ष वतन:-  जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. ७ चाबहिल । 

“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-११-२३

श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।११।२१ गतेको फैसलाले रू. ८,७५,०००।- (आठ लाख पचहत्तर हजार रूपैँया) जरिवाना र ४ दिन कैद सजाय हुने ठहरी फैसला भई फरार रहेका जि.बारा, साविक अमरपट्टी गा.वि.स.वडा नं.४ परिवर्तित पचरौता न.पा.वडा नं.०८ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष ५३ को राम एकवाल चौधरीलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।२२ गते का.जि.लाजिम्पाटबाट पक्राउ गरी मिति २०७८।११।२३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति:१. नाम : रामएकवाल चौधरी                                         उमेर : ५३ बर्षठेगाना : जि.बारा, साविक अमरपट्टी गा.वि.स.वडा नं.४ परिवर्तित पचरौता न.पा.वडा नं.०८ हाल : का.जि.महारजगंज                  

“जब सेन्टरको नाममा ठगि गर्ने गिरोह पक्राउ ”
२०७८-११-२३

            उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगिमा परेको भनि निवेदन आए पश्चात प्रारम्भिक अनुसन्धान गरी  यस महाशाखाबाट मिति २०७८।११।२२ गते खटि गएको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगाएतका स्थानबाट   ठगिमा   सक्रिय ब्यक्तिहरु पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र  बालाजुमा पठाईएको । प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः·       उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको ।·       फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको ।·       कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई  तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको ।         पक्राउ परेका व्यक्तिहरु १.      जिल्ला  अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुलापोखरी  घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे।२.      जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६  घर भई हाल जि. काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे ।३.      जिल्ला लमजुङ दुधपोखरी गा.पा. २  घर भई हाल का.जि. तारकेश्वर न.पा.  जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित  दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर का  सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा ।४.      जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने  का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक  वर्ष २३ को विवेक यादव ।५.      जिल्ला ओखलढुङगा सिद्दिचरण न.पा.वडा नं. ३ अधेँरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा ‍नं. ३२ आकाशेपुल स्थित -ABS Job and training Center pvt.Ltd  र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक  वर्ष २८ का अश्विन राई ।६.      जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का  सञ्चालक वर्ष २२ का घनश्याम पहाडी ।७.      जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने । ८.      जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने।९.      जिल्ला रौतहट मौलापुर गाँउपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद ।   पुनश्च: उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भईरहेको पाईएकाले रोजगारदाता कम्पनिको पृष्ठभुमि अध्ययन गर्नु हुन सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।  

“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-११-२२

श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७८।०८।२८  र २०७८।१०।२७ गतेको फैसलाले रू. २६,००,०००।- (छब्बिस लाख रूपैँया) जरिवाना र ८ दिन कैद तोकिई फरार रहेका जिल्ला काभ्रे, पाँचखाल न.पा.वडा नं.०९ घर भई हाल का.जि.बौद्ध बस्ने वर्ष ३६ को श्याम सुन्दर घिमिरेलाई यस अपराध महाशाखाको टोलीले आज मिति २०७८।११।२२ गते का.जि.जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति:१. नाम : श्याम सुन्दर घिमिरे                                     उमेर : ३६ बर्ष ठेगाना : जिल्ला काभ्रे, पाँचखाल न.पा. वडा नं. ०९ हाल : का.जि.बौद्ध                        

" बालिकालाई करणी गरी फरार भएका व्यक्ति पक्राउ "
२०७८-११-२०

घटना विवरण :मिति २०७८।११।१७ गते वेलुकाको समयमा  १६ बर्षकी बालिकालाई रोहित बि.क. भन्ने व्यक्तिले ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी फरार भएको भन्ने सूचना यस महाशाखामा प्राप्त भई पीडितलाई करणी गरी फरार रहेका रोहित बि.क. को खोजतलास गर्न यस महाशाखाबाट टोली खटाईएकोमा खटिएको टोलीले तपसिलमा उल्लेखित ठेगाना भएका रोहित वि.क. लाई मिति २०७८।११।१८ गते वेलुका काठमाण्डौको महाराजगन्जबाट पक्राउ गरी पीडितलाई जबरजस्ती करणी गरेको गोंगबु स्थित गेष्ट हाउस समेत कसुरदारबाट खुलाई घटनास्थलबाट सवुत प्रमाणहरु संकलन गरी यस महाशाखामा दाखिला गरेकोमा निज रोहित बि.क. लाई करणी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी बृत्त, जनसेवा, काठमाण्डौ पठाईएको ।  पक्राउ परेका व्यक्ति : नाम : रोहित बि.क. ।उमेर :   २२ वर्ष  ठेगाना : जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा नं. ३ हाल काठमाण्डौको न्यूरोड बस्ने ।                                        

“लुटेरा समूह पक्राउ”
२०७८-११-२०

 मिति २०७८/११/१२ गते साँझको अन्दाजी १९:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं १६ नँयाबजार स्थित समृध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधी बिक्री बितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि पसल संचालकलाई नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, साथमा रहेको Samsung S20+ Mobile थान १, साथमा लगाएको घडी थान १, पसल संचालकको ग्लोबल आइएमई बैंकको खाताबाट ई-सेवामा पठाएको नगद रु. १०,०००।–, कुमारी बैंक लि. को खाताबाट ई-सेवामा पठाएको नगद रु १७००/- र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. को खातामा रहेको नगद रू. ३५००।– समेत गरी जम्मा रु.६५,०००।- जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेका निम्न मानिसहरुलाई जबर्जस्ती चोरी गरि लगेका सामान सहित पक्राउ गरिएको ।पक्राउ व्यक्ति:- १) नाम:–  देबि प्रसाद धिताल                     उमेर :– २६  बर्ष     ठेगाना:– जिल्ला जुम्ला गुठीचौर गा.पा.वडा न ५    हालको ठेगाना:- का.जि.एयरपोर्ट २) नाम:- शंकर रेग्मी   उमेर :- ३० बर्ष    ठेगाना :- जिल्ला धादिङ धुनेबेशि न.पा. वडा न ३   हालको ठेगाना :- का.जि. स्वयम्भु ३) नाम:- हिक्मत महता    उमेर :- २८ बर्ष    ठेगाना :- जिल्ला डडेल्धुरा महाकाली न.पा.वडा न २  हालको ठेगाना :- का.जि.सानोभर्याङ ४) नाम:– सुबाष रतोकी                             उमेर :– २७  बर्ष     ठेगाना:– जिल्ला कन्चनपुर सुक्लाफाँटा न.पा. वडा न ४ झलारी     हालको ठेगाना:- का.जि. चक्रपथ ५) नाम:- मिलन बोहरा    उमेर :- ३४ बर्ष    ठेगाना :- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.वडा नं.२ झलारी  हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर ६) नाम:- लिम्बु भन्ने भविन्द्र बेगा    उमेर :- ३२ बर्ष    ठेगाना :- जिल्ला पाँचथर याङ्गक गा.पा.वडा नं.८ च्याङ्थापु  हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर ७) नाम:- जिवन भन्ने योगेन्द्र बहादुर चन्द   उमेर :- २७ बर्ष    ठेगाना :- जिल्ला दैलेख नौमुले गा.पा.वडा नं.५ सल्लेरी  हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर ८) नाम:- भिटेन, संगित थापा भन्ने कमल सुनार    उमेर :- २१ बर्ष    ठेगाना :- जिल्ला प्युठान गौमुखि गा.पा. वडा नं.६  हालको ठेगाना :- का.जि. सामाखुसी बरामद सामानहरु:-१.मोवाईल ११ थान२. घडी १ थान३.नगरिता प्रमाण पत्र १ थान ४.ATM कार्ड ५ थान ५.चेक २ थान 

“रातको समयमा मोबाइल पसल फुटाई चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०७८-११-१८

उपरोक्त सम्बन्धमा मिति २०७८/१०/१८ गते रातीको समयमा का.जि.का.म.न.पा. वडा नं ४ बिशालनगर स्थित सुरज ईलोक्ट्रिनिक्स मोवाईल पसलको पछाडीको झ्याल फुटाई पसलभित्र प्रवेश गरि पसलमा रहेका बिभिन्न कम्पनीका सिलप्याक मोवाईल ३७ थान, मर्मतका लागी राखिएका मोवाईल १५ थान, गितार १ थान तथा स्मार्ट घडी २५ थान समेत गरि अन्दाजी रु १६,१२,५००/-( सोह्र लाख बाह्र हजार पाँच सय) रुपैयाँ बराबरको धनमाल चोरी लगेको घटना अनुसन्धानको सिलसिलामा यस अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले मिति २०७८/११/१६ गते का.जि. का.म.न.पा. वडा नं. २६, गंगबु BG महल अगाडिबाट उक्त चोरी घटनामा संलग्न सुरेश गिरी सहित २ जनालाई चोरी गरि लगेका मोवाईल, गितार, स्मार्ट घडी सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, महाराजगन्ज पठाइएको । पक्राउ व्यक्तिहरु:-१) नाम:– शुरेस गिरी उमेर :– २४ बर्ष ठेगाना:– जिल्ला गोरखा गण्डकी न.पा.वडा न ५ हालको ठेगाना:- का.जि. बुढानिलकण्ठ २) नाम:- गणेश क्षेत्री उमेर :- २२ बर्ष ठेगाना :- जिल्ला बाके नेपालगन्ज उपमहानगरपालिका वडा न ५ हालको ठेगाना :- का.जि. बुढालिकण्ठ बरामद सामानहरु:-१. सिलप्याक मोवाईल ८ थान २. पुराना मोवाईल ५ थान ३.स्मार्ट घडी ६ थान ४.गितार १ थान ५.पावर बैक १ थान ६. IR Night Vision थान १

