जग्गा पास गरिदिन्छु भनि बैना रकम बुझिलिई जग्गा पास गर्न नसके पछि आफ्नो बैना बापतको रकम फिर्ता गर्न रु ४०,००,०००।– (अक्षरुपी रु चालिस लाख मात्र) को चेक दिएकोमा पर्याप्त रकम नभई चेक बाउन्स भएको बैकिङ कसुर मुद्दामा संलग्न रहि फरार रहेका प्रतिवादी छत्र बहादुर रोक्का क्षेत्रीलाई यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलिले मिति २०७९।०४।२५ गते अ. १९:०० बजेको समयमा का.जि.बसुन्धाराबाट पक्राउ गरी बैंकिङ कसुर मुद्दामा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाईएको । पक्राउ पर्ने ब्यक्तिः-नामः- छत्र बहादुर रोक्का क्षेत्री उमेरः- ५२ वर्षठेगानाः- जिल्ला बाग्लुङ बाग्लुङ न.पा. वडा नं. ३ हालः- जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बसुन्धारा
जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं-१८ नरदेवी एरियामा गैरकानूनी रुपमा भन्सार छलिको सामानहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०४।२३ गते अ.१४:३० बजेको समयमा भन्सार छलि गरी ल्याएको सामान सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौंचर काठमाण्डौं पठाईएको ।पक्राउ ब्यक्ति:- नाम थर:- गणेश भगतवर्ष:-४२ स्थायी तवन:-जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. ४हाल:-का.जि. ठँहिटी बरामद सामान र फोटो :-छालाको पेटी:- १९०६ थान छालाको पर्स:- ५२९४ थान
जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं-१८ नरदेवी एरियामा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०४।२३ गते अ.१७:३० बजेको समयमा भारत राजस्थान शिखर जिल्ला देवथला घरभई हाल का.जि.का.म.न.पा.अनामनगर बस्ने बर्ष ६४ को राजु अग्रवाल तथा निजका सहयोगी कर्मचारी समेतलाई स्रोत नखुलेको ५०० र १००० दरका नेपाली रुपैँया ७४,००,०००।(अक्षेरुपी रु चौहत्तर लाख मात्र ।-) तथा बिभिन्न ब्यक्तिको नाममा काटिएका बिभिन्न बित्तिय संस्थाका रु २६,३२,८५०।– बराबरको चेक थान - ९ सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन, ललितपुर पठाईएको ।पक्राउ ब्यक्तिहरु :- १. भारत, राजस्थान शिखर जिल्ला, देवथला घर भई हाल जि.काठमाण्डौं, बबरमहल वर्ष ६४ को राजु अग्रवाल । २. जिल्ला सिन्धुपाल्चोक, मेलम्ची न.पा-४ घर भई हाल जि. काठमाण्डौ, जोरपाटी बस्ने वर्ष २० को रामहरी दुलाल ।३. जि.रौटहट, चन्द्रपुर न.पा-४ घर भई हाल जि.काठमाण्डौ, चावहिल बस्ने वर्ष २४ को सुदिप आचार्य । बरामद :-नेपाली रुपैँया ७४,००,०००।- (चौहत्तर लाख मात्र) बिभिन्न ब्यक्तिको नाममा काटिएका बिभिन्न बित्तिय संस्थाका रु २६,३२,८५०।– बराबरको चेक थान -९
उपरोक्त सम्बन्धमा मिति २०७९/०३/२९ गते दिउँसो अं. १२:४२ बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १६ बालाजु कुमारीस्थान स्थित सडक बाटोमा गायत्री ढकाललाई पैदल हिँडिरहेको अवस्था रातोकालो पल्सर मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरुले धक्का दिई पिडितको हातमा बोकेको पहेँको झोला भित्र रहेको नगद, मोबाईल तथा अन्य महत्वपूर्ण कागजात समेत लुटपाट गरी लगेको घटना अनुसन्धानको सिलसिलमा यस अपराध अनुसन्धान कार्यालयबाट खटि गएको टोलीले मिति २०७९/०४/२० गते बेलुकाको समयमा का.जि. मनमैजु र बानियाँटारबाट लुटपाट गरी लगेको मोबाईल लगायत खुकुरी तथा लागुऔषध गाँजाको धुलो ५५१ ग्राम सहित सागर दर्जी र अमिर महर्जनलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, बालाजु पठाईएको ।पक्राउ व्यक्तिहरु:-१) नाम:– सागर दर्जी उमेर :– २५ बर्ष ठेगाना:– जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ३ हालको ठेगाना:- का.जि. टोखा न.पा. वडा नं. ०३ २) नाम:– अमिर महर्जन उमेर :– १९ बर्ष ठेगाना:– का.जि. तारकेश्वर न.पा. वडा नं. ०९ बरामद सामानहरु:-१. खुकुरी थान १२. मोबाईल थान २३. लागुऔषध गाँजाको धुलो ५५१ ग्राम ४. बा ६३ प ९४६५ नम्बरको २२० सिसि पल्सर मो.सा. थान १
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९/०२/३० गते मुद्दा नं. ०७८-CB-०९६७ मा भएको फैसलामा प्रतिवादी अनुप राजथलालाई रु.१२,००,०००/-(बाह्र लाख मात्र) जरिवाना, ४ (चार) दिन कैद र रु.४८,०००/- (अठचालिस हजार मात्र) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला मकवानपुर साविक हेटौंडा नगरपालिका वडा नं.-२ परिवर्तित हेटौंडा उप-महानगरपालिका वडा नं.-१ स्थायी घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिकावडा नं.-४ बालुवाटार बस्ने सुर्यलाल राजथलाको छोरा वर्ष-४५ को अनुप राजथलालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१९ गते अं.१३:०० बजेको समयमा जि.काठमाण्डौं,काठमाण्डौं महानगरपालिका वडा नं.-१० थापागाउँमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/१९ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति:-नामः- अनुप राजथला उमेरः- ४५ वर्षस्थायी ठेगानाः- जिल्ला मकवानपुर साविक हेटौंडा नगरपालिका वडा नं.-२ परिवर्तित हेटौंडा उप-महानगरपालिका वडा नं.-१ हालको ठेगानाः- काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिकावडा नं.-४ बालुवाटार पक्राउ मितिः- २०७९/०४/१९ गते ।पक्राउ स्थानः- जि.काठमाण्डौं,काठमाण्डौं महानगरपालिका वडा नं.-१० थापागाउँ ।
काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।१८ गते यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा मिति २०७९।०४।१८ गते का.जि.पेप्सीकोलाबाट पोष्टराज गौतमलाई र दिनेश चौधरीलाई का.जि.का.म.न.पा.कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा निजहरुले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द अग्रवाल र सुरेश पोख्रेलले संचालन गर्ने जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा २१ खोकना स्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएकोले राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खु स्थित फुलबारी मार्ग, भैँसेपाटी स्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकना स्थितमा रहेको श्री न्यु शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरी राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा पद्वार्थ भण्डारण गरी राखेको गोदाम राजस्व अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधिको रोहवरमा सिल गरी सञ्चालक समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको, राजस्व छलिका उक्त सामानहरुको विस्तृत परिमाण समेतको विवरण सहितको मुचुल्का उठाउने कार्य राजस्व अनुसन्धान विभाग र यस कार्यालयबाट खटिएको सयुंक्त टोलीबाट भैरहेको ।सामानको विरवरण: १. तयारी सुर्ती १९५ बोरा (अ.आठ हजार के.जी.) २. कच्चा सुर्ती (अ. विस हजार दुइ सय के.जी.) पक्राउ व्यक्ति :- १. जिल्ला सिन्धुली तिनपाटन गा.पा.वडा नं.६ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.११ बस्ने वर्ष ५६ को पोष्टराज गौतम । २. जिल्ला मोरङ विराटनगर न.पा.वडा न.१२ घर भई हाल ललितपुर,ल.म.न.पा.३ धोवीघाट बस्ने वर्ष ५३ को सुरेश पोख्रेल । ३. जिल्ला सर्लाही बिष्णु गा.पा.वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा.१४ कुलेश्वर बस्ने वर्ष ४४ को दिनेश चौधरी। ४. का.जि.का.म.न.पा.सिनामंगल वडा नं.९ घर भई बस्ने वर्ष ३८ को अरबिन्द अग्रवाल ।
राजेश देशेमरूको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला गोरखा साविक गोरखा नगरपालिका वडा नं.०२ हाल परिवर्तित गोरखा नगरपालिका वडा नं.०७ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१० बस्ने वर्ष ४६ को दिपक चन्द्र आचार्य आचार्य भएको बैकिङ्ग कसुर मुद्दामा (विगो रू.१९,५०,०००।- (उन्नाईस लाख पचास हजार) मा फरार रहेका प्रतिवादी दिपक चन्द्र आचार्यलाई यस कार्यालय विशेष अनुसन्धान टोलीले मिति २०७९।०४।१८ गते काठमाण्डौ जिल्ला थापागाँउबाट पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७९।०४।१८ गते प्रहरी वृत्त, गौशाला पठाईएको ।पक्राउ प्रतिवादी:१. नाम : दिपक चन्द्र आचार्यउमेर : ४६ बर्ष ठेगाना : गोरखा-०७, गोरखा हाल : काठमाण्डौ जिल्ला बानेश्वर
काठमाण्डौ चावाहिल बस्ने बिकास थापाले दुबईमा Food Delivery मा जागिर लगाई दिन्छु भनि पिडित संग रु ४,४५,०००।– लिई दुबई पठाई अलपत्रमा पारेको भनि पिडितको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग,बुद्धनगरले तपसिलमा उल्लेखित प्रतिवादी बिकास थापालाई पक्राउ गरी उपस्थित गराई दिनु हुन भन्ने ब्यहोराको पत्र प्राप्त भई यस कार्यालबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७९।०४।१६ गते का.जि. बसुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति :- नाम थर : बिकास थापा उमेर : २७ वर्ष स्थायी वतन : जिल्ला धादिङ् धुनिवेसी गा.पा.वडा नं.९ खानीखोला नौबिसे हाल : का.जि.का.म.न.पा.७ चावाहिल बस्ने ।
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७/१०/१९ गते मुद्दा नं.०७६-CB-१६९८ मा भएको फैसलामा प्रतिवादी गोर्खमान तामाङलाई रु.६,००,०००/-(छ लाख मात्र) जरिवाना, ३ (तिन) दिन कैद र रु.२४,०००/- ( चौबिस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक साबिक खहरेपाँगु गा.वि.स.-५ परिवर्तित रोशी गा.पा.-१ स्थायी घर भई हाल जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर बस्ने श्रीमान तामाङको छोरा वर्ष-४२ को गोर्खमान तामाङलाई यस कार्यालय मातहत काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/१६ गते अं.१६:३० बजेको समयमा जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघरबाट फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/१७ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ परेका व्यक्ति:-नामः- गोर्खमान तामाङउमेरः- ४२ वर्षस्थायी ठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक साबिक खहरेपाँगु गा.वि.स.-५ परिवर्तित रोशी गा.पा.-१ हालको ठेगानाः- जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर पक्राउ मितिः- २०७९/०४/१६ गते । पक्राउ स्थानः- जि.भक्तपुर मध्यपुर ठिमी.न.पा.-३ गठ्ठाघर
वादी नेपाल सरकार प्रतिवादी जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा प्रतिवादी भएको बिगो रु. ९०,००,०००/- ( अक्षेरुपी नब्बे लाख रुपैयाँ मात्र ) रहेको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयाबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०४।१६ गते अन्दाजी २०:०० बजेको समयमा जि. ललितपुर ल.पु.म.न.पा. वडा नं. १६ बङ्गलामुखीबाट पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि आज मिति २०७९।०४।१७ गते प्रहरी वृत्त बालाजु काठमाडौँ पठाईएको । साथै निज प्रतिवादीले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्जी समेत जारी भएको ।निम्न: १. नाम थर : माया बस्नेत थापा उमेर : ३५ वर्ष वतन : जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ३ स्थाई घर हाल : का.जि.का.म.न.पा. वडा नं. १० पुरानो बानेश्वर बस्ने ।
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०३।०३ गतेको फैसलाले रू.१०,०००००।-(दश लाख रूपैयाँ) जरिवाना र ४ दिन कैद सजाय तोकी फरार रहेका जिल्ला गुल्मी साविक जोहाङ्ग गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सत्यवती गा.पा.वडा नं.६ स्थायी वतन भई हाल ललितपुर जिल्ला भैसिपाटी बस्ने वर्ष ५४ को शंकर प्रसाद भण्डारीलाई यस कार्यालयको टोलीले मिति २०७९।०४।१५ गते काठमाण्डौ जिल्ला कलंकिबाट पक्राउ गरी आजै सम्मानित जिल्ला अदालत काठमाण्डौ उपस्थित गराईएको ।पक्राउ प्रतिवादी:१. नाम : शंकर प्रसाद भण्डारीउमेर : ५४ बर्ष ठेगाना : सत्यवती-०६, गुल्मी हाल : ललितपुर जिल्ला भैसिपाटी
