प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
“अनलाईन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरु पक्राउ”
२०७९-१२-१५

काठमाडौको विभिन्न स्थानमा घर भाडामा लिई चिनियाँ नागरिकहरुले अवैध रुपमा अफिस संचालन गरी सामाजिक संजाल Whatsapp मा बिभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाईन मार्फत बिजनेसबाट ठुलो रकम फाईदा हुन्छ भनी Telegram मा Operation Teacher नामक च्यानल मार्फत अनलाईन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई ठगी गरेको भन्ने व्यहोराको सुचना यस कार्यालयमा प्राप्त भई उक्त सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौको विभिन्न स्थानहरु बाट उक्त ठगी कार्यमा प्रयोग गरिएका निम्न विधुतीय उपकरणहरु सहित ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक सहित १९ जना व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०७९/१२/१४ गते  जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला र का.जि. का.म.न.पा वडा नं.४ चण्डोलबाट पक्राउ गरी ठगी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।पक्राउ परेका ब्यक्तिहरु: १. जिल्ला दोलखा शैलुङगेश्वर गाउँपालिका वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने गंगा बहादुर श्रेष्ठको छोरा बर्ष ४६ को बुद्धिराज श्रेष्ठ  ।२. जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने सोबितमान तामाङको छोरा बर्ष २९ को ईन्द्र तामाङ  ।३. जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने रामकुमार लामाको छोरा बर्ष ३६ को राजकुमार लामा  ।४. जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा वडा नं.२ बस्ने पुष्कर भण्डारीको छोरा बर्ष २५ को प्रयास भण्डारी ।५. जिल्ला दोलखा बैतेश्वर गाउँपालिका वडा नं.२ बस्ने ईन्द्र बहादुर श्रेष्ठको छोरा बर्ष २६ को अर्जुन श्रेष्ठ ।६. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EJ 3445274 बाहक बर्ष ३३ को HUANG HUANRONG ।७.  चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EJ 6843552 बाहक बर्ष ३६ को XU FUXIANG ।८. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EF 9602984 बाहक बर्ष ३४ को LAN ZHENGWEI ।९. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष ४० को XIE GUO YI ।१०. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष २९ को XIE SHUANG DI ।११. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष ३१ को GAO MING ।१२. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला काठमाण्डौ बौद्ध जोरपाटी बस्ने पदम बहादुर सुनुवारको छोरी बर्ष ३४ की रविना सुनुवार  ।१३. जिल्ला लम्जुङ दुधपोखरी गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने कुम बहादुर गुरुङको छोरी बर्ष ३४ की सुनिता गुरुङ । १४. जिल्ला मकवानपुर हेटौडा उप म.न.पा.वडा नं.८ घर भई हाल जिल्ला ललितपुर हात्तिवन बस्ने बर्ष २२ की कृष्टिना लामा भन्ने जमुना गोले ।१५. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने बर्ष ३१ को EHOU PING VING ।१६. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने बर्ष ३० को CHEN DUR LIN ।१७. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने पासपोर्ट नं. EC 0167236 बाहक बर्ष ३९ को LI JIAN HONG ।१८. जिल्ला उदयपुर गाईघाट न.पा वडा नं.११ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने खड्रग बहादुर मगरको छोरी बर्ष १९ की अनिता मगर । १९. जिल्ला गोरखा चुमनुब्री गाउँपालिका वडा नं.  घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने कार्की गुरुङको छोरी बर्ष २० की अनु गुरुङ ।बरामद सामाग्रीहरु:१.      बिभिन्न कम्पनीका Laptop थान – १२ २.      विभिन्न कम्पनीका मोबाइल सेट (सिम सहित) थान - ७७ ३.      बिभिन्न दुरसंचार सेवा प्रदायक कम्पनीका सिम कार्ड थान – ७४ ४.      बिभिन्न ब्यक्तिहरुको नाममा रहेको राहदानी थान- ६ ५.      नेपाली नगद रु ४,०१,८८०।-( अक्षेरुपी चार लाख एक हजार आठ सय असी मात्र) ६.      बिभिन्न कम्पनीका डेक्सटप थान- २ ७.      बिभिन्न कम्पनीका राउटर थान- ४ 

"भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ"
२०७९-१२-१३

काठमाण्डौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी  ८१ जना पीडितहरुबाट करिब र १३ ६३ करोड  लाख भन्दा बढी ठगी गरेको  भनि पीडितहरुले दिएको किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।१२  गते ठगी गर्ने कार्यमा संलग्न तपशील बमोजिमका ३ जना व्यक्तिहरुलाई ललितपुर धापाखेल एरियाबाट पक्राउ गरि निजहरुलाई मुलुकी अपराध संहिताको दफा २४९ (२) र (१) बमोजिमको   कसुर अपराधमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको । अनुसन्धानबाट खुल्न आएका कुराहरुःv पक्राउ परेका व्यक्तिहरुले आफूसंग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरि तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि form भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख असुल गरि ठगी गरेको देखिएको ।v भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको ।v पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसंग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसंग सम्बन्धित बिभिन्न निकायसंग सम्बन्धित पत्र,  निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने बिभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भनि अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिई राखेको ।v पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाण्डौ लगायत स्थानमा पटक-पटक बोलाई हैरानी दिएको ।  v काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई दिएको पाइएको ।v लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकहरुले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको ।v ठगि भएको रकम संकलनका लागि बिभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको । पीडितहरुले ६५ लाख भन्दा बढी रकम बिभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको भेटिएको ।v पीडितहरुमध्ये १० जना भन्दा बढीको नाममा नेपाल सरकार    गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरि शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको ।v नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धि कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको । पक्राउ परेका व्यक्तिहरु:१.      जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ घर भई हाल ऐ. ऐ. महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा हाईट बस्ने बर्ष ५० को सानु भण्डारी ।२.      जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४९ को केशव प्रसाद दुलाल ।३.      जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४५ को टंक कुमार गुरूङ ।

दिउँसोको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ
२०७९-१२-१०

     घटना विवरण :-           मिति २०७९/११/१३ गते जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं. ७ धापासी हाईट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका बिभिन्न गरगहना तथा नगद गरी रू. ८,९१,२५०/- मुल्य बराबरको धनमाल चोरी भएको भनि यस कार्यालयमा निवेदन प्राप्त भएकोमा उक्त घटनाको अनुसन्धानको क्रममा का.जि.का.म.न.पा.वडा नं.४ मण्डिखाटार स्थित गेष्ट हाउसमा बस्ने अर्जुन परियार र का.जि. का.म.न.पा.वडा नं.४ मण्डिखाटर स्थित बस्ने रोशन गौतम समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निजहरुलाई मिति २०७९/१२/०९ गते का.जि. का.म.न.पा.वडा नं. ४ मण्डाखाटार स्थित गेष्ट हाउसमा फेला पारी सोधपुछ गर्दा निजहरूले का.जि.टोखा न.पा.वडा नं.९ गंगबु नयाँ बसपार्क स्थित पञ्चकन्या ज्वेलर्समा चोरी गरेको सुन बिक्रि गरेको भनि बताएकाले उक्त पसलका संचालक तुल बहादुर बिश्वकर्मालाई चोरी गरेको सुनका गहनाहरु स्वरुप परिवर्तन गरीएको सुन जस्तो देखिने सिक्री थान १ ( तौल ११.९२ ग्राम ) सहित फेला पारी निजलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाईएको ।     पक्राउ व्यक्ति:- १. नामथर :- बसन्त भन्ने अर्जुन परियार    उमेर:-  २०    ठेगाना:-  जिल्ला चितवन टाँडि     हाल:-  का.जि.का.म.न.पा.वडा नं.४२. नामथर :- रोशन गौतम    उमेर:- १८    ठेगाना:-  जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. ५ जानकी नगर     हाल:-  का.जि. का.म.न.पा.वडा नं.४ मण्डिखाटर ३. नामथर :- तुल बहादुर बिश्वकर्मा (सुन पसल संचालक)    उमेर:-  ३८    ठेगाना:-  जिल्ला नुवाकोट विदुर न.पा.‍ वडा नं.१२ पिपलडाँडा    हाल:-  का.जि.टोखा न.पा.वडा नं.९ गंगबु अनुसन्धान बाट खुल्न आएका कुराहरु :-१. विगतको रातको समयमा टिपन टापन चोरी गर्ने यस समुहले दिउँसोको समयमा चोरी गर्ने गरेको ।२. स्थानिय एरियाको गेष्ट हाउसको कोठा भाडामा लिई बस्ने गरेको,चोरी गरेको नगद बुझाउने र पैसा सकिएमा उधारोमा बस्ने गरेको ।३. चोरी गरी लगेको नगद होटलमा बसी खर्च गर्ने, नयाँ नयाँ केटी साथी बनाउने र केटी साथीहरुलाई लुगा जुत्ता लगायतका सामग्रीहरु खरिद गरी दिने गरेको । ४. पछिल्लो केटी साथिलाई १२,०००/- बराबरको Shoping गरेको, साथै रू. २२,०००/- बराबरको एक थान मोबाईल समेत खरिद गरेको खुल्न आएको ।