“संसद भवन अगाडी शंकास्पद वस्तु (प्रेशर कुकर बम) राख्ने व्यक्ति पक्राउ”
२०७८-११-१८

मिति २०७८।११।१६ गते काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा अपरिचित ब्यक्तिहरुले जनमानसमा भय त्रास सिर्जना गरी आंतंकित बनाउने उद्देश्यले शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न ब्यक्तिहरुलाई यस महाशाखाको बिशेष अनुसन्धान टोलिले अ.ने.रा.स्व.बि.यु. क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष जि. काभ्रे भुम्लो गा.पा. वडा नं. २ सिमथली घर भई हाल का.जि. चावाहिल बस्ने बर्ष २१ को सुवास महतलाई उक्त घटनामा प्रयोग गरेको मोटरसाईकल सहित मिति २०७८।११।१७ गते काठमाण्डौं स्थित गौशालाबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भैईरहेको । पक्राउ व्यक्ति: १. नाम : सुवास महत उमेर : २१ बर्षठेगाना : जिल्ला काभ्रे, भुम्लो गा.पा.वडा नं.०२ सिमथली हाल : का.जि.गौशाला, गौरिघाट बरामद सामानहरूः-१. घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको FZ मोटर साईकल थान-१२. Rapid समेत लेखिएको कालो निलो रंगको फुल हेल्मेट थान-१३. घटनामा लगाएको Adidas लेखिएको दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट थान-१४. विभिन्न कम्पनीका मोवाईल थान-४

" क्यानडा पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गर्ने व्यक्ति पक्राउ "
२०७८-११-१५

             जिल्ला सर्लाही ब्रम्हपुरी गाँउपालिका वडा नं.६ घर भई हाल जिल्ला ललितपुर बालकुमारी बस्ने अरबिन्द कुमार साहले विपक्षी लालबाबु कापरसँग क्यानडा जाने  कुरा गर्दा म पनि क्यानडा जान लागेको, मेरो मान्छे क्यानडामा छ तिम्रो पनि भिषा मगाई दिन्छु, अन्य व्यक्तीलाई रु. २२,००,०००।– ( अक्षेरुपी बाइस लाख रुपैयाँ मात्र) लाग्छ तिमीलाई १२,२०,०००।– ( अक्षेरुपी बाह्र लाख बिस हजार रुपैयाँ मात्र)  मा मिलाईदिन्छु तिम्रो पैसा फस्दैन भनी प्रलोभनमा पारी भिषा प्रोसेसिङ्गको लागि लालबाबु कापरको नाममा रहेको कामना सेवा विकास बैंक ग्वार्को ललितपुर शाखाको खातामा पटक-पटक गरी रु १२,२०,०००।– ( अक्षेरुपी बाह्र लाख बिस हजार रुपैयाँ मात्र) रकम जम्मा गर्न लगाई सो पश्चात्  पिडितको मेल आईडीमा भिषा, हवाई टिकट समेत पठाई सन् २०२२ जनवरी १० मा उडान रहेको भनी एयरपोर्ट पुग्दा निजले पठाएको भिषा र टिकट समेत नक्कली भएको थाहा पाई आफू ठगिएको भनी जाहेरी दिएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले   मिति २०७८।११।१३ गते १५:३० बजेको समयमा का.जि का.म.न.पा वडा नं. ३२ तिनकुनेबाट पक्राउ गरी आवश्यक कारवाहीको  लागि  महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाईएको ।           पक्राउ परेका व्यक्ति:-                                             १. नाम :-  लालबाबु कापर  ।    उमेर :-  २३ वर्ष ।    स्थायी वतन :-  जिल्ला धनुषा जनकनन्दनी गाँउपालिका वडा नं. ४    हाल काठमाण्डौ का.म.न.पा वडा नं. ८ गौशाला ।                

“बेवारिसे अवस्थामा फेला परेका २ थान गाडी भन्सार पठाईएको”
२०७८-११-१२

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलि सवारी साधन चोरी निकासी गरि ल्याइएका छन् भन्ने बिशेष सुचनाको आधारमा भन्सार छली चोरी पैठारी गरि ल्याइएका सवारी साधनहरुको बारेमा निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७८/०४/१२ गते का.जि. का.म.न.पा. वडा नं ७ चावहिल गोपिकृष्ण हल अगाडी तथा मिति २०७८/०४/२५ गते का.जि. का.म.न.पा.वडा न १६ म्हैपी बिष्णुमती खोला किनाराबाट निम्न सवारी साधनहरुलाई बेबारिसे अबस्थामा फेला पारी आवश्यक कारबाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौ पठाईएको । बरामद भएका सामानहरु:-१.ईन्जिन नम्बर GA74E23984 च्यासिस नम्बर MAIP52GAK72E28220 भएको बा ५ च ३१२ नम्बरको सेतो रंगको महिन्द्रा कम्पनिको BOLERO गाडी थान १ ।२.ईन्जिन नम्बर KI4BN44574 च्यासिस नम्बर MA3EADE1 500412299 भएको MARUTI कम्पनिको SUZUKI ALTO गाडी थान १

" नक्कली जग्गा धनीपुर्जा देखाई जग्गा बैना गरी ठगी गर्ने व्यक्ति पक्राउ "
२०७८-११-११

जिल्ला रामेछाप साविक भलुवाजोर गा.वि.स वडा नं. ९ हाल परिवर्तित मन्थली न.पा वडा नं. ६ घर भई हाल काठमाण्डौँ जिल्ला का.म.न.पा वडा नं. १६ सोह्रखुट्टे बस्ने कृष्णमाया घिसिङ्को १ बर्ष अगाडि बिपक्षी हित बहादुर बुढाथोकीसंग चिनजान भई कुरा गर्दा काठमाण्डौँ जिल्ला साँखु स्थित साल्खा -६ (ख) मा रहेको कि.नं. ७५९ को क्षेत्रफल २-०-०-० जग्गा मध्ये ०-८-०-० आना जग्गा जम्मा रु.३५,००,०००।–लाख मा नै दिन्छु भनी मिति २०७८।०१।०८ गते निजको नामको जग्गा धनी पुर्जा र नक्शाको फोटो कपी समेत दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज समेत गरी पटक पटक गरी निजको नामको एभरेष्ट बैंकमा रहेको खातामा रु ३३,००,०००।-लाख जम्मा गर्न लगाई बिभिन्न बहाना बनाई आलटाल गरी जग्गा पास नगरी झुलाई रहेकोले पिडित मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा निज व्यक्ती को नाममा नभई अन्य व्यक्तीको नाममा रहेको थाहा पाई आफू ठगीएकोले यस कार्यालयमा जाहेरी दिएकोमा थप अनुसन्धानबाट सो जग्गा धनीपुर्जा समेत नक्कली रहेको बुझिन आएकोले यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।११।११ गते १०:४५ बजेको समयमा का.जि कपनबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको । पक्राउ परेका व्यक्ति:- नाम :- हित बहादुर बुढाथोकी । उमेर :- ३९ बर्ष ।स्थायी वतन :- जिल्ला ओखलढुंगा चम्पादेबी गा.पा वडा नं ८ हाल काठमाण्डौँ बुढानिलकण्ठ न.पा वडा नं. ११ कपन ।मिति २०७८।११।११ गते

"स्पर्श मह’ उत्पादकको अखाद्य बिस्कुट उत्पादन एवं बिक्रि वितरण गर्ने कम्पनी सिल"
२०७८-११-०९

ललितपुर जिल्लाको सुनाकोठी स्थितमा केहि व्यक्तिहरुले अखाद्य बस्तुहरुको उत्पादन एवं विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा यस महाशाखाबाट खटि गएको बिशेष टोलीले ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठी, ओखटमा जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं ज्याठामा बस्ने बर्ष ४४ को नर बहादुर श्रेष्ठ ( मिति २०७८।१०।०६ गते गुणस्तरहिन मह उत्पादन गरेको अभियोगमा यसै महाशाखाले पक्राउ गरि कारबाहिका लागि पठाएको व्यक्ति) ले ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.’ का नाममा खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्ष देखि म्याद नाघेका र बजारमा बिक्रि बितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्रिबितरण गर्दै आएको फेला पारी खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहल समेतको रोहबरमा उल्लेखित दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा नष्ट गरि ‘ श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.’ लाई सिल गरि खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवाश्यक अनुसन्धान कार्य भइरहेको ।प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः१. ३ बर्ष पुरानो म्याद नाघेका कुकिजहरुबाट पुनः बटर चकलेट, काजु कुकिज बनाई विक्रि वितरण गर्दै आएको ।२. अत्यधिक सडेगलेका पाउरोटीहरुलाई सुकाएर पुनः कुकिज बिस्कुटहरु बनाई बेच्ने गरेको ।१. म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याएको पाईएको ।नष्ट गरिएका अखाद्य सामाग्रीहरुः १. भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोसा सस ६ कार्टुन, चिउरा ३८ वोरा, चकलेट पाउडर ४० बोरा, Tempor २० कार्टुन, Acetic Acid ७ ड्रम, Crofter पाउडर ७ कार्टुन लगाएतका सामग्रीहरू । (२०७८/११/०९)