उपरोक्त सम्बन्धमा मिति २०७९/०२/०९ गते रातीको समयमा का.जि. का.म.न.पा. वडा न १० बुद्ध नगर स्थित रोशन भण्डारीको डेराकोठाबाट मोवाईल ल्यापटप सहितका सामनाहरु चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको अनुसन्धान टोलीले मिति २०७९/०४/१३ गते जिल्ला ललितपुर बालकुमारीबाट पक्राउ उक्त चोरी गरेका सामान चोरीको हो भनि जानी जानी खरिद गर्ने भारत देश मोतिहारी जिल्ला घोडासान घर भई हाल जिल्ला ललितपुर बालकुमारी स्थित कवाड पसल सञ्चालक सुनिल कुमार जैसवाललाई चोरी गरि खरिद गरेका TV पानी तान्ने पम्म, ब्याट्री, सुब चाँदीका स गर गहना सहित बिभिन्न सामान सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागी प्रहरी वृत्त,बानेश्वर पठाइएको । साथै प्रारम्भिक अनुसन्धानबाट निजले कवाडी संकलन गर्ने व्यक्ती हर बाट चोरी गरेका सामान खरिद गरेको भन्न खुल्न आएको हुँदा त्यस्ता मानिसहरुको खोजीकार्य जारी रहेको साथै बरामद भई आएका सामानहरु सनाखतको गर्ने कार्य समेत भई रहेको ।पक्राउ व्यक्तिहरु:-१) नाम:– सुनिल कुमार जैसावाल उमेर :– २९बर्ष ठेगाना:– भारत देश मोतिहारी जिल्ला घोडासान थाना पुर्बि चम्पारण हालको ठेगाना:- जिल्ला ललितपुर बालकुमारी बरामद सामानहरु:-१. चाँदीका बिभिन्न गर गहना २५१ तोला २.सुनको बिभिन्न गर गहना ९ ग्राम २. बिभिन्न ब्राण्डका TV ३ थान ३.डेक्टप मोनिटर २ थान ४.चरेशको थाल ८ ५.चरेश को गाग्री १ थान६.चरेशको कचौरा ५ थान ७.करुवा १ थान ८.मोवाईल २ थान ९. घडी १ थान १० Cob track light ४ थान ११. पानी तान्ने मेशिन १ थान १२ तामा को घैला १ थान १३. खुकुरी १ थान १४.नेपाली नगद रु १५ हजार१५. बिभिन्न देशका नोट २६ थान
अनुपी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न रही वारदात मिति देखि नै फरार रहेका प्रतिवादी ईन्दल महतो कोईरीलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७९।०४।१४ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला ललितपुर, ल.पु.म.न.पा. वडा नं. २ गुसिङगालबाट निज प्रतिवादी ईन्दल महतो कोईरीलाई पक्राउ गरी दाखिला गरेको हुँदा निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाईएको । पक्राउ परेका प्रतिवादी : नाम : ईन्दल महतो कोईरी । उमेर : ४७ वर्ष ठेगाना : जिल्ला रौतहट ईशनाथ गाउँपालिका वडा नं. ३ हालः जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. २ गुसिङगाल बस्ने ।
घटना विवरण :काठमांण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उदेश्यले योजना बद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल गरेको भन्ने उजुरी यस कार्यलायमा प्राप्त भए पश्चात घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०७९।०४।१२ गते उक्त वारदातमा संलग्न रोजिना राउत र निजको श्रीमान शेखर बास्तोलालाई निवेदकसंग रकमको बार्गेनिङ गरी रहेको अवस्थामा का.जि.नयाँबानेश्वरबाट पक्राउ गरी आपराधीक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।प्रारम्भिक अनुसन्धान बाट खुल्न आएका कुराहरु:Ø सामाजिक संजालको माध्यम बाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरु संग कुराकानी गर्ने गरेको ।Ø सामाजिक संजालको माध्यमबाट अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पिडितलाई डर धम्की देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने ।Ø निज रोजिना राउतको श्रीमान शेखर बास्तोलाले आफुलाई साईबर ब्युरोको प्रहरी निरीक्षक हो भनि परिचय गराएको ।Ø दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन आफ्नै श्रीमानलाई नक्कली प्रहरी (निरीक्षक) भनि मोलमोलाई गरी मानसिक हैरानी दिने ।पक्राउ व्यक्तिहरु:- १. नामः- शेखर बास्तोला उमेरः- २४ बर्ष ठेगानाः- जिल्ला सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं. ३ बतासे हालः- जिल्ला भक्तपुर बालकोट २. नामः- रोजिना राउत उमेरः- २० बर्ष ठेगानाः- जिल्ला सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं. ३ बतासे हालः- जिल्ला भक्तपुर बालकोट
मान कुमारी थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नाम परिवर्तित पासिकोट-२ समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित चितवन जिल्ला अदालतको मिति २०७७।१०।१२ गतेको फैसलाले जिल्ला भोजपुर, खार्ताम्छा-०१ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ बस्ने वर्ष ४३ की गिता गुरूङ (परिवर्तित नाम पासिकोट-२)लाई जन्मकैदको सजाय ठहर भई निज प्रतिवादी हालसम्म फरार रहेकोमा यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०४।०९ गते महाराजगंज, काठमाण्डौबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७९।०४।१० गते सम्मानित जिल्ला अदालत काठमाण्डौ पेश गरिएको । पक्राउ प्रतिवादी: नाम : गिता गुरूङ उमेर : ४३ बर्ष ठेगाना : खार्ताम्छा-०१, भोजपुर हाल : का.जि.बुढानिलकण्ठ
बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललिरपुरको मिति २०७९/०२/३१ गतेको फैसलाले रु.७,००,०००/- (सात लाख) जारिवाना, २ (दुई) दिन कैद र रु. २८,०००/-(अठ्ठाईस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक साविक सिसाखानी गा.वि.स. -१ हाल रोशी गा.पा.-५ स्थायी घर भई का.जि. मनहरा न.पा.-६ कागेश्वरी बस्ने वर्ष ५२ को नेमा मेन्जन लामालाई यस कार्यालय मातहत काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा, जावलाखेल ललितपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०४/०८ गते दिउँसो अं.१४:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.-३२ पेप्सीकोलामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मिति २०७९/०४/०९ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको ।पक्राउ प्रतिवादीः-नामः- नेमा मेन्जन लामाउमेरः- ५२ वर्षस्थायी ठेगानाः- जिल्ला काभ्रेपलाञ्चोक साविक सिसाखानी गा.वि.स. -१ हाल रोशी गा.पा.-५हालको ठेगानाः- का.जि. मनहरा न.पा.-६ कागेश्वरी , काठमाडौँपक्राउ मितिः- २०७९/०४/०९ गते ।पक्राउ स्थानः- जिल्ला काठमाण्डौं का.म.न.पा.- ३२ पेप्सीकोलापक्राउ गर्ने कार्यालयः- काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल, ललितपुर ।
काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट चुरोट, गुट्खा लगातका सुर्तिजन्य बस्तुहरू, मोटरसाईकलको पार्टसहरू, ईलेक्ट्रोनिक्स चिप्स, पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य पदार्थहरू राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९।०४।०४ गते यस कार्यालयबाट खटि गएको बिशेष टोलीले निगरानी गर्ने क्रममा काठमाण्डौ का.न.पा. वडा नं. ७ गोपीकृष्णनगरमा छविलाल अगस्तीले कोठा भाडा लिई उल्लेखित सरसामानहरु भन्सार छली गरि ल्याई भण्डारण गरी निजको श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रा.लि. को नामबाट कारोबार गर्ने गरेको बुझिन आई निज नवराज शर्मा भन्ने छविलाल अगस्तीको खोजतलास गर्दै जाँदा मिति २०७९/०४/०४ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७ गोपीकृष्णनगर स्थित भाडाको गोदाम घरमा निजलाई फेला पारी अनुसन्धान गर्दा निजले सोही घरको भुईतलामा रहेका सटरहरू भाडामा लिई राजस्व छलि गरी ल्याएका विलविजक नभएका चुरोट, सुर्तिजन्य बस्तुहरु एवं विभिन्न पटकाहरु समेतको गोदाम गरी राखेको अवस्थामा फेला पारी स्थानिय व्यक्तिहरू, जनप्रतिनिधि र निजको रोहवरमा खानतलासी गर्दा चुरोट, गुट्खा लगायतका सुर्तिजन्य वस्तुहरू, अक्सिमिटर, आतिसवाजीजन्य पटाका लगायतका सामानहरू गरि करिब रु. एक करोड बराबरको बजारमूल्य भएका उक्त सामान सहित पक्राउ परेका मानिसलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग हरिहरभवन, ललितपुर र बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तर्गतको मुद्धामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति :- नाम थर : नवराज शर्मा भन्ने छविलाल अगस्ती उमेर : ४० वर्ष स्थायी वतन : जिल्ला पर्सा सखुवा पर्सौनी गाउँपालिका वडा नं. १हाल : काठमाण्डौं का.म.न.पा. वडा नं. ७ साततले ।बरामद सामानहरुः· बिभिन्न ब्रान्डका बिदेशी चुरोटहरु- २९८० बन्डल, · मुर्गा छाप, Sun Flower लगायतका विभिन्न किसिमका पटका – ४२० के.जी. · पानराज गुट्खा -४८ के.जी· बजाजको मो.सा.को पाटपुर्जा, ईलेक्ट्रोनिक्स चिप्सहरु, · Finger Print Oximeter- ३८० थान
काठमांण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उदेश्यले योजना बद्ध तवरले बिभिन्न महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल गरेको भन्ने उजुरी यस कार्यलायमा प्राप्त भए पश्चात घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०७९।०४।०१ गते उक्त वारदातमा संलग्न कल्पना बस्नेत समेत देहाय बमोजिमका दुई जना ब्यक्तिहरुलाई काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट पक्राउ गरी आपराधीक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।प्रारम्भिक अनुसन्धान बाट खुल्न आएका कुराहरु:Ø सामाजिक संजालको माध्यम बाट केटिको प्रयोग गरी पुरुष व्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगी भेटघाट गर्ने ।Ø प्रत्यक्ष भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर धम्की देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने ।Ø दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी (निरीक्षक) खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।Ø पिडितको परिवार, नातेदार,साथी भाईहरुलाई समाजिक संजाल मार्फत साथी बनाई प्रहरीकोमा निबेदन दिइको छु भनि नक्कली प्रहरी निरीक्षक संग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउन लगाउने । पक्राउ व्यक्तिहरु:-१. नामः कल्पना बस्नेत उमेरः ३१ वर्ष ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ६ हालः का.जि.का.म.न.पा. बौद्व २. नामः संजय कार्की (नक्कली प्रहरी निरीक्षक ) उमेरः २८ वर्ष ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ४ हालः जिल्ला भक्तपुर बालकोट ३. नामः कृष्णहरी खड्का ( कल्पना बस्नेतको श्रीमान) उमेरः ३१ वर्ष ठेगानाः जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.६ हालः जिल्ला भक्तपुर बालकोट
जिल्ला धादिङ धुनिबेँसी गा.पा. वडा नं. ९ खानीखोला घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ चावहिल बस्ने वर्ष २७ को विकास थापाले दुबई(यु.ए.ई.)मा जानको लागि प्रतिव्यक्ति रु. ६,००,०००/- लाग्छ दुबई पुगेपछि प्रतिष्ठित होटलमा Bouncer र Security Guard को काम लगाइदिन्छु मासिक रु. १,००,००० भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी दुई जना पीडितहरूबाट जम्मा रु. ११,००,०००/- (अक्षरुपी एघार लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज विकास थापाको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।२९ गते अं. १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३ बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: नाम थर : विकास थापा उमेर : २७ वर्ष वतन : जिल्ला धादिङ धुनिबेँसी गा.पा. वडा नं. ९ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ चावहिल बस्ने सुचना अधिकारी: प्रहरी उपरीक्षक:- कृष्ण प्रसाद कोईराला सम्पर्क नम्बर :- ९८५१२८००१३ mpcdspokesperson@gmail.com
बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७९।०२।१० गतेको फैसलाले रू.५,००,०००।–(पाँच लाख रूपैयाँ) जरिवाना तोकिई फरार रहेका जिल्ला सिन्धुपाल्चोक साविक पेट्कु गा.वि.स.वडा नं.०९ हाल परिवर्तित लिसङ्खु पाखर गाँउपालिका वडा नं.०६ स्थायी वतन भई हाल भक्तपुर जिल्ला दधिकोट बस्ने वर्ष ३० को सिताराम भण्डारीलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९।०३।२८ गते भक्तपुर जिल्ला दधिकोटबाट पक्राउ गरी मिति २०७९।०३।२९ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।पक्राउ व्यक्ति: १. नाम : सिताराम भण्डारी उमेर : ३० बर्ष ठेगाना : लिसङ्खु पाखर-०६, सिन्धुपाल्चोक हाल : भक्तपुर जिल्ला दधिकोट
शरद मल्लको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. १४ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, नागार्जुन न.पा. वडा नं. १ बस्ने बर्ष ५६ को बिष्णु प्रसाद गैरे (विगो रू.७,४०,०००।- अक्षेरूपी सात लाख चालिस हजार) भएको बैकिङ्ग कसुर मुद्दामा निज बिष्णु प्रसाद गैरेको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७९।०२।२७ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादिलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०३।२३ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०३।२४ गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको । नाम : बिष्णु प्रसाद गैरेउमेर : ५६ बर्ष ठेगाना : तानसेन-१४, पाल्पा हाल : का.जि. नागार्जुन
जिल्ला नुवाकोट साविक तुप्चे गा.वि.स.परिवर्तित बिदुर न.पा. वडा नं.७ स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ३ घुम्ती बस्ने वर्ष २७ की शोभा पौडेलले जिल्ला सिन्धुली दुधौली न.पा.वडा नं. १ बँका घर भई हाल का.जि. तिनकुने बस्ने वर्ष ३१ को नारायण बोगटी समेत ९ जनालाई न्युजिल्याण्ड जानको लागि प्रतिव्यक्ति रु.१२,५०,०००/-( अक्षेरुपी बाह्र लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ, न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा Fruit keeping को काम लगाइदिन्छु, मासिक रु. १,७०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ६३,२०,०००/- (अक्षरुपी त्रिसट्ठी लाख बिस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शोभा पौडेलको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।२१ गते अं. साँझ १७:०० बजेको समयमा का.जि. बुढानिलकण्ठ न.पा. कपन निलोपुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: नाम थर : दिया भन्ने शोभा पौडेल उमेर : २७ वर्ष वतन : जिल्ला नुवाकोट साविक तुप्चे गा.वि.स. परिवर्तित बिदुर न.पा. वडा नं. ७ स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ३ घुम्ती बस्ने ।
यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.०७ हाल परिवर्तित सुनकोशी गा.पा.वडा नं.०५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला शंखमुल बस्ने बर्ष ३४ को बसन्त मोक्तान भन्ने नोर्साङ लामा (विगो रू.५,०००००।- अक्षेरूपी पाँच लाख) भएको बैकिङ्ग कसुर मुद्दामा निज बसन्त मोक्तान भन्ने नोर्साङ लामाको नाममा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०७८।१२।०६ गते पक्राउ अनुमती समेत जारी भएकोले निज प्रतिवादिलाई यस कार्यालयको विशेष टोलीले मिति २०७९।०३।१९ गते काठमाण्डौ जिल्ला बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०७९।०३।१९ गते जिल्ला प्रहरी परिसर, टेकु पठाईएको ।पक्राउ प्रतिवादी:१. नाम : बसन्त मोक्तान भन्ने नोर्साङ लामाउमेर : ३४ बर्ष ठेगाना : सुनखानी-७, दोलखा हाल : का.जि. शंखमुल
मिति २०७६/०९/०९ गते अं. ११:३० बजे जिल्ला धादिङ निलकण्ठ न.पा. १४ घर भई का.जि. का.म.न.पा. वडा नं. १६ म्हेपी बस्ने वर्ष ३२ की विमला थापा मगर मृत अवस्थामा फेला परेको, उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जि.धादिङ निलकण्ठ न.पा. १४ घर भई का.जि. तारकेश्वर न.पा. वडा नं. ८ बस्ने वर्ष ३२ कुमारी तामाङ मिति २०७६/०९/०९ गते पक्राउ भईसकेको र घटनाका अर्का संलग्न व्यक्ति जिल्ला धादिङ निलकण्ठ न.पा.१४ गहते घर भएका राजु तामाङ भन्ने प्रेम बहादुर तामाङलाई विशेष सूचनाको आधारमा तिस महिना पछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०७९/०३/१९ गते का.जि. का.म.न.पा. २६ मित्रनगरबाट पक्राउ गरी थप आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त लैनचौर पठाईएको ।पक्राउ अभियुक्त:नाम : राजु भन्ने प्रेम बहादुर तामाङउमेर : ३२ वर्षठेगाना : जिल्ला धादिङ निलकण्ठ न.पा. १४ गहते ।
पुर्णकाजी मानन्धरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अमर बहादुर खड्का भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।१२।०८ गतेको फैसलाले निज प्रतिवादी अमर बहादुर खड्कालाई १ बर्ष ६ महिना कैद, रू.१५,०००।- जरिवाना र जाहेरवालालाई रू.६५,००,०००।- क्षतिपूर्ति भराई दिने ठहर भई निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादी अमर बहादुर खड्काको खोजतलास गर्न यस कार्यालयबाट टोली खटाईएकोमा खटिएको टोलीले निज प्रतिवादी अमर बहादुर खड्काको बारेमा निग्रानी राखी खोजतलास गर्दै जाँदा मिति २०७९।०३।१८ गते दिउसो अं.१३:३० वजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी मकालु पेट्रोल पम्प अगाडि निज प्रतिवादी अमर बहादुर खड्कालाई फेला पारी पक्राउ गरी निजलाई फैसला कार्यन्वयनको लागि आज सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको । पक्राउ परेका प्रतिवादी : नाम : अमर बहादुर खडका । उमेर : ३६ वर्ष ठेगाना : जिल्ला धनकुटा महालक्ष्मी न.पा. वडा नं. ६ घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. वडा नं. ७ बस्ने ।
सामाजिक सञ्जाल Facebook तथा Whatsapp मा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजाने भनि कुराकानी हुदाँ बैदेशिक रोजगारको लागि पोर्चुगलमा ग्यारेन्टीको साथ पठाई दिन्छु पोर्चुगलको लागि रु ११,००,०००।- रकम लाग्छ, शुरुमा प्रोसेसिङ्ग गर्न कुनै पनि शुल्क लाग्दैन तपाईहरुको कागजातहरु मात्र भए पुग्छ, भिषा आएपछि रकम तिर्नु पर्छ भनी म्यासेज तथा कल गरी बिश्वास दिलाई निबेदकको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई निबेदकको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका तपसिलमा उल्लेखित ठेगाना भएका व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलाश गर्ने क्रममा मिति २०७९।०३।१६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिः-१) नाम:– गोपी बजगाई उमेर :– ४१ बर्ष ठेगाना:– जिल्ला मकवानपुर हेटौडा उ.प.म.न.पा.१७
राजु गिरीको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी नाम्गेल दोर्जे लामा भएको चेक अनादर विगो मुद्धामा निज प्रतिबादीले सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७७/१०/२५ गते भएको फैसला बमोजिम विगो रु. १,२०,००,०००।– र चेक जारी भएको मिति देखी भरी भराउ मिति सम्म कानुन बमोजिम हुने व्याज समेत निवेदकलाई भराइ दिने ठहर भएकोमा उक्त विगो नभराई अदालतको सूचना म्यादमा समेत हाजिर नभएकोमा निज प्रतिवादीलाई २(दुई) बर्षको लागी थुनामा पठाईदिनु भन्ने सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७९/०३/१० आदेश बमोजिम फरार रहेकोमा यस महाशाखाबाट खटिएको विशेष टोलीले निजलाई मिति २०७९/०३/१५ गते का.जि. का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरि सम्मानित काठमाडौं जिल्ला अदालतमा पठाइएको । पक्राउ प्रतिवादी १. नाम :- नाम्गेल दोर्जे लामा उमेर :- ४९ वर्ष बाबुको नाम:- डेवदोर्जे लामा वतन :- जिल्ला काभ्रेपलाञ्चोक गोठपानी गा.बि.स. वडा नं. ५ परिवर्तित चौरीदेउराली गा.पा. वडा नं. ०९ अस्थाई ठेगाना:- हाल जिल्ला ललितपुर पुल्चोक