“e-Sewa मा बोनस रकम प्राप्त हुन्छ भनी ठगि गर्ने व्यक्तिहरु पक्राउ”
२०७८-११-०८

e-Sewaले बोनस बाडदै छ आफ्नै e-Sewaमा ५० हजार रकम जम्मा गरेमा २,५००।– बोनस पाईन्छ भनी ९८२९४०२०४९ नं.बाट e-Sewaको कर्मचारी बोलेको भनी आएको फोनको बिश्वासमा परी पिडितले रकम जम्मा गरेको र बोनस प्राप्त गर्नको लागी कुरा कानी गर्दा बिभिन्न कुराहरु गरी बिश्बासमा पारी पिडित को e-SewaID को OTP प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई ७,२७,३४८ ।- (सात लाख सत्ताईस हजार तीन सय अठचालिस) रु ठगि गरेको भन्ने उजुरी यस महाशाखामा प्राप्त भए पश्चात अनुसन्धान गर्दा उक्त ठगी गरेको रकमले tiktok मा विक्रीको लागी राखिएको Iphone 13 Pro Max १ लाख ९० हजारमा किन्ने सहमती गरी पिडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाईल बिरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको । यसैगरी ठगीको रकम बिभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाईएको र सो को अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरुलाई जि.प्र.का. पर्सा संगको समन्वयमा पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुः-१.सुभम साह जिल्ला रौतहट माधबनारायण न.पा.२ हाल जिल्ला पर्सा बिरगंज२.सर्फराज आलम जिल्ला बारा महागढिमाई न.पा.१० हाल जिल्ला पर्सा बिरगंज २०७८/११ /०८ गते

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-११-०६

बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७८।०८।२१ गतेको फैसलाले रू.७,००,०००।–(सात लाख) जरिवाना तोकिई फरार रहेका धादिङ जिल्ला साविक चैनपुर गा.वि.स.वडा नं.०१ घर भई का.जि.का.म.न.पा.वडा नं.२६ बस्ने (GRIGABHUMI REAL STATE PVT.LTD.) का संचालक वर्ष ४३ को रमेश बहादुर पाठकलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।०६ गते का.जि.सोह्रखुट्टबाट पक्राउ गरी मिति २०७८।११।०६ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत पेश गरेको ।पक्राउ व्यक्ति:१. नाम : रमेश बहादुर पाठकउमेर : ४३ बर्षठेगाना: जि.धादिङ, चैनपुर गा.वि.स.वडा नं.०१ हाल : का.जि.का.म.न.पा.वडा नं.२६मिति २०७८/११/६

“ १००० दरका नेपाली नक्कली नोट सहित मानिस पक्राउ ”
२०७८-११-०४

मिति २०७८/११/०४ गते दिउँसो अ १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ नयाँ बजार मेडिकल चोक एरियामा केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरका २९४(दुई सय चौरानब्बे) थानको २,९४,०००।–(दुई लाख चौरानब्बे हजार) नक्कली नेपाली नोट सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको । पक्राउ परेका ब्यक्तिहरु१.जिल्ला रौतहट गौर न.पा.१२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह ।२.जिल्ला रौतहट राजपुर न.पा.३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष २७ को मोहम्मद मुसरफ अली ।३.जिल्ला रौतहट राजपुर न.पा.६ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख अलीका छोरा बर्ष ३० को असरफ अली सहिद । ४.जिल्ला रौतहट गौर न.पा.९ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख नशरुलका छोरा बर्ष २८ को महमद शम्साद आलम ।बरामद भएको सामानको बिवरण:झ/७३ - ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५झ/८३ - ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४झ/७३ - ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९झ/३६ - ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३झ/१६ - ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३झ/७६ – ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३झ/६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४झ/६४ – ५५३६८८ नम्बरको नक्कली नेपाली नोट थान १छ/६४ – ५५३६८७ नम्बरको नक्कली नेपाली नोट थान १छ/६४ – ५५३६९२ नम्बरको नक्कली नेपाली नोट थान १मिति २०७८/११/०४ गते ।

“बैकिङ कसुर तथा लिखत सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ”
२०७८-११-०४

सम्मानित काठमाण्डौ जिल्ला अदालतको पत्रले वादी नेपाल सरकार प्रतिवादी सुमन कार्की समेत भएको लिखत सम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७८।०९।१२ गते पक्राउ पुर्जी जारी भई फरार रहेका तथा उच्च अदालत, पाटन ललितपुरको मिति २०७६।१२।०४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी जिल्ला दोलखा, साविक बुलुङ गा.वि.स.वडा नं.०१ परिवर्तित बिगु गा.पा.वडा नं.०३ घर भई हाल का.जि.नागार्जुन न.पा.वडा नं.०२ ठूलो भर्याङ बस्ने वर्ष ३८ को मोहन तामाङलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।११।०३ गते का.जि.बौद्धबाट पक्राउ गरी मिति २०७८।११।०४ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत पेश गरेको ।पक्राउ व्यक्ति: १. नाम : मोहन बहादुर तामाङ उमेर : ३८ बर्ष ठेगाना : जिल्ला दोलखा, साविक बुलुङ गा.वि.स.वडा नं.०१ परिवर्तित बिगु गा.पा.वडा नं.०३ हाल : का.जि.नागार्जुन न.पा.वडा नं.०२ ठूलो भर्याङ

" नक्कली PCR रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ "
२०७८-१०-१९

घटना विवरण :-भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई  नक्कली PCR रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।१०।१८ गते बिहान अ. १०.३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि  जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको तथा काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा  सोही ल्याबका कर्मचारी माधव मैनालीलाई  फेला पारी नियन्त्रणमा लिइएको, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित जम्मा ४ (चार) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट PCR रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको, फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी  तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको । साथै दुबै अस्पतालका PCR Lab हरु सिल गरि PCR सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको ।   प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः v उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ PCR रिपोर्ट दिने गरेको ।v उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।v कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको । v उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।v  सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।  v बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।v QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको । पक्राउ परेका व्यक्तिहरु :- १.      जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।२.     जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं.१ घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।३.     जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.५ घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली ।४.     जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा । फरार रहेका ब्यक्तिहरु :१.      जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab  सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र ।२.      हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक  अ. बर्ष ४० को निर्मल गिरी । बरामद सामग्रीहरुः१.      पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको Computer Monitor थान १, Laptop थान १, CPU थान ३ ।२.      पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद प्याडहरु ।३.      मोबाइल थान-५ ।   

"सम्मानित अदालतबाट २ बर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ"
२०७८-१०-१८

"सम्मानित अदालतबाट २ बर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ"सम्मानित जिल्ला अदालत ललितपुरको मिति २०७४/०१/२५ गतेको आदेशले पुरात्वातिक मुर्ति चोरी मुद्धामा २ बर्ष कैद सजाय तोकिएका रामेछाप दोरम्बा गा.बि.स.वडा नं.४ साबिक जिल्ला रामेछाप दोरम्बा गा.पा.वडा न.४ पासिवान घर भई हाल जिल्ला ललितपुर ईमाडोल बस्ने बर्ष ५८ को मान बहादुर मगरलाई खोजतलास गर्ने क्रममा यस महाशाखाबाट खटिएको प्रहरी टोलिले मिति २०७८/१०/१७ गते जिल्ला ललितपुर ईमाडोलबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत ललितपुरमा बुझाईएको ।पक्राउ पर्ने व्यक्तिः‍-नामः- मान बहादुर मगरठेगानाःजिल्ला रामेछाप दोरम्बा गा.बि.स.वडा नं.४ साबिक जिल्ला रामेछाप दोरम्बा गा.पा.वडा नम्बर ४ पासिवानहालः- जिल्ला ललितपुर ईमाडोल

“Operation ‘लिमा’ Follow Up” “ठूलो परिमाणमा सुर्तिजन्य पदार्थ तथा कस्मेटिक सामानहरू बरामद”
२०७८-१०-१७

घटना विवरण:-मिति २०७८।१०।१४ गते Red Label लगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका सन्तोष चन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा मिति २०७८।१०।१६ गते यस महाशाखाको विशेष टोलिले निज सन्तोष चन्द्र बख्रेलले  भन्सार छली ल्याएको सुर्तिजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू(सैम्पु, साबुन, Hair Oil, Body Massage Oil, क्रिम) तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू का.जि.का.म.न.पा. वडा नं.१६ नयाँबजार खुशिबु स्थित घर भाडामा लिई ठूलो परिमाणमा भण्डारण गरी राखेको अं.५० लाख बराबरको सामान बरामद गरी मिति २०७८।१०।१७ गते थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।·     बरामद गरेका सामानहरुः-   1 सुर्तिको धुलो रहेको बोराहरू - १०० थान (२५०० के.जि.)   2 Opalene समेत लेखेको सुपरपावर सुर्तिको खोल रहेको बोराहरू - २९ थान (५८० के.जि.)   3 Breast Up लेखेको कार्टुन थान-१   4 Dove स्याम्पु, साबुन रहेको Apple लेखेको ठुलो कार्टुन थान-९७   5 Orihex plus,  OCB Slim लेखेको बोरा थान-३   6 Cleo Patra Golden King, Maiwand, Mond लेखेको चुरोट १४५ बन्डल रहेको कार्टुन थान-३   7 10 लेखेको चुरोट ६४० बन्डल रहेको ठुलो बोरा थान-६ 8 लेडिज कुर्ता सुरुवाल ३० पिस