काठमाडौँ जिल्ला गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ४० को हरि बस्नेत समेतले विभिन्न व्यक्तिहरूलाई स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले हरि बस्नेतको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१४ गते अं. १६:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १० बुद्धनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: नाम थर : हरि बस्नेत उमेर : ४० वर्ष वतन : जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं. ९ घर भई हाल का.जि. सामाखुशी
जिल्ला नवलपुर कावासोती न.पा. वडा नं. १६ डण्डा स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने वर्ष ३० को रोशन भण्डारी समेत ३ जनालाई का.जि. गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ३२ को ईन्द्र बहादुर पछाई समेतले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज ईन्द्र बहादुर पछाईको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१३ गते अं. साँझ १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोङ्गबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: नाम थर : ईन्द्र बहादुर पछाई उमेर : ३२ वर्ष वतन : जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी
जिल्ला रामेछाप साबिक फुलासी गा.वि.स. -१ परिवर्तित मन्थली न.पा.- १३ स्थायी घर भएको वर्ष- ३२ को रामचन्द्र थापा मगर विरुद्धका विभिन्न बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६/१०/१९ गते रु.४८,९५,५००/- (अड्चालिस लाख पन्चानब्बे हजार पाँच सय) जारिवाना र रु.१,९६,०००/-(एक लाख छयानब्बे हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भएको, मिति २०७८/०७/२८ गते रु.१०,००,०००/- (दश लाख) जारिवाना, ३ दिन कैद र रु. ४०,०००/-(चालिस हजार मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भएको र मिति २०७७/०८/०८ गते रु.४,७०,०००/- (चार लाख सतरी हजार) जारिवाना, ३ दिन कैद र रु.१८,८००/-(अठार हजार आठ सय मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी भएका फैसलामा जम्मा रु. ६३,६५,५००/- (त्रिसठ्ठी लाख पैंसठ्ठी हजार पाँच सय मात्र) जरिवाना, ६ (छ) दिन कैद र रु.२,५४,८००/-(दुई लाख चौवन्न हजार आठ सय मात्र ) क्षतिपूर्ती ठहर भएकोमा निज रामचन्द्र थापा मगरले फैसला अनुसारको जरिवाना, कैद र क्षतिपूर्ति समेत नतिरी बेरुजु रहेको भन्ने जानकारी प्राप्त भई यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले निज रामचन्द्र थापा मगरलाई मिति २०७९/०३/१२ गते बेलुका अं.१६:४५ वजेको समयमा काठमाण्डौं जिल्ला तारकेश्वर न.पा.-४ शेषमतिमा फेला पारी निजलाई फैसला कार्यान्वयनका लागि मिति २०७९/०३/१३ गते सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।पक्राउ प्रतिवादीः-नामः- रामचन्द्र थापा मगरउमेरः- ३२ वर्षस्थायी ठेगानाः- जिल्ला रामेछाप साबिक फुलासी गा.वि.स. -१ परिवर्तित मन्थली न.पा.- १हालको ठेगानाः- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.-१
मिति २०७९/०३/११ गते जिल्ला सुर्खेत गर्भाकोट न.पा.२ स्थाई घर र जिल्ला बाँके कोहलपुर खजुरा गा.पा. ६ सिमलघारी माईतीघर भएकी वर्ष ३३ की दिलमाया विश्वकर्मा जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटारमा आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा निज दिलमाया विश्वकर्मासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिएका जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी न.पा.१, स्याउले स्थाई वतन भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनहरा न.पा., गोठाटार बस्ने वर्ष ३८ को सूर्य भन्ने खिल बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागी प्रहरी वृत्त बालाजु, काठमाडौं पठाईएकोपक्राउ अभियुक्त:नाम : सूर्य भन्ने खिल बहादुर श्रेष्ठ उमेर : ३८ वर्षठेगाना : जिल्ला सिन्धुपाल्चोक, साँगाचोकगढी न.पा.१
काठमाडौं उपत्यका भित्र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद, मोबाईल तथा सुन चाँदीका गर-गहना चोरी कार्यमा संलग्न रहेका मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७९/०३/०६ गते का.जि. चन्द्रागिरी न.पा. वडा नं. १४ नयाँ नैकाप स्थित पिडितको घरबाट बिभिन्न सुनका गर-गहनाहरू चोरी गर्नुका साथै उपत्यकाका बिभिन्न स्थानहरूमा चोरी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८ घर भई हाल काठमाडौं जिल्लाको बिभिन्न स्थानहरूमा बस्ने सागर भन्ने पुन नारायण श्रेठ, लिला नारायण श्रेष्ठ, विर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा हुदै खरिद गर्ने जिल्ला खोटाङ कोपिलासगढी गा.पा. वडा नं. २ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ११ बस्ने सौराज गजमेरलाई चोरी गरी लगेका बिभिन्न सुनका गर-गहना सहित मिति २०७९/०३/०९ काठमाडौंका बिभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति:- १) नाम:– लिला नारायण श्रेष्ठ उमेर :– ३५ बर्ष ठेगाना:– जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८ हालको ठेगाना:- का.जि. चन्द्रागिरी न.पा. थानकोट २) नाम:- विर बहादुर श्रेष्ठ उमेर :- ३९ बर्ष ठेगाना :- जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८ हालको ठेगाना :- का.जि. थली न.पा. वडा नं. ०५ ३) नाम:- सागर भन्ने पुन नारायण श्रेष्ठ उमेर :- २६ बर्ष ठेगाना :- जिल्ला दोलखा शैलुङ्गेश्वरी गा.पा. वडा नं. ०८ हालको ठेगाना :- का.जि. का.म.न.पा. वडा नं. १६ खुसिबू ४) नाम: सौराज गजमेर उमेर: ३१ ठेगाना: जिल्ला खोटाङ कोपिलासगढी गा.पा. वडा नं. २ हालको ठेगाना: का.जि. टोखा न.पा. वडा नं. ११ पक्राउ ब्यक्तीहरु संलग्न घटनाहरु :-१.मिति २०७९/०३/०६ गते बिहानको समयमा का.जि. चन्द्रागिरी न.पा. वडा नं. १४ नयाँ नैकाप स्थित पीडितको घरमा कोही नभएको मौका पारी घरको मुलढोकाको ताला फोडी कोठाभित्र रहेको दराज फोडी सुनका बिभिन्न गर-गहना चोरी गरि लगेको ।२.मिति २०७९/०३/०२ गते अन्दाजी दिनको १४:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा न १६ नयाँबजार भ्याली कोल्ड स्टोर पछाडी रहेको पिडितको घरमा भाडा लिई बस्ने पीडितको डेराकोठाबाट नगद तथा मोबाईल सेट चोरी गरी लगेको ।३.मिति २०७९/०३/०२ अन्दाजी १२:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १६ म्हैपी जनमार्ग स्थित बिरेन्द्र सुनारको घरमा भाडामा बस्ने पीडितहरुको डेराकोठाबाट नगद तथा सुन चाँदीका गर-गहना चोरी गरि लगेको ।४. मिति २०७८/१२/१७ गते दिउँसोको समयमा का.जि. टोखा न.पा. वडा नं. ०३ सूर्यदर्शन मार्ग पिडितको घरमा कोही नभएको मौका पारी मुल ढोकाको ताला फोडी नगद, सुन तथा मोबाईल सेट चोरी गरी लगेको ।५. साथै निजहरूले काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरूबाट घरमा कोही नभएको मौका पारी ढोका फोडी चोरी गर्ने गरेको खुल्न आएको हुँदा थप अनुसन्धान कार्य जारी रहेको ।बरामद सामानहरु:-१. मोबाईल थान ५२. तलहरी थान २३. सिक्री थान १ ४..मंगलसुत्र ३ थान५. रानीहार २ थान६.औठी थान १ ७.फुली १२ थान८. टप १ जोर
मिति २०७७/०२/२१ गते अं. ०८:३० बजे जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ९ घर भई का.जि. का.म.न.पा. वडा नं.-०७ कुमारीगाल बस्ने वर्ष -१९ को उज्वल काफ्ले मृत फेला परेको घटनाको अनुसन्धान गर्दा निज मृतकलाई का.जि. का.म.न.पा. वडा नं.-७ गौरीघाट बस्ने बिबेक मल्लले Methadone नामको औषधी खुवाईएको र सो पश्चात निजको मृत्यु भएको भन्ने खुल्न आएको तथा उपत्यकाको विभिन्न ठाउँमा डाँका चोरी मुद्धामा फरार भएका विवेक मल्ललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलास गर्ने क्रममा मिति २०७९/०३/०९ गते जिल्ला उदयपुर कटारी न.पा. वडा नं.-६ चुहाडबाट पक्राउ गरी थप आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त गौशाला पठाईएको ।पक्राउ अभियुक्त: नाम : बिवेक मल्ल उमेर : २५ वर्ष ठेगाना : का.जि. का.म.न.पा. वडा नं.-७ गौरीघाट ।
उच्च अदालत पाटनबाट मिति २०७८/१२/२५ गते भएको फैसलाले रु.१,४०,०००/- (अक्षरुपी एक लाख चालिस हजार) जारिवाना , १ (एक) दिन कैद र रु. ५,६००/-(अक्षरुपी पाँच हजार छ सय मात्र ) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भई हाल फरार रहेका निम्न उल्लेखित प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०३/०८ गते दिउँसो अन्दाजी १३:०० बजे काठमाण्डौं जिल्ला का.म.न.पा.-३१ पुरानो बानेश्वरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागी मिति २०७९/०३/०८ गते सम्मानित ललितपुर जिल्ला अदालत , तहसिल शाखा, लगनखेल पठाईएको ।पक्राउ प्रतिवादीः-नामः- दौलत बिक्रम राउत उमेरः- ३२ वर्षस्थायी ठेगानाः- जिल्ला उदयपुर साबिक भुट्टार गा.वि.स. -१ परिवर्तित रौतामाई गा.पा.- ४ हालको का.जि. कागेश्वरी मनहरा न.पा.- ८ गोठाटार बस्ने ।
जिल्ला सप्तरी, राजगढ गाउँपालिका वडा नं.०३ स्थायी वतन भई हाल ललितपुर जिल्ला ईमाडोल बस्ने वर्ष ३१ को कृष्ण कुमार शर्मा मिति २०७९।०३।०१ गते घर परिवारलाई IME बाट रकम पठाउन जान्छु भनि डेरा कोठाबाट हिडेकोमा एक्कासी मोवाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र निजको खोजतलास गर्दा समेत फेला नपरी निजको खोजतलासको लागि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा मिति २०७९।०३।०२ गते निजले प्रयोग गर्ने सामाजिक संजाल (Imo) बाट निजको परिवारलाई कृष्ण कुमार शर्मालाई अपहरण गरेको र निजलाई मार्नको लागि रु. ८,०००००।-(आठ लाख) प्राप्त भई सकेको भएतापनि रू. २०,०००००।-(वीस लाख) फिरौती रकम दिएमा निजलाई अपहरण मुक्त गरी दिने तर सो घटना वारे प्रहरीलाई खवर गरेमा र दुई दिन भित्र भने जतिको रकम नदिएमा निजलाई मारी दिने धम्की पूर्ण म्यासेज र निज अपहरण परेको भिडियो क्लिप्स पठाई डर-त्रास देखाएकोमा, यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले अनुसन्धानको क्रममा उक्त अपहरणको घटना निजले उल्लेखित रकम प्राप्त गर्नको लागि आफ्नो घर परिवारलाई डर-त्रास देखाई दवाव दिन नियोजित रूपमा आफूलाई नाटकिय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुल्न आए पश्चात निजलाई तदारूक्ताका साथ खोजतलास गर्दा मिति २०७९।०३।०५ गते जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्रयाई गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, सातदोबाटो, ललितपुर पठाईएको । नाम: कृष्ण कुमार शर्मा उमेर : ३१ वर्ष ठेगाना: राजगढ-०३, सप्तरी हाल : जिल्ला ललितपुर, ईमाडोल
बिभिन्न ब्यक्तिहरुले आफ्नो नामको शैक्षिक प्रमाणपत्रहरु किर्ते गरी नक्कली बनाई बिभिन्न प्रयोजनको लागि पेश गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मिति २०७९-०३-०३ गते यस कार्यालयबाट खटि गएको बिषेश प्रहरी टोलिले १३:३० बजेको समयमा जि.काठमाण्डौ का.म.न.पा-३, महाराजगञ्जबाट निम्न ब्यक्तिहरुलाई नक्कली Academic Transcript सहित नियन्त्रणमा लिईएको। साथै उक्त नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलगन ब्यक्तिलाई समेत १५:३० बजेको समयमा जि.काठमाण्डौ बागबजारबाट नियन्त्रणमा लिई पक्राउ परेका तीनै जना व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।संलग्न व्यक्तिहरु:-१. नाम थरः- बिकाश अमगाई स्थायी वतनः-जि.गोरखा, बारपाक सुलिकोट गा.पा-७ हाल:-जि.काठमाण्डौ, बनस्थली उमेरः- ३७ वर्ष २. नाम थरः- राज कुमार हुमागाई स्थायि वतनः-जि.काभ्रे, पनौती न.पा-२,कुसादेवी हालः- जि.काठमाण्डौ, छाउनी उमेरः- ३७ वर्ष ३. नाम थर:-मोहन पुडासैनी स्थायी वतनः-जि.गोर्खा, भिमसेन थापा गा.पा-८ हालः- जि.काठमाण्डौ, बनस्थली उमेरः- ४० वर्ष *(नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ब्यक्ति) बरामद सामाग्रीहरुः१. राज कुमार हुमगाईको नामको A776841 नम्बरको Bachelor’s Degree को Academic Transcript थान-१ २. बिकाश अमगाईको नामको A242996नम्बरको Proficiency Certificate Level को Academic Transcript थान-१