“अप्रेसन लिमा”
२०७८-१०-१६

घटना विवरण:-पर्सा जिल्ला गादी घर भई बुढानिलकण्ठ एरियामा बस्ने सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले Red Label, Black Label, Absolut Vodka, Chivas Regal लगायतका रक्सीहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाको बिशेष टोलीले मिति २०७८।१०।१४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिराहरू सहित सन्तोष चन्द्र बख्रेल समेत ४ जनालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०७८।१०।१६ गते राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको साथै बरामद गरिएका मदिराहरुको गुणस्तर परिक्षणको लागी समेत पठाईएको । पक्राउ परेका व्यक्तिहरु:-१.नामः सन्तोष चन्द्र बख्रेल (३९ वर्ष) ठेगानाः जि.पर्सा, गादी गा.वि.स. वडा नं. ०८ हालः का.जि.कपन२. नामःशैलेश पन्त (३० वर्ष) ठेगानाः का.जि.कागेश्वरीमनहरा न.पा.०६३. नामः रविन पाख्रिन (२८ वर्ष) ठेगानाः जि.पर्सा, सुवर्णपुर गा.वि.स.वडा नं.०५ हालः का.जि.हांडिगाँउ४. नामः नारायण प्रसाद घिमिरे (३८ वर्ष) ठेगानाः जि.सर्लाही, वरहथवा न.पा.वडा नं.०९ हालः का.जि.चावहिलअनुसन्धानबाट खुल्न आएका कुराहरुः- •रवि भन्ने भारतिय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको । •सन्तोष चन्द्र बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६०कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको । •सन्तोष चन्द्र बख्रेलले बजारमा विक्रि वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसंग मिलेर काम गर्दै आएको •नारायण प्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनि ग्राहकलाई विश्वास दिलाई विक्रि गर्दै आएको ।•उक्त राजश्व छलिका मदिराहरू विशेषतः पाटी प्यालेसमा विक्रि वितरण गर्ने गरेको ।•बरामद मदिराको अन्दाजी बजार मुल्य रू. १,५०,००,०००।– (एक करोड पचास लाख) रहेको ।•बरामद गरेका सामानहरुः- जम्माः- २९६ कार्टुन

“ बैंकिङ कसुर मुद्दाको फरार ब्यक्ति पक्राउ ”
२०७८-१०-१४

श्री सम्मानित उच्च अदालत पाटनको मिति २०७७।१०।०६ गतेको फैसलाले बैंकिङ् कसुर मुद्धामा ७ दिन कैद र रु २७,००,००० (सताइस लाख) जरिवाना, श्री सम्मानित जिल्ला अदालत काठमाण्डौको मिति २०६०।०९।१० गतेको फैसलाले बैदेशिक रोजगार मुद्धामा ३ बर्ष कैद र दुई लाख पचास हजार  (२,५०,००० ।-)जरिवाना, बैकिङ् कसुर मुद्धामा १ बर्ष कैद सजाय र एक लाख उन्नसाठी हजार ( रु १,६९,००० ।-) जरिवाना र बैंकिङ् कसुर मुद्धामा १ बर्ष कैद सजाय र रु ३०,००० (तिस हजार) जरिवाना भएका जिल्ला बाजुरा बुढीनन्दा न.पा.१ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.७ बस्ने बर्ष ४४ को बिष्णु बहादुर कार्कीलाई यस महाशाखा बाट खटिएको बिशेष प्रहरी टोलिले मिति २०७८।१०।१३ गते का.जि.बुढानिलकण्ठ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत काठमाण्डौ पठाईएको ।                   साथै निज प्रतिबादीले बिभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाईदिन्छु, डिमाण्ड ड्राफ्ट (DD) बनाई दिन्छु लगायतका बहानामा ठगी समेत गरेको देखिएकाले अनुसन्धान कार्य भईरहेको तथा अन्य कोही निज बाट ठगिएको भए यस कार्यालयमा सम्पर्क राख्न हुन यसै बिज्ञप्ति मार्फत सुचित गरिन्छ ।पक्राउ पर्ने ब्यक्तिः-नामः- बिष्णु बहादुर कार्की        उमेरः- ४४ वर्षठेगानाः- जिल्ला बाजुरा बुढीनन्दा न.पा.१ हालः- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.७

"Crypto Currency Trade गर्ने व्यक्तिहरु पक्राउ"
२०७८-१०-०७

राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना महाशाखामा प्राप्त भई निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिशेष टोली परिचालन गरिएकोमा मिति २०७८/१०/०६ गते दिउसो काठमाण्डौको मिनभवनबाट तपसिलमा उल्लेखित ठेगाना भएका राजन भट्टराई बिशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठलाई पक्राउ गरी ल्याइएकोमा निजहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।खुल्न आएका कुराहरुः-पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,०० ।- कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको ।साथै नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन यसै बिज्ञप्ती मार्फत सबैमा जानकारी गराईन्छ ।पक्राउ ब्यक्तिहरुः-१. नाम:- राजन भट्टराई उमेरः- २१ बर्ष ठेगानाः- जिल्ला पर्बत फलेबास न.पा.वडा नं.११ कर्नास । हालः- जिल्ला कास्की पोखरा बस्ने२. नामः- बिशाल श्रेष्ठ उमेरः- २५ बर्ष ठेगानाः- जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं.४ ईटहरी बस्ने ३. नामः-दिपेनराज श्रेष्ठ उमेरः- २७ बर्ष ठेगानाः- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.११ थापाथली बस्ने । मिति २०७८/१०/०७ गते ।

"अप्रेसन हनी”
२०७८-१०-०७

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति २०७८।१०।०६ गते यस महाशाखाको बिशेष टोलीले जिल्ला काठमान्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि मिति २०७८।१०।०७ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्तिहरु:-१.नामथर :- नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ ।उमेर:- ३८ बर्ष ठेगाना :- जि. सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. वडा नं. ६ हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा ।अनुसन्धानबाट खुल्न आएका कुराहरुः-•निज नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको ।•निजले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको । •निजले गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको ।•निजले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गर्दै आएको बुझिएको ।•निजले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको ।•निजले गुणस्तरहिन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको ।•उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलि आएको ।बरामद गरेका सामानहरुः-१.गुणस्तरहिन तयारी मह ६०० के.जी. २.कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. । ३.ग्लुकोज ५०० के.जी. ४.चिनी १०० के.जी. ५.Weight मेसिन थान-१ ६.लेभल मेसिन थान-१ ७.सिल मेसिन थान-१ ८.पेट्राइज मेसिन थान-१ ९.स्टोरेज मेसिन थान-१ १०.स्पर्स हनीका लेभलहरु ( स्टिकर )११.पेट जार अ. १००० पिस पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई यस महानगरीय अपराध महाशाखा हार्दिक अपिल गर्दछ ।

" अनलाईन मार्फत जुवा खेलाउने ब्यक्तिहरु पक्राउ "
२०७८-१०-०६

घटना विवरण : मिति २०७८।१०।०५ गते जिल्ला काठमान्डौ कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा यस  महानगरीय अपराध महाशखा बाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला काठमान्डौ कीर्तिपुर न.पा वडा नं -६ चोभार, वडा नं -९ नगाँउ र वडा नं-१० बागभैरब स्थित बिभिन्न घरहरु खानतलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने ल्यापटप,मोबाईल लगायतका बिधुतीय उपकरणहरु सहित १२ जना मानिसहरुलाई  पक्राउ गरी आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर, काठ्माण्डौ पठाईएको। अनुसन्धानबाट खुलेका बिवरणपक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउन सम्पुर्ण परिपञ्च मिलाई ३ बटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेको देखिएको। त्यसरी खटिएका कर्मचारीहरुले Facebook id मार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई Juwa, Fire kiring, River sweeps, River monster, Vegas-X, लगायतका अनलाईन जुवा खेल्न link शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेको देखिएको। जुवा खेलाउने ब्यक्तिहरुलाई सोधपुछ गर्दा निजहरुले करिब १० महिना अगाडी देखी महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएको। पक्राउ परेको व्यक्तिहरु :-१.     जि.काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ६ चोभार बस्ने बर्ष ३३ को सुजेन्द्र थापा ।२.     ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष २७ कि कबिता थापा ।३.     ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष ३० को रबिन खड्का ।४.     ऐ. ऐ. वडा नं. १० किर्तिपुर बस्ने बर्ष ४५ को बुद्ध महर्जन ।५.     ऐ. ऐ.वडा नं.८ पाँगा बस्ने बर्ष २० कि रोजा महर्जन ।६. ऐ. ऐ. वडा नं. ९ नगाँउ बस्ने बर्ष ३५ को प्रदिपमान सिंह बस्नेत । बरामद सामान तथा पक्राउ ब्यक्तिको बिवरण तथा  फोटो१  बिभिन्न कम्पनीका मोबाईल थान-१७२ बिभिन्न कम्पनीका ल्याप्टप थान-१४३ कम्प्युटरको CPU थान- २४ Computer Monitor थान-२५ राउटर थान-३६ Gaming बिवरण लेखोएका रजिस्टरहरु थान- ७ White board थान-२ 

“पुरातात्विक महत्वका सामग्रिहरू चोरी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ ”
२०७८-१०-०६