काठमाण्डौ उपत्यकाका स्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई दवाबमुलकढंगले डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail गरी रकम असुल गरेको घटनाको सम्बन्धमा यस कार्यालय बाट खटिएको विशेष अनुसन्धान टोलिले मिति २०७९।०३।०२ गते उक्त वारदातमा संलग्न निमा लामा समेत देहाय बमोजिमका ६ जना व्यक्तिहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको । पक्राउ व्यक्तिहरुः१. नाम: निकिता के.सी. उमेर : १९ वर्ष ठेगाना: सुर्यबिनायक-९, भक्तपुर हाल : का. जि. पेप्सिकोला २. नामः मनिषा परियार उमेर : १८ वर्ष ठेगाना: ढुसेनि-०३, काभ्रेपलान्चोक हाल : का. जि. कोटेश्वर३. नामः डिक ब. शर्मा उमेर : ३२ वर्ष ठेगाना: हलेसी-७, खोटाङ हाल : का. जि. तारकेश्वर ४. नामःसन्जिब दर्जी उमेर : ३० वर्ष ठेगाना: ईटहरी-०७, सुनसरी हाल : का. जि. चक्रपथ ५.नामः निमा लामा उमेर : २५ वर्ष ठेगाना: मेलुङ-५, दोलखा हाल : ल.पु.जि. नख्खिपोट ६. नामःपासाङ लामा उमेर : ३० वर्ष ठेगाना: मेलुङ-५, दोलखा हाल : : ल.पु.जि.नख्खिपोट प्रारम्भिक अनुसन्धानबाट खुलेका कुराहरु :-v सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तीहरुलाई खाजा खाने बाहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने ।v पिडित व्यक्तीहरु उपर निगरानी राखि निजको घर ठेगाना, कार्यालय तथा सवारी साधन लगायतका सम्पुर्ण विवरणहरु प्राप्त गरी डायरीमा रेकर्ड राख्ने ।v प्रत्यक्ष भेटघाट पश्चात झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पिडितलाई डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर Blackmail गरी ठुलो रकम माग गर्ने । v दवाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली- परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने ।
उपरोक्त सम्बन्धमा सौरभ इन्टरनेशनल कम्पनीको जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ०८ च्यासलमा रहेको इलेक्ट्रोनिक्स सामानहरूको गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा उक्त चोरी सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका मानिसहरूले गोदामको चाबी मिलाई गोदाम भित्र रहेका सामानहरू उपत्यका भित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्रि वितरण गरिएको भन्ने अनुसन्धानबाट खुल्न आएकोले उक्त चोरी कार्यमा संलग्न रहेका अंकित भुजेल समेत ५ जना व्यक्तिहरूलाई मिति २०७९/०२/३१ गते चोरी गरी लगेका सामानहरू सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको । पक्राउ व्यक्तिहरु:-१) नाम:– अंकित भुजेल उमेर :– १९ बर्ष ठेगाना:– जिल्ला स्याङ्जा आँधिखोला गा.पा. वडा नं. २ हालको ठेगाना:- जिल्ला ललितपुर बालकुमारी २) नाम:- सरोज खतिवडा उमेर :- २४ बर्ष ठेगाना :- जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ०७ हालको ठेगाना :- जिल्ला ललितपुर च्यासल ३) नाम:- बिजय थापा उमेर :- २२ बर्ष ठेगाना :- जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ०५ हालको ठेगाना :- का.जि. कलङ्की ४) नाम:- बिनोद शाही उमेर :- ४० बर्ष ठेगाना :- जिल्ला काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १२ हालको ठेगाना :- जिल्ला ललितपुर बालकुमारी ५) नाम:- किशोर कुमार साह उमेर :- ३२ बर्ष ठेगाना :- भारत देश बिहार मोतिहारी आदारपुर थाना हालको ठेगाना :- जिल्ला धादिङ धुनिबेसी न.पा. वडा नं. ०६ ६) नाम:- राम पण्डित उमेर :- २६ बर्ष ठेगाना :- जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०७ हालको ठेगाना :- जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०७बरामद सामानहरु:-१. Konika कम्पनिको ६५ इन्चको टिभि थान १२. Konika कम्पनिको ५५ इन्चको टिभि थान ५३. Konika कम्पनिको ४३ इन्चको टिभि थान ६४. Konika कम्पनिको ३२ इन्चको टिभि थान ८५. Konika कम्पनीको एयर कण्डिस्नर २ सेट ६. सिलिङ पङ्खा २ कार्टुन७. टेबल पङ्खा थान ३८. उफर २ कार्टुन९. वासिङ मेसिन थान ११०. ग्याँस चुलो थान १११. एयर कन्डिस्नर ३ सेट
जिल्ला दार्चुला लेकम गा.पा. वडा नं. ६ स्थायी घर भई हाल का.जि.का.म.न.पा. विशालनगर बस्ने वर्ष ४१ को तारा गिरीलाई का.जि. सिफल स्थित Vision Multipurpose Pvt. Ltd. का सञ्चालक जिल्ला मुगु खत्याड गा.पा. वडा नं. ११ स्थायी घर भई हाल का.जि. कागेश्वरी मनोहरा न.पा. मुलपानी बस्ने वर्ष ३१ को निराजन कार्कीले दुबई(यु.ए.ई.)मा जानको लागि रु. ७,००,०००/- लाग्छ दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा Arms Guard को काम लगाइदिन्छु मासिक रु. १,००,००० तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज तारा गिरीबाट रु. ७,००,०००/- (अक्षरुपी सात लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज निराजन कार्कीको खोजतलास गर्ने क्रममा मिति २०७९।०२।३१ गते अं. १५:५० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न: नाम थर : निराजन कार्की उमेर : ३१ वर्ष वतन : जिल्ला मुगु खत्याड गा.पा. वडा नं. ११ स्थाई घर भई हाल का.जि. कागेश्वरी मनोहरा न.पा. मुलपानी
जिल्ला तनहुँ बन्दिपुर गा.पा. वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा वडा नं. १७ म्हेपी बस्ने जाहेरवाला सुकमाया गुरुङले बिपक्षी जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटार घर भई हाल ऐ. टोखा न.पा. वडा नं. ६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठसंग चिनजान भई कुरा हुँदा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफु उक्त संस्थाको केन्द्रिय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ्ग एवं हवाई टिकटको लागि सुकमाया गुरुङ समेत ८ जनाबाट जम्मा रु ३३,५०,०००।– ( अक्षरुपी तेत्तिस लाख पचाँस हजार मात्र) रकम लिई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी परेको र अनुसन्धानको क्रममा जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिषाहरु नक्कली भएको देखिन्न आएको हुँदा ठगी गर्ने कार्यमा संलग्न रहेका निज रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई यस कार्यालयबाट खटिएको प्रहरीले टोलीले मिति २०७९/०२/३० गते अं. १९;०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ परेका व्यक्ति:-नाम थर : रोहित प्रजापति भन्ने रोजित श्रेष्ठउमेर : ३५ वर्षवतन : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटार घर भई हाल ऐ. टोखा न.पा. वडा नं. ६ ग्राण्डी बस्ने ।