घटना विवरण:- उपरोक्त सम्बन्धमा सम्बत् २०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सुचिकरण(Inventory) गरिएको बाघको टाउकोको नम्बर २६, केशर समसेरको पोसाक लुगा सेट मध्येको तरवार थान २(नम्बर ३४ र ३५) समेत चोरी भएको घटना अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटी गएको टोलीले २०७८/१०/०५ गते अं. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा रातो कलेजी रङको दाप भएको लम्बाई ९३ से.मी. र चौडाई ३ से.मी. भएको सेतो कालो रङको धातुको बिड भएको तरवार थान १, लम्बाई ९८ से.मी. र चौडाई ४ से.मी. भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार थान १ र टुप्पोदेखी गर्धन सम्मको लम्बाई ३८से.मी. भएको गोलाई ६७ से.मी. भएको तौल गर्दा ३ के.जि. तौल भएको बाघको जस्तो टाउको देखिने वस्तु थान १ फेला पारी बरामद गरी अनुसन्धान गर्दा उक्त चोरी कार्यमा गणेश श्रीपाली भन्ने गणेश बिश्वकर्मा, दिपेन्द्र भन्ने देबेन्द्र के.सी., सुमन शर्मा र बिर बहादुर सुनार समेतको संलग्नता रहेको खुल्न आएकाले खोजतलास गर्दै जाँदा ऐ. दिउँसो अं. १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ केशरमहलमा पुग्दा सुमन शर्मा र बिर बहादुर सुनारलाई फेला पारी पक्राउ गरी थप अनुसन्धान र कानुनी प्रकृयाको लागी महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, काठमाण्डौ पठाईएको ।अनुसन्धानको क्रममा सुमन शर्मासँग सोधपुछ गर्दा ८/१० दिन अगाडी गणेश श्रीपालीले मेरो सामान र स्कुटर केशरमहलमा राखेको छु, लिएर आउनु भनी पठाएकाले म केशरमहलमा गई बा ४२ प २६९४ नं. को स्कुटर र उक्त स्कुटरमा राखेको सामानहरू लिएर आउने क्रममा केशरमहलको गार्डले के सामान लिएर आएको भनी सोधेकोले मैले सो स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा लगी राखी फरार भएको हुँ भनी बताएको । पक्राउ मानिसहरु:-१) नाम:–  सुमन शर्मा      उमेर :–  १८ बर्ष     ठेगाना:–  जिल्ला दाङ तुल्सिपुर उ.प.म.न.पा. वडा नं. ०३     हालको ठेगाना:- का.जि. बसुन्धरा  २) नाम:–  बिर बहादुर सुनार      उमेर :– ३६ बर्ष    ठेगाना:– जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. ११    हालको ठेगाना:- का.जि. केशरमहल बरामद सामानहरु:-१. रातो कलेजी रङको दाप भएको लम्बाई ९३ से.मी. र चौडाई ३ से.मी. भएको सेतो कालो रङको धातुको बिड भएको तरवार थान १२. लम्बाई ९८ से.मी. र चौडाई ४ से.मी. भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार थान १३. टुप्पोदेखी गर्धन सम्मको लम्बाई ३८से.मी. भएको गोलाई ६७ से.मी. भएको तौल गर्दा अन्दाजी ३ के.जि. तौल भएको बाघको जस्तो टाउको देखिने वस्तु थान १४. मोबाईल थान २५. Gold Star कम्पनीको जुत्ता १ जोर६. बा ४२ प २६९४ नम्बरको Honda Dio स्कुटर थान १

“Khalti Apps को नक्कली कर्मचारी बनी अनलाईन ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ”
२०७८-१०-०२

पिडितहरुलाई मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफू Khalti Apps को कर्मचारी हुँ भनी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा OTP Code आउछ, उक्त OTP Code अरु कसैलाई नदिई टिपाउनु भनी पिडितहरुलाई बिश्वासमा पारी OTP Code लिई पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम बिभिन्न ब्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी IME तथा City Express Money Transfer बाट रकम निकाली लिई अनलाईन ठगी गर्ने कार्यमा संलग्न जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २ बस्ने बर्ष १८ को निरञ्जन कुमार गुप्ता, ऐ.ऐ. वतन भएका करण यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्सा संग समन्वय गरी निजहरुलाई मिति २०७८।००९।३० गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।१०।०२ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको । पक्राउ ब्यक्तिहरुः-१.नामथरः- निरञ्जन कुमार गुप्ताउमेरः १८ बर्ष ठेगानाः जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २ २. नामथरः- करण यादवउमेरः १८ बर्षठेगानाः जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. २ 

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७८-०९-२९

सुष्मा लिम्बुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला खोटाङ, फेदी गा.वि.स.वडा नं.०३ परिवर्तित कपिलासगढी गा.पा.वडा नं.०९ स्थायी वतन भई हाल का.जि.जोरपाटी बस्ने वर्ष ३२ को प्रकाश राई (विगो रू. ४०,०००००।- (चालिस लाख) भएको बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत, पाटन ललितपुरबाट मिति २०७८।०७।१० गते पक्राउ पुर्जी जारी भई फरार रहेका निज प्रतिवादिलाई यस अपराध महाशाखाको टोलीले का.जि.जोरपाटीमा लुकिछिपी बसिरहेको अवस्थामा मिति २०७८।०९।२९ गते पक्राउ गरी थप अनुसन्धानको लागि म.न.प्र.परिसर, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्ति:नाम :- प्रकाश राईउमेर :- ३२ बर्ष ठेगाना :- जिल्ला खोटाङ, फेदी गा.वि.स.वडा नं.०३ परिवर्तित कपिलासगढी गा.पा.वडा नं.०९ हाल :-  का.जि.जोरपाटी

“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-०९-२७

बैंकिङ कसुर मुद्धामा श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७५।१०।२९ गतेको फैसलाले रू. १०,००,०००।– (दश लाख रूपैँया) जरिवाना र ५ (पाँच) दिन कैद तोकिई फरार रहेका जिल्ला लम्जुङ मर्स्याङदी गाउँपालीका वडा नं,३५ घर भई हाल का.जि.का.म.न.पा वडा नं,३ बाँसबारी बस्ने बर्ष ५२ को प्रेम बहादुर गुरुङलाइ यस अपराध महाशाखाको टोलीले मिति २०७८।०९।२७ गते का.जि. चक्रपथबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत, काठमाण्डौंमा उपस्थित गराईएको  ।नाम:- प्रेम बहादुर गुरुङ                                                            उमेर :-५२ बर्ष         ठेगाना:- जिल्ला लम्जुङ मर्स्याङदी गाउँपालीका वडा नं,३५ घर भई हाल          का.जि.का.म.न.पा वडा नं,३ बाँसबारीमिति २०७८/०९/२७ गते ।

“धम्की दिई रू.२० लाख माग गर्ने व्यक्ति पक्राउ”
२०७८-०९-२५

विभिन्न मोवाईल नम्बरहरूबाट फोन तथा म्यासेज गरी रु. २० लाख माग्नुका साथै नदिएमा ज्यान समेत लिने धम्की दिने कार्यमा संलग्न जिल्ला बारा, निजगढ न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ, चन्द्रागिरी न.पा. वडा नं.०९ मच्छेगाँउ बस्ने बर्ष २६ को संजिब भन्ने पदम काफ्लेलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।०९।२१ गते का.जि.कलंकीबाट पक्राउ गरि आवश्यक अनुसन्धान पश्चात: आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसुरमा थप अनुसन्धानको लागि मिति २०७८।०९।२२ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएकोमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप भएको ।पक्राउ व्यक्ति :नाम : पदम काफ्ले (संजिब) उमेर : २६ वर्षठेगाना : जिल्ला बारा, निजगढ न.पा. वडा नं. ११हाल : का.जि.चन्द्रागिरी न.पा. वडा नं.०९मितिः २०७८।०९।२२ गते ।

“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०७८-०९-२५

जिल्ला बाग्लुङ गल्कोट न.पा. वडा नं. ६ घर भई का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित Uniworld International Tours & Travels Pvt. Ltd. सञ्चालन गरी का.जि. मैतिदेवी बस्ने वर्ष २८ को अमृत सोती मगर समेतले वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति रु. १४,००,००० ।- (अक्षरुपी चौध लाख) लाग्छ पोर्चुगलमा पुगे पश्चात राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा बढी कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को लक्ष्मण थापा समेत ४ जना बाट प्रतिव्यक्ति दश लाखका दरले रु. ४०,००,०००/- (अक्षरुपी चालिस लाख रुपैयाँ ) रकम लिई ठगी गरेकोले मिति २०७८।०९।२० गते निजहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको । निम्न: १. नाम थर : अमृत सोती मगर उमेर : २८ वर्ष वतन : जिल्ला बाग्लुङ गल्कोट न.पा. वडा नं. ६ हाल का.जि. मैतीदेवी सञ्चालक: Uniworld International Tours & Travels Pvt. Ltd.२. नाम थर : समिर कार्की उमेर : २४ वर्ष वतन : जिल्ला सर्लाही बागमती न.पा. वडा नं. १ घर भई हाल जि. ल.पु ल.पु. म.न.पा. वडा नं. २९ हरिसिद्धी व्यवस्थापक: Uniworld International Tours & Travels Pvt. Ltd. मितिः २०७८।०९।२१ गते ।

“बिभिन्न ब्यक्तिहरुको Facebook Hack गरी रकम मागी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ”
२०७८-०९-२५

सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा भएका साथीहरुसंग नक्कली ब्यक्ती बनि बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० मंगलबारे घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई मिति २०७८/०९/१९ गते अं.१७:३० बजेको समयमा फेला पारी पक्राउ गरी आज मिति २०७८।०९।२० गते ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको । पक्राउ ब्यक्तिनामथरः किरण पाठक ठेगानाः जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० मंगलबारे घर भईहाल : जिल्ला भक्तपुर, गठ्ठाघर मितिः २०७८।०९।२० गते ।

“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-०९-२५

बैंकिङ कसुर मुद्धामा श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।०५।१८ गतेको फैसलाले रू. ३२,२४,६१५।– (बतिस लाख चौबिस हजार छ सय पन्ध्र रूपैँया) जरिवाना र ११ (एघार) दिन कैद तोकिई फरार रहेका जिल्ला अर्घाखाँची साबिक खनदह गा.बि.स वडा नं. १ परिवर्तित मालारानी गाउँपालीका वडा नं. ३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३१ ,नयाँ बानेश्वर बस्ने वर्ष ३८ को कृष्णहरी खनाललाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।०९।२० गते का.जि. बुद्धनगरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत, काठमाण्डौंमा उपस्थित गराईएको ।पक्राउ व्यक्ति:नाम:- कृष्णहरी खनाल उमेर :-३८ बर्षठेगाना:- जिल्ला अर्घाखाँची मालारानी गाउँपालीका वडा नं. ३ भईहाल का.जि.का.म.न.पा.वडा नं. ३१, नयाँ बानेश्वरमिति २०७८/०९/२० गते ।

अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित मानिसहरु पक्राउ
२०७८-०९-२५

काठमाण्डौको बसुन्धारा एरियामा केहि व्यक्तिहरुले अवैध रुपमा अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखामा खटिएको विशेष टोलीले निगरानी राखी खोजतलास गर्ने क्रममा मिति २०७८।०९।१३ गते दिउँसो काठमाण्डौको बसुन्धरा स्थित द मयुर क्याफेबाट ४ (चार) जना व्यक्तिलाई अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला रु. ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको । पक्राउ व्यक्तिहरु:-१. जिल्ला धादिङ गंगाजमुना गा.पा. ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९ को निर बहादुर घले ।२. जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गा.पा वडा नं. १३ घर भई हाल काठमाण्डौ कलंकी बस्ने बर्ष २५ को सुरेश गिरी ।३. जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष ३१ को कृष्ण बहादुर तामाङ ।४. जिल्ला ओखलढुंगा मानेभञ्ज्याङ गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष २९ को मोहनकर्ण कार्की । बरामद भएका सामानहरुः-१. दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान-४२. निज व्यक्तिहरुले प्रयोग गर्ने गरेको मोबाइल थान- ४ मिति २०७८/०९/१४ गते ।

“रातको समयमा ट्याक्सी प्रयोग गरी चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०७८-०९-२५

उपरोक्त सम्बन्धमा मिति २०७८/०८/११ गते राती अन्दाजी १२:३० बजेदेखी ०२:०० बजेको समयमा का.जि. चन्द्रागिरी न.पा. वडा नं. ०३ थानकोट स्थित बिशाल प्लाष्टोक्याव ई. प्रा.लि. को थानकोट स्थित कारखानाबाट अपरिचित व्यक्तिहरु प्रबेश गरि पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको CAL SLEEVE(साइजर) ६ थान र तामाको पावर केबल तार समेत जम्मा मुल्य रु. १८,७६,४००।- बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा यस अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले मिति २०७८/०९/१२ गते साँझ अन्दाजी १८:०० बजे का.जि. का.म.न.पा. वडा नं. १० बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र निजहरुले चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक सत्रुघन प्रसाद जैसवाललाई ऐ. मितिको अन्दाजी १८:३० बजे का.जि.का.म.न.पा. वडा नं. १२, टेकुबाट निजहरुले चोरी गरी लगेको सामानहरु सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको । साथै प्रारम्भिक अनुसन्धानबाट निजहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समुह बनाई बिभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको,सो सम्बन्धमा समेत थप अनुसन्धान कार्य जारी रहेको ।पक्राउ व्यक्तिहरु:-१) नाम:– रोशन उप्रेती उमेर :– ३१ बर्ष ठेगाना:– जिल्ला सिन्धुपाल्चोक लिसंखू गा.पा. वडा नं. ८ हालको ठेगाना:- का.जि. टोखा २) नाम:- राम पुनित महतो उमेर :- ३३ बर्ष ठेगाना :- जिल्ला सर्लाही बरहथवा न.पा. वडा नं. ०७ हालको ठेगाना :- का.जि. टोखा ३) नाम:- राम बाघदास उमेर :- ३६ बर्ष ठेगाना :- जिल्ला नुवाकोट लिखु गा.पा. वडा नं. ०८ हालको ठेगाना :- का.जि. गंगबु४) नाम:- राजु गुप्ता भन्ने राम बिश्वास महतो उमेर :- ३२ बर्ष ठेगाना :- जिल्ला सर्लाही बरहथवा न.पा. वडा नं. ०७ हालको ठेगाना :- का.जि. टोखा५) नाम:- अशोक कुमार महतो उमेर :- २६ बर्ष ठेगाना :- जिल्ला सर्लाही बरहथवा न.पा. वडा नं. ०७ हालको ठेगाना :- का.जि. टोखा६) नाम:- सत्रुधन प्रसाद जैसवाल उमेर :- ५३ बर्ष ठेगाना :- भारत मोतिहारी जिल्ला सुगौली थाना छाप्राबास हालको ठेगाना :- का.जि. टेकु बरामद सामानहरु:- १. तामा पित्तल जस्तो देखिने तारका क्वाइलहरु ९.५ के.जि मितिः २०७८।०९।१४ गते ।

“सामाजिक संजाल Facebook Page माफर्त अनलाईन ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०७८-०९-२५

बिभिन्न ब्यक्तिहरुको नागरीकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई अनलाईन मार्फत DSLR Camera को खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेर खरिद गर्न चाहाने ग्राहकबर्गहरुको लागी सम्पर्क नम्बर ९७४५५४१४५६ समेत दिई Canon 80 मोडेलको क्यामरा को मूल्य रु. ७८,०००।– पर्छ ५०% रकम पहिला पठाउनु भनी ग्राहकबर्गहरुले सामान डेलिभरी गर्नु पुर्व केही रकम IME pay app, E-sewa मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्क बिहिन भई ठगी गर्ने कार्यमा संलग्न जिल्ला बर्दिया बारबर्दिया न.पा. वडा नं. १० बस्ने बर्ष २३ को रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसंग समन्वय गरी मिति २०७८।०९।१२ गते बाँकेको कोहलपुरबाट पक्राउ गरी यस महाशाखामा ल्याई निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि आज मिति २०७८।०९।१३ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको । पक्राउ ब्यक्ति१. नामथरः रमेश थारु ठेगाना : जिल्ला बर्दिया बारबर्दिया न.पा. वडा नं. १० उमेर : २३ बर्ष मितिः २०७८।०९।१३ गते ।

‘फिनल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ती पक्राउ’
२०७८-०९-२५

वैदेशिक रोजगारको लागि युरोपको फिनल्याण्ड जाने सोच वनाई रहेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमा बिनोद तामाङको नामको प्रोफाईलमा फिनल्याण्डमा वैदेशिक रोजगारीको अवसर भनि निजको Gmail- binodsalesdepartment@gmail.com समेत पोष्ट गरेकोले उक्त Gmailमा सेक्युरिटी गार्डको लागि मेरो कागजातहरूको फोटो पठाएकोमा विनोद तामाङले Whatsapp no 003584573962612 बाट फोन गरी कुराकनी गर्दा निजले HR मेनेजर हुँ भन्दै, तपाईको कागजातहरू पाएँ, फिनल्याण्डको koti sercice apartments मा सेक्युरिटी गार्डमा आउनको लागि तयारी हुनुहोस भनि निजको Gmail- prabinkotihelsinki@gmail.com बाट मेरो Gmail मा ईम्पोल्मेन्ट, जब कन्फर्मेसन लेटर लगायतका कागजातहरू पठाई विश्वास दिलाई फिनल्याण्ड जान भिषा प्रोसेसिङको लागि रू.१,५०,०००।- अमित थामीको नामको सिभिल बैकको खाता नं. ०६३१०२६४६६४०१३ मा डिपोजिट गराउनु भनि हवाई कागजातहरू पठाई विश्वास दिलाई फिनल्याण्ड जान भिषा टिकट, होटल बुकिङको कागज लगायत हवाई टिकट समेत पठाई पटक पटक गरी बैक खातामा रू २१,००,०००।- (रु एक्काइस लाख ) जम्मा गर्न लगाई निज अमित थामीले पैसा लिए पश्चात मोबाईल अफ गरी सम्पर्कविहिन भएको र ठगीमा परेको आशंका लागि कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको भन्ने जानकारी पाएकोले निजले ठगी गरेकोले निजलाई खोजतलास गरि पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाऊँ भन्ने समेत व्यहोरा उल्लेख गरी शम्भु घले समेत ५ जनाको यस महाशाखामा निवेदन दिएको हुदा , सोही निवेदनका आधारमा निज अमित थामी लाई खोजतलासको क्रममा यस महाशाखाबाट खटिएको टोलीले मिति २०७८/०९/०९ गते अं.१४;३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.७ गौरीघाट स्थित फेला पारी पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाण्डौ परिसर पठाईएको ।निम्न-१. जिल्ला ईलाम माईजोकमाई गाउपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ७ चावहिल     बस्ने कर्ण बहादुर थामीको छोरा बर्ष २९ को अमित थामी । मिति २०७८/०९/११ गते ।

" गैँडाको खाग सहित मानिस पक्राउ "
२०७८-०९-२५

संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट खटिएको बिषेश प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई का.जि.का.म.न.पा बौद्द बाट संरक्षित बन्यजन्तु गैँडाको खाग जस्तो देखिने बस्तु (तौल-१ किलो १० ग्राम ) सहित मिति २०७८।०९।०२ गते १५:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७८।०९।०५ गते जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ पठाईएको ।पक्राउ परेको व्यक्तिहरु :-१.जिल्ला काभ्रे बेदान गा.पा.वडा नं.४ घर भई बस्ने बर्ष ४१ को बिरमान तमाङ् ।२.जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.६ घर भई बस्ने बर्ष ४२ को बेद बहादुर दनुवार ।३.जिल्ला सिन्धुली घर भई हाल का.जि.बौद्द बस्ने बर्ष ४१ को भिम बहुर थिङ ।४.जिल्ला काभ्रे पाँचखाल घर भई बस्ने बर्ष २० को नवराज गिरी ।५.जिल्ला काभ्रे खानिखोला गा.पा.वडा नं.५ घर भई हाल जिल्ला भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने बर्ष ३२ को भिम तमाङ ।६.जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.३ घर भई ऐ ऐ वडा नं.४ बस्ने बर्ष ३१ को सोहन कार्की ।मिति २०७८/०९/०५ गते ।

“करोडमा कारोबार गर्ने भनी ल्याइएको जिउँदो सालक सहित मानिस पक्राउ ”
२०७८-०९-२५

जिल्ला काठमाण्डौ मरुछासपाखा एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ जिउँदो सालक अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७८/०९/०१ गते जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ३२ मरुछासपाखा स्थित उद्धव थामीको डेराकोठाबाट ३ के.जि. तौल भएको खैरो रङको प्रतिबन्धित दुर्लभ जिउँदो सालक अं. १,१०००,०००।-(एक करोड दश लाख) मा बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएको निम्न व्यक्तिलाई प्रतिबन्धित सालक सहित महानगरीय अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहीको लागी मिति २०७८/०९/०२ गते जिल्ला बन कार्यालय, हात्तिसार, काठमाण्डौ पठाईएको ।पक्राउ मानिसहरु:-१) नाम:– उद्धव थामी उमेर :– २६ बर्ष ठेगाना:– जिल्ला दोलखा कालिञ्चोक गा.पा. वडा नं. ०६ लिफ्टुङ हालको ठेगाना:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न ३२ मरुछासपाखाबरामद सामानहरु:-१. खैरो रङको जिउँदो सालक थान १।- मितिः २०७८।०९।०२ गते ।

“ जागिर लगाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ ”
२०७८-०९-२५

जिल्ला सर्लाही ब्रम्हपुरी गा.पा. वडा नं २ घर भई हाल जिल्ला काठमाण्डौ म.न.पा वडा नं ११ बबरमहल बस्ने संजिब कुमार साहले जि. भक्तपुर भ.पु.न.पा वडा नं ४ घर भएको उत्सव सुजखुलाई आफु अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ, तपाई जागिरको खोजीमा हुनुहुदो रहेछ तपाईलाई मैले एभरेष्ट बैकको उपत्यकाको कुनै स्थानमा म्यानेजमेन्ट ट्रेनीमा जागिर लगाई दिन्छु, त्यसको लागी रु २,००,०००।- (दुई लाख) लाग्छ भनी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई निजले रु २,००,०००।- (दुई लाख) ठगि लिन खान लागेको भनी यस महाशाखामा दिएको जाहेरी दरखास्त अनुसार निज संजिब कुमार साहलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।२७ गते १४ :३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ माईतीघरबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरको उद्योग गर्ने कसुरमा मिति २०७८।०८।२८ गते आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको । पक्राउ परेका व्यक्ति:- १.नाम :- संजिब कुमार साह उमेर :- ३८ वर्ष वतन :- जिल्ला सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नं.२ घर भई हाल जिल्ला काठमाण्डौ बवरमहल बस्ने राधाकृष्ण साहको छोरा बर्ष ३८ को संजिव कुमार साह ।मितिः २०७८।०८।२८ गते ।

" गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोह पक्राउ "
२०७८-०९-२५

घटना विवरण : काठमाण्डौको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई तपसिलमा उल्लेखित ठेगाना भएका मिलन जोशी,रबिन्द्र बस्नेत समेतले हामीहरु यस एरियाका दादा हौं भन्दै हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति रु २५,०००।-(पच्चीस हजार मात्र) का दरले कमिसशन दिनु पर्छ,नत्र मेनपावर चलाउन दिदेनौ भनि हाल सम्म ९०,२५,०००।-(नब्बे लाख पच्चीस हजार मात्र) रकम लिएको प्रमाण समेत पेश हुन आएको र हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा निजहरुले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएकोमा मिति २०७८।०८।१६ गते निजहरु मेनपावर कम्पनिमा आई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गरेकोमा सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेको भन्ने सूचनाको आधारमा उक्त कार्यमा संलग्न मिलन जोशी र रविन्द्र बस्नेतलाई मिति २०७८/०८/१९ गते अ. १५:०० बजेको समयमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले जिल्ला काठमाण्डौ स्थित मित्रपार्कबाट निम्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि “आपराधिक लाभ लिएको कसुर”(extortion) मुद्दामा महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको। साथै निजहरुले अन्य मेनपावर व्यसायीहरुसँग समेत रकम असुल गरेको भन्ने सुचनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको। पक्राउ परेको व्यक्तिको विवरण:-१. नामः-मिलन जोशी उमेर :- ४० बर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौ का.म.न.पा -०७ गगाँहिटि हालः- का.जि. सुकेधारा२. नाम- रबिन्द्र बस्नेत, स्थायी वतनः- जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं. ५ माटी उमेरः३५ वर्ष हाल :-जिल्ला काठमान्डौ का.म.न.पा- ४,बालुवाटार मितिः २०७८।०८।२० गते ।

“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”(2078/08/17)
२०७८-०८-१७

घटना विवरणःपिडितको NIC Asia बैंकको खाता नम्बर E187573609524001 बाट मिति २०७८।०७।०७ गते दिउसो एक्कासी रु. ५०,२००।- रकम अनेत्र ट्रान्सफर भएकोले उक्त रकम ट्रान्सफर गरी ठगी गर्ने ब्यक्तिलाई कारवाही गरी पाउँ भन्ने समेत ब्यहोराको जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा पीडितको NIC Asia बैंकको खाता नम्बर E187573609524001 बाट आफ्नो Wallet ID 9812176361 हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खाता नम्बर 1070100000117045 मा रु. ५०,२००।- रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.६ घर भई हाल जिल्ला धनुषा जनकपुर मछलीबजार बस्ने बर्ष १९ को शेष फैसललाई मिति २०७८।०८।१६ गते एयरपोर्टबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।०८।१७ गते महानगरीय प्रहरी बृत्त नयाँबानेश्वर, काठमाण्डौंमा पठाईएको ।    पक्राउ ब्यक्ति१. नामथर : शेष फैसल    उमेर : १९ बर्ष    ठेगानाः जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं. ६ घर भई हाल जिल्ला धनुषा जनकपुर मछलीबजार   मिति :- २०७८।०८।१७ गते ।

“करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ”(2078/08/16)
२०७८-०८-१६

पिडितले प्रयोग गर्ने सामाजिक सञ्जाल Facebook मा आफूलाई Dr.Benjamin Franklin भनेर चिनाउने विदेशी नागरीकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र १ हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफुसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दु:ख पिडाको कुरा गरी रकम पठाई सहयोग गर्नु प-यो, म बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई राजेन्द्र भण्डारी र रोजन भुजेल समेतको बैक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा राजेन्द्र भण्डारीको नामको गरिमा बिकाश बैकको खातामा रु ७८,००,०००।- र रोशन भुजेलको नामको नबिल बैकको खातामा रु ९,५०,०००।- समेत गरी जम्मा रु १,२२,००,०००।- रकम पिडितलाई पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरु मध्येका रोजन भुजेललाई मिति २०७८।०८।१५ गते का.जि.कालिमाटी तथा राजेन्द्र भण्डारीलाई मिति २०७८।०८।१६ गते १३:३० बजे काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ९ एयरपोर्टमा फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।पक्राउ व्यक्तिहरू:१. नाम:- राजेन्द्र भण्डारी    उमेर :- ४४ बर्ष    ठेगाना:- जिल्ला कास्की, पोखरा  उ.म.न.पा.वडा नं.१०                                                                                                             २. नाम:- रोजन भुजेल    उमेर :- २८ बर्ष    ठेगाना:- का.जि.का.न.पा.वडा नं.१३ ताहाचल     मितिः २०७८।०८।१६ गते ।

“युरेनियम भनि अबैध कारोबार गर्ने मानिसहरु पक्राउ ”(2078/08/16)
२०७८-०८-१६

मिति २०७८/०८/१५ गते बेलुका अ १७:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१६ बालाजु बसन्तनगर स्थित गेष्ट हाउसमा हेर्दा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट उल्लेखित सामान सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाण्डौ पठाईएको । अनुसन्धानबाट खुल्न आएका कुराहरु १. प्रति के.जी. २ करोडको दरले किनबेच हुन लागेको पक्राउ परेका ब्यक्तिहरु १.जिल्ला नुवाकोट बिदुर न.पा.६ घर भई हाल का.जि.मनमैजु बस्ने लक्ष्मण घिमिरेको छोरा बर्ष ३१ को प्रदिप घिमिरे । २.जिल्ला नुवाकोट बिदुर न.पा.२ घर भई हाल का.जि.मनमैजु बस्ने बर्ष ३१ को राजेन्द्र परियार । ३.जिल्ला काठमाण्डौ तारकेश्वर न.पा.फुटुङ् बस्ने बर्ष ३६ को रंजित कार्की । बरामद भएको सामानको बिवरण युरेनियम जस्तो देखिने टल्किने पद्वार्थ १२००।-(बाह्र सय ) ग्राम ।

“रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने मानिसहरु पक्राउ” (2078/08/16)
२०७८-०८-१६

मिति २०७८/०८/१५ गते जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटेको बिशेष प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको ।अनुसन्धानबाट खुल्न आएका कुराहरु१. भारतबाट नेपालगंज हुदै नेपाल भित्र्याई चिनतर्फ तस्करी हुने गरेको कुरा खुल्न आएको । पक्राउ परेका ब्यक्तिहरु१.जिल्ला रामेछाप उमाकुण्ड गा.पा.४ घर भई हाल का.जि.बालाजु बस्ने बर्ष २७ को राम बहादुर खत्री ।२.जिल्ला कास्की लेखनाथ महानगरपालिका वडा नं.१० घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० को गंगा बहादुर पुन।बरामद भएको सामानको बिवरणरक्तचन्दनको सुगन्धित तेल ४४ लिटर ।

“दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना व्यक्तिहरु पक्राउ ”(2078/08/15)
२०७८-०८-१५

जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न ९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७८/०८/१४ गते जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगपालिका वडा न.९ एयरपोर्ट नजिक एयरपोर्ट सेकुवा कर्नरबाट अं. २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको प्रतिबन्धित चितुवाको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहीको लागी मिति २०७७/०८/१५ गते जिल्ला बन कार्यालय काठमाण्डौ पठाईएको ।पक्राउ मानिसहरु:-१) नाम:– बिशाल तामाङ  उमेर :– २८ बर्ष ठेगाना:– जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा न २  हालको ठेगाना:- जिल्ला काठमाण्डौ गोकर्णश्वर न.पा.वडा न ३ २) नाम:– विनोद तामाङ  उमेर :– ३२ बर्ष ठेगाना:– जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा न २  हालको ठेगाना:- जिल्ला काठमाण्डौ गोकर्णश्वर न.पा.वडा न ३३) नाम:– कामी सिंह स्याङतान  उमेर :– ४२ बर्ष ठेगाना:– जिल्ला चितवन राप्ती न.पा. वडा न १  हाल को ठेगाना :- जिल्ला काठमाण्डौ गोकर्णश्वर न.पा.वडा न ३ बरामद सामानहरु:- १.चितुवाको छाला थान १।- २.बिभिन्न ब्राण्डका मोवाईल थान ३ 

"श्रीमानको हत्यामा संलग्न श्रीमती ७ वर्षपछि पक्राउ"(2078/08/14)
२०७८-०८-१४

मिति २०७१/१२/०९ गते बिहान अं. ०६:०० बजेको समयमा का.जि.का.न.पा.-१०, धोवीखोला स्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा अं.४७/४८ वर्षको पुरूष व्यक्तिको लाश फेला परेको र अनुसन्धानका क्रममा निज मृतक जिल्ला दाङ, तुलसीपुर नगरपालिका-१०,स्थायी घर भई का.जि.का.म.न.पा-१०, थापागाँउ बस्ने द्रोण बहादुर सेन हुन् भन्ने खुल्न आए पश्चात् थप अनुसन्धान गरी निज मृतकलाई ईट्टाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी घटना पश्चात फरार रहेका मुख्य अभियुक्त जिल्ला रामेछाप, गोकुलगंगा गाउँपालिका-४, काफ्लेटोल स्थायी घर भएको वर्ष-५४ को भिमे सार्कीलाई मिति २०७७/११/०५ गते पक्राउ गरि सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा निज जिल्ला अदालतको आदेशले पुर्पक्षको लागी थुनामा रहेको र सोही मुद्दामा फरार रहेकी मृतककी श्रीमती जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.-१० भट्टे स्थायी घर भएकी वर्ष-५० की दिल कुमारी सेनलाई गोप्य सूचनाको आधारमा मिति २०७८/०८/१४ गते महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले का.जि.का.म.पा-१० वानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाईएको । पक्राउ अभियुक्त: नाम : दिल कुमारी सेन उमेर : ५० वर्ष वतन : जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.-१० भट्टे स्थायी घर भई,हाल घोराही उप-महानगरपालिका-१६

“जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाईदिन्छु भनी ठगी गर्ने ब्यक्ती पक्राउ” 2078-08-13
२०७८-०८-१३

घटना विवरण :     जबर्जस्ती करणी उद्योग मुद्दामा मिति २०७८।०३।१८ गते पक्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका चाईनिज नागरिक LIU YUE लाई थुनामुक्त गराई दिन्छौ भनि निज चाईनिज नागरिकको श्रीमती जिल्ला चितवन रत्ननगर  न.पा. वडा नं. ३ टाँडी घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा बस्ने कमला भुषालसँग  जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १० घर भई हाल का.जि बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा शान्तिकोलोनी बस्ने बर्ष २७ की रबिना थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ भनी बिस्वास दिलाई प्रलोभनमा पारी छुटाई दिने भनि रु २० लाख रकम लिई ठगी गरेको भनी निज कमला भुषालले रविना थापा र मञ्जु ओलीका विरुद्ध यस महाशाखामा जाहेरी दरखास्त पेश गरेकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले  मिति २०७८।०८।१२ गते  १७:३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा वडा नं. १५ छाउनीबाट प्रतिवादी रबिना थापालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा मिति २०७८।०८।१३ गते आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको । पक्राउ परेका व्यक्ति:-                                                                                                                            नाम :- रबिना थापा उमेर :-  २७ वर्ष वतन :- जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १० घर भई हाल का.जि बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा  बस्ने ।

"मामाको हत्यामा संलग्न भान्जा पक्राउ" (2078/08/10)
२०७८-०८-१०

मिति २०७८/०८/०८ गते राती अं.२१:०० बजेको समयमा जिल्ला धादिङ थाक्रे गा.पा.वडा नं. ४ धैरेनी स्थायी घर भई का.जि. चन्द्रागिरी न.पा. ५ किसिपिडी बस्ने वर्ष -३९ को राजु पुलामी मगर लाई निज सँग बस्ने निजको भान्जा जि.धादिङ थाक्रे गा.पा.-४ स्थायी घर भएको वर्ष- १९ को मिलन लुङगेनी मगरले कुटपिट गरि फरार भएकोमा निज राजु पुलामी मगरको उपचारको क्रममा मिति २०७८/०८/०९ गते मृत्यु भएको घटनामा संलग्न अभियुक्त मिलन लुङगेनी मगरलाई मिति २०७८/०८/०९ गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जि.धादिङ थाक्रे गा.पा.-४ बाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको । पक्राउ अभियुक्त: नाम : मिलन लुङगेनी मगर उमेर : १८ ठेगाना: जिल्ला धादिङ थाक्रे गा.पा.-४ धैरेनी ।

“रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने मानिसहरु पक्राउ ” (2078/08/10)
२०७८-०८-१०

मिति २०७८/०८/०९ गते जिल्ला काठमाण्डौ का.म.न.पा-८ तिलगंगा स्थित आँखा अस्पताल पछाडिबाट ३३ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटेको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको । पक्राउ परेका ब्यक्तिहरु १. जि. सिन्धुली हरिहरपुर गा.पा-४ घर भई हाल जि. काठमाण्डौ बानियाटार बस्ने बर्ष ५० को हेम कुमार श्रेष्ठ । २. जि.मकवानपुर गढी गा.पा-१ घर भई हाल जि. ललितपुर सानुगाँउ बस्ने नवीन भन्ने बर्ष ३९ को मंगल सिहं लो । ३. जि. काठमाण्डौ टोखा न.पा-४ घर भई बस्ने बर्ष ३७ को ईक्रम श्रेष्ठ । ४. जि.काभ्रे बनेपा न.पा-४ घर भई हाल जि. भक्तपुर दुवाकोट बस्ने बर्ष ३१ को कार्साङ्ग लामा । ५. जि. खोटाङ हलेसी न.पा-६ घर भई हाल जि.काठमाण्डौ महाराजगंज बस्ने बर्ष २३ को घनश्याम आले मगर । ६. जि.काठमाण्डौ का.म.न.पा-८ तिलगंगा घर भई बस्ने बर्ष ५१ को मदन पोडे । ७. जि. खोटाङ हलेसी न.पा-९ घर भई हाल जि.काठमाण्डौ चावहिल बस्ने बर्ष २० को जीवन थापा । ८. जि. तनँहु भानू न.पा-६ घर भई हाल जि.काठमाण्डौ सामाखुसी बस्ने बर्ष २५ को सुदिप थडराई । ९. जि.काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५३ को अनिल चरण श्रेष्ठ । १०. जि.काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५१ को अनुप कुमार श्रेष्ठ । बरामद भएको सामानको बिवरण रक्तचन्दनको सुगन्धित तेल ३३ लिटर। मिति :- २०७८।०८।१० गते ।

“बालिकालाई जबरजस्ती करणी गर्ने ब्यक्ति पक्राउ” (2078/08/09)
२०७८-०८-०९

मिति २०७८/०७/२८ गते जिल्ला काठमाण्डौ का.म.न.पा-३२, कोटेश्वर स्थित गेष्ट हाउसमा जि. कंचनपुर, भिमदत्त न.पा-०७ घर भई हाल जिल्ला ललितपुर लेले बस्ने बर्ष ३६ को गोबिन्द सिंह बिष्टले १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने पीडित परिवारको उजुरीका आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले निज अभियुक्तलाई मिति २०७८/८/०८ गते अ. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौ, कोटेश्वर चोकबाट पक्राउ गरी थप अनुसन्धानका लागि म.न.प्र बृत बानेश्वर, काठमाण्डौमा पठाईएको। । अनुसन्धानबाट खुल्न आएका कुराहरुः- १. मिति २०७८/०७/२८ अ. १४;३० बजेको समयमा जि.ललितपुर लगनखेल बसपार्कमा पीडित बालिकासँग भेट भई ललाई फकाई कोटेश्वर ल्याएको । २. कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाई लगाउने कपडा समेत किनिदिएको । ३. कोटेश्वर चोक स्थित गेष्ट हाउसमा रुम बुकिङ्ग गरी बालिका लाई उक्त कोठामा राखी करणी गरेको । ४. मिति २०७८/७/२९ गते बिहान अ. ५;४५ को समयमा बालिकालाई कोटेश्वरबाट सार्वजानिक बस प्रयोग गरी लगनखेल बसपार्क पुर्‍याई सोही ठाँउबाट आफू फरार भएको । पक्राउ व्यक्तिः- १.जिल्ला कंचनपुर भिमदत्त न.पा.-७ घर भई हाल जिल्ला ललितपुर, लेले बस्ने बर्ष ३६ को गोबिन्द सिंह बिष्ट ।

अधिक लोड >>
कम देखाउनुहोस्
ट्रेन्डिङ्ग